समाचार

नेपाल टी–२० वरीयतामा एक स्थान तल खस्कियो

टी–२० अन्तरराष्ट्रिय क्रिकेट वरीयतामा नेपाल अझ एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले आज (बुधबार) सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल एक स्थान तल झर्दै १६ औँ स्थानमा पुगेको हो । यसअघि, नेपाल १५ औँ स्थानमा थियो। एकदिवसीय वरीयतामा भने नेपाल १९ औँ स्थानमा छ । केन्याविरुद्धको ५ खेलको टी–२० श्रृंखलाको उपाधि वितेता भएपनि नेपालको वरीयता भने खस्कियो । मंगलबार मात्रै सम्पन्न उक्त श्रृंखला नेपालले ३–२ ले आफ्नो पक्षमा पारेको थियो । अब नेपालले केन्याविरुद्ध ३ एक… पुरा पढौ

भक्तपुर दरबार स्क्वायरमा आइसीसी विश्वकपको ट्रफी सार्वजनिक

भक्तपुर दरबार स्क्वायरमा आइसीसी विश्वकपको ट्रफी सार्वजनिक गरिएको छ । आइसीसी पुरुष टी–२० विश्वकप क्रिकेटको ट्रफी बुधबार सार्वजनिक गरिएको हो । विश्व भ्रमण अन्तर्गत सोमबार नेपाल आइपुगेको ट्रफी भक्तपुर दरबार स्क्वायरमा सार्वजनिक गरिएको हो । टी–ट्वान्टी विश्वकपको ट्रफी पहिलो पटक नेपाल ल्याइएको हो । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री लगायतले ट्रफी सार्वजनिक गरेका हुन् । यसअघि नेपालमा सन् २०१९ को एकदिवसीय क्रिकेटको ट्रफी सार्वजनिक भएको थियो । विश्वकपको १०० दिने ट्रफी टुर अन्तर्गत ट्रफी नेपाल ल्याइएको हो… पुरा पढौ

नवौँ राष्ट्रिय खेलकुद : आजबाट गण्डकी प्रदेशस्तरीय छनोट

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोटका लागि आज (बिहीबार) देखि गण्डकी प्रदेश स्तरीय प्रतियोगिता सञ्चालन हुँदैछ । प्रतियोगितामा गण्डकीका ११ जिल्लाका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी तीन हजार २२३ जना सहभागी हुँदैछन् । गण्डकी प्रदेशमा आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशले छनोट प्रतियोगिता सञ्चालन गर्न लागेको हो । छनोट प्रतियोगिता पोखरा रंगशालामा हुन लागेको हो । प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङका अनुसार प्रदेशस्तरीय प्रतियोगितामा ११ जिल्लाका महिला तथा पुरुष खेलाडी,… पुरा पढौ

पाँच दलीय गठबन्धन बैठक आज पनि बस्दै, सिट बाँडफाँटबारे गहन छलफल गरिदैँ

पाँच दलीय सत्तागठबन्धन आज (बिहीबार) पनि बस्दैछ। बैठक आज बिहान ११ बजे पुन: बस्ने सहमति भएको छ। गठबन्धनको बैठकमा आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका विषयमा गहन छलफल गर्ने बताइएको छ। यसअघि, प्रधानमन्त्री निवास बालुवाटरमा गठबन्धनको कार्यदलसहित बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सिट बाँडफाँटबारेमा गम्भीररुपमा छलफल भएपनि कुनै निष्कर्षमा पुग्न सकेन। यसअघि, बैठकमा नेपाली कांग्रेसले एक सय, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले २ सिटको दाबी… पुरा पढौ

बेनीमा अनलाइनमा आधारित राजस्व सूचना प्रणाली

म्याग्दीको बेनी नगरपालिकाले अनलाइनमा आधारित राजस्व सूचना प्रणाली प्रयोगमा ल्याएको छ। यसअघि, नगरपालिकामा प्रयोगमा ल्याइएको अनलाइनमा आधारित राजस्व सूचना प्रणाली चालू आर्थिक वर्ष २०७९/८० देखि वडा कार्यालयमा पनि लागू भएको हो। बेनी नगरपालिकामा १० ओटा वडा छन्। सेवा प्रवाहलाई छिटो, छरितो, व्यवस्थित, सरल र पारदर्शी बनाउन ‘पेपरलेस गभर्नेन्स र फेसलेस सर्भिस’को अवधारणाअनुसार अनलाइन राजस्व प्रणाली लागू गरिएको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताए। ‘सहज, छिटो, झन्झटरहित र मितव्ययी हिसाबले सेवा उपलब्ध गराउन सूचना प्रविधिको प्रयोग गरेका छौं,’ उनले भने, ‘हरेक… पुरा पढौ

सात वर्षमा पनि बनेन पुल

मनाङ प्रवेशका लागि सहज बनाउन निर्माण गर्न लागिएका पुल समयमा बन्न सकेका छैनन्। एक वर्षमा निर्माण गर्नुपर्ने पुल सात वर्ष बित्दा समेत बन्न सकेको छैन । २०७३ असारमा मनाङको साविक थोँचेगाउँ विकास समिति अन्तर्गत दूधखोलामाथि पुल बनाउन द क्याराभान कम्पनीलाई ठेक्का दिइएको थियो। २०७४ असारभित्र सम्पन्न गर्नुपर्ने गरी साविक जिल्ला विकास समितिसँग सम्झौता भयो। तर हालसम्म निर्माण हुन सकेको छैन। हालसम्म नदीको दुई किनारामा पुलका पिलर मात्र गाडिएका छन्। नदी किनारामा पिलर उठाएर निर्माण कम्पनीका ठेकेदार हालसम्म सम्पर्कविहीन रहेको बताइएको… पुरा पढौ

दमौली अस्पताल विस्तारका लागि जग्गा प्राप्ति

तनहुँको सदरमुकामस्थित दमौली अस्पताल विस्तारका लागि जग्गा प्राप्ति भएको छ। संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको स्वामित्वमा रहेको जग्गा अस्पताल विस्तारका लागि प्रदान गरेको हो। कृषि ज्ञान केन्द्रको २ रोपनी र पशु सेवा विज्ञ केन्द्रको डेढ रोपनी जग्गा अस्पतालका लागि भोगचलन गर्न प्राप्त भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले जानकारी दिएका छन्। लामो समयदेखि जग्गा व्यवस्थापनका लागि पहल हुँदै आएकोमा बल्ल यसले सार्थकता पाएको उनले बताए।… पुरा पढौ

आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरिदैं

आज भाद्र शुक्ल पञ्चमीका दिन । ऋषि पञ्चमीका दिनमा महिलाहरुले सप्तऋषिको पूजा आराधना गरी मनाउने गर्दछन्। महिलाहरुले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन्। रजस्वलाका समयमा छुइछाइलगायत कुनै त्रुटी भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ। आज देशभरिका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लाग्ने गर्छ। पुरा पढौ

आजकलको तीज निको लाग्दैन चौतारामा सुस्कुराएका पुराना पुस्तालाई

कविता घर्तीमगर, पोखरा । स्वभावले म एकान्त ठाँउहरुमामा बसेर प्रकृतिसंग रमाउन मन पराउछु । हरितालिका तीजको दिन विहानै कास्कीकोट उक्लेकी थिए पोखरा बजारबाट । विगत केहि दिन देखि शहरमा कहिले एउटा संस्थाको त कहिले अर्को संस्थाको तीजको दर कार्यक्रममा सामेल हुदा हुदै वाक्क लागिरहेको थियो । त्यहि क्रममा पनि धेरै दिदीवहिनीहरुसंग भेट भएको थियो । महंगा गरगहना तथा मेकअप र कपडामा सजिएका देखिन्थे । भाषण कार्यक्रम सकिएपछि दरका रुपमा सेलरोटी,कोल्ड ड्रिंग्स,वियर लगाएतका पेय पदार्थ,मासु चिउरा,खिर यस्तै यस्तै खाना । अन्तिममा… पुरा पढौ

गगन थापालाई कास्की–१ बाट उम्मेदवार बन्न प्रस्ताव

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई कास्की क्षेत्र नम्बर–१ बाट चुनाव लड्न प्रस्ताव गरिएको छ । प्रतिनिधि सभा सदस्यका लागि कास्की–१ मा आकांक्षीहरुको नाम बुझाउन गरिएको आह्वानमा थापाको नामपनि प्रस्तावमा आएको हो । पूर्व कानून मन्त्रीसमेत रहेका थापा काठमाडौं महानगरपालिका क्षेत्र नम्बर–४ का निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । बुधबार अपराह्न ३ बजेसम्मको समयसीमा दिएर गरिएको आह्वानमा महामन्त्री थापासहित १७ जनाको नाम आवेदन परेको छ । जसमा पूर्व कानून मन्त्री यज्ञबहादुर थापादेखि कांग्रेस सह–महामन्त्री जीवन परियार, एकमात्र महिला सरस्वती गुरुङसम्म… पुरा पढौ