समाचार

मिरुवामा एमाले कास्की ३ को चुनावी मुख्यालय

नेकपा एमाले कास्की क्षेत्र नम्बर ३ का नेकपा एमाले नेता कार्यकर्ता आगामी प्रतिनिधि तथा प्रदेश सभाको तयारीमा जुट्दैछन्। चुनावकै तयारीस्वरुप एमालेले क्षेत्र नम्बर ३ को निर्वाचन क्षेत्रीय समन्वय कमिटीको कार्यालय स्थापना गरेको छ। एमाले पोलिटब्यूरो सदस्यद्वय जगत विश्वकर्मा, सीता गिरि ओली, प्रतिनिधिसभा र प्रदेश सभा उम्मेद्वारको उपस्थितिमा पोखरा २ मिरुवामा क्षेत्र नम्बर ३ को निर्वाचन क्षेत्रीय समन्वय कमिटीको कार्यालय स्थापना गरेको हो। एमालेको तर्फबाट कास्की ३ मा प्रतिनिधिसभा सदस्यमा दामोदर पौडेल बैरागी, प्रदेश सभा ‘क’ मा गणेशमान गुरुङ र प्रदेश… पुरा पढौ

एमाले उम्मेदवारहरु वेदबहादुर र नन्दकलाले जनगुनासो सुन्दै

मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको माहौल तात्दैछ। अहिले यतिखेर, राजनीतिक दलका नेता तथा उम्मेदवारलाई आउँदो चुनावले व्यस्त बनाएको छ। यसैबीच, गण्डकी प्रदेश कास्की निर्वाचन क्षेत्र नम्बर १ (ख) का प्रदेश सभाका प्रत्यक्षतर्फ नेकपा एमालेका उम्मेदवार वेदबहादुर गुरुङ (श्याम) र प्रदेशतर्फ एमालेको समानुपातिक उम्मेदवार नन्दाकला नेपालीले बुधवार पोखरा–१० का मतदाताहरुका गुनासाहरु सुन्ने र स्थानीय समस्याहरु बुझ्ने गरेका छन्। एमाले उम्मेदवारहरुले धेरै बोलेर भन्दापनि काम गरेर देखाउने विश्वास व्यक्त गर्दै जनगुनासो सुन्ने गरेको बताएका छन्। यसैक्रममा… पुरा पढौ

नवौ राष्ट्रिय खेलकुद : कबड्डीमा उपाधीको छिनोफानो आज

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्र्तगत कबड्डीमा उपाधीका लागि पुरुषतर्फ नेपाली सेनाको त्रिभूवन आर्मी क्लव र लुम्बिनी प्रदेश तथा महिलातर्फ त्रिभूवन आर्मी क्लव र नेपाल पुलिस क्लव भिड्दै छन् । प्रतियोगिता अन्र्तगत बुधबार सम्पन्न सेमिफाइनलमा पुरुषतर्फ त्रिभूवन आर्मी क्लवले सुदुर पश्चिम प्रदेशलाई ३६ – २१ ले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको हो भने लुम्बिनी प्रदेशले नेपाल प्रहरीलाई २७ – १० पोइन्टले पराजित गर्दै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो । कबड्डी पुरुषतर्फ फाइनल प्रवेश गरेको त्रिभूवन आर्मी क्लवका… पुरा पढौ

जनताको बिश्वासलाई कहिल्यै घात गर्ने छैन: कार्की

आगामी मंसीर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका लागि नेकपा एमालेको तर्फबाट कास्की निर्वाचन क्षेत्र नम्वर २ (क) का प्रत्यासी उम्मेदवार भीमबहादुर कार्कीले जनता र पार्टीले गरेको अपार विश्वास र मायामाथि आफूले कहिल्यै घात नगर्ने बताएका छन्। नेकपा एमाले पोखरा वडा न ३३ को निर्वाचन परिचालन कमिटिको कार्यालयको उद्घाटन गर्दै कार्कीले आफ्नो क्षेत्रका जनताले निरन्तर विश्वास गरेर आफ्नो पार्टीलाई विजयी गराएको र निर्वाचित जनप्रतिनिधिहरूले उदाहरणीय कार्य गरेको बताए। विगतमा आफ्नो पार्टीका कार्यहरूको विवरण प्रस्तुत गर्दै कार्कीले अबको… पुरा पढौ

राष्ट्रिय खेलकुद: आज अन्तिम दिन, प्रम देउवाद्धारा समापन

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आज (कार्तिक ३ गते, बिहीबार) अन्तिम दिन। एक समारोहबीच प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतियोगिताको समापन कार्यक्रम गर्दैछन्। प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद्काअनुसार बिहीबार दिउँसो २:३० बजेपछि पोखरा रंगशालामा गरिने समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भएको छ। यसअघि, गत असोज २८ गते राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए। समापन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी, गीत संगीत तथा नृत्यलगायतका कार्यक्रम आयोजना गरिने राष्ट्रिय खेलकुद प्रचार–प्रसार उपसमितिले जनाएको छ। १० औँ राष्ट्रिय खेलकुद आयोजना हुने प्रदेशसमेत… पुरा पढौ

राष्ट्रिय खेलकुद: पदक तालिकामा आर्मीको अग्रता कायम

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत अंकतालिकामा विभागीय आर्मीले अग्रता कायम गरेको छ। हालसम्मको खेल अपडेटअनुसार प्रतियोगिताको २८० स्वर्ण पदकको छिनोफानो हुँदा आर्मी १२२ स्वर्णसहित अग्रता कायम गरेको छ। आर्मीले ७७ रजत र ६२ कास्यसहित २६१ प्दक जित्दै अंकतालिकामा अन्य टिमलाई फराकिलो अन्तरले अग्रता कायम राखेको छ। आर्मीपछि अर्को विभागीय क्लब नेपाल पुलिसले ४६ स्वर्ण, ४३ रजत र ५० कास्य गरी १३९ पदक जित्दै दोस्रो स्थानमा छ। त्यसैगरी, अर्को विभागीय क्लब सशस्त्र प्रहरी बलको एपीएफ ३७ स्वर्ण, ४४ रजत र ६६ कास्य… पुरा पढौ

नेपाली कांग्रेस कास्कीद्वारा विभिन्न समिति तथा उपसमिति गठन

पोखरा । आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस कास्कीले आज विभिन्न समिति तथा उपसमिति गठन गरेको छ ।नेपाली कांग्रेस कास्कीका उपसभापति रामबाबु भण्डारीको अध्यक्षतामा समिति तथा उपसमिति गठन गरिएको हो । समिति अन्तर्गत जिल्ला निर्वाचन परिचालन समितिमा युवराज कुँवरको संयोजकत्वमा धनमाया गुरुङ सहसंयोजक, शङ्कर ढुङ्गाना सचिव, विश्व शङ्कर पालिखे र देवी गुरुङ सदस्य रहेका छन् । त्यसैगरी सचिवालय व्यवस्थापन उपसमितिमा संयोजक देवेन्द्र भाट, सहसंयोजकमा विष्णु कार्की, सचिवमा सुदीपमोहन भट्टराई, सदस्यहरूमा ऋषिराम सुवेदी र मानेन्द्र कुमाल रहेका… पुरा पढौ

निर्वाचन सामान्य नभएर देशको भविष्य बनाउने अवसर हो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचन सामान्य निर्वाचन मात्र नभएर देशको भविष्य बनाउने अवसर भएको बताएका छन् । झापाको धुलाबारीमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उनले निर्वाचन आयोगले निष्पक्ष ढङ्गले चुनाव गर्नेमा आफू आशावादी भएको उनले बताए ।झुटो आश्वासन दिने र आचारसंहिताको पालना नगर्ने कार्य निर्वाचन आयोगले रोक्नुपर्ने उनको भनाइ थियो । साथै उनले प्रहरी प्रशासनलाई गैरकानूनी क्रियाकलाप रोक्न आग्रह गरे । उनले पार्टीका नेता तथा कार्यकर्तालाई कानूनको पूर्णपालना र आचारसंहिताको ख्याल गर्नका लागि… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद : बक्सिङमा ११ स्वर्ण सहित आर्मी च्याम्पियन

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको बक्सिङ प्रतियोगितामा त्रिभूवन आर्मी क्लव ११ स्वर्ण सहित च्याम्पियन बन्न सफल भएको छ । एपिएफले ४, बागमतीले ३, एनआरएनले २, गण्डकी प्रदेश, प्रदेश नं.१ र नेपाल पुलिसले समान १–१ स्वर्ण जितेको छ । प्रतियोगिता अन्तर्गत ४८ केजी तौल समूहमा आर्मीका सुशील थापाले स्वर्ण पदक जिते । उनले वागमती प्रदेशका रवीन थापालाई ५–० ले हराउँदै स्वर्ण पदक जितेका हुन् । स्वर्ण पदकमा चुकेका रवीनले रजत पदक जित्दा एपीएफका आश तामाङ र लुम्बिनी प्रदेशका… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद : कबड्डी पुरुषतर्फ आर्मी र लुम्बिनी फाइनल प्रवेश, सुदुर पश्चिम र प्रहरीलाई कास्य

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्र्तगत कबड्डी पुरुषतर्फ त्रिभूवन आर्मी क्लव र लुम्बिनी प्रदेश फाइनल प्रवेश गरेका छन् ।बुधबार सम्पन्न सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन त्रिभूवन आर्मी क्लवले सुदुर पश्चिम प्रदेशलाई ३६ – २१ पोइन्टले पराजित गर्दै फाइनल प्रवेश गर्दा अर्को खेलमा लुम्बिनी प्रदेशले नेपाल प्रहरी क्लवलाई २७–१० पोइन्टले पराजित गर्दै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो । कबड्डी पुरुषतर्फ फाइनल प्रवेश गरेको त्रिभूवन आर्मी क्लवका खेलाडीहरु सामुहिक तस्विर खिचाउँदै । तस्विर :नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी फाइनल चरणमा प्रवेश गरेका… पुरा पढौ