समाचार

मुलधारमा फर्कन तनहुँ काँग्रेसको अपिल

नेपाली काँग्रेस तनहुँले विभिन्न कारणले पार्टीबाट अलग भएकाहरुलाई मुलधारमा फर्कन अपिल गरेको छ। नेपाली काँग्रेस तनहुँका सभापति जीतप्रकाश आलेले आइतबार एक विज्ञप्ती प्रकासित गर्दै भनेका छन् ‘पार्टीबाट अलग हुनुभएका र स्वतन्त्र भुमिकामा रहनुभएका संपूर्ण साथीहरूमा बिना शर्त पार्टीको मुलधारमा फर्कन नेपाली काँग्रेस तनहुँ हार्दिक अपिल गर्दछ।’ पुरा पढौ

पर्यटकीयस्थल खोप्रामा आवास सुविधा विस्तार

अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गअन्तर्गत पर्ने म्याग्दीको पर्यटकीयस्थल खोप्रामा पर्यटकका लागि आवास सुविधामा विस्तार गरिएको छ। अन्नपूर्ण गाउँपालिका–५ खोप्रामा पाउद्वार पर्यटन सहकारीले आवास सुविधा विस्तार गरेको हो। बीस कोठामा ४० जनालाई वास बस्न मिल्ने क्षमता रहेकामा सहकारीले थप आठ कोठे आवास भवन निर्माण गरेको हो। सुविधायुक्त आवास भवन बनाउन डिभिजन वन कार्यालयले गत वर्ष रू १३ लाख बजेट उपलब्ध गराएको थियो। यस वर्ष सहकारीले भवन बनाउन रू. २८ लाख ५० हजार खर्च गरेको सहकारीका संस्थापक अध्यक्ष राजेश तिलिजाले जानकारी दिए। वडाध्यक्षसमेत रहेका… पुरा पढौ

पर्वतका ११ लघु जलविद्युत् आयोजना अलपत्र

पर्वतका विभिन्न दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पुर्‍याउने भन्दै स्थापना गरिएका लघु जलविद्युत् आयोजना अलपत्र बनेका छन्। दुई दशक अघिदेखि यूएनडीपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ आयोजना अहिले पूर्णरूपमा बन्द भएका छन्। पाँच वर्ष अघिसम्म तीन मात्र आयोजना सञ्चालनमा रहे पनि अहिले केन्द्रीय प्रसारण लाइनको पहुँच विस्तार भएसँगै ती बन्द भएका हुन्। पछिल्ला केही वर्षयता सामुदायिक विद्युतीकरणमार्फत पर्वतका सबै स्थानीय तहका सबै वडामा केन्द्रीय प्रसारण लाइनको पहुँच विस्तार भएको छ। दक्षिण पर्वतको सरौखोलाको १२ किलोवाट… पुरा पढौ

मानव सेवा आश्रमलाई सहयोग

ज्येष्ठ नागरिक सरोकार समाज नेपाल कास्की शान्ति आश्रमद्धारा मानव सेवा आश्रम हेमजामा खाद्यान्न तथा नगद सहयोग गरिएको छ। समाजद्वारा सञ्चालित चूडामणि वसन्धरा हरिप्रसाद किरण ओझा स्मृति सम्मानबाट प्राप्त रकम २० हजार रुपैयाँ मूल्य बरावरको खाद्यान्न सामाग्री र कार्यक्रमका सहभागीहरुले संकलन गरेको नगद २० हजार २५० वितरण गरिएको हो। समाजका संस्थापक अध्यक्ष स्व हरिप्रसाद किरण ओझाको नाममा उनी परिवारजनबाट २ लाख २ हजार १०१ को अक्षयकोष स्थापना गरि त्यसको व्याजबाट प्रत्येक बर्ष विभिन्न सामाजिक संघसंस्थालाई सम्मान गर्दै आएको छ। कुशेऔशी (बाबुको… पुरा पढौ

मौलिक जरोकिलो पार्टी गण्डकीको अध्यक्षमा हरि नेपाल

मौलिक जरोकिलो पार्टी गण्डकी प्रदेशको अध्यक्षमा हरि नेपाल चयन भएका छन्। पार्टीको दोस्रो अधिवेशनले नेपाललाई दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित गरेको हो। तनहुँको आबुखैरेनीमा शनिबार भएको अधिवेशनले नेपालको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको हो। प्रदेश उपाध्यक्षमा टोलराज वाग्ले, महासचिव भरत गिरी, सचिव पद्मा राना, कोषाध्यक्ष जगन्नाथ वाग्ले र सदस्यमा सन्त देवकोटा र चिजकुमार श्रेष्ठ छन्। कार्यक्रममा पार्टी प्रवक्ता प्रकाश श्रेष्ठ, केन्द्रीय समिति सदस्यहरु दिलबहादुर क्षत्री, मदन पौडेल र कमल न्यौपानेले बोलेका थिए। पुरा पढौ

नेपालीपन हराउदै गएमा राष्ट्रियतामा समेत खतरा हुन्छः मन्त्री बराल

पोखरा ।गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले संस्कृतिमा नेपालीपन हराउदै गएमा राष्ट्रियता समेत हराउन सक्ने खतरा भएको बताएका छन् । सराङकोटमा आइतबार देखि सुरु भएको प्रथम तीज मेलाको उद्घाटन गर्दै मन्त्री बरालले राष्ट्रिय भनेको भूगोल मात्र नभई संस्कृतिसंग समेत जोडिएकोले कुनै देशको संस्कृति हराउदा राष्ट्रियता नै हराउन सक्ने खतरा हुने भएको बताएका हुुन् । नेपालीपन र नेपाली संस्कृति हराएमा नेपालको राष्ट्रियता हराउने उनको दाबी थियो । तिजले नेपाली भाषा, समाजको सथार्थता छर्रलङग पार्न सक्नुपर्ने बताउदै मन्त्री बरालले… पुरा पढौ

प्रजातन्त्रवादी चिकित्सक संघ गण्डकीमा सूर्यज्योति

पोखरा । प्रजातन्त्रवादी चिकित्सक संघ गण्डकीको अध्यक्षमा डा. सूर्यज्योति श्रेष्ठ चयन भएका छन् । संघको हालै सम्पन्न महाधिवेशनमा चिर्वाचित समितिले प्रादेशिकस्तरमा समेत शाखा विस्तार गरेको हो । संघको उपाध्यक्षमा डा. ईश्वर पौडेल, महासचिवमा डा. प्रेम पंगेनी, सचिवमा डा. आनन्द भट्टराई र कोषाध्यक्षमा डा. दीपेश कार्की चयन भएका छन् । संघका केन्द्रीय अध्यक्ष अनिलविक्रम शाहीले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपाली कांग्रेस गण्डकी सभापति शुक्रराज शर्माको उपस्थितिमा आइतबार पदाधिकारी र सदस्य एवं जिल्ला संयोजकहरुको नाम घोषणा गरे । समितिको… पुरा पढौ

जोण्टाको ‘गो रेड फर उमन’

पोखरा । जोण्टा क्लवको आयोजनामा पोखरामा महिलाहरुका लागि दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जन्यन्ति ट्रष्टसंगको सहकार्यमा ‘गो रेड फर उमन’ नारा दिइएको उक्त शिविर पोखराको भाटभटेनि प्राङगणमा भएको हो । कार्यक्रममा झण्डै ४ सय महिलाले लाभ लिएको जोण्टा क्लव अफ पोखराका अध्यक्ष मोनिका थापाले जानकारी दिइन् । उनका अनुसार शिविरमा महिलाहरुको निःशुल्क ब्लड प्रेसर, नाप, तौल, ईसिजी, बिएमआई, ब्लड ग्लुकोज लगायत टेष्ट गराइएको थियो । कार्यक्रमका प्रमुख अतिथि पोखरा एकेडेमी अफ हेल्थ साईन्सका भिसी प्रोफेसर डा.डुक… पुरा पढौ

संबृद्धि सहकारीमा भट्टराई

पोखरा । संबृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा २७ कास्कीको शनिवार सम्पन्न आठौं बार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनले सुमन भट्टराईको अध्यक्षतामा नयाँ संचालक समितिको चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रमोद भण्डारी, सचिवमा नवराज तिवारी र कोषाध्यक्षमा रामजी पौडेल रहेका छन् । संचालक समितिको सदस्यमा खेमराज पौडेल, पवित्रा श्रेष्ठ, बीरेन्द्र बानिया, राजेश सुवाल र शोभा पण्डित क्षेत्री निर्वाचित भएका छन् । अधिवेशनले केशवराज पौडेललाई लेखासमितिको संयोजक र डिल्लीराम पौडेल र उत्तमदत्त बराललाई सदस्यमा निर्वाचित गरेको छ ।… पुरा पढौ

कास्कीबाट नवौंका लागि प्याराग्लाइडिङ खेलाडी छनोट सम्पन्न

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कास्कीबाट प्याराग्लाइडिङ खेलाडी छनोट भएका छन् । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ गण्डकीले खेलाडी छनोट गरेको जनाएको हो । संघका अध्यक्ष तथा प्रदेश खेलकुद परिषदका सदस्य बसन्तराज दवाडीका अनुसार नवौं राष्ट्रिय प्रतियोगिता प्रदेश स्तरियका लागि दुई छुट्टा–छुट्टै इभेन्टका लागि खेलाडी छनोट गरिएको जनाएका छन् । जिल्ला खेलकुद विकास समितिकी कोषाध्यक्ष कन्चन थापाले प्याराग्लाइडिङ २ बैकल्पिक सहित महिला र पुरुष गरी १५ जनाको अन्तिम नामावली प्राप्त भएको बताइन् । छनोट हुन सफल मेन्स क्रस… पुरा पढौ