समाचार

कास्की–३ मा एमालेले गरायो उम्मेदवारी दर्ता

कास्की–३ मा एमालेबाट दामोदर बैरागीले उम्मेदवारी दिएका छन् । बैरागी अवसर नपाएका नेता भनेर चिनिन्छन् । यो क्षेत्रमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका रामजीप्रसाद बरालले उम्मेदवारी दिएका छन् । कास्की–३ को (क)मा एमालेका गणेशमान गुरुङले उम्मेदवारी दर्ता गरेका छन् । पुराना एमाले नेता उनी पहिचानको मुद्धा बोकेर अशोक राईसँगै एमालेबाट विद्रोह गरेपनि एक वर्षअघि जसपाबाट एमाले प्रवेश गरेका थिए । कास्की–३ को (ख) मा नेकपा एमालेबाट राजिव पहारीले उम्मेदवारी दिएका छन् । पहारी २०७४ सालको चुनावमा यहि क्षेत्रबाट निर्वाचित भएका थिए… पुरा पढौ

कास्की–३ मा गठबन्धनले गरायो उम्मेदवारी दर्ता

कास्की–३ मा गठबन्धनबाट रामजीप्रसाद बरालले उम्मेदवारी दिएका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य उनी गण्डकी प्रदेशका अर्थमन्त्रीसमेत हुन् । यो क्षेत्रमा एमालेबाट दामोदर बैरागीले उम्मेदवारी दिएका छन् । कास्की–३ को (क)मा गठबन्धनबाट दुर्गादत्त भण्डारीले उम्मेदवारी दिएका छन् । नेकपा माओवादी केन्द्रका नेता उनी सोझा, ईमान्दार र अवसर नपाएका नेताका रुपमा परिचित छन् । कास्की–३ को (ख) मा गठबन्धनबाट प्रकाश बरालले उम्मेदवारी दिएका छन् । कांग्रेसको रोजाईमा परेका बराल नेपाली कांग्रेस गण्डकीका प्रमुख सचिव हुन् । पुरा पढौ

कास्की–२ मा एमालेले गर्यो उम्मेदवारी दर्ता

कास्की–२ मा एमालेबाट यो क्षेत्रमा रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराईले उम्मेदवारी दिएकी छन् । रवीन्द्रको निधनपछि भएको उप–चुनावमा जितेर सांसद भएकी भट्टराई दोश्रोपटक चुनावी भिडन्तमा आएकी हुन् । यहाँ उनको गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एसका श्रीनाथ बरालसँग भिडन्त हुनेछ । कास्की–२ को (क) मा एमालेबाट भीम कार्कीले उम्मेदवारी दिएका छन् । उनी एमालेका केन्द्रीय सदस्य हुन् । कास्की–२ को (ख) मा एमालेबाट मीना गुरुङले उम्मेदवारी दिएकी छन् । यसअघि समानुपातिकबाट गण्डकी प्रदेश सभा सदस्य रहेकी उनी यसपटक प्रत्यक्षतर्फको उम्मेदवार बनेकी… पुरा पढौ

कास्की–२ मा गठबन्धनले गर्यो उम्मेदवारी दर्ता

कास्की–२ मा गठबन्धनबाट श्रीनाथ बरालले उम्मेदवारी दर्ता गरेका छन् । नेकपा एकीकृत समाजवादीका उनी पूर्व जिविस उपसभापति हुन् । कास्की–२ को (क) गठबन्धनबाट विश्वप्रकाश लामिछानेले उम्मेदवारी दर्ता गरे । उनी नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीका निवर्तमान अध्यक्ष हुन् । कास्की–२ को (ख) मा गठबन्धनबाट नेपाली कांग्रेसका विन्दुकुमार थापाले उम्मेदवारी दिएका छन् । २०७४ सालको निर्वाचनमा यहि क्षेत्रबाट निर्वाचित थापा गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री हुन् । पुरा पढौ

कास्की–१ मा गठबन्धनले गर्यो उम्मेदवारी दर्ता

कास्की–१ मा प्रतिनिधि सभा सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसका किशोरदत्त बरालले उम्मेदवारी दिएका छन् । यो क्षेत्र हेभीवेट बीचको भिडन्त हुने क्षेत्र हो । यो क्षेत्रमा एमालेबाट मनबहादुर गुरुङले उम्मेदवारी दर्ता गरेका छन् । प्रतिनिधि सभा सदस्यमा गठबन्धनबाट उम्मेदवारी दिएका बराल नेपाली कांग्रेस कास्कीका सभापति हुन् भने गुरुङ नेकपा एमाले कास्कीका अध्यक्ष हुन् । कास्की १ को (क) मा गठबन्धनबाट दीपक कोईरालाले उम्मेदवारी दिएका छन् । यसअघि २०७४ सालको चुनावमा यहि निर्वाचन क्षेत्रबाट निर्वाचित कोईराला गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका… पुरा पढौ

कास्की–१ मा एमालेले गर्यो उम्मेदवारी दर्ता

पोखरा, असोज २३ कास्की क्षेत्र नम्बर–१ मा नेकपा एमालेले उम्मेदवारी दर्ता गरेको छ । एमालेले दलबलसहित उम्मेदवारी दर्ता स्थल पशु निर्देशनालय पुगेर उम्मेदवारी दर्ता गरेको हो । एमालेबाट कास्की क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा मनबहादुर गुरुङले उम्मेदवारी दर्ता गरेका हुन् । गुरुङ एमालेका कास्कीका अध्यक्ष हुन् भने निवर्तमान गण्डकी प्रदेश सभा सदस्य हुन् । त्यस्तै, कास्की १ को (क) मा एमालेका खगराज अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् । अधिकारी निवर्तमान प्रतिनिधि सभा सदस्य तथा पूर्व गृहमन्त्री र स्वास्थ्यमन्त्री… पुरा पढौ

प्रधानमन्त्रीद्वारा डडेल्धुरामा उम्मेदवारी दर्ता

डडेलधुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट डडेल्धुराबाट उम्मेदवारी दर्ता गराएका छन् । उनका तर्फबाट उनी धर्मपत्नी एवं नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता गगराएकी हुन् । वारिसनामामार्फत डा।आरजुले प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाको उम्मेदवारी दर्ता गर्नुभएको डडेल्धुराका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए । उम्मेदवारी दर्ता गराउन डा आरजु देउवा हिजो नै डडेल्धुरा पुगेकी थिइन् । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद :महिला क्रिकेटमा मधेश प्रदेश र बागमतीको विजयी शुरुवात

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा मधेश प्रदेश र बागमती प्रदेशले विजयी शुरुवात गरेका छन् । पोखरा रंगशालामा आइतबार भएको उद्घाटन खेलमा मधेशले आयोजक गण्डकी प्रदेशलाई तथा बागमती प्रदेशले सुदुर पश्चिमाञ्चलमाथि जित हाँसिल गरेका हुन् । उद्घाटन खेलमा मधेशले गण्डकी प्रदेशलाई लाई ४० रनको फराकिलो अन्तरले पराजित गरेको हो ।मधेश प्रदेशले दिएको ७८ रनको लक्ष्य पछ्याएको आयोजक गण्डकी प्रदेश १९ ओभरमा ३७ रनमै समेटिन पुग्यो । गण्डकी प्रदेशका लागि शिला क्षत्रीले जोडेको १० रन नै सर्वाधिक… पुरा पढौ

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौँ । मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता भइरहेको बेला धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा पनि उच्च अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४४ दशमबल ६२ अङ्कले उकालो लागेर एक हजार आठ सय ९८ दशमलब ३८ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक आठ दशमलब ७८ अङ्कले उकालो लागेर तीन सय ७२ दशमलब २१ मा पुगेको छ । कूल दुई सय २४ कम्पनीको २५ लाख ३३… पुरा पढौ

कास्की क्षेत्र नं २ मा गठबन्धनका तर्फबाट बराल र एमालेका भट्टराईको उम्मेदवारी

गण्डकी । कास्कीको निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि पाँच दलीय गठबन्धनका तर्फबाट श्रीनाथ बरालले उम्मेदवारी दर्ता गरेका छन । उक्त प्रदेशमा प्रदेशसभा कका लागि विश्वप्रकाश लामिछाने र खका लागि विन्दुकुमार थापाको उम्मेदवारी परेको छ । त्यस्तै नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराईको उम्मेदवारी परेको छ भने प्रदेशसभा क का लागि भीम कार्की र खका लागि मीना गुरुङको उम्मेदवारी परेको छ । यस निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका लागि माधव कँडेलको उम्मेदवारी… पुरा पढौ