समाचार

पर्यटनमा आयाम थप्दै तनहुँको बन्दीपुर

१२ महीना नै शीतल हावापानी। आँखैअगाडि सेताम्मे हिमाल। सूर्योदय र सूर्यास्तको मोहक दृश्य। समुद्री सतहबाट एक हजार ३० मीटर उचाइमा अवस्थित बन्दीपुरको चिनारी हो यो। कोलाहल, धुवाँधुलोबाट केही टाढा घुम्न जाने सोंच बनाएकालाई अहिले पहाडकी रानी नामले परिचित तनहुँको बन्दीपुर उत्कृष्ट गन्तव्यका रूपमा विकास भइरहेको छ। सदरमुकाम दमौलीदेखि १८ किलोमीटर डुम्रे हुँदै ८ किलोमीटर उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ। यहाँबाट मनोरम हिमशृंखला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ। प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायतका हिमशृंखला देखिने भएकाले यहाँ पुग्ने… पुरा पढौ

पोउवा संघका नवनिर्वाचित कार्यसमितिले गरे पदभार ग्रहण

पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष पवनकुमार प्रजापतिसहित पदाधिकारी र कार्यसमितिका सदस्यहरुले पदभार ग्रहण गरेका छन्। शनिबार सम्पन्न ३४ औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष प्रजापतिसहित संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, उद्योग उपाध्यक्ष देवेन्द्र केसी, वाणिज्य उपाध्यक्ष उत्तममान बुद्धाचार्य, महासचिव बलराम आचार्य, कोषाध्यक्ष दीनेशचन्द्र बास्तोला, उपमहासचिव शोभा गौतमसहित कार्यसमितिका सदस्यहरुलाई संघका निवर्तमान अध्यक्ष नारायण कोइरालाले पदस्थापन गराएका हुन्। पदस्थापनपछि अध्यक्ष पवन प्रजापतीको अध्यक्षतामा बसेको संघको पहिलो कार्यसमिति बैठकले संघको सचिवालय गैह्रापाटनमा बहुउद्देश्यीय भवन निर्माण र व्यवसायीमाथि आइपर्ने पीरमर्का सम्बोधनका लागि वरिष्ठ उपाध्यक्ष… पुरा पढौ

पोखरा–४ र ९ मा फुटपाथ र अनधिकृत संरचना हटाउन सूचना जारी

पोखरा महानगरपालिकाको वडा नम्बर ४ र ९ ले वडाभित्रको फुटपाथ पसल र अनधिकृतरुपमा निर्माण भएका संरचना हटाउन सूचना जारी गरेका छन्। महानगरको वडा–९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीसँग वडा–४ का देवकृष्ण पराजुलीले फुटपाथ र अनधिकृत संरचना हटाउन (सोमबार) संयुक्तरुपमा सूचना जारी गरेका छन्। वडाध्यक्षद्वय मर्सानी र पराजुलीले जारी गरेको सूचनामा उक्त क्षेत्रका अनधिकृत संरचना हटाउन ७ दिनको म्याद दिइएको छ। सूचनामा स्वयं निर्माणकर्तालाई संरचना हटाउन अनुरोध गरिएको छ। निर्धारित समयभित्र संरचना नहटाएमा कानून बमोजिम हटाइने सूचनामा उल्लेख गरिएको छ। पुरा पढौ

पोखरा–५ मा स्वीकृति नलिई निर्माण भएका संरचना हटाउन वडाको सूचना

पोखरा महानगरपालिका वडा नं. ५ ले स्वीकृति नलिई निर्माण भएका संरचना हटाउन सूचना जारी गरेको छ। जिरो किमीदेखि बागलुङ राजमार्गसम्मका स्वीकृति नलिई निर्माण भएका संरचना हटाउन वडाले निर्देशनसहितको सूचना प्रकाशित गरेको हो। मापदण्ड विपरित निर्माण गरिएका वडाभित्रका सडक दायाँबायाँ रहेका स्थायी, अस्थायी टहरा हटाउन वडाले पहिलो पटक मंगलबार सूचना जारी गरेको हो। सूचना जारी भएको ७ दिनभित्र पनि मापदण्ड विपरतका संरचना नहटाए वडा ले नै हटाउन बाध्य हुने र कानुन बमोजिम हटाउँदाको खर्च समेत सम्वन्धित सरोकारवाला व्यक्तिबाट नै असुल उपर… पुरा पढौ

आज राष्ट्रिय बाल दिवस, विविध कार्यक्रम गरि मनाइँदै

आज भदौ २९ गते अर्थात राष्ट्रिय बाल दिवस। मुलुकभर बिभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइँदैछ। दिवसको यसवर्षको नारा बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने रहेको छ। नेपालले संयुक्त राष्ट्रसंघको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेपछि त्यसयता हरेक वर्ष भदौको २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाइँदै आएको छ। नेपालले बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको थियो। पुरा पढौ

सहारा क्लबको वार्षिकोत्सवः आज रक्तदान गर्दै

सहारा क्लबले आफ्नो २४ औं वार्षिकोत्सव मनाउँदैछ। वार्षिकोत्सवको अवसरमा आज (बुधबार) क्लबले पोखराको पृथ्वीचोकस्थित आफ्नै कार्यालय परिसरमा रक्तदानको कार्यक्रम रहेको क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताएका छन्। वार्षिकोत्सवकै अवसरमा क्लबले हिँजो (मंगलबार) पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा सरसफाई गरेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए। पोखरा–९ का वडा सदस्य नन्दुराम गिरीले कार्यक्रम संयोजक ज्योति केसीलाई डोको र कुचो हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरे। पोखरा महानगर सरसफाई शाखाका नासु हर्क गायकसहितको टोलीको सहभागिता रहेको सरसफाई अभियानमा पृथ्बीचोक बसपार्क टोल विकास संस्था, सत्यश्वर आमा… पुरा पढौ

कास्की सेवा हस्पिटलले डेंगु रोगको निःशुल्क परीक्षण गर्दै

पोखराको कास्की सेवा अस्पतालले डेंगु रोग नियन्त्रणका लागि निशुल्क परीक्षण गर्ने भएको छ। अस्पतालले सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै भदौ ३० गतेदेखि निशुल्क परीक्षण गर्ने जनाएको हो। आर्थिक अभावका कारण डेंगु रोग परीक्षण गर्न वञ्चित बिरामीलाई लक्षित गरेर निशुल्क परीक्षण ल्याइएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत युवराज आचार्यले बताएका छन्। अस्पतालमा डेंगु रोग परिक्षण गर्न १ हजार २ सय लाग्थ्यो। अस्पतालमा लाग्ने यो रकम स्वास्थ्य सेवाग्राहीले अब बचत गर्न सक्नेछन्। निशुल्क परीक्षण गर्न रोगका लक्षण तथा सम्बन्धित फिजिसियनले अनिवार्य सिफारिस गर्नुपर्ने प्रमुख… पुरा पढौ

सहारा क्लवको यस बर्ष पनि बसपार्क क्षेत्रमा सरसफाई, भोलि रक्तदान हुने

पोखरा । पोखराको बसपार्क क्षेत्रमा सहारा क्लवले यस बर्ष पनि सरसफाई गरेको छ । क्लवले आफ्नो २४ औं बार्षिकोत्सवको अवसरमा मंगलबार पृथ्बी बसपार्क क्षेत्रमा बृहत सरसफाई गरेको क्लवका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताए । सरसफाई कार्यक्रममा पोखरा ९ का वडा सदस्य नन्दुराम गिरीले कार्यक्रम संयोजक ज्योति केसीलाई डोको र कुचो हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका हुन्। कार्यक्रममा बोल्दै उनले क्लवले निरन्तर रुपमा समाजिक कार्यमा लाग्दै आहा रारा गोल्ड कप संचालन गर्दै आएमा प्रशंसा गरे । कार्यक्रममा पृथ्बीचोक बसपार्क टोल… पुरा पढौ

शितल चोतारी आमा समुहको अध्यक्षमा लम्साल

पोखरा । पोखरा १७ छोरेपाटनमा रहेको शितल चौतारी आमा समुहको १६ औं साधारण सभा तथा ८ औं अधिवेशनले सुमित्रा लम्सालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समुहको वरिष्ठ उपाध्यक्षमा मैया अधिकारी, उपाध्यक्षमा शान्ति जिसी, सचिवमा मिना पोखरेल, सहसचिवमा विष्णु कुमारी पोखरेल बराल, कोषाध्यक्षमा कमला सुवेदी, सहकोषाध्यक्षमा विष्णु कुमारी लम्साल र सदस्यहरुमा राममाया पौडेल, शिला केसी, पार्वती लम्साल, रुपादेवी शर्मा, लक्ष्मी लम्साल र साँस्कृतिक समितिका संयोजक वसुन्धरा अर्याल, सदस्यमा माधवी अधिकारी र मिठु पनेरु सर्वसम्मत निर्वाचित भएका छन् । कार्यक्रमको… पुरा पढौ

मतपत्र छपाइको प्रक्रिया सुरु

काठमाडौँ । निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतपत्र छपाइको प्रक्रिया सुरु गरेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट समानुपातिक निर्वाचनको मतपत्र छाप्न प्रक्रिया सुरु भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । नमूना मतपत्र छाप्ने कार्य सम्पन्न भएपछि समानुपातिकको मतपत्रको प्रक्रिया अगाडि बढाइएको हो । आयोगले यही भदौ १५ देखि आगामी असोज १ गतेसम्म उम्मेदवारको नामको बन्द सूची तयार गर्न राजनीतिक दललाई समय तोकेको छ । दलले असोज २ र ३ गते… पुरा पढौ