समाचार

नवौं राष्ट्रिय खेलकुद : कबड्डी पुरुषतर्फ आर्मी र लुम्बिनी फाइनल प्रवेश, सुदुर पश्चिम र प्रहरीलाई कास्य

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्र्तगत कबड्डी पुरुषतर्फ त्रिभूवन आर्मी क्लव र लुम्बिनी प्रदेश फाइनल प्रवेश गरेका छन् ।बुधबार सम्पन्न सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन त्रिभूवन आर्मी क्लवले सुदुर पश्चिम प्रदेशलाई ३६ – २१ पोइन्टले पराजित गर्दै फाइनल प्रवेश गर्दा अर्को खेलमा लुम्बिनी प्रदेशले नेपाल प्रहरी क्लवलाई २७–१० पोइन्टले पराजित गर्दै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो । कबड्डी पुरुषतर्फ फाइनल प्रवेश गरेको त्रिभूवन आर्मी क्लवका खेलाडीहरु सामुहिक तस्विर खिचाउँदै । तस्विर :नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी फाइनल चरणमा प्रवेश गरेका… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद : कबड्डी महिलातर्फ आर्मी र प्रहरी फाइनल प्रवेश, लुम्बिनी र सशस्त्रलाई कास्य

कार्तिक २ पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्र्तगत कबड्डी महिलातर्फ त्रिभूवन आर्मी क्लव र नेपाल प्रहरी क्लव फाइनल प्रवेश गरेका छन् । बुधबार सम्पन्न सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन त्रिभूवन आर्मी क्लवले लुम्बिनी प्रदेशलाई २३– ६ पोइन्टले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । यस्तै अर्को विभागिय टोली नेपाल प्रहरी क्लवले सशस्त्र प्रहरी बललाई ३२– २९ पोइन्टले पराजित गर्दै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो । फाइनल चरणमा प्रवेश गरेका आर्मी र नेपाल प्रहरीले लिग चरणका खेलमा अपराजित रहँदै समुह विजेता… पुरा पढौ

बझाङमा जीप दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु , १६ जना घाइते, ३ को अवस्था गम्भीर

बझाङ । बझाङको मष्टा गाउँपालिका–१ तुफान डाँडामा जीप दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ । आज दिउँसो सदरमुकाम चैनपुरबाट मष्टा–२ खेतकोट जाँदै गरेको सुपप्र ०१–००१च ११७ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा परी मष्टा गाँउपालिका वडा नम्बर २ की ८ वर्षीया सम्झना खड्का, एकै घरमा दाजु भाइ १५ वर्षीय रोसन खड्का र प्रचण्ड खड्का, ३८ वर्षीय विरेन्द्र अधिकारी, मष्टा गाउँपालिका वडा नम्बर ३ की २६ वर्षीया बसन्ती धामी कठायत र उनकी ७ महिनाकी छोरी दक्षिका कठायतको घटना… पुरा पढौ

पुरुष हक्कीः दुई विभागिय टिम पुलिस र आर्मीको भेट फाईनलमा पक्का

पोखरा,कार्तिक २ गते । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष हकीको फाईनलमा नेपाल आर्मी र पुलिस विच भिडन्त हुने पक्का भएको छ । हेम्जाको गौरीशंकर खेल मैदानमा जारी खेलमा आज आर्मीले कर्णालीलाई र पुलिसले गण्डकीलाई पराजित गरि दुवै टिमविच विहीबार हुने फाईनलमा भेट पक्का गरेका हुन् । बुधबार भएको पहिलो खेलमा नेपाल आर्मीले कर्णाली प्रदेशलाई १३–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । टिमलाई विजयी बनाउनका लागि नेपाल आर्मीका देवसिं धामी एक्लैले ४ गोल गरेका थिए । उनले… पुरा पढौ

कास्की क्षेत्र नम्वर ३ मा एमालेको निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन

पोखरा । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि कास्की निर्वाचन क्षेत्र नम्वर ३ मा एमालेको प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटिको सम्पर्क कार्यालयको बुधवार उद्घाटन गरिएको छ । कार्यालयको उद्घाटन गर्दै नेकपा एमालेका पोलिव्युरो सदस्य एवं पुर्व खेलकुदमन्त्री जगत विश्वकर्माले नेपालको सिङ्गो राष्ट्र निर्माण र विकासको अभियानमा लाग्ने पाटी एमाले भएकोले मङसिर ४ गते हुने निर्वाचनमा सुर्य ध्वजावाहाक उम्मेदवारहरूलाई जिताउनुपर्ने जोड दिएका छन् । उनले सडकमा बाजा गाजासहित नारा जुलुस लगाएर मात्र हैन मतदाताका घरआँगनमा पुगि पाटीले गरेका विकास… पुरा पढौ

बाँझो बारीमा किवी, वर्षमै लाखौँ आम्दानी

बलेवा । गाउँमा काम गर्ने जनशक्तिको अभाव छ । युवापुस्ता पलायन हुने र गाउँमा भएका वृद्ध तथा बालबालिकाले खेतबारीको काम गर्न सक्दैनन् । वर्षभरि दुःख गरेर छ महिना खान नपुग्ने भएपछि गाउँका बारी बाँझै राखेर सहर पस्नेहरुको कमी छैन । यो समस्या बागलुङका हरेक बस्तीमा छ । जनशक्तिको अभावमा बारी बाँझो राख्न बाध्य भएका एउटा पात्र हुन् काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछाने । पाँच वर्षअघि वडाध्यक्षमा निर्वाचित भएपछि लामिछानेले पनि बारी बाँझै राखे । आफू जनप्रतिनिधि भएकाले २४ घण्टा… पुरा पढौ

देश विकास निर्माण गर्ने एक मात्रै पाटी एमालेः उम्मेदवार गुरूङ

पोखरा । नेकपा एमालेका तर्फबाट कास्की १ का प्रतिनिधि सभा उम्मेदवार मनबहादुर गुरूङले देशमा विकास निर्माण गर्ने एक मात्र पाटी एमाले भएको बताएका छन् । अग्रगामी राष्ट्र निर्माणको लागि एमाले पाटीको विकल्प नभएको बताउँदै उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई बहुमत दिएर पहिलो पाटी बनाउन सबै मतदातामा अनुरोध गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले वडा कमिटी पोखरा २६ ले आयोजना गरेको उम्मेदवार भेटघाट कार्यक्रममा उनले व्यवस्था परिवर्तन भएपनि नागरिकको अवस्थामा परिवर्तन नभएकोले अवस्था परिवर्तनका लागि एमालेलाई मत… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद : पुरुष ४ सय मिटर रिले पुरुषमा एपिएफलाई स्वर्ण

पोखरा । पुरुष ४ सय मिटर रिले दौडमा एपिएफले स्वर्ण पदक जितेको छ । एपिएफका निरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की र चन्द्रबहादुर पुलामीमगरले ४२.४४ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितेका हुन् । त्यसै गरी आर्मीका जीवन चौधरी, विवश थारु, युवराज विक र डिल्ली भण्डारीलाई ४२.६० सेकेण्डमा दुरी पुरा गर्दै रजत पदक जितेको छ । त्यसै गरी लुम्विनी प्रदेशका सीमान पाण्डे, सुजल डाँगी, रोशन थारु र तुल्सीराम थारुले ४४.३८ सेकेण्डमा पुरा गर्दै कास्य पदक जितेका छन् । पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद : महिला ४ सय मिटर रिले दौड आर्मीलाई स्वर्ण

पोखरा । महिला ४,१०० मिटर रिले दौडमा आर्मीले स्वर्ण पदक जितको छ । आर्मीले गण्डकी प्रदेशलाई पछि पार्दै स्वर्ण पदक जित्यो । आर्मीका लागि रमिता गुरुङ सरस्वती चौधरी, जयरानी थारु र निर्मला थापाले ४९.६० सेकेण्डमा दुरी परा गरे । गण्डकीका लागि मसिना अधिकारी, अनिसा भण्डारी, सविना खातुन मिया र निशा घर्तीले ५२.७५ सेकेण्डमा दुरीपुरा गर्दै रजत पदक जित्यो । बागमतीका लागि रजीता दुलाल, स्वगता खाइजु, प्रकृती सुवाल र लुजना आमात्यले ५२.७६ ले दुरीपुरा गर्दै कास्य पदक जितेका छन् । पुरा पढौ

विकास निर्माण गर्ने पाटी एमाले : गुरूङ

पोखरा । नेकपा एमालेका तर्फबाट कास्की १ का प्रतिनिधि सभा उम्मेदवार मनबहादुर गुरूङले देशमा विकास निर्माण गर्ने एक मात्र पाटी एमाले भएको बताएका छन् । अग्रगामी राष्ट्र निर्माणको लागि एमाले पाटीको विकल्प नभएको बताउँदै उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई बहुमत दिएर पहिलो पाटी बनाउन सबै मतदातामा अनुरोध गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले वडा कमिटी पोखरा २६ ले आयोजना गरेको उम्मेदवार भेटघाट कार्यक्रममा उनले व्यवस्था परिवर्तन भएपनि नागरिकको अवस्थामा परिवर्तन नभएकोले अवस्था परिवर्तनका लागि एमालेलाई मत… पुरा पढौ