समाचार

डेङ्गुका बिरामी बढ्दै

धादिङमा डेङ्गुका बिरामीको सङ्ख्या बढ्न थालेको छ । मङ्गलबार एकै दिनमात्र जिल्ला अस्पतालमा आएकामध्ये ११ बिरामीको डेङ्गु परीक्षणबाट पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मधुकर दाहालले बताए । अस्पतालमा रुघाखोकी र ज्वरोका बिरामी बढीरहेको समयमा डेङ्गुका बिरामी पनि बढ्न थालेको हो । साउन र भदौसम्मको यस अवधिमा अस्पताल आएकामध्ये एक सय १४ जनाको डेङ्गुको पुष्टि भएको छ । पछिल्लो दिन पुष्टि भएकाबाहेकको उपचार भइसकेको छभने ११ जनाको उपचार भइरहेको छ । डेङ्गु सङ्क्रमित एक जनाको जिल्ला अस्पतालमै मृत्युसमेत भइसकेको छ… पुरा पढौ

नगरप्रमुख भण्डारीद्वारा १९ कठ्ठा जग्गा दान

इनरुवा । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेसका जिल्ला सभापति केदार भण्डारीले समाजिक कार्यका लागि १९ कठ्ठा जग्गा दान दिने घोषणा गरेका छन । इनरुवा नगरपालिका–५ बलहा देवेन्द्र चोकस्थित इनरुवा–दुहबी सडकखण्डमा रहेको सो जग्गा विभिन्न समाजिक कार्य प्रयोजनमा प्रयोग गर्ने गरी दान दिने जानकारी दिएका हुन । प्रमुख भण्डारीले आफ्ना पिता श्रीप्रसाद भण्डारी र माता धर्मशिला÷कृष्णमायाको सम्मानमा जमिन दान गर्न लागेको जानकारी दिए। आखाँ अस्पताल, आयुर्वेदिक अस्पताल र वृद्धाश्रम निर्माणका लागि जग्गा दिने तयारी गरेको उनले भनाइ… पुरा पढौ

डेङ्गुका बिरामी बढ्दै

धादिङ । यहाँ डेङ्गुका बिरामीको सङ्ख्या बढ्न थालेको छ । मङ्गलबार एकै दिनमात्र जिल्ला अस्पतालमा आएकामध्ये ११ बिरामीको डेङ्गु परीक्षणबाट पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मधुकर दाहालले बताए । अस्पतालमा रुघाखोकी र ज्वरोका बिरामी बढीरहेको समयमा डेङ्गुका बिरामी पनि बढ्न थालेको हो । साउन र भदौसम्मको यस अवधिमा अस्पताल आएकामध्ये एक सय १४ जनाको डेङ्गुको पुष्टि भएको छ । पछिल्लो दिन पुष्टि भएकाबाहेकको उपचार भइसकेको छभने ११ जनाको उपचार भइरहेको छ । डेङ्गु सङ्क्रमित एक जनाको जिल्ला अस्पतालमै मृत्युसमेत… पुरा पढौ

अव्यवस्थित तार हटाउन नगरपालिकाको निर्देशन

वालिङ । स्मार्ट सिटीको अवधारणाअनुरुप अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले बजारभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन दिएको छ । वालिङ बजार हुँदै जाने पोखरा–सुनौली सिद्धार्थ राजमार्गसहित वालिङ नगरपालिकाभित्रका मुख्य बजार क्षेत्रहरूमा विद्युत्, टेलिफोन, केबुल तथा इन्टरनेटका तार अव्यवस्थित भएको भन्दै नगरपालिकाले सम्बन्धित पक्षसँगको छलफलपछि निर्देशन दिएको हो । नगरपालिका र सेवा प्रदायक कम्पनीबीचको छलफलपछि असोजको दोस्रो साताभित्रमा अव्यवस्थित तार हटाएर सहयोग गर्न आग्रह गरिएको नगरप्रमुख कृष्ण खाणले बताए । प्रयोगमा आएका भन्दा नआएका तार धेरै भएकाले पनि बजारको सौन्दर्यमा… पुरा पढौ

‘जनताको साथमा कांग्रेस’

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला समिति हाल आमनिर्वाचन लक्षित ‘जनताको साथमा कांग्रेस’ अभियानमा व्यस्त भएको छ । जिल्लाका विभिन्न स्थानमा उक्त अभियान सञ्चालन भइरहँदा क्षेत्रीयस्तरका समितिले आगामी मङ्सिर ४ गते हुने प्रनिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गर्न थालेका छन् । काभ्रेमा दुई प्रनिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र छन् । पार्टीको बाग्मती प्रदेश कार्यसमितिले प्रतिनिधिसभा–२ निर्वाचन अन्तर्गत प्रदेशसभा ‘ख’मा प्रत्यक्षतर्फ प्रदेश महामन्त्री कञ्चनचन्द्र वादे र पार्टीका जिल्ला सचिव माधव ढकालको नाम उम्मेदवारमा सिफारिस गरेको छ । यस्तै… पुरा पढौ

मुख्यमन्त्री पाण्डेद्वारा जिल्ला प्रशासन कार्यालय अनुगमन

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जिल्ला प्रशासन कार्यालय मकवानपुरको आज अनुगमन गरेका छन । उनले जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता, राहदानी तथा विभिन्न सिफारिस कक्षमा पुगेर सेवाग्राहीसँग कार्यालयको सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएका थिए । सो अवसरमा उनले सेवाग्राहीलाई छिटो–छरितो सेवा उपलब्ध गराई सेवाग्राहीलाई आवश्यक पर्ने पूर्वाधार विकासका लागि पनि संरचना तयार सहित सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन सम्बन्धित निकायलाई निर्देशन दिए । त्यस्तै आसन्न मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ निष्पक्ष एवं भयरहित बनाउन… पुरा पढौ

विषादीले दुर्गन्ध फैलियो

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका–६ स्थित नाढीमन ताल वरपर पानी सफा गर्ने क्रममा हालिएको विषादीले दुर्गन्ध फैलिएको छ । यसले स्थानीयवासीको स्वास्थ्यलाई समस्या समेत परेको जनाइएको छ । पानी फोहर भएको जनाउँदै माछा ठेकेदार दुलार मुखियालले करिब १० दिनअघि त्यस क्षेत्रमा विषादी छर्केका थिए । यसपछि ताल वरपर निकै दुर्गन्ध फैलिएको स्थानीय कपिल कापरले गुनासो गरे । दुर्गन्धका कारण स्थानीयमा वान्ता भइरहने र टाउको दुख्नेजस्ता स्वास्थ्य समस्या देखापरेको उनको भनाइ छ । सो गाउँपालिकाले नाढीमन तालमा माछापालनका लागि ठेकेदारलाई रु… पुरा पढौ

संयुक्त राष्ट्र संघका महासचिव गुटरेस पाकिस्तान जाँदै

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेस आगामी हप्ता पाकिस्तानको भ्रमणमा जाने भएका छन् । पाकिस्तानमा केही हप्ता यतादेखिको बाढी पहिरोले पुर्‍याएको क्षतिका समयमा पाकिस्तानी सरकार र त्यहाँका नागरिकलाई सान्त्वना दिनका लागि महासचिव एन्टोनियो गुटरेसले पाकिस्तानको भ्रमण गर्न लागेको महासचिव गुटरेसका प्रवक्ताले जानकारी दिएका छन् । उनी आगामी सेप्टेम्बर ९ मा पाकिस्तान पुग्ने उनका प्रवक्ता स्टेफन डुजारिकले जानकारी दिएका हुन् । महासचिव गुटरेसले पाकिस्तानमा बाढी र पहिरोबाट सबैभन्दा बढी प्रभावित क्षेत्रको भ्रमण गर्ने पनि उनले जानकारी दिएका हुन्। पाकिस्तानका विभिन्न भागमा… पुरा पढौ

पाकिस्तानी प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय सहयोगको अपिल

पाकिस्तानका प्रधानमन्त्री साबाज शरिफले पाकिस्तानमा बाढीले इतिहासमै सबैभन्दा खराबरुपमा प्रभावित पारेको बताएका छन् । प्रधानमन्त्री शरिफले बाढीका कारण पाकिस्तानमा अहिले इतिहासमै सबैभन्दा बढी क्षति पुगेको बताउँदै सहयोगका लागि सबैसँग अपिल गरेका हुन् । उनले पाकिस्तानी नागरिकका साथै विदेशी दाता निकाय तथा देशसँग सो अपिल गरेको प्राप्त समाचारमा जनाइएको छ । बाढीका कारण विस्थापित भएका व्यक्तिको संख्या दशौँ लाख भएकाले उनीहरुको उद्धार, पुन:स्थापना र राहतका लागि ठूलो आर्थिक सहयोग आवश्यक रहेको भन्दै यसका लागि उनले आग्रह गरेका छन् । यहाँका कैयौँ… पुरा पढौ

सोभियत नेता मिखाइल गोर्भाचोभको निधन

सोभियत युगका अन्तिम नेता मिखाइल गोर्भाचोभको ९१ वर्षको उमेरमा निधन भएको छ । सन् १९८५ देखि १९९१ सम्म सोभियत संघको सत्तामा रहेका मिखाइल सोभियत युगका अन्तिम नेता थिए । लामो समयदेखि मृगौला रोगसँग लडिरहेका मिखाइलको उपचाररत अस्पतालमै निधन भएको बीबीसीले जनाएको छ । स्वर्गीय मिखाइलले शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्दै तत्कालीन सोभियत संघलाई विश्वका लागि ढोका खोलिदिएर सुधारको खाका प्रस्तुत गरेका थिए । तर, उनले सोभियत संघको पतनलाई रोक्न भने सकेनन् । त्यसैको कारण आधुनिक रूसको उदय भएको हो । मिखाइलको… पुरा पढौ