समाचार

इराकको राजधानीमा भिडन्त, कम्तीमा २० जनाको मृत्यु

इराकको राजधानी बग्दादमा भएको भिडन्तका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ। शक्तिशाली धर्मगुरु मोक्तादा अल–साद्रले राजनीतिबाट सन्यास लिने घोषणा गरेपछि बग्दादमा भिडन्त भएको हो। धर्मगुरुका समर्थकहरू सरकारी भवनमा आक्रामक रूपमा प्रस्तुत भएका हुन्। यस्तै, उनीहरूले विपक्षी समूहसँग भिडन्त गरेका हुन्। रात पर्दै गएपछि पनि मसिन गन तथा बिस्फोटको आवाज सुनिएको समाचार संस्थाहरुले जनाएका छन्। सरकारी हेडक्वाटर तथा विदेशी दूतावासहरू निशानामा आएको र यो पछिल्लो केही वर्ष यताकै गम्भीर भिडन्त रहेको बताइएको छ। भ्रष्ट संरचना तोड्न नसकेको भन्दै राजनीतिबाट सन्यास… पुरा पढौ

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन आयोगमा ७६ दलको निवेदन

आगामी मंसीर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फ भाग लिन विभिन्न ७६ दलका ६८ वटा निवेदन परेको निर्वाचन आयोगले जनाएको छ। आयोगका उपसचिव तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले विज्ञप्ति प्रकाशित गरी सो जानकारी दिएका हुन्। ‘आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिनका लागि विभिन्न ७६ वटा दलबाट ६८ वटा निवेदन परेका छन्’ सहायक प्रवक्ता अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश १ मा विभिन्न ६३ वटा दलबाट… पुरा पढौ

विश्व बैंकबाट १२ अर्ब ७५ करोड बराबरको सहुलियतपूर्ण ऋण आउँदै

विश्व बैंकबाट नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रीड) का लागि करिब १२ अर्ब ७५ करोड रुपियाँ (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध आउने भएको छ। अर्थ मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भयो। सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका सञ्चालन प्रबन्धक लाडा स्ट्रेलकोभाले हस्ताक्षर गरे। बजेटरी सहायताका रुपमा उपलब्ध हुने सो सहयोगले नेपाललाई हरियाली, जलवायु उत्थानशील र समावेशी विकासतर्फ अग्रसर हुन… पुरा पढौ

पाकिस्तानमा डुंगा पल्टिदा ७ जनाको मृत्यु, १३ जना बेपत्ता

पाकिस्तानमा डुंगा पल्टिदा महिला र बालबालिकासहित ७ जनाको मृत्यु भएको छ। दक्षिणी सिन्ध प्रान्तमा भएको उक्त दुर्घटनामा अन्य १३ जना बेपत्ता भएका छन्। उक्त डुंगा सिन्धु नदी हुँदै प्रान्तको सेहवान सरिफ क्षेत्रमा पल्टिएको थियो। डुंगामा करिब दुई दर्जन यात्रु सवार रहेको प्राप्त विवरणहरूमा जनाइएको छ। उद्धारकर्ताहरूले ७ जनाको शव फेला पारेका थिए। नदीमा बेपत्ता भएकाहरुको खोजी भइरहेछ। यसैबीच, पाकिस्तानमा पछिल्लो समयमा आएको बाढीले लाखौँ मानिस विस्थापित भएका छन्। बाढीपछि सरकारले आपत्काल घोषणा गरेको छ। एजेन्सी पुरा पढौ

नेपालको टी–२० वरीयता खस्कियो

नेपालको टी–२० क्रिकेट वरीयता एक स्थान खस्किएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले सोमबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १५औं स्थानमा पुगेको छ। यसअघि नेपाल १४ औं स्थानमा थियो। वरीयता खस्किएसँगै नेपालको सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने टी–२० विश्वकपमा सोझै छनोट हुने सम्भवना समेत कमजोर बनेको छ। आइसीसीले वरीयताको शीर्ष १२ मा रहने टोलीलाई सोझै विश्वकपमा सहभागिता गराउँछ। नेपाली टोली वरीयता सुधार गर्ने लक्ष्यका साथ अहिले केन्या भ्रमणमा छ। केन्यासँग नेपालले पाँच खेलको टी–२० सिरिज खेलिरहेको छ।… पुरा पढौ

टी–२० विश्वकप ट्रफी नेपाल ल्याइयो

आइसीसी पुरुष टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको छ। अष्ट्रेलियामा यसै वर्ष आयोजना हुने प्रतियोगिताको ट्रफी नेपाल आएको नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो। ट्रफीको प्रदर्शनी आज (मंगलबार)बाट गरिनेछ। ट्रफी आज सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पु¥याइनेछ। बिहान ७ः३० बजे सगरमाथाको काखमा रहेको गोक्यो तालमा प्रदर्शनी गरिने क्यानले जनाएको छ। त्यस्तै ट्रफी बुधबार भक्तपुर दरबार स्क्वारमा ११ः३० बजेबाट प्रदर्शनीमा राखिने बताएको छ। ट्रफी टुरमा नेपालका पूर्व खेलाडी मेहबुब आलम सहभागी हुनेछन्। क्रिकेटको विश्वकप ट्रफी… पुरा पढौ

एएफसीले एन्फालाई ७ हजार डलर जरिवाना तोक्यो

एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ७ हजार अमेरिकी डलर (करिव नौ लाख रुपियाँ) जरिवाना गरेको छ। गत असारमा कुवेतमा भएको एएफसी एसियन कप २०२३ अन्तर्गत छनोट खेलमा नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नियमविपरित काम गरेको भन्दै एएफसीले नेपाललाई जरिवाना गरेको हो। एएफसीको अनुशासन तथा इथिक कमिटीले एसियन कप छनोट अन्तर्गत इन्डोनेसियाविरुद्धको खेलमा प्रतिबन्ध गरिएका प्रशिक्षक अलमुताइरी खेलअघि ड्रेसिङ रुपमा प्रवेश गरेको र खेलपछि एक्रिडिटेशन कार्डसहित मैदान प्रवेश गरेको भन्दै ६ हजार डलर र इन्डोनेसियाविरुद्धकै खेलको… पुरा पढौ

केन्यासँग नेपालको लज्जासपद हार

केन्याविरुद्ध चौथो टी–२० खेलमा नेपालले लज्जासपद हार खेपेको छ। जितमा लागि सामान्य १०२ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेटको क्षतिमा ९४ रनमा समेटियो। कमजोर ब्याटिङ गरेको नेपालका लागि रोहित पौडेलले ४७ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन्। नेपाललाई सस्तैमा समेट्न केन्याका रकिप पटेलले ३ विकेट लिए। भिराज पटेल, शेम एन्गोचे र एलिज्ह ओटिनोले दुई÷दुई विकेट लिए। यसअघि, नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली केन्याले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा… पुरा पढौ

कर्मचारी बस दुर्घटनामा १५ घाइते

तनहुँमा बस दुर्घटना हुँदा १५ जना कर्मचारी घाइते भएका छन्। पृथ्वीराज मार्गमा पर्ने दमौलीबाट पोखरा जाँदै गरेको ग १ ख ४०२३ नम्बरका कर्मचारी बोकेको बस सोमबार साँझ ६ बजे तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा दुर्घटना हुँदा सो संख्यामा घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख गोकर्ण नेपालले जानकारी दिएका छन्। दुर्घटनामा स्याङजाको चापकोट–२ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–७ बस्ने जिल्ला प्रशासनमा खरिदारमा कार्यरत २६ वर्षीय विवश आचार्य, शुक्लागण्डकी ६ बस्ने नेपाल टेलिकम तनहुँका चालक ३८ वर्षीय पवन कुमाल, सोही… पुरा पढौ

बागलुङमा कृषि र पशुपालनमा १५ करोड बढीका योजना

बागलुङमा संघीय तथा प्रदेश सरकारले कृषि तथा पशुपालन विकासको क्षेत्रमा झन्डै रू. १५ करोड खर्च गर्ने भएका छन्। चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रममार्फत सो रकम ती दुई सरकारले विनियोजन गरेका हुन्। गण्डकी प्रदेश सरकार अन्तगर्तका कृषि ज्ञान केन्द्र बागलुङ र भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र बागलुङ तथा संघीय सरकार अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत उक्त बजेट खर्च हुने भएको हो। कृषि ज्ञान केन्द्रले रू. पाँच करोड ५५ लाख बजेट पाएको छ। सोमध्ये चालू खर्च रू. पाँच करोड ४३ लाख… पुरा पढौ