समाचार

तनहुँ क्षेत्र नं १ मा काँग्रेसका पौडेल, २ मा भण्डारी

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसले दुवै क्षेत्रको उम्मेदवार टुङ्गो लगाएको छ । शनिबार राति मात्रै काँग्रेसले उम्मेदवार टुङ्गो लगाएको हो । काँग्रेसले तनहुँ क्षेत्र नं १ मा वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै क्षेत्र नं २ मा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । क्षेत्र नं २ का कारण उम्मेदवार चयनमा ढिलाइ भएको काँग्रेस तनहुँले जनाएको छ । काँग्रेसले दुवै निर्वाचन क्षेत्रमा… पुरा पढौ

निर्वाचनका लागि तनहुँमा ३६०० जनशक्ति परिचालन गरिने

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा ३ हजार ६ सय ६० जनशक्ति परिचालन गरिने भएको छ । जिल्लामा २ प्रतिनिधिसभा र ४ प्रदेशसभा क्षेत्र रहेको छ । जिल्ला निर्वाचन कार्यालयले सबै मतदान स्थलमा आवश्यक पर्ने कर्मचारीको विवरण तयार गरेको निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिएका छन् । उनका अनुसार तनहुँ क्षेत्र नं १ तर्फ १ हजार ८ सय २४ र क्षेत्र नं २ तर्फ १ हजार ८ सय ३६ कर्मचारी परिचालन गरिनेछ । क्षेत्र… पुरा पढौ

मेमे पोखरी घुम्न जाँदा बेपत्ता युवतीको शव भेटियो

४ हजार ८ सय सय मिटरको उचाईमा रहेको मेमे पोखरी घुम्न जाँदा बेपत्ता एक युवतीको शव भेटिएको छ । दसैँ मनाउनका लागि ऐतिहासिक एवं पर्यटकीयस्थल मेमे पोखरी घुम्न जाँदा बेपत्ता बेँसीसहर नगरपालिका–१० साँधुकी २४ वर्षीया शर्मिला तामाङको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलका अनुसार नेपाली सेना, प्रहरीलगायत टोलीले सो स्थान नजिकै घुम्रो खर्कमा युवतीको शव फेला पारेको हो । यसअघि, मृतक युवतीका श्रीमान् सर्लाहीको लालबन्दीका २६ वर्षीय बुद्ध तामाङको सोही क्षेत्रमा लेक लागेर… पुरा पढौ

अन्नपूर्ण पदमार्गबाट फर्किन थाले पर्यटक

अन्नपूर्ण पदमार्गमा अलपत्र परेका पर्यटक लमजुङतर्फ फर्किन थालेका छन् । मौसमी खराबका कारण गन्तव्यमा पुग्न नसकेका पर्यटकहरू बुधवारदेखि पुन: लमजुङतर्फ नै फर्किएका हुन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटक सहायक क्षेत्रबहादुर गुरुङले भने, ‘वर्षा हुनु अघिसम्म दैनिक ८० भन्दा बढी पर्यटक यस पदमार्गबाट मनाङ जिल्ला हुँदै गन्तव्य पार गर्ने गरेका थिए । तर निरन्तरको वर्षाले पदमार्ग समेत बिग्रिन थालेको र मनाङको माथिल्लो भेगमा हिमपात हुन थालेपछि उनीहरू अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङको बेँसीसहर नै फर्किन थालेका… पुरा पढौ

लमजुङमा श्रीमानको मृत्यु, श्रीमती बेपत्ता

नेपालीको महान् पर्व दशैंमा ऐतिहासिक एवं पर्यटकीय मेमेपोखरी घुम्न गएका एक जनाको मृत्यु भएको र अर्को एक महिला सम्पर्कविहिन भएकी छिन् । सर्लाही लालबन्दीका २६ वर्षीय वुद्ध तामाङअर्थात् दयासागर योन्जनको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले बताए । मेमेपोखरी (४,८०० मि) घुम्न गएका ५ जनामध्ये तामाङको लेक लागेर मृत्यु भएको र निजकी श्रीमती लमजुङको बेँसीसहर नगरपालिका–१० साँधुकी २४ वर्षीया शर्मिला तामाङ सम्पर्कविहीन रहेको उजले जानकारी दिए । उनीहरुसहित ५ जना उक्त स्थान घुम्न गएका… पुरा पढौ

आज विश्व हुलाक दिवस

आज अंग्रेजी अक्टोबर महिनाको ९ तारिक अर्थात विश्व हुलाक दिवस। अन्तर्राष्ट्रिय हुलाक संघको गठन भएको सम्झनामा सन् १९६९ वाट विश्व हुलाक दिवस मनाउँदै आएको हो। सन् १८७४ मा जापानको टोकियोमा अन्तर्राष्ट्रिय हुलाक संघको गठन भएको थियो। विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रुपमा हुलाकलाई लिइन्छ। विश्वभरका मानिसहरुबीच आपसी सद्भाव एवं भाइचारा वृद्धि गर्न सूचना तथा संचारको आवश्यकता महसुस गर्दै सामाजिक आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले विश्व हुलाक संघको सन् १८७४ अक्टोवर ९ मा स्थापना भएको हो। नेपालले भने उक्त… पुरा पढौ

आज कोजाग्रत पूर्णिमा, दशैंको समापन गरिदैं

आज आश्विन शुक्ल पूर्णिमाका दिन। अर्थात, दशैंको टीका कोजाग्रत पूर्णिमादेखि सम्पन्न हुने भएकाले घटस्थापनाका दिन दशैंघर र कोतहरूमा राखिएका जमरा आज विसर्जन गरिन्छ। प्रतिपदाका दिन घटस्थापना गरी प्रारम्भ गरिएको बडादशैं आज कोजाग्रत पूर्णिमाको साँझ घरघरमा महालक्ष्मीको पूजा–आराधना गरी विसर्जन गरिन्छ। आश्विन शुक्ल प्रतिपदाका दिनबाट सुरु भएको दुर्गा पक्ष अर्थात दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ। आजका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी रातभर… पुरा पढौ

नवौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेट भोलिदेखि, गण्डकी र मधेस प्रदेश भिड्दै

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका खेल भोलिदेखि पोखरामा सुरु हुँदैछन् । प्रतियोगिताको औपचारिक उद्घाटन यही असोज २८ गते हुने भए पनि त्यसअघि नै केही खेल सञ्चालन गर्न लागिएको हो । प्रतियोगिताअन्तर्गत महिला क्रिकेट भोलि आइतबारदेखि पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदानमा सञ्चालन हुँदैछ । महिला क्रिकेटको उद्घाटन खेल आयोजक गण्डकी प्रदेश र मधेस प्रदेशकाबीचमा हुने कास्की जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए । यसैगरी आइतबारको दोस्रो खेल सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशकाबीचमा हुँदैछ । महिला क्रिकेटमा नौ टोलीले सहभागिता जनाएका… पुरा पढौ

मनोनयनपत्र दर्तामा कठिनाइ भए आयोगले सहजीकरण गर्ने

काठमाण्डौं । निर्वाचन आयोगले मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत पहिलो हुने निवचित हुने प्रणालीतर्फ मनोनयनपत्र दर्ताका लागि हालैका दिनमा अविरल वर्षा, बाढी पहिरोलगायतका विपद्जन्य घटनाका कारण कतिपय स्थानमा आवतजावतमा समेत कठिनाइ हुने हकमा आवश्यक सहजीकरण गर्ने भएको छ । त्यस्तो घटना भएका स्थानमा लागि आवश्यक कागजात असोज २३ गते बिहान १० बजेभित्रमा यस आयोगको कार्यालय, कान्तिपथ, काठमाडौँमा प्राप्त भएमा आयोगले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाइ आवश्यक सहजीकरण गर्न सकिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद: गण्डकी प्रदेश टिमलाई फेन्सिङ खेल सामग्री प्रदान

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन अब ६ दिनमात्रै बाँकी छ। राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिदैं गर्दा फेन्सिङ संघ, कास्कीले गण्डकी प्रदेशको फेन्सिङ टिमका खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप) बोर्ड सदस्य राजेशकुमार गुरुङ र संघका अध्यक्ष विजय शाईले शनिबार पोखरा रंगशालामा खेलाडीहरुलाई खेल सामग्री हस्तान्तरण गरेका हुन्। उनले करिब ३ लाख ७० हजार मूल्य बराबरको खेल सामग्री हस्तान्तरण गरेका हुन्। खेलसामग्रीको हिसावमा महंगो पर्ने फेन्सिङ खेलका लागि अत्यावश्यक इलेक्ट्रोनिक्स स्वुर्ड, इलेक्ट्रोनिक्स ज्याकेट, इलेक्ट्रोनिक्स वायर, मास्क, ग्लोभ्स,… पुरा पढौ