समाचार

पोखरा भैरवटोलमा रक्तदान, ६३ युनिट रगत संकलन

श्री भैरव सास्कृतिक संरक्षण समिति र लायन्स कलब अफ पोखरा भैरवको आयोजनामा रक्तदान गरिएको छ । पोखरा महानगरपालिका–२ भैरवटोलस्थित श्री १२ भैरव मन्दिरको प्रांगणमा आयोजित रक्तदानमा ६३ जनाले रक्तदान गरे। लायन्स क्लब ईन्टरनेस्नल डिष्टिक ३२५ के नेपालको डिष्टिक गर्भनर राजेन्द्रकुमार बाटाजू प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो। १२ भैरव समितिका सदस्य स्थानीयवासी, युवा, समाजसेवी, बुद्धिजीवीलगायतले रक्तदान गरेका थिए। पुरा पढौ

‘भरतपोखरीबासीलाई महानगरको अनुभुति हुनेगरी एकीकृत विकासको योजना छ’–उम्मेदवार कार्की

नेकपा एमालेको तर्फबाट प्रदेश सभा सदस्य कास्की निर्वाचन क्षेत्र न २ (१) का प्रत्यासी उम्मेदवार भिमबहादुर कार्कीले पोखरा महानगरपालिका वडा न ३३ भरतपोखरीको एकीकृत विकासको योजना रहेको बताएका छन्। भरतपोखरीका जनताले महानगरबासी भएको अनुभुति हुने गरी काम गर्ने भन्दै कार्कीले सोही योजनाअनुसार एमाले नेतृत्वको प्रदेश सरकारले अघि सारेको क्रिकेट रंगशाला र औद्योगिक ग्राम निर्माणको अवधारणा अघि सारेको उल्लेख गरे। एनले वर्तमान गठबन्धन सरकारका कारण अलपत्र पारिएपनि अब सो काम पूरा गरेरै छाड्ने प्रतिवद्धता जनाए। भरतपोखरी विकास मञ्चले आयोजना गरेको तिहार… पुरा पढौ

कास्की–१ (ख) मा नेकपा एमालेको चुनाव प्रचार–प्रसार तिव्र

कास्की क्षेत्र नं. १ (ख) मा नेकपा एमालेले आगामी मंसीर ४ गते हुने चुनाव केन्द्रीत रहेर प्रचार–प्रसारलाई तिव्र पारेको छ। सो क्षेत्रबाट प्रदेश सभा सदस्यका प्रत्यासी उम्मेदवार बेदबहादुर गुरूङ (श्याम) र प्रदेशतर्फ समानुपातिक उम्मेदवार नन्दकला नेपालीसहित एमाले नेता, कार्यकर्ता तथा एमाले निकट स्थानीय नागरिक स्वस्फूर्त रुपमा सहभागी भई नेकपा एमालेलाई जिताउन प्रचार–प्रसारको कामलाई तिव्रता दिएको हो। सोमवार पोखरा–१२ मा घरदैलो कार्यक्रम गर्दै उम्मेदवारद्धयले कृषि, स्वास्थ्य, शिक्षा, विकास निर्माण तथा शान्ति सुरक्षा कायम गर्नमा एमाले पार्टी सधैं अग्रस्थानमा रहेको स्मरण गराए।… पुरा पढौ

आज गाइतिहार, दिउँसो खण्डग्रास सूर्य ग्रहण

आज कार्तिक कृष्ण औंसी अर्थात यमपञ्चकको तेस्रो दिन। यमपञ्चकको तेस्रो दिन गाईपूजा गरेर तिहार मनाइँदैछ। कार्तिक कृष्ण औसीका दिन मनाइँने गाईपूजा आज मनाउन लागिएको हो। गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा छ। हिन्दु धर्ममा गाईलाई लक्ष्मीको अवतारको रुपमा लिइन्छ। यसपाली तिथीको घटबढ र आज (मंगलबार) खग्रास सूर्य ग्रहण लाग्ने भएका कारण लक्ष्मीपूजा भने हिँजै (सोमबार) गरिएको छ।लक्ष्मी पूजा नेपालका प्रमुख पर्वहरूमध्ये एक हो। तिथिअनुसार कार्तिक कृष्ण औंसीका दिन यो पर्व मनाइन्छ। नेपालमा यो… पुरा पढौ

खर्च कम गर्न र खानपानमा ध्यान दिन अध्यक्ष तिमिल्सिनाको आग्रह

काठमाण्डौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना गरेका छन् । विसं २०७९ को तिहार, नेपाल संवत् र छठ पर्वको शुभकामना दिँदै उनले यी पर्वले सबैमा सत्मार्गमा लाग्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । नेपालका विभिन्न क्षेत्र तथा समुदायमा पौराणिककालदेखि मनाउँदै आइएका चाडपर्वको आ–आफ्नै मौलिक, सामाजिक तथा सांस्कृतिक महत्व रहेको उल्लेख गर्दै उनले एक समुदायमा रहेको धार्मिक, परम्परागत,… पुरा पढौ

राष्ट्रपतिको उपस्थितिमा देउसीभैली

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा तिहार पर्व–२०७९ का अवसरमा आज देउसीभैलो कार्यक्रम गरिएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा सांस्कृतिक संस्थानले आयोजनामा उक्त देउसीभैलो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा तिहारसम्बन्धी विशेष गीत/सङ्गीत, नृत्य प्रस्तुत गरिएको थियो । राष्ट्रपति भण्डारीले सम्पूर्ण प्रस्तुति अवलोकन गरिएको थियो । राष्ट्रपति कार्यालयमा प्रत्येक वर्ष तिहार पर्व मनाउने गरिन्छ । रासस पुरा पढौ

तिहारमा राष्ट्रपतिको शुभकामना सन्देश

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीको महान् चाड तिहार, २०७९ को पावन अवसरमा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइ शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका कामना व्यक्त गरेकी छन् । शुभकामना सन्देशमा भनिएको छ, “तिहार पर्वले सम्पूर्ण नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पु¥याउने विश्वासका साथ पुनः तिहार पर्व, २०७९ को हार्दिक शुभकामना व्यक्त गर्दछु… पुरा पढौ

खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा आभार व्यक्त

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को व्यस्थित तरिकाले रिर्पाेटिङ गर्ने कार्यमा सघाउने सबैप्रति आभार व्यक्त गरेको छ । मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा सोमबार पोखरा रंगशालामा बसेको सत्रौं कार्यसमितिको बैठकले मञ्च गण्डकीको नेतृत्वमा व्यस्थित तरिकाले प्रतियोगिता अन्तरगतका खेलको रिर्पाेटिङ गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्ने निर्णय गरेको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । आयोजक राष्ट्रिय खेलकुद परिषद, प्रतियोगिता अन्तरगतको प्रचारप्रसार उपसमिति, प्रदेश खेलकुद परिषद गण्डकी, मिडिया… पुरा पढौ

‘०६२/६३ को जनआन्दोनबाट प्राप्त संस्थागत क्रान्तिलाई रक्षा गर्न उम्मेदवारी’ : गणेशमान गुरूङ

पोखरा । कास्की निर्वाचन क्षेत्र नम्वर ३ (क) मा नेकपा एमालेको तर्फबाट प्रदेश सभा उम्मेदवार गणेशमान गुरूङले २०६२÷६३ को जनआन्दोलनबाट जनताले ल्याएको संस्थागत क्रान्तिलाई रक्षा गर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । गुरूङले जनताले रगत बगाएर ल्याएको अधिकारसँगै संघीयतालाई मजबुत र बलियो बनाउनका लागि एमालेको सरकार हुनुको विकल्प नभएको बताए । सम्वन्धित क्षेत्र माछापुच्छ्रे गाउँपालिकाका ९ वटा वडा र पोखरा महानगरका ६ वटा वडामा मंसिर ४ गते हुने निर्वाचन केन्द्रित एमाले वडा कमिटिको विस्तारित बैठकमा उनले आफ्नो राष्ट्र र… पुरा पढौ

प्रचारप्रसारमा सरकारी स्रोतको प्रयोगबारे निर्वाचन आयोगको निर्णय यस्तो छ..

काठमाडौ । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा हेलिकप्टरलगायत सरकारी स्रोत साधनको प्रयोग गर्ने कार्यलाई रोक्न विशेष निर्णय गरेको छ । आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढङ्गले सम्पन्न गर्ने प्रयोजनको लागि निर्वाचन आचारसंहिता,२०७९ को व्यवस्था लागु भइसकेको अवस्थामा आचारसंहिताको दफा ५ को खण्ड (क)ले नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले गर्न सक्ने निर्वाचन प्रचार प्रसारलाई सीमित गरेको प्रसङग… पुरा पढौ