समाचार

गण्डकी प्रदेश सरकारले पनि मनायो निजामती कर्मचारी दिवस

गण्डकी प्रदेशमा पनि निजामति कर्मचारी दिवस मनाइएको छ । प्रदेश मूल समारोह समितिले बुधबार पोखरामा एक कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो । गण्डकी प्रदेश सरकारले प्रदेश निजामती सेवा र स्थानीय सेवा गठन तथा सञ्चालनसम्बन्धी अध्यादेश ल्याउने बताइएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले यी २ अध्यादेश ल्याउन सरकारले अन्तिम तयारी गरेको बताएका हुन् । कर्मचारी समायोजन ऐन लागु भएर त्यही अनुसार समायोजन भएका कर्मचारीको वृत्तिविकास रोकिएको, कर्मचारीको पदपूर्ति गर्न नसकिएकाले प्रदेशले अध्यादेशबाटै भए पनि यी दुई कानून ल्याउन लागेको… पुरा पढौ

पोखरा ६ मा ६४ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई निस्सा बितरण 

पोखरा । पोखरा ६ का ६४ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जाको निस्सा वितरणगरिएको छ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र उप प्रमुख मन्जुदेबी गुरुड।ले संयुक्त रूपमा उनीहरूलाई निस्सा वितरणगरेका हुन् ।प्रमुख अतिथि महानगर प्रमुख आचार्यले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले प्राप्त गरेको निस्सालालपुर्जाअघिको लालपुर्जा नै भएको बताए । ‘यो सरकारी छाप लगाएको लालपुर्जा पाउनु अगाडिको लालपुर्जा नै हो,’ उनले भने, ‘यो निस्सा नपाउनेले लालपुर्जा पाउदैनन् ।’ उनले लालपुर्जा वितरण प्रक्रियामा रहेको र… पुरा पढौ

डा. चापागाईंलाई प्रसिद्ध विकास लेखन पुरस्कार

काठमाडौँ । नेपाल सहभागीमूलक कार्य समूह नेपानबाट हरेक वर्ष प्रदान गरिने ‘प्रसिद्ध कणेल स्मृति विकास लेखन राष्ट्रिय पुरस्कार’ २०७९ बाट डा चण्डीप्रसाद चापागाईँलाई प्रदान गरिने भएको छ । सहभागीमूलक विकास तथा सकारात्मक सोच पद्धति प्रवद्र्धन विषयमा उनले नेपाली तथा अङ्ग्रेजी भाषामा करिब आधा दर्जन पुस्तक प्रकाशन गरेका छन । डा चापागाईँ विकास व्यवस्थापन विषयका एक अनुभवी प्रशिक्षकसमेत छन । नेपानको २८औँ वार्षिक साधारणसभाको अवसर पारेर यही भदौ २५ गते काठमाडौँमा उहाँलाई उक्त पुरस्कार प्रदान गरिने नेपानले जनाएको छ । पुरस्कारको… पुरा पढौ

लाईन काटेर महशुस असुली

राजविराज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कञ्चनपुरले आर्थिक वर्षमा महसुल नतिर्ने ग्राहकको लाइन काटेर रु दुई करोड ६५ लाख ५५ हजार सात सय ४८ असुलउपर गरेको छ । कञ्चनपुर वितरण केन्द्रका प्रमुख सञ्जीव साहले आर्थिक वर्ष २०७८÷७९ मा विद्युत् महसुल नबुझाएका नौ सय ७८ ग्राहकको विद्युत्को लाइनसमेत काटिएको बताए । रु चार करोड ८४ लाख ८३ हजार नौ सय ९७ मूल्य बराबरको ग्राहकबाट असुुल गर्न बाँकी रहेकोमध्ये विद्युत् लाइन पुनः जडान गरिएबापत अहिले तत्काल रु दुई करोड ६५ लाख… पुरा पढौ

मिडिया विधेयक छलफलका लागि समितिमा

काठमाडौँ । नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि संसदीय समितिका पठाइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । उक्त प्रस्ताव निर्णयार्थ पेश गर्नुअघि सांसद प्रेम सुवालले बैठकको गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले गणपूरक सङ्ख्या यकिन गर्न निर्देशन गरेका थिए । गणपुरक… पुरा पढौ

महिला साफ च्याम्पियनसीप : भारतले पाकिस्तानलाई हरायो

काठमाडौँ । राजधानीमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगितअन्र्गत आज भएको पहिलो खेलमा साविक विजेता भारतले पाकिस्तानलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा मैदानमा भएको खेलमा भारतले पाकिस्तानलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । पाकिस्तानको आत्मघाती गोलबाट भारतले पहिलो अग्रता लियो । खेलको २१औँ मिनेटमा पाकिस्तानकी कप्तान मारिया खानले आफ्नै पोष्टमा आत्मघाती गोल गरिदिएपछि भारतले पहिलो अग्रता लिएको हो । मारियाले गोल गरेको दुई मिनेट पनि बित्न नपाउँदै भारतले दोस्रो अग्रता… पुरा पढौ

दक्षिण कोरिया ,भारत र पाकिस्तानका कोरोना सङ्क्रमित

विश्व स्वास्थ्य सङ्गठन डब्ल्युएचओले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने कोरोना सङ्क्रमण उल्लेखनियरुपमा घटेको छैन् । मङ्गलबार मध्यरातसम्म सार्वजनिक गरिएको विवरणअनुसार यस देशमा ८५ हजार पाँच सय ४० जना नयाँ सङ्क्रमित थपिएका छन् । यद्यपी सोमबार मध्यरातसम्म सार्वजनिक गरिएको विवरणअनुसार देशमा ९९ हजार आठ सय ३७ जना नयाँ सङ्क्रमित थपिएका थिए । सोमबारको तुलनामा मङ्गलबार सङ्क्रमित घटेका छन् । हाल दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई करोड ३७ लाख ९१ हजार नौ सय ६१… पुरा पढौ

अधिकार कार्यान्वयन नभएकोमा चिन्तित

सिन्धुपाल्चोक । मानिसको व्यस्त जीवनशैलीले परिवारका जेष्ठ नागरिकको उचित ब्यवस्थापन हुन नसक्दा समाजमा एक्लो हुनुका साथै अधिकारबाट समेत वञ्चित हुन पुगेका छन् । नेपालमा ज्येष्ठ नागरिकको अधिकार र कल्याणका लागि कानुनीरूपमा थुप्रै व्यवस्था गरिएका छन् । नेपालको संविधानको मौलिक हकको धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनी स्पष्ट उल्लेख गरिएको छ । तर, राज्यले बनाएका नियम कार्यान्वय नभएकोप्रति मेलम्ची–१० का जेष्ठ नागरिक टोमशङ्खर दुलाल चिन्ता व्यक्त गर्छन । उनले कानुन बनाएर मात्र नहुने… पुरा पढौ

प्रेस युनियन काठमाडौँको कावा अध्यक्षमा रेग्मी

काठमाडौँ । नेपाल प्रेस युनियन काठमाडौँ जिल्ला कार्यसमितिको कार्यवाहक अध्यक्षमा शाखाका उपाध्यक्ष अच्युत रेग्मी चयन भएका छन । काठमाडौँ शाखाको रिक्त अध्यक्ष पदमा प्रेस युनियन केन्द्रको निर्णयानुसार उपाध्यक्ष रेग्मीले कार्यवाहकको जिम्मेवारी पाएका हुन । शाखाका अध्यक्ष जगन्नाथ दुलालले प्रेस युनियनको हेटौँडामा गत साउन ६ र ७ गते सम्पन्न नवौँ महाधिवेशनमा उम्मेदवारी दिएसँगै विधानअनुसार जिल्ला अध्यक्ष पद स्वतः रिक्त भएको थियो । विगत आठ वर्षदेखि राष्ट्रिय समाचार समिति ९रासस०मा स्थानीय समाचारदाताका रुपमा कार्यरत रेग्मी काठमाडौँ उपत्यकालाई आफ्नो क्षेत्र बनाएर पत्रकारिता गर्दै… पुरा पढौ

कक्षा १२ को परीक्षाफल समीक्षा : सिकाइ प्रक्रियामै सुधार्न सुझाव

काठमाडौँ । माध्यमिक तहको परीक्षा कक्षा १२ को पछिल्लो परिणाममा धेरै सङ्ख्याका विद्यार्थीले माथिल्लो कक्षामा पढ्न योग्य हुन नसकेको सन्दर्भमा शिक्षाकर्मीले सिकाइ र परीक्षा पद्दतिमा परिमार्जन गर्न सुझाएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन द्वारा आज यहाँ आयोजित माध्यमिक तहको परीक्षा र मूल्याङ्कन प्रणाली विषयका गोष्ठीका वक्ताहरुले परीक्षालाई भन्दा सिकाइ प्रक्रियामा सुधार ल्याउन माग गरेका छन् । सिकाइमा सुधारका लागि शिक्षक जिम्मेवार र सक्षम हुनुपर्ने भएकाले सरकारले शिक्षक सक्षमताका लागि कार्यक्रम दिन पनि उनीहरुको आग्रह छ ।… पुरा पढौ