समाचार

एमालेले बहुमत प्राप्त गर्छ : अध्यक्ष ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ गतेको निर्वाचनमा आफू नेतृत्वको पार्टीले बहुमत प्राप्त गर्ने दाबी गरेका छन् । एमाले र राप्रपाले भद्रपुरमा आज आयोजना गरेको संयुक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा एमालेले बहुमत प्राप्त गर्ने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तथा जनता समाजवादी पार्टी(जसपा)सँग संयुक्त सरकार गठन गर्ने बताए । अध्यक्ष ओलीले झापा क्षेत्र नं ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउन कार्यकर्तालाई निर्देशन दिए । उनले एमालेको… पुरा पढौ

महोत्तरी घटनाको छानविन गर्न गृहद्वारा समिति गठन

काठमाण्डौं । महोत्तरीमा यही कात्तिक १० गते भएको घटनाको छानविनका लागि गृह मन्त्रालयले एक समिति गठन गरेको छ । जिल्लाको भङ्गाहा नगरपालिका–८ मा छठको अवसरमा आयोजित कलस यात्राका क्रममा भएको विवादमा असामान्य स्थिति सिर्जना भइ घटेको घटनाको सन्दर्भमा छानविन गर्न मन्त्रालयका सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ । आजको गृहमन्त्रीस्तरीय निर्णयबाट गठित समितिका सदस्यमा प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधान राष्ट्रिय अनुसन्धान विभागका सह–अनुसन्धान… पुरा पढौ

शताब्दी पुरुष जोशी सरल जीवनका पर्याय हुनुहुन्थ्यो : प्रधानमन्त्री देउवा

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी मुलकको भाषा, कला तथा लोकसाहित्य क्षेत्रको महत्वपूर्ण निधि भएको बताएका छन् । ललितपुरको मङ्गलबारमा नेपाल भाषा मंका खल यलद्वारा आज आयोजित कार्यक्रममा शोक मन्तव्य राख्नुहुँदै प्रधानमन्त्री देउवाले भने, “शताब्दी पुरुष जोशी सरल जीवनका पर्याय हुनुहुन्थ्यो । नेपाल र चीनको सांस्कृतिक सम्बन्ध स्थापित गर्न जोशीले खेलेको भूमिका महत्वपूर्ण छ ।” संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशी जस्तो विद्वान व्यक्तित्व संसारमा विरलै मात्रै जन्मिने बताए । “उहाँको बहुगुण सम्पन्न व्यक्तित्व,… पुरा पढौ

भाइटिका महोत्सवमा ३५ सहभागी

पोखरा । होटल संघ पोखरा नेपालले तिहारका अवसरमा विहीबार आयोजना गरेको १५ औं भाइटिका महोत्सव २०७९ मा देशविदेशका पर्यटक सहित ३५ जनाले सहभागिता जनाएका छन् । महोत्सवमा अमेरिका, अष्ट्रेलिया, क्यानाडा, जापान, इटली, जर्मनी लगायतका देशका पर्यटकले भाग लिएको संघले जनाएको छ । लेकसाइड स्थित मम्स गार्डेन रिसोर्टमा आयोजित महोत्सवमा रेन्वो चिल्ड्रन होम नेपालका छात्राहरुले सहभागिलाई भाइटिका लगाइदिएका थिए । संस्कृतिका माध्यमबाट पर्यटन प्रबद्र्धन गर्दै पर्यटन क्षेत्रमा नयाँ आसा छर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।… पुरा पढौ

पोखरामा पनि छठको रौनाक सुरु,यी चार स्थानमा मनाईदै

पोखरा । नेपालमा छठ पर्वको रौनाक सुरु भएको छ । जस अन्तर्गत पोखरामा पनि छठ पर्व धुमधामका साथ मनाउने तयारी गरिएको छ । यो पर्व विषेशगरि तराइभेगमा मनाइँदै आएको भएपनि पोखराको पर्यटन प्रवद्धनमा सहयोग पुग्ने भन्दै छठ पर्व पुजा समितीले यस पटक पोखराको चार स्थानमा मनाउँदै छ । पोखरामा शुक्रबार पत्रकार सम्मेलन गर्दै समितिका अधयक्ष रामआधार गुप्ताले पोखराको केदारेश्वर मन्दिर, भद्रकाली मन्दिरस्थित माछापोखरी, नदीपुर स्थित नारायणस्थान मन्दिर र कालीखोलमा मनाइने छठ पर्वलाई संयुक्त रुपमा मनाउने योजना अघि सारेको जानकारी दिएका… पुरा पढौ

बागलुङ र पूर्वी रुकुमको सीमा विवाद कायमै

ढोरपाटन । पातीहाल्ने र रिगताल क्षेत्र बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना हो । मध्यपहाडी लोकमार्गमा पर्ने यी क्षेत्र अहिले आन्तरिक पर्यटकको रोजाइमा छन् । स्थानीय सरकार आएपछि बागलुङको निसीखोला गाउँपालिका र पूर्वी रुकुमको भुमे गाउँपालिकाले यहाँका पर्यटकीय क्षेत्रलाई आआफ्नो कब्जामा पर्न थालेपछि विवाद उत्पन्न भएको छ । पाँच वर्ष अगाडि भूमे गाउँपालिकाले बागलुङको भूभागमा आएर प्रवेशद्वार निर्माण गर्न थालेपछि उत्पन्न भएको विवाद अझै सुल्झिएको छैन । सरोकारवालाले विवाद मिलाउन कोसिस गरे पनि अहिलेसम्म कुनै पनि निचोड निक्लिएको छैन ।… पुरा पढौ

कांग्रेसको सङ्कल्प पत्र शनिबार सार्वजनिक गरिने

काठमाडौ । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको सङ्कल्प पत्र शनिबार सार्वजनिक गर्ने जनाएको छ । सो सङ्कल्प पत्र प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कात्तिक १२ गते बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।रासस पुरा पढौ

झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा

म्याग्दी । म्याग्दी र छिमेकी जिल्ला बागलुङ जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजनले म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरदेखि बागलुङ नगरपालिका–४ कुडुले जोड्ने ढोडेनी खोलामाथि पुल निर्माण गरेको हो । एक सय ७० मिटर अग्लो उक्त पुल निर्माणका लागि विसं २०७८ असोजमा थानी–हिमशिखर जेभीले रु तीन करोड ५० लाखमा ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीका प्रतिनिधि केदार रिजालले पुलको फाउण्डेशन, जिप, लठ्ठा तान्ने र स्टिल डेग राख्ने काम… पुरा पढौ

पुल बनेसँगैको खुसी

गण्डकी । कास्कीको पोखरा महानगरपालिका वडा नं ३२ पृथ्वी राजमार्गमा पर्ने तल्लो गगनगौडाबाट तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १ को सेराबेंसी अहिले भने सवारी साधनबाट पाँच÷सात मिनेटमा पुग्न सकिन्छ । गगनगौँडाबाट सेराबेंसी पुग्न खुदी खोला र गुबे खोला तर्नुपर्ने बाध्यता छ । यिनै दुई खोलामा पुलकै अभावमा राजमार्गबाट नजिक भएर पनि सेराबेंसी विगतमा तनहुँकै दुर्गमस्थल जस्तै बनेको थियो । लामो समयको प्रतिक्षापछि दुवै खोलामा पक्की मोटरेवल पुल बनेसँगै यतिखेर सेराबेंसीका स्थानीय निकै खुसी छन् ।पुलकै अभावमा विगतमा लामो समयसम्म ओझेलमा… पुरा पढौ

विद्यालयमा आगलागी हुँदा ११ बालबालिकाको मृत्यु

मध्य युगान्डाको मुकोनो जिल्लाको एक विद्यालयमा भएको आगलागीमा मंगलबार ११ बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले जारी गरेको विज्ञप्तिमा स्थानीय समयानुसार बिहान करिब १ बजे ‘स्कुल अफ द ब्लाइन्ड’मा यो दुखद् घटना भएको हो। आगलागीको कारण हालसम्म थाहा भएको छैन्। तर, आगलागीमा परी ११ जनाको मृत्यु हुनुको साथै अन्य ६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। किसोगामा रहेको हेरोना अस्पतालमा गम्झीर अवस्थामा रहेको ती ६ जनाको उपचार भइरहेको प्रहरीद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ। युगाण्डाका विद्यालयहरुमा बारम्बार आगलागी हुने… पुरा पढौ