समाचार

अविरल वर्षाले ग्रामीण सडक अवरुद्ध

चौतारा । केही दिन यता परेको वर्षाले सिन्धुपाल्चोकका अधिकांश ग्रामीण सडक अवरुद्ध बनेका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्रसँग जोडिएका ग्रामीण सडक अवरुद्ध बनेका हुन् । मेलम्ची, तिपेनी, भोताङ मोटरबाटोको ठाउँठाउँमा पहिरो जाँदा पाँच पोखरी गाउँपालिकाका स्थानीयवासीले सास्ती व्यहोर्नु परेको गाउँपालिका अध्यक्ष टासी लामा ह्योल्मोले जानकारी दिए । गाउँपालिकाले पहिरो पन्छ्याउने कार्य गरिरहे पनि यातायात सञ्चालन भने हुनसकेको छैन । अरनिको राजमार्ग बाह्रबिसे–कोदारी लोकमार्गका विभिन्न खण्डमा पहिरोले बाटो अवरुद्ध भएको छ । स्थानीय राम थापाका अनुसार बलेफी–जलबिरे, जलबिरे–कात्तिके–तेम्बाथान सडकमाथिबाट पहिरो… पुरा पढौ

काठको टहरामै टर्मिनल टावर

गमगढी । मुगुको छायानाथ रारा नगरपालिका–४ ताल्चामा रहेको एक मात्र रारा विमानस्थलको टर्मिनल टावर १९ वर्षदेखि काठको टहरामै रहेको छ । विसं २०६० मा कच्ची धावन मार्गमार्फत जहाज उडान र अवतरण सुरु गरिएको भए पनि अझै सुविधा युक्त टर्मिनल भवन निर्माण हुन सकेको छैन । विसं २०६० वैशाख ३ गते पहिलो पटक रारा विमानस्थल ताल्चामा परीक्षण उडान गरिएको थियो । विगत १९ वर्षदेखि निरन्तर उडान र अवतरण भइरहे पनि सामान्य हावा लाग्दा काठको भवन हल्लिने गरेको बताइएको छ । जोखिम… पुरा पढौ

सेती खोला र मादी खोलामा आकर्षक पुल निर्माण गरिने

सरकारले पृथ्वी राजमार्ग विस्तारका क्रममा सेती खोला र मादी खोलामा आकर्षक पुल निर्माण गर्न प्रक्रिया अघि बढाएको छ । चार लेनमा सडक विस्तार भइरहेकामा पुल पनि सोही चौडाइमा निर्माण गर्न लागिएको सडक विभागले जनाएको छ । मादी खोलामा चार लेनको नयाँ पुल बनाउन प्रक्रिया अघि बढिसकेको विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले बताए । उनका अनुसार हाल रहेको पुल पुरानो भइसकेको र आयु कम भएको छ । नयाँ निर्माण गर्दा आधुनिक प्रविधिसँगै हेर्दा आकर्षक पुल निर्माण गर्न लागिएको हो । यी दुई… पुरा पढौ

फोहर वन क्षेत्रमा नफाल्न पत्र

धरान । धरान उपमहानगरपालिकाले कुहिने फोहर व्यवस्थापन गरे पनि नकुहिने फोहर व्यवस्थापन गर्न सकेको छैन् । उपमहानगरपालिकाले वर्षौँदेखि १५ नं वडाको बाँझगरा सामुदायिक वनअन्तर्गत तीनकुनेमा फोहर फाल्दै आएको छ । फोहर फालिएको स्थानमा जलाउने गर्नाले सडकमा समेत प्रदूषण बढेको छ । यस विषयमा आवाज उठेपछि बाँझगरा सामुदायिक वन उपभोक्ता समूहले केही समय अगाडि उचित व्यवस्थापन गर्न उपमहानगरसँग अनुरोध गरेको थियो । उपमहानगरले कुनै सुनुवाइ नगरेको सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष कुमार भारतीले बताए । समूहले जिल्ला डिभिजन वन कार्यालय सुनसरीलाई… पुरा पढौ

बनेपा र पाँचखालमा महोत्सव हुने

बनेपा । दसैँ पर्व नजिकिँदै गर्दा काभ्रेपलाञ्चोकको बनेपा र पाँचखालमा महोत्सव हुने भएको छ । काभ्रेपलाञ्चोकको पाँचखालस्थित पाँचखाल युनाइटेड फुटबल एशोसिएशनको आयोजनामा आगामी असोज ३ देखि १६ गतेसम्म ‘तेस्रो पाँचखाल महोत्सव’ हुने र मञ्जुश्री फाउण्डेशनको आयोजनामा बनेपामा पहिलो पटक ‘बनेपा म्युजिक फेस्टिभल’ हुने भएको छ । घरासायी तथा निजी क्षेत्रको व्यापार र कृषि तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘तेसो पाँचखाल महोत्सव २०७९’ पाँचखालमा हुन लागेको एशोसिएशनका अध्यक्ष मिलन श्रेष्ठले बताए । विशेषगरी चाडपर्व लक्षित विशेष सहुलियतमा सामान बिक्री गर्ने उद्देश्यले… पुरा पढौ

पूजा आराधना गरी स्थापना दिवस मनाइयो

काठमाडौँ । वैदिक सनातन धर्म संस्कृतिको रक्षा गर्ने प्रमुख उद्देश्यले स्थापना भएको राष्ट्रिय धर्मसभा नेपालले सबै जिल्लामा शाखा विस्तार गरी धार्मिक जागरण फैल्याउने भएको छ । कोरोना महामारी सुरु हुनुअघि धर्मसभाले ६५ जिल्लामा शाखा स्थापना गरेको थियो । कोरोनाका कारण साँढे दुई वर्ष शाखा विस्तार एवं धार्मिक जागरणका काम हुन नसकेकामा धर्मसभाको १५ औँ स्थापना दिवसका अवसरमा आज आयोजित गणेश भगवान्को विशेष पूजाका अवसरमा यस्तो जानकारी दिइएको हो । विसं २०६५ भाद्र शुक्ल चतुर्थी अर्थात् गणेश चतुर्थीका दिन सनातन धर्म… पुरा पढौ

तीनवर्षदेखि व्यापार मेला भएन

कास्की । उपल्लो मुस्ताङ र चीनको तिब्बतको सीमा नाकामा लाग्ने व्यापार मेला तीनवर्षदेखि सञ्चालन हुन सकेको छैन । प्रदेशसभा सदस्य महेन्द्र थकालीका अनुसार असार र भदौमा हुने सो मेला गत तीन वर्षदेखि सञ्चालन नहुँदा स्थानीयवासी मर्कामा परेकोे जानकारी दिए । मेला नहुँदा समस्या भएकाले मुस्ताङका जनप्रतिनिधिले सम्बन्धित स्थानमा आवाज पनि उठाई रहेका छन तर पनि सुनुवाइ भएको छैन । सांसद प्रेमप्रसाद तुलाचनले गत जेठ २६ गते संघीय संसद् बैठकमा सो विषयलाई उठान गरेका थिए । उनले सीमा क्षेत्रका बासिन्दा मुख्य… पुरा पढौ

‘जङ्कफुड’ ल्याए विद्यालयले खाजा खर्च नदिने

बलेवा । अभिभावकले बालबालिकालाई घरबाटै खाजा बनाएर पठाउन् भनेर बजारको बनावटी खाना जङ्कफुड निषेध गरिएको छ । बागलुङ नगरपालिका–७ को गौरीशङ्कर प्राविमा जङ्कफुड ल्याएको भेटेमा विद्यालयले दिँदै आएको खाजा खर्च नदिने निर्णय गरेको हो । यो निर्णयले अभिभावकले घरबाटै नियमित खाजा बनाएर पठाइदिन थालेका छन् । विद्यालय छेवैका पसलबाट नियमित जसो चाउचाउ, चकलेट लगायतका जङ्कफुड ल्याउने, प्लास्टिकजन्य फोहर जथाभावी फाल्ने क्रम बढेपछि विद्यालयले घरबाटै खाजा ल्याउने निर्णय गरेको थियो । उक्त निर्णय मान्नेलाई सरकारले दिएको खाजा खर्च उपलब्ध गराउने, नत्र… पुरा पढौ

कोरियामा कोरोनाबाट पचहत्तर जनाको मृत्यु, भारतमा पनि बिरामी बढे

दक्षिण कोरिया, न्युजिल्याण्ड र मलेसियामा कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या मङ्गलबार पनि अप्रत्यासितरूपमा बढेको छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार मङ्गलबार दक्षिण कोरियामा ७५, मलेसियामा चार र न्युजिल्याण्डमा अनुसार १७ जनाको मृत्यु भएको छ । न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएअनुसार अघिल्लो महिनाको तुलनामा नयाँ सङ्क्रमितको सङ्ख्या लगातार घटेको छ । मङ्गलबार मध्यरातसम्मको विवरण सार्वजनिक गर्दै सरकारी अधिकारीले देशका विभिन्न भागमा दुई हजार दुई सय ४४ नयाँ बिरामी थपिएका बताएका छन् । एक महिनाअघि न्युजिल्याण्डमा दैनिकरूपमा १० हजारभन्दा बढी नयाँ… पुरा पढौ

चौबिस घण्टाको समयावधिमा छत्तिसको मृत्यु्

इस्लामाबाद । पाकिस्तानमा भारी वर्षापछिको बाढी र वर्षासँग सम्बन्धित घटनाको कारण गएको २४ घण्टाको समयावधिमा ३६ जनाको मृत्यु भएको राष्ट्रिय प्रकोप व्यवस्थापन एनडिएमएका अधिकारीले जानकारी दिएका छन् । यस प्रकोपमा परी एक हजार नौ सय ४१ जना घाइते भएका पनि ती अधिकारीले थप जानकारी दिएका छन् । पाकिस्तानको पूर्वीभागमा रहेको पञ्जाव प्रान्त यस भीषण प्रकोपबाट सबभन्दा बढी प्रभावित भएको एनडिएमएले मङ्गलबार साँझमा प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिएको छ । यस क्षेत्रमा बाढी र वर्षा सम्बन्धित घटनामा परी १९ जनाको मृत्यु… पुरा पढौ