समाचार

मनाइयो ऋषिपञ्चमी, सकियो तीज

काठमाण्डौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्तऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, तालतलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । वाग्मती, मनोहरा, रुद्रमतिलगायत नदी किनारको मुहान क्षेत्रमा स्नान गर्न सकिने गरी पानी स्वच्छ भएकाले प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन अपामार्गसहित विधिपूर्वक स्नान गर्न धेरै महिला जाने गरेका छन् । रजस्वलाका समयमा छाइछुई… पुरा पढौ

सहारा क्लब हङकङ सल्लाहकार इन्द्र गुरुङद्वारा सहारा एकेडेमीमा सहयोग

पोखरा । सहारा क्लब हङकङका सल्लाहकार इन्द्र गुरुङले सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीलाई ४५ हजार नगद सहयोग गरेकी छन् । पोखराको बुद्धचोक घर भइ हाल हङकङमा इमेज हेयर सलुन संचालन गर्दै आएकी उनले ग्राहकबाट प्रदान गरिएको रकम एकेडेमीलाई सहयोग गरेकी हुन् । एकेडेमीमा आफूले सहयोग गर्न पाउँदा निकै खुसी लागेको र आगामी दिनमा पनि यस्तै सहयोग गदै जाने उनले बताइन् । सहयोग हस्तान्तरण कार्यक्रममा क्लब अध्यक्ष हरिराम गुरुङ (सुरज), निवर्तमान अध्यक्ष केशवबहादुर थापा, पूर्व अध्यक्ष वीरभद्र आचार्य, वरिष्ठ उपाध्यक्ष… पुरा पढौ

लामाचौर राष्ट्रिय भलिबल:वर्षाले पुरुषतर्फको फाइनल स्थगित, टिमले बाँडे पुरस्कार

२४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ अन्तरगत लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फको फाइनल खेल स्थगित भएको छ । बिहीबार बिहान १० बजे नेपाल पुलिस क्लब र गण्डकी प्रदेश टिमबीच हुने भनिएको फाइनल निरन्तर वर्षाका कारण आयोजक नवआदर्श सामुदायिक विकास समाजले स्थगित गर्ने निर्णय गरेको हो । भदौ ११ देखि सुरु भई भदौ १४ गते सम्पन्न गर्ने कार्यतालिका रहेकोमा निरन्तर वर्षाले इन्द्रराज्य लक्ष्मी मावि लामाचौरको भलिबल कोर्टमा आयोजित प्रतियोगिता संचालनमा कठिनाइ पर्दै आएको थियो । प्रतियोगिताको अवधि दुई दिन थप… पुरा पढौ

दुई सय ६९ मा सङ्क्रमण

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण आज दुई सय ६९ मा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा तीन हजार पाँच सय ५७ परीक्षणमध्ये दुई सय ६९ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । आज दुई सय १५ जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन् । निको हुने प्रतिशत ९८।५ प्रतिशत छ । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार एक सय ५८ पुगेको छ । यस्तै आज कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको निधन भएको छ… पुरा पढौ

पोखरा ट्रेड मलको उपहार योजनाका पहिलो पाक्षिक विजेता छानिए

पोखरा । पोखराको चिप्लेढुँगामा रहेको पोखरा ट्रेड मलले नेपालीहरुका चाडपर्व दशैँ तिहारलाई लक्ष्य गरेर ल्याएको ‘नगदै नगदको वर्षा’ उपहार योजनाका पहिलो पाक्षिक विजेता छानिएका छन् । मलमा बुधबार उत्सव व्यवस्थापन समिति, पोखरा ट्रेड व्यवस्थापन र ग्राहकहरको उपस्थितिमा भएको उपहार सार्वजनिक कार्यक्रममा आरुश खनालले रु १० हजार जित्न सफल भए । यसैगरी प्रतिमा गुरुङले रु दुई हजार र पोखरा सिनेप्लेक्सको टिकट , योगेन्द्र पुनले फिस्टेल ड्रिम पार्कको एक दिनको प्याकेज, रोजी गुरुङले रु दुई हजार र एक हजार बराबरको फेसियल सेवा… पुरा पढौ

राष्ट्रियसभामा समितिका प्रतिवेदन पेश

काठमाडौँ । राष्ठ्रियसभाको आजको बैठकमा विभिन्न समितिका प्रतिवेदन पेश भएका छन् । बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन र मुल्याङ्कन समितिका सदस्य देवेन्द्र दाहालले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूलयाङ्कन समितिको वार्षिक प्रतिवेदन २०७६ र समितिको एकीकृत प्रतिवेदन २०७९ सभासमक्ष पेश गरे । त्यस्तै बैठकमा विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनःविचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ र प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त कारागार… पुरा पढौ

नेप्से परिसूचकमा ओरालो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव शून्य आठ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव २९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ६६ अङ्कले ओरालो लागेर तीन सय ८३ दशमलव ९३ मा पुगेको छ । कुल दुई सय २५ कम्पनीका ३९ लाख ५५ हजार आठ सय ८६ कित्ता शेयर रु एक अर्ब ३८… पुरा पढौ

उच्च रक्तचापका बिरामीको सङ्ख्या बढी

काभ्रेपलाञ्चोक । यहाँ नसर्ने रोगमध्ये उच्च रक्तचापका बिरामीको सङ्ख्या बढी रहेको एक तथ्याङ्कले देखाएको छ । जिल्लामा पछिल्लो एक वर्षको अवधिमा नसर्ने रोगमध्ये पहिलो सूचीमा रहेका उच्च रक्तचापका १४ हजार चार सय २० बिरामीको उपचार भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । अस्वस्थकर खानपान, सहरीकरण, गरिबी, शारीरिक निष्क्रियता, सूर्तिजन्य तथा मरिदाजन्य पदार्थको सेवनका कारण नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेमध्ये उच्च रक्तचापका बिरामीको सङ्ख्या बढी रहेको कार्यालयका प्रमुख डा पुरुषोत्तमराज सेढाईँले बताए । उनका अनुसार जिल्लास्थित स्वास्थ्य व्यवस्थापन सूचना… पुरा पढौ

मनाइयो ऋषिपञ्चमी

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्तऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन् । हिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, तालतलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । वाग्मती, मनोहरा, रुद्रमतिलगायत नदी किनारको मुहान क्षेत्रमा स्नान गर्न सकिने गरी पानी स्वच्छ भएकाले प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन अपामार्गसहित विधिपूर्वक स्नान गर्न धेरै महिला जाने गरेका छन् । रजस्वलाका समयमा छाइछुई… पुरा पढौ

वन व्यवस्थापनमार्फत काठ उत्पादन बढाउने नीतिमा मन्त्रालय

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले वन व्यवस्थापनमार्फत काठ उत्पादन बढाउने नीति लिएर आफ्ना कार्यक्रम अगाडि बढाइरहेको छ । काठ उत्पादन बढाउन मन्त्रालयले आफ्नो अलग्गै मापदण्ड तयार गरिसकेको छ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले मन्त्रालय सम्हालेदेखि स्वदेशमै काठ उत्पादन बढाउन वृक्षरोपणलाई देशभरिमै अभियानका रूपमा अघि बढाइएको छ । अर्थतन्त्रमा योगदान पु¥याउने गरी सामुदायिक वन व्यवस्थापनलाई उत्पादन र रोजगारमूलक बनाउन अलग्गै कानुन बनाउने तयारीसमेत भइरहेको बताइएको छ । बहुमूल्य जडीबुटी संरक्षण तथा व्यवस्थापन गरी व्यावसायिक उत्पादन गरिने मन्त्रालयले नीति लिएको… पुरा पढौ