समाचार

पोखरामा गिद्ध गणना गरिँदै

पोखरा । पोखरामा शनिबार गिद्ध गणना गरिने भएको छ । पोखरा पक्षी समाजको सक्रियतामा प्रत्येक वर्ष सेप्टेम्बरको पहिलो शनिबार गिद्ध गणना गर्ने गरिएअनुसार पोखरामा गिद्ध गणना गर्न लागिएको हो । प्रत्येक वर्षको सेप्टेम्बरको पहिलो शनिबारलाई अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका रुपमा लिने गरिएको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए । गिद्ध मरेको सिनो खाएर बाँच्ने पक्षी हुन् । यिनीहरूले हानिकारक किटाणु सडेको मासु पचाउनसक्ने भएकाले यिनीहरूलाई प्रकृतिका कुचिकार भन्ने गरिएको छ । नेपालमा गरिएको विभिन्न अध्ययनले पछिल्लो दुई दशकमा… पुरा पढौ

रित्तिएको गाउँका भरिएका मन

कुस्मा । पर्वतको मोदी गाउँपालिकाको उत्तरी भेगमा गुरुङ समुदायको बसोबास रहेको एउटा सुन्दर गाउँ छ, भुकदेउराली । आँखै अघि देखिने हिमालका मनोरम दृश्य र एकनासले लहरै मिलेर बसेका घरहरु देख्दा आँखै झिम्काउन मन लाग्दैन । प्रत्येक घरका झ्याल र ढोकामा निलो रङ लगाइएका छन् । यही रङले पनि भुक गाउँ भनेर चिनाएको छ र टाढैबाट पनि यस गाउँलाई नियाल्न सकिन्छ । यस गाउँमा दुई सयको हारहारीमा घर छन् । आधाभन्दा बढी घरका ढोकामा लगाइएका चापी नखुलेको भने वर्षांै भएको छ… पुरा पढौ

नेकपा एस बागलुङद्वारा उम्मेदवारको नाम सिफारिस

बागलुङ । अगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङमा नेकपा (एकीकृत समाजवादी)ले उम्मेदवाको नाम सिफारिस गरिएकोे छ । क्षेत्र नम्बर १बाट प्रतिनिधिसभा सदस्यका लागि स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष रामजीप्रसाद शर्मा र केन्द्रीय सदस्य श्रीप्रसाद शर्माको नाम सिफारिस गरिएकोे छ । यस्तै क्षेत्र नम्बर १ प्रदेश (क) बाट लालबहादुर थापा र भरत पुरीलाई सिफारिस गरिएकोे छ । गठबन्धन भएको खण्डमा सङ्घ र प्रदेश सांसदमा सिफारिस गरेकामध्येबाटै मिलाउने गरी क्षेत्र नम्बर १ प्रदेश (ख)बाट अन्यको नाम सिफारिस नगरिएको पार्टीका… पुरा पढौ

नगरपालिकाद्धारा ४३ बालबालिकालाई आवाससहितको शिक्षा प्रदान

तनहुँ । तनहुँ व्यास नगरपालिकाले अतिविपन्न, अभिभावकविहीनलगायतका त्रिचालिस बालबालिकालाई आवाससहितको शिक्षा प्रदान गर्दै आएको छ । व्यास–७ शेषमटार नरङ्गामा ‘व्यास नगर समता’ विद्यालय स्थापना गरी यही भदौदेखि पठनपाठन सञ्चालनमा ल्याएको हो । विद्यालयमा अध्ययनरत ती बालबालिकालाई निःशुल्करुपमा खाना र आवासको व्यवस्था गरिएको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए । विद्यालयमा पठनपाठन सुरु गरे पनि विधिवत्रुपमा उद्घाटन गर्ने कार्यक्रम बाँकी रहेको उनले बताए । नगरपालिकाभित्र शिक्षा विभागबाट काटिएको प्राविको ५३ दरबन्दीलाई परिपूर्ति गर्न स्वयम्सेवक शिक्षक भर्ना प्रक्रिया अघि बढाइएको… पुरा पढौ

‘गठबन्धनमा सिट बाँडफाँटको अन्तिम तयारी हुदैछःअध्यक्ष नेपाल

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्तागठबन्धन दलमा सिट बाँडफाँटको अन्तिम गृहकार्य भइरहेको जानकारी दिए । पार्टी निकट नेपाल आदिवासी जनजाति महासङ्घ कास्कीको प्रथम भेलाको आज पोखरामा शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । सिट बाँडफाँट न्यायोचित र सहमतिका साथ हुनुपर्ने भन्दै उनले आफ्नो पार्टी सकेसम्म सबैको सम्मान हुने गरी सहमति गर्ने गरी अघि बढेको बताए । साथै उनले गठबन्धनमा सिट बाँडफाँट सम्मानजनक र सहमतिका साथ हुनुपर्ने धारणा राखेका छन्… पुरा पढौ

सभामुख अधिकारी प्रतिनिधिसभाका लागि पर्वतबाट सिफारिस

पोखरा । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी पर्वतबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् । माओवादी केन्द्रको जिल्ला समन्वय समिति वैठकबाट अधिकारी प्रतिनिधिसभामा सिफारिस भएका हुन् । बिहीबार सम्पन्न माओवादी केन्द्रको बैठकले अधिकारीसहित प्रतिनिधिसभामा अन्य चार जनाको नाम पनि सिफारिस गरेको छ । अधिकारी यसअघि प्रदेशसभा ‘क’ मा विजयी भएका हुन् । उनी बाम गठबन्धनको साझा उमेदवारका रुपमा कांग्रेसका नवराज गुरुङलाई पराजित गरी प्रदेशसभामा विजयी भएका थिए । प्रदेशसभामा उनी सुरुआत समयदेखि नै सभामुखका रुपमा कार्यरत छन् ।रासस अधिकारीसँगै प्रतिनिधिसभामा… पुरा पढौ

गण्डकीमा प्राविधिक शिक्षालय बनाउन कोइकाले सघाउने

गण्डकी प्रदेशमा प्राविधिक शिक्षालयको पूर्वाधारका लागि कोरिया इन्टरनेसनल कोपरेसन एजेन्सी (कोइका) ले सघाउने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग बिहीबार कोइका नेपालका कन्ट्री डाइरेक्टर सङहुन घोले उक्त प्रतिबद्धता जनाएका हुन् । गण्डकी प्रदेश सरकारले गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानमार्फत् गण्डकी प्राविधिक शिक्षालय (जीआइटी) सञ्चालन गर्दैछ । यसका लागि नेपाल सरकारले स्याङ्जाको फेदीखोला गाउँपालिका १ स्थित गुर्धुममा १ सय ६० रोपनी जग्गा प्रदान गरिसकेको छ । प्रदेशभित्र आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गरी युवाहरुलाई रोजगारीमा आबद्ध… पुरा पढौ

२ हजार १४७ पाउन्डको फर्सीले रच्यो नयाँ कीर्तिमान

अमेरिकाको अलास्का राज्यका एकजना पुरुषले अलास्का राज्य मेलामा २ हजार १४७ पाउन्ड तौलको फर्सी ल्याएर सो राज्यमा यस विधामा आफैँले राखेको पूर्व कीर्तिमान तोडेका छन् । डेल मार्सलले सन् २०१९ को यस्तै मेलामा २ हजार ५१ पाउन्ड वजनको फर्सी ल्याएर नयाँ कीर्तिमान राखेका थिए । उनले आफ्नो यो पछिल्लो फर्सीको नाम ’कुकी मोनस्टर’ राखेका छन् । मार्सलले एन्कोरेज डेली न्युजलाई भनेका छन्, ‘यो विशाल फर्सी उमार्न मैले एटलान्टिक जायन्ट बिज प्रयोग गरेको थिएँ । ४ जुनमा कुकी मोनस्टर तयार भएको… पुरा पढौ

सामाजिक सञ्जालको ‘पोस्ट’ले ४५ वर्ष जेलमा

साउदी अरबको एउटा अदालतले एकजना महिलालाई सामाजिक सञ्जालको प्रयोगबाट देशलाई हानि पु¥याएको आरोपमा ४५ वर्षको जेल सजाय सुनाएको छ । साउदीमा यो महिना महिलालाई यस्तो सजाय सुनाइएको यो दोस्रो घटना हो । सामाजिक सञ्जालमा पोस्ट गरिएको सामग्रीले देशको सामाजिक एकतामा बाधा पु¥याएको आरोपमा साउदी अरबको सबैभन्दा ठूला जनजाति समूहकी महिला नोराह बिन्त सईद अल–काहतानीलाई ४५ वर्षको कारावासको सजाय सुनाइएको वासिङ्टनस्थित मानव अधिकारवादी संस्था वाचडग डेमोक्रेसी फर अरब वर्ल्डलाई उद्धृत गर्दै फक्स न्यूजले जनाएको छ । अल–काहतानीले अनलाइन के पोस्ट गरे… पुरा पढौ

नेपालले आज केन्याविरुद्ध एकदिवसीय खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शुक्रबार) घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीय खेल्दै छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाल र केन्याबीचको खेल दिउँसो पौने १ बजे सुरु हुनेछ । केन्याविरुद्ध मैदान उत्रदा नेपाल एकदिवसीय श्रृंखलामा सुखद सुरुआतको योजनामा हुनेछ । नेपाल एकदिवसीय श्रृंखला समेत कब्जा गर्ने दाउमा छ । नेपालले यसअघि केन्याविरुद्धको ५ खेलको टी–२० अन्तर्राष्ट्रिय श्रृंखला ३–२ ले जितेको थियो । केन्या पनि नेपाललाई हराएर एकदिवसीय श्रृंखलामा विजयी सुरुआत गर्न चाहन्छ । केन्याविरुद्धको एकदिवसीय श्रृंखला नेपालले रोहित पौडेलको कप्तानीमा… पुरा पढौ