समाचार

मोटरसाइकल दुर्घटना हुँदा कटुवालको मृत्यु

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ स्थित सडकमा बा ७६ प १३५ नम्बरको स्कुटर र बागमती प्रदेश ०२–०१९ प २४७६ नं को मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक शङ्खरापुर नगरपालिका–५ पालुवारी घर भएका ३५ वर्षीय बालकुमार कटुवालको गएराति मृत्यु भएको हो । दुर्घटनामा सख्त घाइते भएका कटुवालको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएका स्कुटरमा सवार एकजना र मोटरसाइकल… पुरा पढौ

आईटिएफ तेक्वान्दो तर्फ तनहुँमा जिल्ला स्तरीय खेलाडी छनोट

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आईटिएफ तेक्वान्दोको तनहुँको जिल्ला स्तरीय खेलाडी छनोट सम्पन्न भएको छ । राष्ट्रिय खेल्कुद परिषद द्वारा असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशको राजधानी पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागीता जनाउनका लागि तनहु जिल्लाबाट १४ जना पुरुष र ११ जना महिला गरि जम्मा २५ जना खेलाडी छनोट गरिएको आईटिएफ तेक्वान्दो जिल्ला अध्यक्ष आकाशचन्द्र घर्तीमगरले जानकारी दिएका हुन् । छनौट हुनेमा पुरुष तर्फ दिपेश मगर , आशिष् थापा , युनिक गुरुङ्ग ,सन्दिप गुरुङ्ग… पुरा पढौ

भारतीय फुटबल महासंघमाथि फिफाको प्रतिबन्ध हट्यो

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल भारतीय फुटबल महासंघ (एआइएफएफ) बाट निलम्बन फुकुवा गरेको छ । स्विट्जरल्याण्डको जुरिचमा भएको फिफाको बैठकले भारतीय फुटबल महासंघमाथिको निलम्बन फुकुवा गरेसँगै अक्टोबर ११ देखि ३० सम्म आयोजना हुने फिफा यु–१७ महिला विश्वकप २०२२ लाई पूर्वनिर्धारित कार्यक्रमअनुसार भारतमा आयोजना गर्न सकिने भएको फिफाले जानकारी गराएको छ । ‘यसै सन्दर्भमा फिफाको कार्यकारी समिति, व्युरो अफ द काउन्सिलले २५ अगस्ट २०२२ मा एआइएफएफको निलम्बन तत्काल कार्यान्वयन हुने गरी फुकुवा गर्ने निर्णय गरेको थियो । यसले गर्दा सन्… पुरा पढौ

नीति प्रेसको खुल्ला तीज गीत प्रतियोगितामा उद्यमशील महिला समूह हेमजा प्रथम

पोखरा, भदौ १२ निति प्रेस मिडिया प्रालिले आयोजना गरेको खुल्ला गीत प्रतियोगितामा पोखरा–२५ हेमजाले प्रथम स्थान हाँसिल गरेको छ । नेपाली महिलाहरुको महान चाँड हरितालिका तीजको अवसरमा नीति प्रेसले आयोजना गरेको वाई.यु.के.सुपरमार्केट प्रथम खुल्ला तीज गीत प्रतियोगिता–२०७९ मा उद्यमशील महिला समूह प्रथम भएको हो । प्रथम भएको सो समूहले नगद ३० हजारसहित प्रमाणपत्र प्राप्त ग¥यो । ‘कला, संस्कृतिको संरक्षण गरौं, पर्यटन प्रवद्र्धन गरौं’ भन्ने नाराका साथ पोखरा–१८ फेवाताल किनारस्थित वाई.यु.के.सुपरमार्केटको प्राङ्गणमा शनिबार आयोजित प्रतियोगितामा पोखरा–२ को सक्षम अभियान नेपालले द्वितीय… पुरा पढौ

आजदेखि मतदाता नामावली अद्यावधिक

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आजदेखि मतदाता नामावली अद्यावधि कार्यक्रम सुरु हुँदैछ । यसअन्तर्गत आज (आइतबार) सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछन् । नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन एवं कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा नाम कायम राख्न भोलिदेखि १५ गतेसम्म निर्वाचन कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ । मृत्यु भएका एवं नागरिकता त्याग गरेका मतदाताको नाम सूचीबाट हटाउनका लागि भोलिदेखि… पुरा पढौ

श्याम तामाङलाई विश्वकै उच्चस्थानमा गल्फ उपाधि

विश्वकै अग्लो स्थानमा आयोजित प्रथम गल्फ प्रतियोगिताको उपाधि श्याम तामाङले जितेका छन् । हिमालपारीको जिल्ला मुस्ताङको लोमन्थाङ गाउँपालिकाको लो–थाङस्थित विश्वकै अग्लो स्थानमा रहेको गल्फ कोर्समा शनिबार भएको पहिलो प्रतियोगितामा तामाङले २२ अंक जोड्दै उपाधि जितेका हुन् । ‘द ग्लेनलिवेट टप अफ द वल्र्ड गल्फ क्लासिक’ नाम दिइएको चार हजार ६४५ मिटरको उचाईमा आयोजना भएको गल्फ प्रतियोगितामा २० अंकसहित बलराम थापा दोस्रो भए । ३६ जना गल्फरको सहभागिता रहेको प्रतियोगितामा १४ अंकसहित रवैन्दर सैनीले वेस्ट ग्रोस र १४ अंक बनाउन सफल… पुरा पढौ

ब्युँतदै ताराखोलाको ‘तारा खेल’

आदिवासी जनजाति समुदायका लागि निकै लोकप्रिय मानिन्छ ‘तारा खेल’ । लोपोन्मुख हुने अवस्थामा पुगेको यो खेल पछिल्लो समय पुन: चर्चित बनिरहेको छ । यस खेलप्रति पछिल्लो समय युवापुस्ताको आकर्षण बढ्दै गएपछि यो खेलको संरक्षण हुने आशा पलाएको छ । तारा खेल खासगरी मगर, छन्त्याल र थकालीलगायतका आदिवासी जनजाति समुदायका युवा बढी आकर्षित छन् । निशानामा आधारित तारा हान्ने खेल पहिले धवलागिरि, म्याग्दी, बागलुङ र मुस्ताङका आदिवासी जनजातिमा सीमित थियो । पछिल्लो समय अन्य समुदायका युवा पनि यो खेल खेल्न थालेका… पुरा पढौ

मतपत्र छाप्ने कागज किन्न समस्या

आगामी निर्वाचनमा मतपत्र छाप्न प्रयोग हुने कागज खरिद निर्वाचन आयोगका लागि झन्झटिलो बन्दै गएको छ । मतपत्र छाप्ने कागज समयमै आपूर्ति अनिश्चित भएपछि निर्वाचन कार्यतालिकामै असर पर्न सक्ने सम्भावना बढेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कागजको आपूर्तिलाई लिएर आयोगमाथि दबाब रहेको बताए । आयोगले मतपत्र छाप्न प्रयोग हुने कागज आपूर्तिका लागि भदौ १ गते बोलपत्र आह्वान गरेको थियो । तर, न्यूनतम मूल्यसँग मेल खानेगरी कुनै आपूर्तिकर्ताले प्रस्ताव पेस नगर्दा आयोगले उक्त बोलपत्र रद्द गरेको छ । आयोगले… पुरा पढौ

नदीजन्य वस्तु चोरी हुँदा स्थानीय तहको आम्दानी गुम्दै

कालीगण्डकी नदीको बगर क्षेत्रबाट नदीजन्य वस्तुुको चोरी हुँदा स्थानीय तह आम्दानी गुमाइरहेका छन् । सर्वोच्च अदालतको २०७८ असार २९ गतेको अन्तरिम आदेशअनुसार स्थानीय तहहरूले कालीगण्डकी नदीबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्न ठेक्का प्रक्रिया अघि बढाएका छैनन् । असार १५ देखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाउने नियम छ । सर्वोच्चको आदेश र कानूनी व्यवस्थाविपरीत पर्वत, बागलुङ र म्याग्दीस्थित कालीगण्डकी नदी किनारबाट बर्खायाममा बालुवा उत्खनन भएको कालीगण्डकी बचाउ अभियानका आरके आदिप्त गिरीले बताए । कुश्मा, बागलुङ र बेनी… पुरा पढौ

कृषिमा फड्को मार्दै स्याङ्जा : धान र मकैको बीउमा आत्मनिर्भर

स्याङ्जामा आवश्यक पर्ने धान र मकैको उन्नत बीउ जिल्लाभित्रै उत्पादन हुने गरेको छ । जिल्लास्थित सूचीकृत विभिन्न समूह, सहकारी तथा निजी व्यवसायीहरूले उत्पादन गरी प्रमाणित गरिएको बीउका लागि अन्यत्र जानुपर्ने अवस्था अन्त्य भएको हो । तरकारी बाली तथा खाद्यान्न बाली उत्पादनका लागि गण्डकी प्रदेशमा सूचीकृत भएका कुल ६१ बीउ उत्पादक समूह, सहकारी तथा निजी उत्पादकहरूमध्ये स्याङ्जामा मात्रै २१ वटा छन् । जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा धान तथा मकैको मूल बीउको मागभन्दा उत्पादन बढी भएकाले अन्य जिल्लामा विक्री गरिएको कृषि… पुरा पढौ