समाचार

लामाचौर राष्ट्रिय भलिबल जारी, महिलातर्फ नेपाल पुलिस क्लबको टिमलाई उपाधी

लामाचौर राष्ट्रिय भलिबल जारी, महिलातर्फ नेपाल पुलिस क्लबको टिमलाई उपाधी पोखरा । २४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ अन्तरगत लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगितामा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । बुधबार भएको फाइनलमा न्यु डायमण्ड एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै साविक विजेता पुलिसले उपाधि सहित १ लाख ५० हजार १११ पुरस्कार प्राप्त गरेको छ । उपविजेता न्यु डायमण्डले १ लाख १११ पायो । फाइनलमा पुलिसले २५–१५, २५–१४ र २५–८ ले जित आफ्नो पक्षमा पारेको हो । तेस्रो स्थानको… पुरा पढौ

रामबजारका कुँवरपनि पो.उ.वा.संघको सदस्यको उम्मेदवार

पोखरा । पोखरा उद्योग वाणिज्य संघको कार्य समिति सदस्यमा पोखरा महानगरपालिका वडा नम्बर १५ निवासी युवा व्यवसायी ललितबहादुर कुँवरले उम्मेदवारी घोषणा गरेका छन् । यहि भदौ २४ र २५ गते हुने संघको ३४ औं महाधिवेशनमा उनले कार्यकारिणी सदस्य पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले पवनकुमार प्रजापति प्यानलबाट उम्मेदवारी दिने बताए । कुँवरले नीजि क्षेत्रको उत्थान र व्यवसायीक उन्नतीका निम्ति उम्मेदवारी दिएको बताएका छन् । कुँवर आभाष ट्रेडर्स रामबजारका प्रोपाईटर हुन् । साथै लालुपाते कृषि फर्म र मुना… पुरा पढौ

व्यावसायीको गुनासो सुन्दै मत माग्दै अर्जुन प्यानल

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आशन्न महाधिवेशनमा नेतृत्व लिनका लागि अध्यक्षका प्रत्यासी अर्जुन पोखरेल प्यानलको टोली बुधबार घरदैलो कार्यक्रमका लागि पोखरा १० अमरसिंहचोक पुग्यो । एक हुल मानिश देख्ने वित्तिकै यिनीहरुले केही गर्ने होइन भन्दै एक व्यासायीले नाक खुम्च्याउन थाले । उनले भन्दै थिए, ‘भोट माग्न मात्र आउँछन् गर्ने केही होइन् ।’ उनी आफैले बनाएको पिंढीमा पसलका सामान राख्न नपाउँदा समस्यामा रहेछन् । हाते ट्याक्टर व्यावसायी उनले पसल अगाडि ट्याक्टर प्रदर्शन गर्नकै लागि ढुंगा बिछ्याएका थिए । केही दिन… पुरा पढौ

रामघाटमा तीजगित प्रतियोगिता सम्पन्न ,हेम्जाको कामधेनु महिला समुहले जित्यो पहिलो पुरस्कार

पोखरा । भाद्र शुक्ल तृतियाका दिन मनाईने नेपाली नारीहरुको महान पर्व हरितालिका तिज को अवसरमा पोखरा १० रामघाट स्थित शिव मन्दिर गितामन्दिर परिसरमा बृहत तिजगित प्रतियोगिता सम्पन्न भयो । हरेक बर्ष तिज कै दिनमा यस स्थानमा तिजगित प्रतियोगिता हुने गर्दछ । कोभिड १९, कोरोना भाईरसका कारण केहि बर्ष सम्पन्न हुन नसकेको तिजगित प्रतियोगिता यस पटक गिताशान्ति मार्ग महिला समूहको आयोजनामा सम्पन्न भएको हो । छोटो समय ,एक साताको तयारीले प्रतियोगिता सम्पन्न गरिएको र अन्तिम अवस्था सम्म कोभिड १९ को पछिल्लो… पुरा पढौ

बेबील्याण्डको दशैं कार्निभल २०७९ ः “बेबील्याण्ड जाऔं, हिरो स्कुटर ल्याऔं”

पोखरा । पोखराको बेबील्याण्डमा दशैं अफर शुरु भएको छ । नेपालीको महान चाँड बडादशैं, तिहार, नेपाल सम्वत, छठलगायतका चाँडपर्वहरुलाई लक्षित गरेर बेबील्याण्डले आज भदौ १५ गते बुधबारदेखि दशैं अफर शुरु गरेको हो । दशैं सपिङ्ग कारनिभल २०७९ नाम दिएर “बेबील्याण्ड जाऔं, हिरो स्कुटर ल्याऔं” भन्ने नारासहित शुरु भएको बेबील्याण्डको दशैं अफर कात्तिक १४ गतेसम्म जारी रहने जनाइएको छ । यो अवधीमा सामान खरिद गर्ने ग्राहकलाई १२ प्रतिशत छुटपनि दिईने बेबील्याण्डले जनाएको छ । बेबील्याण्डले ‘ह्याप्पी आवर’ अन्तर्गत विहान ९ बजेदेखि… पुरा पढौ

विधायन समितिबाट नागरिकता विधेयक बहुमतले पारित

काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सरकारद्वारा प्रस्तुत ‘नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक’ बहुमतबाट पारित गरेको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले सरकारद्वारा प्रस्तुत सो विधेयक बिना संशोधन बहुमतबाट पारित गरेको हो । सङ्घीय संसद्को दुवै सदनबाट पारित सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएकामा राष्ट्रपतिबाट साउन २९ गते आठबुँदे सन्देशसहित प्रतिनिधिसभामा फिर्ता भएको थियो । उक्त विधेयक गत साउन ६ गते सङ्घीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको थियो । समितिको… पुरा पढौ

पर्यटनस्थलको प्रचारप्रसारमा कमी : नेता नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पर्यटकस्थलको प्रचारप्रसारमा कमी रहेको बताएका छन । एकीकृत समाजवादीको केन्द्रीय पर्यटन विभागले आज यहाँ आयोजना गरेको ‘पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको समस्या र चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रममा पर्यटनको विषयवस्तुको राम्रोसँग प्रचार गर्न नसकिएको बताए । उनले भारतको उत्तर प्रदेश र विहार प्रदेशमा गर्मीले उकुसमुकुस भएका मान्छेलाई नेपालको चिसो मौसममा ल्याउनुपर्ने भनाइ राखे । उनले नारायणहिटी सङ्ग्रहालयलाई ठूलो सङ्ग्रहालयका रुपमा विकास गर्नुपर्ने बताए । संस्कृति, पर्यटन तथा नागरिक, उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल वायुसेवा… पुरा पढौ

छयत्तर जनामा डेङ्गुको सङ्क्रमण पुष्टि

चितवन । चालु आर्थिक वर्षको साउन महिनामा ७६ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ । नौ सय ८९ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको हो । गत वर्षको साउनमा छ जनामा मात्रै सङ्क्रमण देखिएको थियो । स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन महिनामा सङ्क्रमण देखिनेमा खैरहनी र रत्ननगर नगरपालिकामा बढी रहेको छ । कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार जिल्लाको भरतपुर अस्पताल, राप्ती, खैरहनी, रत्ननगर, भरतपुरको शिवनगर, माडीलगायतका अस्पतालमा डेङ्गु रोगको परीक्षण गरिँदै आएको छ । डेङ्गु ज्वरो… पुरा पढौ

गाईवस्तुलाई घाँस र स्याउला लिन भारत

नेपाली नागरिक स्वास्थ्योपचार, चाडपर्वमा किनमेल गर्न र रोजगारीका लागि भारत जाने गर्दछन् । पछिल्लो समय कञ्चनपुरको दोधारा चाँदनीका बासिन्दा भने मेलापात गर्न र गाईवस्तुलाई घाँस र स्याउला लिन पनि भारतमा जाने गरेका छन् । दोधारा चाँदनी नगरपालिका–९ का सुन्तला रावतले गाईवस्तुको आहाराका लागि भारतबाट मेलापात गरेको २० वर्षभन्दा बढी भइसकेको छ । उनी मेलापातका लागि भारतीय बस्ती कलौनासम्म पुग्छन । सीमानाकामा रहेका दुई देशबीचका नागरिकको आपसी सम्बन्धका कारण यो सम्भव भएको जनाइएको छ । उनका अनुसार दोधाराका थुप्रै मानिस भारतीय… पुरा पढौ

पौवादुङमाको विशेष पोषण कार्यक्रम

भोजपुर । पौवादुङमा गाउँपालिकाले विषेश पोषण कार्यक्रमको सुरुआत गरेको छ । कुपोषणलाई शून्यमा झर्ने उद्देश्यले गत शुक्रबारबाट कार्यक्रमको सुरुआत गरेको हो । नवजात शिशु तथा बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विषेश पोषण कार्यक्रम सुरु गरिएको हो । बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि अभियानका रुपमा कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । विषेश पोषण कार्यक्रमअन्तर्गत बच्चा जन्मिएदेखिको स्वास्थ्य अवस्था, तौल, खानपिन लगाएतका विषयमा तथ्याङ्क राख्ने र उनीहरुमा कुनै कारण स्वास्थ्यमा समस्या देखा परेमा गाउँपालिकाले नै स्वास्थ्य उपचारको व्यवस्था गर्ने… पुरा पढौ