समाचार

‘गुँदेताल’संरक्षण अभावले लोप हुने अवस्थामा

लेखनाथ । सात तालको बाटिका सहर लेखनाथ, लेखनाथ सात तालले परिचित छ । यहाँका ताल संरक्षणमा पछिल्ला वर्ष सरकारी निकायबाट कुनै चासो दिइएको छैन । पोखरा–२६ लेखनाथमा रहेको गँुदेताल संरक्षणको अभावमै छ । एक वर्षअघि स्थानीयवासी ताल संरक्षणमा जुटे पनि रकम अभावकै कारण पूर्णरूपमा संरक्षण हुनसकेको छैन । सरकारको तर्फबाट संरक्षणमा काम अगाडि बढाइएको छैन । कास्कीमा रहेका नौवटा तालमध्ये खास्टे, न्यूरेनी र गँुदेताल पोखरा–२६ मा पर्छन् । गुँदे वातावरण संरक्षण तथा मत्स्य सहकारीका अध्यक्ष ठाकुरप्रसाद ढुङ्गानाले सरकारी तहबाट चासो… पुरा पढौ

सीमा क्षेत्रमा स्वदेश फर्किनेको भीड

बैतडी । सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा नजिकिएसँगै भारतीय सीमा नाकाबाट स्वदेश फर्किनेको भीड बढेको छ । यस प्रदेशका पहाडी क्षेत्रको मुख्य नाकाका रुपमा रहेको झुलाघाटबाट स्वदेश फर्किनेको सङ्ख्यामा वृद्धि भएको हो । हाल दैनिक यो नाका भएर सयौं स्वदेश भित्रिरहेका सीमा प्रहरी चौकी झुलाघाटका वरिष्ठ हवल्दार डम्बरसिंह कार्कीले जानकारी दिए । अन्य समयमा खासै चहलपहल नहुने यस नाकामा गौरा नजिकिएसँगै भीड बढेको छ । रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका नेपाली अहिले गौरा पर्व मनाउन घर फर्किरहेका हुन् । स्वदेश… पुरा पढौ

निलम्बित प्रधानन्यायाधीशसँग बयान सुरु

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा महाभियोग सिफारिस समितिको बैठकमा बयानका लागि सिंहदरबारमा आइपुग्नुभएको छ । उहाँसँग समितिले वयान लिन सुरु गरेको छ । उक्त समितिको यही भदौ ८ गतेको बैठकले उहाँलाई बयानका लागि बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयानुसार राणा आज समितिमा आउनुभएको हो । राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए। संसद्ले महाभियोग सिफारिस समिति गठन गरेपनि यही भदौ १ गते पहिलो बैठक बसेको थियोे । राणाविरूद्ध नेपाल बार एशोसिएशन र सर्वोच्च बार… पुरा पढौ

हात्तीको आक्रमणबाट वर्षेनी नागरिकको ज्यान जाँदै

काठमाडौँ । जङ्गली हात्तीको आक्रमणबाट नेपालमा वर्षेनी नागरिकको ज्यान जाने क्रम बढेको छ । यही भदौ १३ गते कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा जङ्गली हात्तीको आक्रमणबाट १८ वर्षीया मीना जोशीको ज्यान गयो । घरनजिकै हात्ती देखेपछि भाग्ने क्रममा बाँसको झाडीमा हात्तीले जोशीलाई आक्रमण गरेको थियो । वर्षेनी जङ्गली हात्तीको आक्रमणबाट नागरिकको अकालमै ज्यान गएको भए पनि मानवीय क्षति न्यूनीकरण गर्नका लागि हात्ती नियन्त्रणको उपाय नखोजिएको हात्ती पीडितको आरोप छ । संरक्षित क्षेत्र निकुञ्ज–आरक्ष र नजिकको बस्ती क्षेत्रमा हात्तीको आक्रमणबाट पछिल्लो १७… पुरा पढौ

ज्येष्ठ नागरिकको सहारा बन्दै सेवा केन्द्र

सुदूरपश्चिम । ज्येष्ठ नागरिक लालबहादुर ओली घरमा एक्लोपन महसुस हुनथालेपछि धनगढीस्थित श्री जानकीयज्ञ ज्येष्ठ नागरिक दिवासेवा केन्द्रमा पुगेर भजनकीर्तनमा रमाइरहेका छन । सेवाकेन्द्रमा आयोजना हुने भजनकीर्तन, प्रवचन र देउडा गीतमा रमाउन ९४ वर्षीय उनीसहितका वृद्धवृद्धा पुगे । त्रीयासी वर्षीय भूमिनन्दन जोशी पनि दिउँसोको समयमा दिवासेवा केन्द्रमा पुगे । दिवासेवा केन्द्रमा दैनिक कम्तीमा आठ÷दश जना र बढीमा २५ जनासम्म ज्येष्ठ नागरिक पुग्ने गरेको बताइएको छ । हारमुनियम, तबला, खैँजडी, मिजरा, मादलको धुनमा भजनकीर्तन गाउँदा सहभागी ज्येष्ठ नागरिकमा उत्साह र उमङ्ग थपिने… पुरा पढौ

‘सामाजिक सञ्जालमै तीज रमाइलो’

समय र परिस्थितिसँगै हाम्रा चाडबाड, संस्कृति मनाउने तरिकामा केही परिवर्तन हुँदै गएका छन् । घरका आँगन, गाउँका चौतारी, मठमन्दिर, बजारका चोक, खुल्ला चउरमा मौलिक भाकामा घन्कने तीजका भाका अहिले यी ठाउँमा देख्न पाइएन । यस पटकको तीजे रमाइलो फेसबुक र टिकटकमा व्यापक छाएको छ । संस्कृतिको संरक्षणभन्दा पनि मनोरञ्जनतिर मात्रै तीजे रमाइलोको उल्लास छ । विभिन्न पर्यटकीय ठाउँ, मठमन्दिर, पार्क जस्ता क्षेत्रमा पुगेर टिकटक बनाउने, फेसुबकमा फोटो, भिडियो पोष्ट गरेर तीजे रमाइलो मनाइरहेका छन् । स्थानीय रमा गौतमले समयअनुसार आएका… पुरा पढौ

तीजको नाच हेर्ने क्रममा झडप हुँदा एकजनाको मृत्यु

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बामेखोला पटानटोलमा दुई समूहबीचको झडपमा एकजनाको मृत्यु भएको छ । तीजको नाच हेर्ने क्रममा मङ्गलबार राति युवाहरूबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । घटनाको प्रहरीले अनुसन्धान अघि बढाएको छ । “स्थानीयसँग सोधपुछ गर्दा दुई समूहबीच झडप हुँदा जिसीको मृत्यु भएको बुझिन आएको छ, अनुसन्धान हुँदैछ”, उनले भने, “मृतकको टाउकोमा गम्भीर चोट छ, घटनामा संलग्नको पहिचान र खोजी जारी छ ।” रासस पुरा पढौ

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै अहिले दुईतर्फी यातायात सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले पहिरो पन्छाएसँगै सडक दुईतर्फी सञ्चालनमा आएको जानकारी दिनुभयो । सडक सञ्चालनमा आएसँगै पहिराका कारण रोकिएका सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन् । पुरा पढौ

पोखरेली युवा उद्यमीको टोली द क्लिफ कुस्मामा, पर्यटन प्रबर्द्दन योजना

पोखरा । पोखरेली युवा व्यवसायीहरुको टोलीले आन्तरिक पर्यटन प्रबर्द्दन गर्ने हेतुले मंगलवार पर्बतको कुस्मा बन्जि द क्लिफ सम्मको यात्रा तय गरेका छन् । संचार उद्यमी तथा सुनचांदि ब्यवसायी शोभितमान बुद्दाचार्यको संयोजनमा युवा उद्यमी मन्च पोखरा, डुलुवा र युवा ब्यवसायी गरि १६ जनाको टोली द क्लिफ पुगेको हो ।हरितालिका तिजमा छुट्टिको अवसर पारेर मन मिल्ने साथीहरुको एउटा रिफ्रेसमेन्ट ट्रिप गरेको बुद्दाचार्यले बताए । “टुरिज्म प्रमोसन टुर : पोखरा टु कुस्मा- द क्लिफ” नाम दिइएको यस टुरमा पोखरा र कुस्मालाई पर्यटकिय गतिबिधिमा… पुरा पढौ

लमजुङका कवि श्रीकृष्ण न्यौपानेको काव्य भृकुटी प्रकाशित

पोखरा । लमजुङका छन्दवादी कवि एवं साहित्यकार श्रीकृष्ण न्यौपानेको ऐतिहासिक काव्य “भृकुटी” प्रकाशित भएको छ । १२ सर्गमा विभाजित काव्यमा १५ वटा शास्त्रीय छन्दहरूको कलात्मक प्रयोग गरिएको छ । २०४८ सालमा “छली” सामाजिक काव्य प्रकाशित गरेर नेपाली साहित्यको आकाशमा कृतिकारको रुपमा स्थापित भएका न्यौपानेले ३१ बर्षपछि आफ्नो दोस्रो कृति प्रकाशित गरेका हुन् । भृकुटी काव्य, राजकुमारी भृकुटीको जीवनगाथाको मोटामोटी आंकलन हो । नेपाली ऐतिहासिक नारी भृकुटीका विषयमा काव्य निर्माण गरेर कवि श्रीकृष्णले एकातिर नारीप्रति सम्मान गरेका छन् भने आदर्श नारी… पुरा पढौ