समाचार

महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुनुपर्ने भन्दै फोनिज कास्कीद्धारा ज्ञापन पत्र

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले नेपाल पत्रकार महासंघ कास्कीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नभई सत्यनारायणबहादुर श्रेष्ठको नाम हुनपर्ने माग सहित फोनिज गण्डकी ईन्चार्ज एमवि आस्था (मान बहादुर घर्तीमगर) को रोहवरमा फोनिज कास्कीले पत्रकार महासंघ कास्की शाखा मार्फत बिहिबार ध्यानाकर्षण पत्र पेश गरेको हो । इतिहासको विभिन्न तथ्य अनुसार नेपाल पत्रकार संघ गठन गरेर नेपाली पत्रकारलाई पहिलो पटक संगठित गर्ने व्यक्ति श्रेष्ठ रहेको भन्दै विज्ञप्तिमा भनिएको छ, “विसं… पुरा पढौ

नारायणगढ–मुग्लिन सडक आठ घण्टा पछि सञ्चालनमा

चितवन । पहिरोका कारण अबरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड आठ घण्टापछि पुनः सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २९ केराबारी र १८ किलोमा पहिरो खस्दा आज बिहानदेखि सो सडक दुईतर्फी नै अबरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार रोकिएका सवारीसाधनहरु पहिरो पन्छाएसँगै गन्तव्यतर्फ लागेका छन् । पहिरो पन्छाउनका लागि दुई लोडर सहित एस्काभेटर प्रयोग गरिएको थियो ।रासस पुरा पढौ

वेस्ट बैंकको झडपमा दुई प्यालेस्टिनीको मृत्यु

इरायलले कब्जा गरेको वेस्ट बैंकमा प्यालेस्टिनी र इजरायली सेनाबीच छुट्टाछुट्टै झडप भएको छ । बिहीबार बिहान भएको यस झडपमा परी दुई प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । नाब्लसको अल–ऐन शिविरका २५ वर्षीय समेर खालेदको घाँटीमा गोली लागेको र जेरुसेलम बाहिर कलान्डिया क्याम्पका २६ वर्षीय याजान अफानाको छातीमा गोली लागेर मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।रासस पुरा पढौ

दूरदराजसम्म बिमाको पहुँच पु¥याउन अर्थमन्त्री शर्माको निर्देशन

अर्थमन्त्री जनार्दन शर्माले दूरदराजसम्म बिमाको पहुँच पु¥याउन बिमा समितिलाई निर्देशन दिएका छन् । आज सुर्खेतस्थित बिमा समितिको प्रादेशिक कार्यालय उद्घाटन गर्दै उनले कर्णालीका अधिकांश नागरिक बिमाको पहुँच बाहिर रहेकाले सेवा विस्तार गर्न निर्देशन दिएका हुन् । अर्थमन्त्री शर्माले बिमा समितिको अधिकार प्रदेशसम्म विस्तार गर्न कार्यालय खोलिएकाले बिमा सेवा सहर–बजारमा सीमित नभई गाउँ–गाउँसम्म पुग्नुपर्ने बताए । बिमा सेवा समग्र आर्थिक क्रियाकलापसँग जोडिएकाले विश्वसनीय वातावरणका साथ गाउँगाउँमा पुग्नुपर्ने उनको भनाइ थियो । “बिमा सेवा गाउँ–गाउँसम्म पुग्नु सङ्घीयताको एउटा आयाम हो, वित्तीय र… पुरा पढौ

महामन्त्री शर्मा झापा–१ बाट सर्वसम्मत उम्मेद्वार सिफारिस

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन । उनी सर्वसम्मतरूपमा उम्मेदवार सिफारिस हुनुभएको नेपाली कांग्रेस झापा क्षेत्र नं १ का सभापति इन्द्र बुढाथोकीले जानकारी दिए । आज सङ्घीय संसद्को उम्मेद्वार सिफारिसका लागि क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिहरूको संयुक्त बैठक पार्टीको क्षेत्रीय कार्यालय धुलाबारीमा बसेको थियो । मेचीनगर नगरपालिका–९ धुलाबारी निवासी शर्मा यसअघिका दुई निर्वाचनमा पनि सोही क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेद्वार भएका थिए । यसैगरी नेपाली कांग्रेसले… पुरा पढौ

दुई थान भरुवा बन्दुकसहित एक पक्राउ

लमजुङ बाट दुई थान भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । क्व्होँ लासोथर गाउँपालिका–८ घाम्राङ घर भई हाल वडा नं ९ साल्मे बस्ने २७ वर्षीय यमबहादुर राना मगरलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले बताउनुभयो । उनले भने, “अवैधरूपमा लुकाइछिपाइ राखेको तथा स्थानीयवासिन्दालाई धाकधम्की दिने गरेको भन्ने विषेश सूचनाका आधारमा उनलाई मङ्गलबार एक थान लोड गरेको र एक थान अनलोड गरेको बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो । रानामगरलाई लमजुङ जिल्ला अदालतबाट… पुरा पढौ

स्व नेता गिरीको स्मृतिमा सामूहिक वृक्षरोपण

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य स्व प्रदीप गिरीको स्मृतिमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको छ । स्व गिरीको १३औँ पुण्यतिथिका अवसरमा काठमाडौँ क्षेत्र नं ४ का सांसदको कार्यालयको आयोजनामा गौशालास्थित भण्डारखाल चौरमा एक सय आठ बिरुवा वृक्षरोपण गरिएको हो । कार्यक्रममा कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्व गिरी प्रकृतिप्रेमी भएकाले उाको आत्माको शान्तिका लागि सामूहिक वृक्षरोपणको आयोजना गरेको बताए । “स्व गिरी जहाँ गए पनि रुखको छहारीमा बस्नुहुन्थ्यो, प्रकृतिसँग रमाउने उहाँको बानी थियो, उहाँको आत्माको शान्तिका लागि हामीले उहाँको पुण्यतिथिका अवसर… पुरा पढौ

बिरुडा पञ्चमी मनाइँदै

दार्चुला । सुदूरपश्चिमेली महिलाको महान् पर्व गौरापर्व आजदेखि आरम्भ भएको छ । सुदूरपश्चिममा हिन्दू नारीले हरेक वर्ष गौरापर्वलाई महत्वपूर्ण पर्वका रूपमा मनाउने गर्दछन् । हरेक वर्ष भाद्र कृष्ण पञ्चमी तथा भाद्र शुक्ल पञ्चमीदेखि सो पर्व औपचारिकरूपमा सुरुआत हुने गर्दछ । भाद्र कृष्ण पक्षमा हुने गौरालाई अनारी गौरा र भाद्र शुक्ल पक्षमा मनाइने गौरालाई उजेली गौरा भन्ने गरिन्छ । भगवान् शिवकी धर्मपत्नी पार्वतीको स्वरुप गौरालाई पुज्ने चलन छ । विवाहित महिलाले आज पञ्चमीका दिन व्रत बसी गौरापर्वको दिन धुबीधागो लाउने गर्दछन्… पुरा पढौ

तीन बजेसम्म पहिरो पन्छाउने गरी काम हुँदै

निरन्तर वर्षात्सँगै ठाउँ–ठाउँमा खसेको पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसो ३ बजेसम्म खुलाउने गरी काम भइरहेको छ । सो सडकको केराबारीको मौरीखोला र अठार किलोमा ठूलो पहिराका साथै ठाउँ–ठाउँमा साना पहिरा खसेका छन् । भरतपुर डिभिजन सडक कार्यालयका इञ्जीनियर सागर कार्कीका अनुसार मौरीपुलबाहेकका पहिरो पन्छाइसकिएको छ । मौरीपुलमा दुई लोडर, दुई व्याकलोडर र एउटा एक्साभेटरले काम गरिरहेको छ । सो ठाउँमा ६० मिटर सडक पहिराले ढाकिएकामा आठ मिटर चौडा र पाँच मिटर अग्लो पहिरो पन्छाउने काम भइरहेको छ । अठार… पुरा पढौ

सिरियामाथि इजरायलको क्षेप्यास्त्र प्रहार

दमासकस । इजरायलले सिरियामाथि क्षेप्यास्त्र मिसाइल प्रहार गरेको समाचार छ । बुधबार राति इजरायलले सिरियामाथि क्षेप्यास्त्र प्रहार गरेको प्राप्त समाचारमा जनाइएको छ । सो क्षेप्यास्त्र सिरियाको उत्तरी शहर अलेपोको एक विमानस्थल नजिकै प्रहार गरिएको हो । सिरियाली उत्तरी शहर अलेपोको एक विमानस्थल र त्यहाँ रहेको एक सैनिक क्याम्पमा सो क्षेप्यास्त्र हानिएको सिरियाली सेनाले बिहीबार प्रकाशन गरेको एक विज्ञप्तिमा जानकारी दिएको छ । मध्यरातमा विमानस्थल नजिकै हानिएको सो क्षेप्यास्त्रले केही संरचनामा क्षति पुगेको बताइएको छ । त्यसको एक घण्टापछि यहाँको सैनिक… पुरा पढौ