समाचार

दिल्लीका ग्याङ नाइके ‘रविन हुड’ पक्राउ

दिल्लीका ‘रोबिन हुड’ भनेर चिनिने एकजना ग्याङ नाइके पक्राउ परेका छन् । २५ जनाको ग्याङको नेतृत्व गर्दै आएका वसिम अक्रम पक्राउ परेका हुन् । अक्रम र उनको समूहले धनीका घरबाट नगद तथा बहुमूल्य गरगहना लुट्ने र त्यसमध्येबाट केही रकम गरिब समुदायलाई बाँड्दै आएको प्रहरीले जनाएको छ । तर, डिस्नी कथा विपरीत उनीहरूले लुटेका अधिकांश सम्पत्ति भने आफैंले राख्ने गरेका छन् । ‘लम्वु’ उपनामले पनि चिनिने अक्रमविरुद्ध हत्या र बलात्कार प्रयास जस्ता अभियोग पनि लगाइएको प्रहरीले जनाएको छ । २७ वर्षिय… पुरा पढौ

नेपाली क्रिकेट टोलीको बिदाई

नेपाली क्रिकेट टोलीलाई केन्या भ्रमणका लागि क्यानले बिदाई गरेको छ । एक कार्यक्रम गर्दै क्यानले नेपाली टोलीको बिदाइ गरेको हो । नेपाली टोलीलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, क्यानका कोषाध्यक्ष रोशनसिंह, क्यानका सदस्य दुर्गाराज पाठक लगायतले बिदाइ गरेका हुन् । केन्या भ्रमणमा नेपालले पाँच टी–२० आई र तीन एक दिवसीय खेल खेल्नेछ । सन्दीप लामिछानेको कप्तानीमा १६ खेलाडीसहित २१ जनाको टोली केन्या जाने छ । नेपालले टी–२० वरियताको सुधारका लागि केन्यासँग खेल्न लागेको र सुधार भएको खण्डमा नेपालले आउँदो टी–२० विश्वकप… पुरा पढौ

चन्द नेतृत्वको नेकपासँग भएका सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध छौँः गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग भएका सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । गृह मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) र महान्यायाधिवक्ता खम्मबहादुर खाती सहितको पत्रकार सम्मेलनमा उनले यसअघिको सरकारले नेकपासँग २०७७ साल फागुन २० गते गरेको तीन बुँदे सम्झौता कार्यान्वयनमा गइसकेको र केही प्रक्रियामा रहेको जानकारी दिए । उनले नेपाल सरकारले विगतदेखि नै राजनीतिक समस्यालाई वार्ता र संवादको माध्यमबाट समाधान गर्दै आएको उल्लेख गर्दै नेकपासँगको सहमति कार्यान्वयन गर्न सरकार मातहतका निकायले काम… पुरा पढौ

बन्दकर्ताले दाङमा बिहानै सवारीसाधनमा आगजनी गरे

दाङमा बन्दकर्ताले बिहानै सवारीसाधनमा आगजनी गरेको समाचार छ । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिक आगजनी गरेका हुन । चार/पाँच जनाको समुहमा रहेका व्यक्तिले टिप्परको अघिल्लो भागमा आगो झोसेर भागेका थिए । आगजनीका कारण टिप्परको अघिल्लो भाग जलेर नष्ट भएको छ । घटनास्थलमा प्रहरी पुगेको र आगजनीमा संलग्नहरुको खोजिकाय सुरु गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । चार क्रान्तिकारी कम्युनिस्ट पाटीले नेपाल बन्दको घोषणा गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टीका… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद : पोखरामै साइक्लिङ प्रतियोगिता पक्का

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको साइक्लिङ खेल पोखरामै हुने भएको छ । राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत साइक्लिङ खेलकुदका लागि सोमबार खेलस्थल व्यवस्थापन समिति सहितको टोलीले साइक्लिङ खेलका लागि पोखरा र आसपासका संभाव्य खेलस्थलको अवलोकन गरेको छ । राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गठित खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक समेत रहेका राखेप सदस्य राजेशकुमार गुरुङ, सचिव एवं प्रशिक्षण प्रमुख कृष्णप्रसाद तिमिल्सिना, नेपाल साइक्लिङ संघका केन्द्रीय अध्यक्ष गोपाल सुन्दरलाल कक्षपति, संघका सचिव देवेन्द्र बस्नेत, कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारी, उपाध्यक्ष अशोक चालिसेलगायतको टोलीले… पुरा पढौ

२४ भदौबाट नाम्सको राष्ट्रिय अधिवेशन

नेपाल बजार बिक्री प्रतिनिधि संघ (नाम्स) को छैटौं राष्ट्रिय महाधिवेशन यही भदौको २४ र २५ गते चितवनको नारायणगढमा हुने भएको छ । गत शनिबार बसेको संघको १० औ पूर्ण बैठकले सो निर्णय गरेको हो । महाधिवेशन सम्पन्न गर्न संघका केन्द्रीय अध्यक्ष सूर्य पराजुलीको संयोजकत्वमा एक सय एक सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । मूल आयोजक समितिको सह –संयोजकमा संघका केन्द्रीय उपाध्यक्ष पुष्पराज पराजुली, सदस्य–सचिवमा महासचिव पदम भट्टराईलाई चयन गरेको छ । मूल आयोजक समिति मा केन्द्रीय कमिटीका पदाधिकारी… पुरा पढौ

साइबर अपराध : फेसबुक ह्याक गर्दै रकम माग्दै

पोखरा महानगरपालिका–१ बगरका ‘फेन्सी’ व्यवसायी बलराम आचार्यलाई शनिबार दिउँसो परिचित व्यक्ति रमेश बञ्जाराको फेसबुक म्यासेन्जर कल आयो । ती परिचितले सञ्चो बिसञ्चो सोधपुछ गरी नम्बर हराएकाले पुनः मोबाइल नम्बर पठाउन आग्रह गरे । यसपछि मोबाइलमा आफूले एउटा लिङ्क पठाएकाले सोको कोड दिन आग्रह गरेपछि व्यवसायी आचार्यले चिनजानको साथीले भनेपछि तुरुन्तै पठाइदिए । कुराकानीकै क्रममा मोबाइल बैंकिङ एप्स छ वा छैन ? ई–सेवा चलाउनुहुन्छ कि हुँदैन भनेपछि उनले आफ्नो ई–सेवामा हाल पैसा नभएको जवाफ फर्काए । सोको एक घण्टापछि आचार्यलाई काठमाडौंका… पुरा पढौ

आज नेपाल बन्द

विभिन्न ४ दलले आज (मंगलबार) नेपाल बन्दको घोषणा गरेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सहित विभिन्न ४ दलले नेपाल बन्दको घोषणा गरेका हुन् । सरकार र पार्टीबीच भएको ३ बुँदे सहमति उल्लंघन गरिएको, नेता तथा कार्यकर्ताहरुमाथि पक्राउ पुर्जी जारी गरिएको, एमसीसी, महँगी, राष्ट्रघाती सन्धी र सम्झौताविरुद्ध संघर्ष सुरु गर्ने भन्दै ती पार्टीले नेपाल बन्दको घोषणा गरेका हुन् । यसअघि नै ति राजनीतिक दलहरुले संयुक्त विज्ञप्ती निकाल्दै ‘भदौ ७ गते बेपाल बन्दको आयोजना गरिएकाले विगतका दिनहरुमा… पुरा पढौ

पोखराका अग्रज व्यवसायी सेतेलाल बिजुक्क्षेको निधन

पोखरा । पोखराको प्रतिष्ठित व्यवसायी सेतेलाल बिजुक्छेको सोमबार निधन भएको छ । ८१ वर्षको उमेरमा उनको उपचारक्रममा पोखराको चरक मेमोरियल अस्पतालमा निधन भएको हो । एक महिनायता उनी निमोनियाबाट ग्रसित थिए ।पोखरा–८, आलुमाइला चोकका रत्नलाल बिजुक्छे (आलु माइला) का उनी ज्येष्ठ सुपुत्र हुन् । स्व। सेतेलालका श्रीमती सेतुली बिजुक्छे तथा ४ जना छोराहरु (श्याम, नारायण, मुक्ति र विनोद बिजुक्छे) तथा ३ छोरीहरु (सीता, मीरा र रेखा) छन् । उनी विभिन्न सामाजिक तथा धार्मिक संघसंस्थामा आबद्ध थिए । उनी जनप्रिय बहुमुखी… पुरा पढौ

मन्दिरको दानपेटिका चोरीको आरोपमा हेम्जाका दोर्जे पक्राउ

पोखरा । पोखराको विन्ध्यावासिनी मन्दिरबाट नगदसहितको दानपेटिका चोरी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पोखरा– २ स्थित विन्ध्यावासिनी मन्दिरमा राखिएको नगदसहितको दान पेटिका चोरी गरेको आरोपमा प्रहरीले पोखरा २५ भोटेक्याम्प बस्नै जिम्मी दोर्जे ३० लाई पक्राउ गरेको हो । गत भदौ ३ गते मन्दिर परिसरबाट नगदसहितको दानपेटिक चोरी गरेका हिँडेका दोर्जेलाई दानपेटीका सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । पक्राउ परेका उनलाई चोरी मुद्दामा ५ दिन म्याद थप… पुरा पढौ