समाचार

प्रचण्डले दिए दशैँको शुभकामना

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिन अपिल गरेका छन्। दसैंलगायतका चाडपर्वहरूको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले भनेका छन्, ‘आगामी मंसीर ४ गते हुन गइरहेको यस निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिई संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि विजय गराउनुहुन आम जनसमुदायमा हार्दिक अपील गर्दछु।’ हाम्रा चाडपर्वको मौलिक विशेषता विविधतामा एकता रहेको प्रचण्डको सन्देशमा उल्लेख छ। पुरा पढौ

इन्डोनेसियामा फुटबल खेलको दौरान भागदौड, १२७ जनाको मृत्यु

इन्डोनेसियाको फुटबल खेलका दौरान भागदौड मच्चिएको छ। भागदौड मच्चिँदा कम्तिमा १२७ जनाको मृत्यु भएको छ। हुलदंगा मच्चाउने समर्थकमाथि प्रहरीले टियर ग्यास प्रहार गरेपछि भागदौड मच्चिएको त्यहाँका अधिकारीहरूले बताएका छन्। पूर्व जाभामा अरमेरा एफसीले परसेबाया सुराबायाविरुद्धको खेल हारेपछि हुलदंगा सुरु भएको थियो। भिडियोमा अन्तिम सिट्टीलगत्तै समर्थकहरू मैदानमा प्रवेश गरेको देखिन्छ। त्यसलगत्तै प्रहरीले टियर ग्यास प्रहार गरेको र यसले गर्दा भागदौड मच्चिएको प्रहरी प्रमुख निको अफिन्ताले बताएका छन्। उनले मृत्यु हुनेमा २ जना प्रहरी अधिकारीहरू समेत रहेको जानकारी दिएका छन्। ‘३४ जनाको… पुरा पढौ

सन्दीप लामिछाने नेपाल आउँदै, ‘आफूमाथि लागेको आरोपविरुद्ध लड्नेछु’

क्रिकेटर सन्दीप लामिछाने आगामी असोज २० गते (अक्टोबर ६) मा नेपाल आउने भएका छन्। उनले नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने पनि जानकारी दिएका छन्। उनले आफू निर्दोष रहेको र नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको समेत बताएका छन्।‘ठूलो आशा र शक्तिका साथ, म यही अक्टोबर ६ मा नेपाल पुग्नेछु र झूटा आरोपविरुद्ध कानुनी लडाईँ लड्छु’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘म निर्दोष छु र न्याय प्रणालीमा मेरो पूर्ण विश्वास रहेको दोहो¥याउँछु।’ उनले आफूले छिटोभन्दा छिटो न्याय पाउने विश्वास पनि… पुरा पढौ

रोहन र सृष्टिलाई लक्ष्मी आदर्श म्याराथन दौडको उपाधि

रोहन गुरुङ र सृष्टि रेग्मीले लक्ष्मी आदर्श यूवा क्लव दोस्रो म्याराथन दौडको उपाधि जितेका छन्। पोखरा महानगरपालिका–२७ स्थित स्थानीय युवा क्लबले आयोजना गरेको दोस्रो संस्करणको म्याराथन दौडमा पुरुषतर्फ रोहन र महिलातर्फ सृष्टि विजयी बनेका हुन्। प्रतियोगितामा पुरुषतर्फ रोहनले कच्ची सडकको ४.३ कि.मी.को निर्धारित दूरी १५.४० मिनेटमा पार गर्दै पहिलो बने। त्यस्तै, अनिल गुरुङले १६.२७ मिनेटमा दूरी पार गर्दै दोस्रो र कविर पौडेलले निर्धारित दूरी १६.५६ मिनेटमा पार गर्दै तेस्रो बने। महिलातर्फ सृष्टि रेग्मीले निर्धारित दूरी ३६.२८ पार गर्दै म्याराथन जितिन्।… पुरा पढौ

कोलपाटन आमा समुहको अध्यक्षमा सावित्री

पोखरा–१७ स्थित कोलपाटन आमा समुहको चौधौ साधारण सभा एवं सातौ अधिवेशनले सावित्री पौडेलको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्वत चयन गरेको छ। समूहको उपाध्यक्षमा अम्वा पराजुली, सचिव करणा बराल, सह–सचिव सर्मिला पौडेल, कोषाध्यक्षमा शुशिला वानिया, सह–कोषाध्यक्षमा सविना वानिया र सदस्यहरुमा लक्ष्मी गौतम, सिता कुँवर, सरस्वती पराजुली, सुष्मा पौडेल, पशुपति वानिया, सिमा थापा, लक्ष्मी शर्मा बराल, सिता बराल र सावित्री पराजुली छन्। गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले अधिवेशनको उद्घाटन गर्दै प्राप्त हकअधिकारको उपयोग गर्दै थप अधिकारका लागि महिलाहरु एकतावद्ध भएर अघि बढनु… पुरा पढौ

विश्व अहिंसा दिवस

आज अंग्रेजी महिनाको अक्टोवर २ अर्थात नवौं अन्तर्राष्ट्रिय अहिंसा दिवस। नेपाल लगायत अन्तराष्ट्रियस्तरमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ। वर्णभेदलाई अन्त गरौँ भन्ने उद्देश्यका यो वर्ष ‘End Racism Build Peace’ अर्थात ‘वर्णभेद अन्त्य गरौं, शान्ति निर्माण गरौं’ नारा तय गरिएको छ। दिवसको अवसरमा शान्ति र अहिंसाको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाले राजधानी लगायत मुलुकभर अन्तरक्रिया लगायत विविध कार्यक्रम आयोजना गरेर यो दिवस मनाउने गर्दछन्। विश्वमै अहिंसाका लागि असाध्यै मानिएका नेता महात्मा गान्धीको आज जन्म दिन पनि हो। विश्वभर अशान्ति, आतंकवाद र… पुरा पढौ

आज दसैं नवरात्रको सातौं दिन, कालरात्रीको पूजा गरिदैं, फूलपाती भित्राइँदैं

आज आस्विन शुक्ल सप्तमी तिथि, अर्थात दसैं नवरात्रको सातौं दिन। नवरात्रको सातौँ दिन आज (आइतबार) दसैं घर वा पूजा कोठामा ९ दुर्गामध्येकी सातौँ कालरात्री देवीको विधिपूर्वक पूजा–आराधना गरिँदैछ। नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दसैं घरमा फूलपाती पनि भित्राइँदैछ। फूलपाती अपराह्न भित्राउने वैदिक विधि छ। प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्री देवीको विधिपूर्वक पूजा–आराधना गर्ने वैदिक सनातनी परम्परा छ। नवरात्रको पहिलो दिन असोज १० गते (सोमबार) दसैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना… पुरा पढौ

वर्तमान सरकारले जनताको हितमा काम गर्न सकेन : अध्यक्ष ओली

राजविराज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाएका छन् । एमाले निकट युवासङ्घले आज सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित धर्मेश्वर खेलमैदानमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार चलेको १४ महिनामा अर्थतन्त्रलाई नै कमजोर पार्ने काम गरेको आरोप लगाए । उनले एमाले समृद्ध नेपाल बनाउने पक्षमा रहेको भन्दै अहिलेको गठबन्धन सरकारले भ्रष्टाचारलाई मात्र बढावा दिएको आरोप लगाए । अगामी चुनाव शान्तिपूर्ण एवं धाँधलीरहित सम्पन्न हुनुपर्नेमा उनले जोड दिए । राष्ट्रिय… पुरा पढौ

कोलपाटन आमा समुहको अध्यक्षमा सावित्री

पोखरा । पोखरा १७ स्थिति कोलपाटन आमा समुहको चौधौ साधारण सभा एवम् सातौ अधिवेशनले सावित्री पौडेलको अध्यक्षतामा १५ सदस्यी कार्य समिति सर्वसम्वत चयन गरेको छ । समुहको उपाध्यक्षमा अम्वा पराजुली, सचिव करणा बराल, सहसचिव सर्मिला पौडेल, कोषाध्यक्षमा शुशिला वानिया, सहकोषाध्यक्षमा सविना वानिया र सदस्यहरुमा लक्ष्मी गौतम, सिता कुँवर, सरस्वती पराजुली, सुष्मा पौडेल, पशुपति वानिया, सिमा थापा, लक्ष्मी शर्मा बराल, सिता बराल र सावित्री पराजुली रहेका छन् । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले अधिवेशनको उद्घाटन गर्दै प्राप्त हक अधिकारको उपयोग गर्दै… पुरा पढौ

महासचिव गुरुङको प्रश्न : नागरिक विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिले चुनाव जितेर आएपछि सफतग्रहण गराउनु भएन भने के गर्ने ?

पोखरा, असोज १५ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रणाली (सिस्टम)माथि आक्रमण गरेको टिप्पणी गरेका छन् । नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीले बडादशैं, तिहार, नेपाल सम्वत र छठको अवसरमा शनिबार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले राष्ट्रपति भण्डारीले नागरिक विधेयक प्रमाणीकरण नगरेर सिष्टममाथि आक्रमण गरेको आरोप लगाएका हुन् । प्रजातन्त्रमा कुनैपनि विषयमा मतभेद र विमत्ती हुनसक्ने भएपनि विधि र प्रक्रिया पूरा गर्नु सबैको दायित्व भएको बताउँदै उनले भने,‘तर विडम्वना ! राष्ट्रपति विधि र प्रक्रिया… पुरा पढौ