समाचार

‘व्यवस्था परिवर्तनदेखि विकासका काममा जनतासँगै छौ’ : एमाले उम्मेदवार अधिकारी

पोखरा । नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्बर १ प्रदेश सभा १ का उम्मेदवार खगराज अधिकारीले व्यवस्था परिवर्तनदेखि विकासको काममा सदैव जनताको साथमा रहेर काम गर्दै आएको बताएका छन् । पोखरा ३० मा उम्मेदवार भेटघाट कार्यक्रममा बोल्दै उनले उक्त वडाको शिशुवा अस्पताललाई स्तरोन्नति गर्दै कोभिडको समयमा पनि आवश्यक स्वास्थ्य सामाग्री लिएर हरेक पटक आउने गरेको स्मरण गराउँदै समयक्रमसँगै जनताको अपेक्षा पूरा गर्न प्रतिवद्व रहेको स्पष्ट पारे । शिशुवा चोकबाट फेदिसम्मको बाटो चक्लाउन ८ करोड रुपैयाँ बजेट अन्तरगत काम सुरुवात गरेकोमा… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदको प्रचार अन्तर्राष्ट्रियस्तरमा : मन्त्री गहतराज

पोखरा । नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नवौं राष्ट्रिय खेलकुद–२०७९ को प्रचारप्रसारमा संचारकर्मीले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्ले शुक्रबार संचारकर्मीसँग आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले राष्ट्रिय खेलकुदलाई साँच्चिकै राष्ट्रिय खेल बनाउन र अन्तर्राष्ट्रियस्तरसम्म प्रचारमा संचारकर्मीले महत्वपूर्ण भूमिका खेलेको बताएका हुन् । राष्ट्रिय खेलकुदका लागि जति पूर्वाधार बन्नुपर्ने हो त्यो बन्न नसकेको स्वीकार्र्दै उनले आगामी दिनमा बन्छ भन्ने बुझिदिन समेत आग्रह गरे । उनले भने, ‘कोभिड–१९ ले पारेको प्रभाव, राखेपसम्बन्धी अदालती प्रक्रियाले पारेको… पुरा पढौ

उम्मेदवार भट्टराईको स्वास्थ्यमा क्रमिक सुधार

पोखरा । नेकपा एमाले केन्द्रीय सदस्य एवं कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । डेङगु संक्रमण भई पोखरास्थित मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्ष (आसियु) मा उपचाररत उहाँको स्वास्थ्यमा सुधार भएको अस्पताल श्रोतले जनाएको छ । उपचारमा संलग्न अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ चन्द्रप्रकाश आचार्यका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य हुदै गए पनि केही दिन आराम गर्नुपर्ने हुन्छ । नेकपा एमाले कास्की सचिवालय सदस्य एवं निर्वाचन क्षेत्र नं. २… पुरा पढौ

वित्तीय आतंक विरुद्ध राष्ट्र बैंक घेर्ने होटल संघको चेतावनी

पोखरा । होटल संघ पोखरा नेपालले बैंक तथा वित्तीय संस्थाहरुले एकतर्फी रुपमा बढाएको ब्याजदर एक अंकमा झार्ने पहल नगरेमा नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालय विरुद्ध नै आन्दोलनका कार्यक्रम घोषणा गर्न वाध्ये हुने चेतावनी दिएको छ । पर्यटन व्यवसाय कोभिड १९ को महामारीबाट नकारात्मक रुपमा प्रभावित भएको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुले मनोमानी रुपमा ब्याजदर बढाए पनि राष्ट्र बैंक र सम्बन्धित मन्त्रालय चुप लागेर बसेको भन्दै संघले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी आन्दोलनको चेतावनी दिएको हो । कार्यक्रममा बोल्दै संघका अध्यक्ष… पुरा पढौ

गठबन्धनको तेश्रो कार्यक्रम पोखरामा, प्रमुख नेताले भने ‘दायाँ बायाँ नगरौं, गठबन्धनमा भोट हालौं’

पोखरा । सत्तारुढ गठबन्धनले तेश्रो संयुक्त प्रशिक्षण कार्यक्रम पोखरामा गरेका छन् । तीन दलको चुनावी अभियान तीव्रतामा अगाडि बढिरहेको  बेला आज शुक्रबार पोखरामा गण्डकी प्रदेश स्तरिय कार्यक्रम गरेका हुन् । यसअघि काठमाडौंको निर्वाचन क्षेत्र नं २,  ललितपुरको क्षेत्र नं ३ मा संयुक्त चुनावी प्रशिक्षण कार्यक्रम गरेका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेता पोखरा पुगेका छन्।  प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गरेका छन्।… पुरा पढौ

‘गण्डकी प्रदेशलाई अन्तराष्ट्रिय व्यापारको महत्वपूर्ण नाका बनाउँछौं’–एमाले उम्मेदवार कार्की

पोखरा । कास्की निर्वाचन क्षेत्र न २ (१) बाट प्रदेश सभा सदस्यका लागि एमाले तर्फका प्रत्यासी उम्मेदवार भिमबहादुर कार्कीले गण्डकी प्रदेशलाई अन्तराष्ट्रिय व्यापारको महत्वपूर्ण नाका बनाउने प्रतिबद्धता जनाएका छन् । पोखरा महानगपालिका वडा नम्वर १५ मा एमालेको निर्वाचन परिचालन कमिटिको कार्यालय उद्घाटन कार्यक्रममा उनले सो प्रतिवद्धता जनाएका हुन । उम्मेदवार कार्कीले देश हाँक्ने र विकास गर्ने तागत एमालेसँग मात्रै भएको दावी गरे । उनले विकास अभियान व्यवस्थित बनाउन,राष्ट्रियता बलियो बनाउन, भ्रष्टाचार नियन्त्रण गर्न एमालेको सरकार आवश्यक भएको स्पष्ट पारे ।… पुरा पढौ

नाइजेरियाली सेनाको कारबाही: ३१ लडाकाको ज्यान गयो

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा केही दिनयता भएको सुरक्षाका कारबाहीमा परेर कम्तीमा पनि ३१ जनाको ज्यान गएको छ ।यहाँका सुरक्षा अधिकारीहरुले सो कुराको जानकारी दिएका छन् । ती अधिकारीहरुका अनुसार गएका केही दिनयता भएका कारबाहीका क्रममा कम्तीमा पनि ३१ जना बोको हरामका लडाका मारिएका हुन् । नाइजेरियाली सेनाको समन्वयमा यहाँका सबै सुरक्षा निकायहरुले बोको हरामका लडाकाहरुमाथि सो कारबाही गरेका हुन् । सो कारबाहीका क्रममा अरु ७० जना लडाका पक्राउ परेका र कैयौँ हातहातियार पनि नियन्त्रणमा लिइएको जनाइएको छ । यहाँको सेनाका प्रवक्ता… पुरा पढौ

सोमालियालीलाई कम्तीमा एक अर्ब डलर सहयोग माग

सोमालियाका कम्तीमा पनि एक ७६ लाख नागरिकको तत्कालै उद्धारका लागि कम्तीमा पनि एक अर्ब अमेरिकी डलरको सहयोग आवश्यक रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सोमालियामा अहिले करिब ७६ लाख नागरिकलाई मानवीय सहायताको आवश्यकता परेकाले त्यसको सहयोगका लागि उक्त रकम चाहिएको बताइएको हो । संयुक्त राष्ट्रसङ्घीय सहायता निकायहरुले सो कुराको जानकारी दिएका हुन् । संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सी तथा संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसका सोमालियाली उपमहासचिव आदम अब्देलमुल्लाहले सो कुराको जानकारी दिए । उपमहासचिव आदम र ती निकायहरुले शुक्रबार सो… पुरा पढौ

गठबन्धनमा शंका पैदा गर्ने काम नगरौं : देउवा

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा शंका पैदा हुने काम नगर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । शुक्रबार पोखरामा पाँचदलीय गठबन्धनले गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धन आजको आवश्यकता भएको बताए । ‘कुनै पार्टीको बहुमत आउन सक्दैन, त्यसैले पार्टीहरू मिल्नुपरेको छ’, ‘गठबन्धनका साथीहरूलाई शंका पैदा गर्ने, मतभिन्नता ल्याउने कुनै पनि काम नगरौं ।’उनले भने, हाम्राबीचमा सबै पार्टीका साथीहरूले कसैले टिकट पाउनुभएन होला, कतिले पाउनुभयो होला । सबै पार्टीमा त्यस्तै छ’, सबैको पालो आउँछ । गठबन्धनको… पुरा पढौ

घट्यो सुनको मूल्य, चाँदी स्थिर

साताको छैठौं दिन आज शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ६ सयले घटेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।तेजावी सुन प्रतितोलामा ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य शुक्रबार स्थिर रहेर १ हजार १ सय ७० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ । पुरा पढौ