समाचार

नदीपुरमा शुभकामना आदान प्रदान कार्यक्रम, ब.प्र.ह.श्रेष्ठको बिदाई

पोखरा । नदीपुर प्रहरी बिट निर्माण समिति पोखरा ३ ले मंगलवार दिपावली नेपाल सम्वत ११४३ र छठ पर्वको सन्दर्भमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।सोहि अवसरमा प्रहरी बिट नदीपुरबाट सरुवा भई जान लागेका वरिष्ठ प्रहरी हवल्दार गौतम श्रेष्ठको बिदाई तथा नव आगन्तुक बिट इन्चार्ज प्र.ह.देवबहादुर घर्तिमगरलाई स्वागत गरेका थिए ।कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ३ का निवर्तमान वडा अध्यक्ष रबिन्द्रबहादुर प्रजुले खादा र मायाको चिनो प्रदान गरि बिदाई गरेका थिए ।झण्डै ३ बर्ष नदीपुर बिट इन्चार्ज भई… पुरा पढौ

८ आयोगले निर्वाचन अनुगमन गर्दै

आगामी मंसीर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मानव अधिकारसम्बन्धी ८ वटा संवैधानिक आयोगले संयुक्त अनुगमन गर्ने भएका छन्। ती आयोगका प्रतिनिधिको संयुक्त छलफलबाट यस्तो सहमति भएको हो। राजनीतिक दलहरूले गरेका उम्मेदवारी मनोनयन समावेशी लोकतन्त्र, मानवअधिकार, संविधानको मर्म र भावनाअनुरूप पूर्ण रूपमा समावेशी तथा समानुपातिक हुन नसकेको भन्दै ती आयोगका पदाधिकारीले चिन्ता प्रकट गरेका छन्। आगामी दिनमा यसमा सुधार ल्याउनेतर्फ कदम चाल्न सम्बन्धित सबैलाई उनीहरूले आह्वान गरेका छन्। निर्वाचनमा राजनीतिक दलहरूले तयार गर्ने घोषणापत्रमा मौलिक हकको… पुरा पढौ

फेसबुकको टोलीसँग निर्वाचन आयोगको अन्तक्रिया

मंसीर ४ मा हुन गइरहेको प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनको सन्दर्भमा आयोगले फेसबुकको मातृ कम्पनीसँग छलफल गरेको हो। निर्वाचनको समयमा आचारसंहिता विपरित फेसबुकबाट हुन सक्ने संभावित अवाञ्छित क्रियाकलाप रोक्ने सम्बन्धमा छलफल केन्द्रीत थियो। मेटाको प्रतिनिधमण्डलले निर्वाचन प्रक्रियाको समयमा फेसबुकमार्फत हुने तथ्यहीन, भ्रामक एवं घृणायुक्त सामग्री रोक्न सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। पुरा पढौ

देशभर २२ हजार २२७ मतदान केन्द्र

निर्वाचन आयोगले देशभर १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ वटा मतदान केन्द्रहरु निर्धारण गरेको छ। देशभर प्रतिनिधिसभाका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कुल १६५ निर्वाचन क्षेत्र छन्। त्यस्तै, पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत नै प्रदेशसभातर्फ प्रदेश नं १ मा ५६, मधेश प्रदेशमा ६४, बाग्मती प्रदेशमा ६६, गण्डकी प्रदेशमा ३६, लुम्बिनी प्रदेशमा ५२, कर्णाली प्रदेशमा २४ र सुदूरपश्चिम प्रदेशमा ३२ वटा निर्वाचन क्षेत्र छन्। मंसीर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा देशभर कुल १ करोड ७९… पुरा पढौ

म्याग्दी–बागलुङ जोड्ने झोलुङ्गे पुल निर्माण कार्य अन्तिम चरणमा

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरबाट छिमेकी बागलुङ जिल्लाको बागलुङ नगरपालिका वडा नं. ४ कुडुले जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्ग पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपाल सरकारको ‘सस्पेन्सनब्रिज’ डिभिजनले दुई जिल्ला जोड्ने तीन सय ८८ मिटर लामो र एक सय ७० मिटर अग्लो झोलुङ््गे पुलको निर्माण सुरु गरेको हो । एक घण्टाको बाटो पाँच मिनेटमा छोटिने भएको छ । तीन करोड लागतमा बन्ने सो पुल निर्माणको लागि भवानीहिमशिखर जेभीले १० महिनामा पुल तयार गर्ने गरी गतवर्षको असोजमा… पुरा पढौ

तनहुँ म्याग्देका ८२५ जना ज्येष्ठ नागरिकलाई परिचय पत्र

तनहुँको म्याग्दे गाउँपालिकाले ८ सय बढी ज्येष्ठ नागरिकहरुलाई परिचय पत्र वितरण गरेको छ। गाउँपालिका कार्यालयले असोज १ देखि थालेको एकीकृत घुम्ती शिविरमार्फत ८ सय २५ जनालाई उक्त परिचय पत्र वितरण गरेको हो। त्यसैगरी, शिविरबाट १० जना अपाङ्गता भएकालाई अपाङ्गता परिपचपत्र वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिएका छन्। वडासम्म गएर सेवा लिन असमर्थ भएको अवस्थामा अपाङ्गतालाई घरमा नै गएर परिचयपत्र प्रदान गर्ने व्यवस्था मिलाइएको उनले बताए। शिविरमा महिला स्वास्थ्य सेवाअन्तर्गत महिलाको पाठेघर परीक्षण र देखापरेका स्वास्थ्य समस्याको… पुरा पढौ

लोकदोहोरी गीत प्रतिष्ठान कास्की अध्यक्षमा तुलसी

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल कास्कीको अध्यक्षमा तुलसी क्षत्री चयन भएकी छन्। प्रतिष्ठानको २१ औं वार्षिक साधारणसभा तथा ८ औं जिल्ला अधिवेशनले अध्यक्षमा क्षत्रीलाई चयन गरेको हो। अधिवेशनले क्षत्रीको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमितिको समेत गठन गरेको छ। जसमध्ये संस्थाको प्रथम उपाध्यक्षमा परशुराम अधिकारी, द्वितीय उपाध्यक्षमा दीपक अधिकारी, महिला उपाध्यक्ष रिता कार्की कुँवर, सचिव नारायणबहादुर सुनार, सहसचिव रचित पौडेल, कोषाध्यक्ष नवराज अधिकारी र सहकोषाध्यक्ष दुर्गा क्षत्री छन्। त्यस्तै, सदस्यमा सुनील गायक, बज्रराज अधिकारी, कमला केसी, भानु पौडेल, विनोद रामदाम,… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद : कबड्डीमा लिग चरणका १२ खेल हुँदै

असोज ३१ पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत कबड्डी प्रतियोगितामा मंगलबारपनि महिला तथा पुरुष विधामा लिग चरणका ६÷६ खेलहरु हुँदै छन् । जसअन्र्तगत महिलातर्फ प्रदेश नम्वर १ र कर्णाली प्रदेश, त्रिभूवन आर्मी क्लव र सुदुरपश्चिम प्रदेश, नेपाल प्रहरी क्लव र लुम्बिनी प्रदेश, मधेश प्रदेश र सशस्त्र प्रहरी बल, प्रदेश नम्वर १ र गण्डकी प्रदेश यस्तै अन्तिम खेलमा बाग्मती प्रदेश र सुदुर पश्चिम प्रदेश आम्नेसाम्ने हुनेछन् । यस्तै पुरुषतर्फ बाग्मती प्रदेश र मधेश प्रदेश, त्रिभूवन आर्मी क्लव र गण्डकी प्रदेश,… पुरा पढौ

भोलि फेवाताल सरसफाई गरिदैं

पोखरा महानगरपालिकाले भोलि (बुधबार) पनि फेवाताल सरसफाई गर्दैछ। महानगरपालिकाले एक सूचना जारी गर्दै सञ्चालन गरिरहेको फेवाताल सरसफाइ महाअभियान अन्तरगत भोलि फेवाताल सरसफाइ गर्न लागेको जनाएको छ। महानगरपालिकाले संपूर्ण आमा समूह, टोलविकास संस्था, सरकारी तथा गैरसरकारी संघसंस्था, सहकारी, बैंक तथा वित्तीय संस्थाहरू, पर्यटन सम्बद्ध संघसंस्था तथा व्यवसायीहरू, युवा क्लब, जिल्ला स्थित सामाजिक संघसंस्थाहरू, ३ वटै सुरक्षा निकाय (सेना, प्रहरी र सशस्त्र), वडा कार्यालय, जनप्रतिनिधि तथा कर्मचारीहरू, राजनीतिक दल, सञ्चारकर्मी मित्रहरूलगायत संपूर्ण सरोकारवालाहरूलाई पोखरा महानगरपालिकाले फेवाताल सरसफाइइका लागि आग्रह समेत गरेको छ।… पुरा पढौ

राष्ट्रिय खेलकुद: हालसम्म १४० स्वर्ण पदकको छिनोफानो, ६१ स्वर्णसहित १२८ पदक जित्दै आर्मी अगाडि

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा हालसम्म १४० स्वर्ण पदकको छिनोफानो भएको छ। त्यसमध्ये विभागीय आर्मीले ६१ स्वर्णसहित अग्रता कायम गरेको छ। आर्मीले ३९ रजत र २८ कास्य गरी कूल १२८ पदकसहित अग्रता कायम गरेको हो। त्यस्तै, विभागीय नेपाल पुलिसले २३ स्वर्ण, १७ रजत र २५ कास्यसहित ६५ पदकसहित दोस्रो स्थानमा छ। अर्को विभागीय सशस्त्र प्रहरी बल एपीएफले १६ स्वर्ण, २५ रजत र ३३ कास्यसहित ७४ पदक जित्दै तेस्रो स्थानमा छ। त्यसैगरि, बागमती प्रदेशले १४ स्वर्ण, २२ रजत र २३ कास्यसहित ५९… पुरा पढौ