समाचार

बैतडीमा छ महिनादेखि हवाई सेवा बन्द

बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको हवाई सेवा लामो समयदेखि बन्द रहेको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरुपमा हुने गरेको हवाई उडान छ महिनादेखि बन्द रहेको हो । साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएकामा गत चैत १० गते यहाँ अन्तिमपटक उडान भएको थियो । यहाँ हवाई उडान नहुँदा आकस्मिकरुपमा धनगढी जानुपर्ने नागरिक समस्यामा परेका छन् । हवाई उडान नहुँदा आकस्मिकरुपमा बिरामी भएकालाई लैजान तथा अन्य कामका लागि जाने नागरिक समस्यामा परेका हुन् । सार्वजनिक गाडीको यात्राबाट धनगढी पुग्न… पुरा पढौ

बास पुरियो, वृद्ध जोडीको बिचल्ली

बलेवा । सेतै फुलेको कपाल । बुढ्यौलीले चाउरी परेको अनुहार । ढालानाथको अनुहारमा केही दिनदेखि बेचैनी बढेको छ । ढुङ्गा, माटो र काठले बनेको दुईतले सुन्दर घरको आँगन । आँगनको छेवैमा बनाइएको पर्खालमा गहभरि आँसु पार्दै त्यही घर नियालिरहेको भेटिनुभयो, ढालानाथ । बागलुङ नगरपालिका–११ को तल्लो रामतोला बस्तीको सबैभन्दा माथि ढालानाथ पौडेलको घर छ । उनलाई यो घर छोड्न पटक्कै मन छैन । तर ज्यान नै जोखिममा राखेर घर कुर्न उनले सकेन्न । सात सन्तानका पिता ढालानाथलाई जीवनको आधा समय… पुरा पढौ

पशु प्राविधिक बाख्रा पालनमा

गलकोट । नेपालमा विशेष गरी कृषि तथा पशुपालन विषयको अध्ययन गर्नेले सो अनुसारको पेशा अपनाएको नगन्य मात्रमा भेटिन्छ । कृषि तथा पशुको ज्ञान विना नै फर्म सञ्चालन गर्दा किसानले विभिन्न रोग तथा प्रकोपका कारण करोडाँैको नोक्सानीसमेत झेल्नुपरेको छ । कृषि तथा पशु अध्ययन गरेकाले कृषि पेशा अपनाउनुभन्दा जागिर नै खानु पर्दछ भन्ने प्रचलनसमेत व्याप्त भए पनि बागलुङ नगरपालिका–११ रायडाँडाका चिरञ्जीवी केसीले पशु प्राविधिकको जागिर छोडेर बाख्रा फर्ममा लगानी विस्तार गर्दै आएका छन । सात वर्षसम्म पशु प्राविधिकका रुपमा जागिर खाएका… पुरा पढौ

फुसको छानो विस्थापनबाट आठपहरिया समुदाय लाभान्वित

धनकुटा । धनकुटा नगपालिकामा सञ्चालित फुस खरको छाना विस्थापन गरी निःशुल्क जस्तापाता वितरण कार्यक्रमबाट यहाँका सीमान्तकृत आदिवासी आठपहरिया समुदाय लाभान्वित भएका छन् । नगरमा हाल करिब आठ हजारको सङ्ख्यामा रहेका यी जाति यहाँको ग्रामीण क्षेत्रमा पराम्परागत तरिकाले सघन बसोबास गर्दै आएका छन् । आर्थिक तथा सामाजिक क्षेत्रमा पछि परेका कारण राज्य र नगरको प्राथमिकीकरणमा परेकाले यो समुदायलाई फुसको छानो विस्थापन कार्यक्रमबाट सबैभन्दा बढी फाइदा भएको छ । गएको पाँच वर्षमा नगरपालिका र केन्द्रीय सरकारको सहयोगमा तीनपटक सञ्चालित कार्यक्रमबाट नगरका सात… पुरा पढौ

बसले ठक्कर दिँदा वृद्धाको मृत्युु

लेखनाथ । पोखराको लेखनाथमा माइक्रोबसको ठक्करबाट एक वृद्धाको मृत्युु भएको छ । बुधबार साँझ शिसुवा चोकमा ग१ख ६८३० नंको माइक्रोबसले ठक्कर दिएपछि गम्भीर घाइते भएकी पोखरा–३१ मोहोरिया निवासी ७८ वर्षकी देवकला बन्जराको मृत्युु भएको हो । पैदलयात्रा गरिरहेको अवस्थामा बसले बन्जरालाई बसले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते बन्जराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गर्दागर्दै मृत्युु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बस चालक प्रहरी नियन्त्रणमा छन् ।रासस पुरा पढौ

प्रतिभा माविमा बाल दिवस

पोखराको नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले ५८ औँ अन्तर्राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ। कार्यक्रममा विद्यार्थीले विभिन्न रचना तथा नृत्यहरु प्रस्तुत गरेका थिए। यसैगरी, उक्त कार्यक्रममा विद्यालयको वार्षिक क्यालेन्डर अन्तर्गत अतिरिक्त क्रियाकलमामा रहेका विभिन्न विधाहरुका प्रथम, द्वितीय र तृतीय हुने छात्रछात्रलाई प्रमाण–पत्र तथा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा शैक्षिक विधा अन्तरगत प्रथम त्रैमासिक परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो । विद्यालयका प्रिन्सिपल विश्वगोपाल पराजुलीको अध्यक्षतामा भएको कार्यक्रम अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश… पुरा पढौ

पोखरा जीरोका स्थानीय आफैले भत्काए टहरा

पोखरा महानगरपालिका वडा नम्बर ५ का स्थानीयले आफैं टहरा भत्काउन थालेका छन्। जीरो निवासी राजाराम शाहीले आफ्नो घरमा बनाइएको टहरा आफैंले भत्काएका छन् । वडा नम्बर ५ ले जिरो किमीदेखि बागलुङ राजमार्गसम्मका मापदण्ड विपरित निर्माण गरिएका संरचना हटाउन मंगलबार सूचना प्रकाशित गरेको थियो। सूचना जारी भएको ७ दिनभित्र पनि मापदण्ड विपरतका संरचना नहटाए वडा ले नै हटाउन बाध्य हुने र कानुन बमोजिम हटाउँदाको खर्च समेत सम्वन्धित सरोकारवाला व्यक्तिबाट नै असुल उपर गरिने सूचनामा बताइएको छ। पुरा पढौ

रूपाको वक्तृत्वकलामा शिवालयकी करिनाको ह्याट्रिक, एसईईमा छात्र/छात्रा दुवैमा शिवालय उत्कृष्ट

कास्कीको रूपा गाउँपालिका–२ स्थित शिवालय माविकी करिना ओझाले वक्तृत्वकला प्रतियोगितामा ह्याट्रिक गरेकी छिन्। रूपा गाउँपालिकाद्वारा ५८ औँ बाल दिवसका अवसरमा बुधबार आयोजित ‘शिक्षा क्षेत्रको विकासमा स्थानीय तहको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा प्रथम भएसँगै उनले ह्याट्रिक गरेकी हुन्। यसै शैक्षिक सत्रमा मात्रै उनले यसअघि गोनेसा नेपाल र पुष्पकमल सुवेदी स्मृति प्रतिष्ठानद्वारा रूपा गाउँपालिकाभित्रका विद्यालयबीच सम्पन्न वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी थिइन् उनी शिवालय बाल क्लबकी अध्यक्ष पनि हुन्। बाल दिवसका अवसरमा आयोजित सो प्रतियोगितामा रामकोट माविकी सजिता अधिकारी, अरुणोदय आविका… पुरा पढौ

महेन्द्र गुफादेखि के आई सिंह पुलसम्म फुट ट्रयाक बन्दै

पोखराको पर्यटकीय क्षेत्र महेन्द्र गुफा देखि के आई सिंह पुलसम्म नालासहितको फुट ट्रयाक निर्माण हुने भएको छ। गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रकमबाट सडकको दुवै भागमा नालासहितको फुट ट्रयाक र साईकल ल्याण्ड निर्माण हुने बताइएको छ। उक्त कार्यको बुधबार महेन्द्र गुफामा प्रदेश सरकारका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले शिलन्यास गरे। कार्यक्रममा बोल्दै मन्त्री खड्काले कास्कीको उत्तरी भेगको समग्र विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। नले निर्धारित समयमा नै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन… पुरा पढौ

दुई हजार बढी सक्रिय सङ्क्रमित

काठमाडौँ । पछिल्लो समय कोरोना सङ्क्रमण विस्तारै ओरालो लाग्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त तथ्याङ्कअनुसार कोरोना भाइरसको सङ्क्रमण दर लगातार घटिरहेको छ । मन्त्रालयका अनुसार आज एक सय १९ जनामा सङ्क्रमण पुष्टि भएको छ । चार हजार ८४ नमूनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । आज एक सय ३० सङ्क्रमणमुक्त भएका छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार एक सय ९१ छ । काठमाडौँमा पाँच सय बढी, ललितपुर र चितवनमा दुई… पुरा पढौ