समाचार

तनहुँमा डेँङगुको सङ्क्रमण बढ्योे

तनहुँ । डेँङगुको सङ्क्रमण बढ्दै गएको छ । डेँङगुका बिरामीको सङ्ख्या बढ्दै जाँदा सदरमुकामस्थित दमौली अस्पतालमा बिरामी राख्न शय्याको अभाव हुन थालेको छ । शनिबार मात्रै एघार जनामा डेँङगु पोजेटिभ देखिएको दमौली अस्पतालले जनाएको छ । अन्य दिनको तुलनामा यो बढी हो । हालसम्म एक सयको हाराहारीमा मानिस डेँङ्गु सङ्क्रमणबाट प्रभावित भएका छन् । उन्नाइस बिरामीको रगत प्रयोगशालामा परीक्षण गर्दा उनीहरुमा डेँङगु पोजेटिभ भेटिएको हो । एक बालकसहित दश जना अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् भने एकजना आफ्नै घरमा… पुरा पढौ

नवौं राष्ट्रिय खेल : महिला क्रिकेटमा मधेश प्रदेशको विजयी शुरुवात

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले विजयी शुरुवात गरेको छ । पोखरा रंगशालामा आइतबार भएको उद्घाटन खेलमा मधेशले आयोजक गण्डकी प्रदेशलाई ४० रनको फराकिलो अन्तरले पराजित गरेको हो । मधेश प्रदेशले दिएको ७८ रनको लक्ष्य पछ्याएको आयोजक गण्डकी प्रदेश १९ ओभरमा ३७ रनमै समेटिन पुग्यो । गण्डकी प्रदेशका लागि शिला क्षत्रीले जोडेको १० रन नै सर्वाधिक रन बन्न पुग्यो । अन्य कुनैपनि व्याट्सउमनले दोहोरो आँकडाको योगफल जोडन सकेनन् । ओपनर सृजना पौडेलले ३६ बलको… पुरा पढौ

जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनै पर्ने

कुश्मा । पैयूँ गाउँपालिकाले सरकारी कर्मचारी, जनप्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनै पर्ने नियम ल्याउन लागेको छ । गाउँ शिक्षा समितिको बैठकले आगमी शैक्षिक सत्र २०८० देखि सरकारी विद्यालयमै पदाधिकारीका छोराछोरीलाई पढाउन पठाउनुपर्ने निर्णय गरिएको गाउँपालिकाका शिक्षा अधिकृत यज्ञप्रसाद लामिछानेले बताए । उनका अनुसार सरकारी सुविधा लिएर छोराछोरी निजीमा पढाउनेको सुविधा रोक्का गर्नेसम्मको निर्णय भएको छ । गाउँ शिक्षा समितिले गरेको निर्णय कार्यपालिकाबाट पारित गराएपछि कार्यान्वयनमा लैजाने गाउँपालिकाको तयारी छ । प्रमुख प्रशासकीय अधिकृत केशव… पुरा पढौ

मनाङ : २८ मतदान केन्द्र, ६ हजार सात सय ७९ मतदाता

मनाङ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा २८ मतदान केन्द्र तोकिएका छन् । तीमध्ये चामे पाँच, नांसो र मनाङ ङिस्याङ गाउँपालिकामा नौ-नौवटा मतदान केन्द्र तोकिएका छन् । यस्तै जिल्लाको अति विकट नार्पाभूमि गाउँपालिकामा पाँच मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय मनाङले जनाएको छ । भौगोलिक विकटता, मतदाता र मतदान केन्द्रको दूरी र सुरक्षा पोस्टको पहुँच गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको चुनावको समीक्षासहितका विभिन्न सूचकलाई आधार मानेर मतदान केन्द्रको वर्गीकरण पनि गरिएको… पुरा पढौ

कास्की-१ को (ख)मा गुरुङ र कास्की-३ को (ख)मा बराल गठबन्धनको उम्मेदवार

कास्की क्षेत्र नम्बर १ को (ख)मा नेपाली कांग्रेसले दीपक गुरुङ (माईला)लाई उम्मेदवार खडा गरेको छ । सत्ता गठबन्धनबीच कास्की १ को (ख) कांग्रेसले पाउने सहमति भएपछि कांग्रेसले गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । गुरुङ कांग्रेस महामन्त्री गगन थापा निकट मानिन्छन् । गुरुङ तरुण दलका नेता हुन् । त्यस्तै, कांग्रेसले कास्की क्षेत्र नम्बर ३ को (ख)मा प्रकाश बराललाई उम्मेदवार बनाएको छ । सत्ता गठबन्धनबीचको भागवण्डामा सो क्षेत्र कांग्रेसको भागमा परेपछि कांग्रेसले बराललाई टिकट दिएको हो । यद्यपी यसअघि माओवादीलेपनि यहि… पुरा पढौ

कास्की-२ को (ख)मा थापाले पाए टिकट

कास्की क्षेत्र नम्बर २ को (ख) मा विन्दुकुमार थापाले टिकट पाएका छन् । सत्ता गठबन्धनबीचको सहमतिमा सो क्षेत्र नेपाली कांग्रेसको भागमा परेपछि कांग्रेसले थापालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । थापा गण्डकी प्रदेशका सञ्चार, प्रविधि तथा प्रदेश सभा मामिला मन्त्री हुन् । कास्की २ को (ख)मा कांग्रेसका दुई भिआईपीहरुबीच कसले टिकट पाउने भन्ने भिडन्त थियो । सो क्षेत्रमा मन्त्री थापा र अर्का गण्डकी प्रदेशकै भौतिक पूर्वाधार मन्त्री कुमार खड्काको दाबी थियो । तर अन्ततः थापाले टिकट ल्याउने बाजी मारेका हुन्… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद: ५ दिन बाँकी, अन्तिम तयारी

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन अब ५ दिनमात्रै बाँकी छ । करिब ४० वर्षपछि गण्डकी प्रदेशमा हुन लागेको राष्ट्रिय गौरवकै खेलकुद प्रतियोगिताको तयारीले प्रदेश राजधानी पोखरालाई तताएको छ । अर्थात, यतिखेर पोखरा खेलकुदमय बनेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव टंकलाल घिसिङदेखि बोर्डका सदस्य, खेल पदाधिकारी र उपसमितिहरुका संयोजकहरु खेलकुद प्रतियोगिताकै तयारीका लागि पोखरामा जुटेका छन्। प्रतियोगिताको खेल व्यवस्थापनका लागि जिम्मेवारी पाएको उपसमितिहरुको क्रियाशीलता बढाएका छन् । राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक समुद्घाटन असोजको २८ बाट हुने भनिएपनि… पुरा पढौ

कास्की-१ मा गठबन्धनबाट कांग्रेसका किशोरदत्त बरालले पाए टिकट

कास्की क्षेत्र नम्बर १ मा गठबन्धनको तर्फबाट किशोरदत्त बराल उम्मेदवार बनेका छन् । सत्ता गठबन्धनबीचको सहमति हुँदा कास्की १ कांग्रेसको भागमा परेपछि कांग्रेसले बराललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । बराल नेपाली कांग्रेस कास्कीका सभापति हुन् । सो क्षेत्रमा कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसीको पनि दाबेदारी थियो । तर अन्तिममा बरालले टिकट पाएका छन् । पुरा पढौ

कास्कीमा माओवादीबाट कोईराला, लामिछाने र भण्डारीले पाए टिकट

नेकपा माओवादी केन्द्रले कास्कीका सबै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । सत्ता गठबन्धनबीच कास्की क्षेत्र नम्बर १ को (क), क्षेत्र नम्बर २ को (क) र क्षेत्र नम्बर ३ को (क) माओवादीले पाउने सहमति भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गएराती कास्कीका सबै क्षेत्रमा उम्मेदवार टुंगो लगाएका हुन् । माओवादी निकट श्रोतका अनुसार गठबन्धनबाट कास्की क्षेत्र नम्बर १ को (क)मा दीपक कोईराला उम्मेदवार बनेका छन् । युवा नेता कोईराला यसअघि २०७४ सालमा सोहि क्षेत्रबाट निर्वाचित भएका थिए । उनी निवर्तमान गण्डकी… पुरा पढौ

कास्की-३ मा गठबन्धनबाट बरालले पाए टिकट

आगामी मंसिर ४ गते हुने निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ मा गठबन्धनबाट रामजीप्रसाद बरालले उम्मेदवारी दिने भएका छन् । सत्ता गठबन्धनबीच भएको भागवण्डामा नेकपा माओवादी केन्द्रको भागमा परेको सो क्षेत्रमा माओवादीका बरालले टिकट पाएका हुन् । सो क्षेत्रमा बराल बाहेक दुर्गा विक दाबेदार थिईन् । बराल गण्डकी प्रदेश सरकारका अर्थमन्त्री हुन् । उनी यसअघि २०७४ सालको निर्वाचनमा कास्की ३ को (क)बाट निर्वाचित भएका थिए । पुरा पढौ