समाचार

महिला म्याराथनमा एपिएफलाई स्वर्ण

कास्की । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथ्लेटिक्सको आज सम्पन्न महिला म्याराथनमा सशस्त्र प्रहरी बलका एपिएफका वृन्द्राधन श्रेष्ठले स्वण पदक जितेका छन । पोखरा रङ्गशालाबाट सुरु भएको म्याराथनको ४२।१९५ किलोमिटर दूरी उनले दुई घण्टा ५७ मिनेट २३ सेकेण्डमा पूरा गर्दै स्वण पदक जितेका हुन । यस्तै अर्को विभागीय टोली नेपाली सेनाका विश्वरुपा बुढाले तीन घन्टा ००।३५ सेकेन्डमा निर्धारित दूरी पारगरी कास्य पदक जित्दा नेपाल प्रहरीका रेखा विष्टले तीन घण्टा एक मिनेट ३५ सेकेन्डमा दूरी पूरा गरी कास्य जिते… पुरा पढौ

महिला कुस्तीका स्वर्णमा सेना र सुदूरपश्चिमको कब्जा

पूर्वी नवलपरासीमा भएको कुस्ती महिलातर्फका सबै स्वर्ण पदक विभागीय टोली नेपाल आर्मी र सुदूरपश्चिम प्रदेशले कब्जा गरेका छन् । मंगलबार स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा विभागीय टिम नेपाली नेपाल आर्मी र सुदूरपश्चिम प्रदेश प्रदेशले समान पाँच–पाँच वटा स्वर्ण पदक हात पारेका हुन् । आर्मीका लागि ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ्ग, ६२ केजी तौल समूहमा सुशीला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मिरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठले स्वर्ण पदक जितेका हुन्… पुरा पढौ

नवौँ राष्ट्रिय खेलकुद : महिला लङजम्पमा आर्मीकी जयरानीको कीर्तिमान

एथलेटिक्स महिला लङजम्पमा आर्मीकी जयरानी थारुले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । उनले पोखरा रंगशालामा ५.५८ मिटर जम्प गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् । उक्त इभेन्टमा यसअघि गत असारमा निशा चौधरीले ५.४७ मिटर जम्प गर्दै शिला चौधरीले २०१८ मा राखेको ५४५ मिटर जम्पको कीर्तिमानलाई भंग गरेकी थिइन् । लुम्बिनीकी निशा चौधरीले ५.४९ मिटर जम्प गर्दै रजत तथा एपीएफकी शिला चौधरीले ५.३१ मिटर जम्प गर्दै काँस्य जितिन् । पुरा पढौ

नवौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटको कास्य पदक बागमतीलाई

पोखरा । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको कास्य पदक बागमती प्रदेशले प्राप्त गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई सात विकेटले पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाएर ८७ रन बनायो । अठासी रनको विजय लक्ष्य बागमतीले १६ दशमलव एक ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । बागमतीका लागि सुमन खतिवडाले अविजित ४१ रनको योगदान दिइन् । उनले २१ बलमा एक छक्का… पुरा पढौ

पुरुष खोखो सेमिफाइनल समीकरण पूरा

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भइरहेको खोखो प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । जसमा ग्रुप ‘ए’बाट समूह विजेता बन्दै विभागीय टिम नेपाल आर्मी र उपविजेता बागमती प्रदेश सेमिफाइनलमा पुगेका छन् । त्यस्तै, ग्रुप ‘बि’बाट समूह विजेताका रुपमा लुम्बिनी प्रदेश र उपविजेताका रुपमा प्रदेश नं. १ सेमिफाइनलमा प्रवेश गरेका छन् । ४ वटै टिम बुधबार पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा फाइनल प्रवेशका लागि भिड्ने भएका छन् । राउन्ड रोबिन आधारमा भइरहेको प्रतियोगिताको सेमिफाइनलअन्तर्गत बुधबार बिहान समूह ए का विजेता आर्मी र… पुरा पढौ

रोकिएको प्याराग्लाईडिङ खेल सञ्चालन गर्न अर्थमन्त्री बरालको आग्रह

पोखरा १, कार्तिक गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले हाल बन्द गरिएको सहासिक खेल प्याराग्लाईडिङ पुनः संचालन गर्न माग गरेका छन् । । मन्त्री बरालले सामाजिक सञ्जाल फेसबुकमा आज विहान एक स्टाटस लेख्दै यस्तो आग्रह गरेका हुन् । उनले खेलका क्रममा दुर्घटनामा परी निधन भएको घटनालाई लिएर देशैभरी संचालन भएको सहासिक खेल प्याराग्लाईडिङ बन्द गर्नु उचित निर्णय नभएको टिप्पणीसमेत गरेका छन् । मन्त्री बरालले हार्दिक अपिल गर्दै पोखरामा जारी नवौं खेलकुद प्रतियोगितामा समावेस भएको प्याराग्लाईडिङ खेल समेत… पुरा पढौ

बढ्यो सुनचाँदीको मूल्य

साताको तेस्रो दिन आज मंगलबार पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार १ सयले बढेर ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।तेजावी सुन प्रतितोलामा ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य मंगलबार २० रुपैयाँले बढेर १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पुरा पढौ

नवौँ राष्ट्रिय खेलकुद: चार सय मिटर दौडमा सोमबहादुर र रमिताको नयाँ कीर्तिमान

एथलेटिक्सतर्फ त्रिभुवन आर्मी क्लबका सोमबहादुर कुमाल र एपिएफ क्लबकी रमिताकुमारी थारुले नयाँ कीर्तिमान बनाएका छन् । केहीबेर अघि पोखरा रङ्गशालामा सम्पन्न खेलमा दुवैजनाले नयाँ कीर्तिमान बनाएका हुन् । आर्मी क्लबका कुमालले पुरुष चार सय मिटर दौडमा नयाँ कीर्तिमान बनाउँदै स्वर्ण पदक जिते । उनले निर्धारित दुरी ४७ दशमलव ९५ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाए । कुमालले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन् । यसअघि कुमालका नाममा ४८ दशमलव २० सेकेन्डको कीर्तिमान थियो । उक्त स्पर्धामा एपिएफका आशिष… पुरा पढौ

कोदोखेतीमा गबारोको समस्या, कृषक चिन्तित

पर्वतका विभिन्न क्षेत्रमा लगाइएको कोदो खेतीमा गबारो किराको समस्या देखिएको छ । जिल्लाका उच्च पहाडी र लेकाली क्षेत्रमा गरिएको कोदो खेतीमा गवारो रोगको समस्या बढेपछि कृषक चिन्तित बनेका छन् । जिल्लाको दुर्लुङ, चित्रे, क्याङ, राम्जा, फलामखानी, लुङ्खुदेउराली, शालिजा, बाँसखर्कलगायतका क्षेत्रमा लगाइएको कोदोखेतीमा पहेँलो हुने, बाला नलाग्ने र विस्तारै बोट मर्ने समस्या देखिएको हो । धेरै गर्मी हुने बेँसीमा भन्दा केही चिसो हुने लेक क्षेत्रमा लगाइएको कोदोको गवारे किराको प्रभाव परेको देखिएको तथा विगतमा भन्दा यो वर्ष झनै क्षति भएको कृषि… पुरा पढौ

राष्ट्रिय खेलकुद: पुरुष फुटबलको सेमिफाइनल आज

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज (मंगलबार) पुरुष फुटबल सेमिफाइनलका खेलहरु हुँदैछन्। पहिलो सेमिफाइनलमा आज दिउँसो साँढे १२ बजे घरेलु गण्डकीविरुद्ध विभागीय आर्मीले खेल्दैछ। त्यस्तै, आज दिउँसो ३ बजे विभागीय एपीएफसँग सुदूरपश्चिमले प्रतिस्पर्धा गर्दैछ। ४ समूहमा विभाजित गण्डकी, आर्मी, एपीएफ र सुदूरपश्चिम समूह विजेता बन्दै सेमिफाइनल खेल्न लागेको हो। गण्डकी समूह ए, आर्मी समूह बी, एपीएफ समूह सी र सुदूरपश्चिम समूह डी बाट विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो। समूह ए, बी र सी मा ३ टिम तथा समूह डी मा… पुरा पढौ