समाचार

गठबन्धनको बैठक बस्दै, संयुक्त अपिल जारी गर्ने

बागी उम्मेदवारी दिएर फिर्ता नगर्नेहरुलाई सत्ता गठबन्धनमा रहेका पार्टीहरुले छानविन गरी कारवाही गर्ने भएका छन् । बागी उम्मेदवारबारे छलफल गर्न गठबन्धनको बैठक सोमबार दिउँसो बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएको नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले जानकारी दिए । उनका अनुसार प्रतिनिधि र प्रदेश सभामा गठबन्धन भएका क्षेत्रमा गठबन्धन दलका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई फिर्ता गर्न निर्देशन दिएपनि कतिपयले फिर्ता नलिएकाले उनीहरुलाई कस्तो कारवाही गर्ने भन्नेबारे छलफल हुनेछ । त्यस्तै गठबन्धनका शीर्ष… पुरा पढौ

सुनको भाउ सामान्य बढ्यो, चाँदी स्थिर

साताको दोस्रो दिन आज सोमवार सुनको भाउ सामान्य बढेको छ । सुन आज तोलामा ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।आजको भाउ हिजोभन्दा २ सय रुपैयाँले बढी हो । यस्तै, आज चाँदीको भाउ भने स्थिर छ । चाँदीको भाउ तोलामा हिजो जस्तै १ हजार १ सय ६० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । पुरा पढौ

निसिमको निधनमा प्रदेश खेलकुद गण्डकीद्वारा दुःख व्यक्त

पोखरा । प्याराग्लाइडिङ खेलाडी निसिम थापा मगरको निधनमा प्रदेश खेलकुद परिषद गण्डकीले दुःख व्यक्त गरेको छ । नेपाल आर्मीका खेलाडी २६ वर्षिय निसिमको आइतबार प्रतिस्पर्धाका क्रममा निधन भएको थियो । प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ र कावा सदस्य सचिव घनश्याम भुसालले संयूक्त प्रेस विज्ञप्ती जारी गर्दै प्रदेश खेलकुद मर्माहत एवं स्तव्ध भएको जनाएका छन् । विज्ञप्तीमा भनिएको छ–“नेपाली सेनाको टिमबाट सहभागि गोरखा पालुङटार निवासी खेलाडी निसिम थापा मगरको अकल्पनिय असमायिक उक्त घटनाबाट हामी ज्यादै दुःखी छौं ।” निधन भएका… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदमा आर्मीको दवदवा कायमै

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीका खेलाडीको दवदवा कायमै छ । हालसम्म ८७ स्वर्ण पदकको छिनोफानो हुँदा नेपाल आर्मीले ३८ स्वर्ण, २७ रजत र २१ काँस्य सहित ८६ पदक जित्दै शीर्ष स्थानमा छ ।दोश्रो स्थानमा विभागी एपिएफले १२ स्वर्ण, १६ रजत र २२ काँस्य पदक जितेको छ । त्यसैगरी तेस्रो स्थानमा अर्को विभागीय टोली पुलिस क्लबले ११ स्वर्ण, ७ रजत र १७ कास्य पदकसहित ३५ पदक जितेको छ । चौथो स्थानमा रहेको बागमती प्रदेश १० स्वर्ण, १६ रजत र… पुरा पढौ

बक्सिङमा विभागीय टोलीकै हावी

बक्सिङ प्रतियोगिताको दोस्रो दिनमा पनि विभागीय टोलीकै हावी देखिएको छ । पोखरा रंगशाला अन्तर्गत बक्सिङ हलमा सञ्चालन गरिएको प्रतियोगितामा महिला र पुरुषतर्फ विभागीय टोली नै अगाडि छ । पुरुषतर्फ पहिलो चरणमा भएको खेलमा आर्मीका सुशील थापाले ४.१ नम्बर ल्याएर कर्णालीका मोहन गुरुङलाई पराति गरे ।३.२ अंक प्राप्त गर्दै लुम्बिनीका सुरज ओलीले सुदूरपश्चिमका चिरन्जीवी खड्कालाई पराजित गरे । अंक सहित एपीएफका प्रदीप महर्जनले कर्णालीका जीवनकुमार पुनलाई पराजित गरेका छन् । सुदूरपश्चिमका रन्जन भट्टलाई हराउँदै बागमतीका लालप्रसाद उप्रेतीले ५ नम्बर ल्याए ।पुलिसका… पुरा पढौ

भारत्तोलनमा आज ४ स्वर्णका लागि खेल हुँदै

भारत्तोलन अन्तर्गत दोस्रो दिन आज सोमबार ४ इभेन्टमा खेल हुँदै छन् । पोखरा उद्योग वाणिज्य संघमाका् हलमा भएको प्रतियोगितामा सोमबारका लागि महिला ५५ र ५९ तथा पुरुष ६७ र ७३ केजी तौल समूहमा खेल हुनेछन् । कात्तिक २ सम्म चल्ने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी कुल १०÷१० इभेन्टमा खेल हुनेछ । जसमा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएका छन् प्रतियोगितामा २० स्वर्णका लागि प्रतिस्पर्धा हँुदैछ । उद्घाटनको दिन नेपाल पुलिसले ३… पुरा पढौ

आइटिएफमा आर्मी सात स्वर्णसहित अग्रस्थानमा

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत यहाँ जारी आइटिएफ तेक्वान्दो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी सात स्वर्ण पदकसहित अग्रस्थानमा छ । अहिलेसम्मका खेलमा बागमती प्रदेशले तीन र गण्डकीले एक स्वर्ण जितेको छ । एकल प्याटर्नमा छ र टिम प्याटर्नमा एक स्वर्ण जित्दै आर्मीले जारी प्रतियोगितामा आफ्नो वर्चश्व कायम गरेको हो । आइतबार भएको पुरुष टिम प्याट्रनमा नेपाल आर्मी र महिला टिम प्याट्रनमा बागमती प्रदेशले स्वर्ण हात पारेको हो । पुरुष टिम प्याट्रनमा गण्डकी प्रदेश र महिलातर्फ नेपाल आर्मीले रजत पदकमा चित्त बुझायो ।… पुरा पढौ

युगान्डामा इबोला भाइरस तीब्र रुपमा फैलिएपछि लकडाउनको घोषणा

अफ्रिकी मुलुक युगान्डामा इबोला भाइरसको संक्रमण तीब्र रुपमा फैलिएका कारण लकडाउनको घोषणा गरिएको छ । युगाण्डाको स्वास्थ्य मन्त्रालयका अनुसार गत सेप्टेम्बर २० मा पहिलो पटक यो प्रकोप देखा परेपछि त्यस यता १९ जनाको मृत्यु भइसकेको हो । महामारी नियन्त्रणका लागि लकडाउन गरिएको युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनीले बताउनुभएको छ। इबोला प्रकोपको केन्द्रविन्दुमा रहेका दुई वटा जिल्लामा लकडाउनको घोषणा गरिएको हो । सोही स्थानको यात्रामा प्रतिबन्ध, व्यक्तिगत यात्रामा रोक र रातको समयमा कर्फ्यु आदेश समेत जारी गरिएको छ । त्यस्तै, सार्वजनिक स्थानहरू… पुरा पढौ

पहिचान खुल्ने परिचयपत्रका आधारमा पनि मतदान गर्न पाइन्छ

मतदाता नामावलीमा नाम भएका कुनैपनि मतदाताले आफ्नो परिचय खुल्ने परिचयपत्रको आधारमा मतदान गर्न पाउने भएका छन्। मतदाता नामावलीमा नाम भएका व्यक्तिले आफ्नो स्पष्ट पहिचान खुल्ने नागरिकता, सवारी चालक अनुमतिपत्र, लालपुर्जा वा कुनै पनि सरकारी कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ। पुरा पढौ

काँग्रेसको आज दिउँसो ३ बजे पत्रकार सम्मेलन

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दैछ। काँग्रेस प्रवक्ता प्रकाशशरण महतले पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गर्न लागेका हुन्। पत्रकार सम्मेलनमार्फत काँग्रेसको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९, केन्द्रीय प्रचार प्रसार समितिका संयोजकसमेत रहेका प्रवक्ता महतले निर्वाचन र पार्टी गतिविधिसम्बन्धी पछिल्लो जानकारीहरु दिनेछन्। पुरा पढौ