समाचार

पाकिस्तानमा चौबीस घन्टायता बर्षा र बाढीबाट ५४ जनाको मृत्यु

पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा परी गएको २४ घन्टा यतामात्र ५४ जनाको ज्यान गएको छ । साथै बाढीमा परेर अरु कैयौँ व्यक्ति घाइते भएका बताइएको छ ।बितेका दुई महिनामा यहाँका एक हजार चार सय ८१ को बाढीबाट ज्यान गएको बताइएको छ । त्यसैगरी पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण ९एनडिएमए० ले यहाँका हजारौँ व्यक्ति बाढी र पहिरोमा परेर घाइते भएका जनाएको छ । एनडिएमएले मङ्गलबार प्रकाशन गरेको एक तथ्याङ्कमा सो कुराको जानकारी दिइएको हो । मङ्गलबार रातिसम्म बाढीमा परेर… पुरा पढौ

न्यायको विषयलाई राजनीतिकरण गर्नु हुँदैन : प्रचण्ड

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संक्रमणकालीन न्यायको विषयलाई राजनीतिकरण गर्न नहुने बताउनुभएको छ । मंगलवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उाले यस्तो बताउनुभएको हुन् । अध्यक्ष दाहालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई सहमतिकै आधारमा अघि बढाइनुपर्ने बताए । उनले संक्रमणकालीन न्यायको विषयमा राजनीतिक आग्रहरपूर्वाग्रह हुनु नहुने बताए । अध्यक्ष दाहालले भने, ‘संक्रमणकालीन न्यायको विषय हामी सबैको चासो, सरोकार र चिन्ताको… पुरा पढौ

बल्कोट पौवा संरक्षणको पर्खाइमा

अर्घाखाँचीअर्घाखाँचीको बल्कोट पौवामा काठमा विभिन्न आकृतिका चित्र कोरिएका छन् । राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा तत्कालिन कर्नेल सनदसिंह टण्डनको नेतृत्वमा बल्कोट पौवा निर्माण गरिएको बताइन्छ । कालिगढले अत्यन्त आकर्षक शैलीमा निर्माण गरेको पौवाभित्र शिवालय, मठ मन्दिरसमेत छन् । विसं १९०४ मा निर्माण सुरु गरी १० वर्ष लगाएर पौवा तथा मन्दिर निर्माण गरिएको संस्कृतिविद् डा गोविन्द टण्डनले बताउनुभयो । जङ्गबहादुर राणाका जेठानसमेत रहेका सनकसिंह टण्डनले आफ्ना बुबा पर्शुरामको आग्रहमा मन्दिर तथा पौवा निर्माण गरेको इतिहास छ । टण्डन परिवारले निर्माण गरेको… पुरा पढौ

राष्ट्रपति भण्डारीद्वारा ६ वटा विधेयक प्रमाणीकरण

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विषयका छ वटा विधेयक प्रमाणीकरण गरेकी हुन् । आज बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयले पठाएको पत्र पढेर सुनाउँदै सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रपति भण्डारीले खानेपानी तथा सरसफाई ऐन, २०७९, तथ्यांकसम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्ट्यान्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको सपथ व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेको बताए। पुरा पढौ

नदीजन्य पदार्थ चोरी निकासी बढ्यो

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको सुरही खोलाबाट नदीजन्य पदार्थको चोरी निकासी बढेको छ । नदीजन्य पदार्थ उत्खनन् गरी तस्करी हुने गरेको स्थानीयले बताएका छन् । सुरही खोलाको हल्लानगर, हरहट्टी, बिसुनपुर, लक्ष्मणघाटलगायत नाकाबाट नदीजन्य पदार्थको चोरी निकासी हुने गरेको पाइएको छ । सुरही खोलाबाट केही व्यक्तिले नदीजन्य पदार्थ चोरी गरिरहँदा पनि स्थानीय जनप्रतिनिधि मुकदर्शक बनेका छन् । प्रहरी प्रशासनकै मिलेमतोमा यस्तो काम हुने गरेको स्थानीय रामप्रकाश थापाको आरोप छ । चोरी निकासी हुँदा करोडौँ रुपैयाँको राजश्व गुमिरहेको छ । हरेक वर्ष… पुरा पढौ

पुसभित्रै बागलुङ बजारवासीलाई शुद्ध खानेपानी

बागलुङ । बागलुङ बजारवासीले पुसभित्रै शुद्ध खानेपानी पाउने भएका छन् । बर्खाको समयमा बागलुङ बजारमा अशुद्ध मात्रै नभएर धमिलो दूषित पानी वितरण भइरहँदा यहाँका नागरिकहरु खानेपानी वितरणको जिम्मा पाएको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाप्रति आक्रोशित छन् । अहिले बागलुङ बजारमा मागको आधा मात्रै पानी बागलुङको काठेखोला गाउँपालिकास्थित रेश र लेखानी खोलाबाट ल्याइँदै आएको छ । तर टाढाबाट पानी ल्याउँदा पहिराका कारण पानीको वितरणसमेत अनियमित हुने र बर्खाको समयमा हप्तौँसम्म बागलुङ बजारमा खानेपानी वितरण नहुँदा हरेक वर्ष खानेपानीको हाहाकार हुँदै… पुरा पढौ

सांसदले उठाए गुठी विधेयकदेखि डेङ्गु नियन्त्रणसम्मका विषय

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्नुहुने सांसदले डेङ्गु नियन्त्रणका लागि सरकारले गरिरहेको कामका बारेमा सदनलाई जानकारी गराउन माग गरेका छन । बैठकमा सांसद प्रेम सुवालले डेङ्गु रोगले जनता पीडित रहेको अवस्थामा यसलाई नियन्त्रण गर्न सरकारले के काम गरिरहेको छ भनेर स्वास्थ्य मन्त्रीले सदनलाई जानकारी गराउनपर्ने माग गरे । साथै उनले सबै दलले समाजवादी व्यवस्थाको विचारधारा अपनाएको भएपनि त्यसलाई जनजीवनमा कार्यान्वयन गर्न कुनै काम नगरेको आरोप लगाए । सांसद खगराज अधिरारीले गुठीको समस्या समाधान गर्न हालै सरकारले अघि बढाएको गुठी विधेयकले… पुरा पढौ

बालअधिकार संरक्षणमा प्रदेश सरकार संवेदनशील : मुख्यमन्त्री

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले बालअधिकार संरक्षणमा प्रदेश सरकार संवेदनशील रहेको बताएका छन । ‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने मूल नाराका साथ देशैभरि विभिन्न कार्यक्रम भइरहेका बेला ‘राष्ट्रिय बाल दिवस, २०७९’ का अवसरमा बालबालिकालाई बधाई तथा शुभकामना दिँदै उनले कर्णालीमा बालबालिकाको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धनमा महत्वपूर्ण काम भएको बताएका हुन । मुख्यमन्त्रीसँग बालबालिका, विपन्न तथा जोखिममा रहेका बालबालिका सहयोग, सडक बालबालिका उद्धार तथा पुनःस्थापना, विपन्न तथा जेहेन्दार छात्रवृत्ति, विद्यालय नर्स कार्यक्रमसमेत सञ्चालन गरिएको बताउँदै… पुरा पढौ

ग्रामीण क्षेत्रमा पुग्दै आयुर्वेद स्वास्थ्य सेवा

राँझा । बाँके आयुर्वेद स्वास्थ्य केन्द्रले जिल्लाका ग्रामीण क्षेत्रमा पुगेर सेवा प्रवाह गर्ने अभियान सुरु गरेको छ । ग्रामीण क्षेत्रका नागरिकलाई आयुर्वेद स्वास्थ्य उपचारबारे जानकारी गराउँदै निरोगी बन्न प्रेरित गर्न शिविरमार्फत गाउँगाउँमा पुगेर सेवा प्रवाह अभियान सञ्चालन गरिएको बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख आयुर्वेद चिकित्सक डा अनिलकुमार चौधरीले जानकारी दिए । उनका अनुसार जिल्लाका ग्रामीण क्षेत्रमा आयुर्वेद स्वास्थ्य उपचार पु¥याउन नियमित रुपमा शिविर सञ्चालन हुँदै आएको छ । यस्तो अभियानले ग्रामीण क्षेत्रका जनताले आफ्नै गाउँठाउँमा आयुर्वेद स्वास्थ्य सेवा पाउन सफल… पुरा पढौ

पूर्वी नवलपरासीमा डेङ्गु परीक्षण किटको अभाव

मध्यविन्दु । पूर्वी नवलपरासीमा डेङ्गु परीक्षण किटको अभाव भएको छ । देशभर डेङ्गुको सङ्क्रमण बढिरहँदा यहाँ पनि सङ्क्रमणको जोखिम तीव्र छ तर परीक्षण किट नहुँदा बिरामी अन्यत्र अस्पताल जानुपर्ने बाध्यता सिर्जना भएको छ । जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीका अनुसार १५ दिनदेखि जिल्ला अस्पतालमा डेङ्गु परीक्षण किटको अभाव भएको छ । डङ्ेगुसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी अस्पताल आए पनि परीक्षण गर्न नपाउँदा अन्य अस्पतालमा परीक्षणका लागि पठाउनुपर्ने बाध्यता भएको सुवेदीले बताए । जिल्ला अस्पतालमा साउन र भदौ गरी अहिलेसम्म… पुरा पढौ