समाचार

भलिबल खेलमा योगदान गर्नेलाई म्याग्दीमा सम्मान

भलिबल खेलको विकासमा योगदान गर्ने व्यक्तित्वहरुलाई जिल्ला भलिबल संघ म्याग्दीले एक कार्यक्रमबीच सम्मान गरेको छ । भलिबल संघ म्याग्दीले आफ्नो कार्यालय उद्घाटन एवं सम्मान कार्यक्रमको आयोजना गरेर सात जनालाई सम्मान गरेको हो । भलिबल खेल क्षेत्रमा योगदान पु¥याउँदै देशलाई पदक दिलाउन सफल राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाही, भलिबल प्रशिक्षक एवं रेफ्री डीबी नेपाली, म्याग्दी जिल्लाका पूर्व कप्तान मुन्ना केसी, जिल्ला भलिबल संघको डेढ दशकसम्म अध्यक्ष रहेका निवर्तमान अध्यक्ष रमेशकुमार श्रेष्ठ, निवर्तमान सचिव विनय श्रेष्ठ, खेलकुद विकास समिति म्याग्दीका पूर्व… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदको सुरक्षासम्बन्धी छलफल

नवौं राष्ट्रिय खेलकुदमा सुरक्षा व्यवस्था सम्बन्धमा पोखरामा छलफल भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सुरक्षा समिति पदाधिकरीहरुसँग जानकारी लिएका हुन् । सुरक्षा उपसमिति संयोजक रामदत्त जोशीले प्रतियोगितामा सुरक्षा प्रवन्ध बारे जानकारी गराए । गण्डकी प्रदेशका बिभिन्न जिल्लामा हुने राष्ट्रिय खेलकुदको सुरक्षा व्यवस्थाका लागि गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी जोशीको संयोजकत्वमा बिभिन्न सुरक्षा निकायका प्रमुख, प्रतिनिधि, महानगर प्रहरी प्रमुख समेत सदस्य रहने गरी उपसमिति गठन समेत गरेको छ । सुरक्षा उपसमितिलाई खेल स्थल, खेलाडी, खेलाडी आवास क्षेत्र,… पुरा पढौ

पोखराको भीमसेन टोलले जित्यो तायाःमचा नृत्यको उपाधि

पोखराको भीमसेन टोलस्थित भीमसेन टोल सुधार समितिले तायाःमचा नृत्यको उपाधि जितेको छ । मोहरिया–सिंहनाथटोल तायाःमचा समितिले पोखरामा शनिबार आयोजना गरेको तायाः मचा नृत्य प्रतियोगितामा भीमसेन टोलको तायाः मचा नृत्य टोलीले प्रथम स्थान प्राप्त गरेको हो । नेवाः खल कास्कीको तत्वावधानमा आयोजित प्रतियोगितामा तेर्सापट्टी तायाः मचा नाच समिति दोस्रो बन्यो । त्यस्तै, महेन्द्रपुल साँघुमुखस्थित महेन्द्रपुल तायाः मचा समिति तेस्रो बन्यो। नयाँबजार सांस्कृतिक समितिले शान्त्वना पुरस्कार हात पारेको छ । प्रतियोगिता अन्तर्गत रामकृष्ण टोलस्थित रामकृष्ण टोल तायाः मचा समितिले सर्वोत्कृष्ट वाद्यवादनको उपाधि… पुरा पढौ

काँग्रेसले ‘जनताको साथमा काँग्रेस’ अभियान सञ्चालन गर्दै

नेपाली काँग्रेसले ‘जनताको साथमा काँग्रेस’ अभियानको घोषणा गरेको छ । शनिवार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन लक्षित अभियानको घोषणा गरेको हो । अभियान ३ चरणमा सञ्चालन हुने जनाइएको छ । पहिलो चरण भदौ १० देखि वीपी जन्मजयन्ती भदौ २४ सम्म, दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो चरण प्रत्यक्षतर्फको उम्मेदवारी दर्तापछि सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी दिएको छ । अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधिहरु खटिने भएका छन् । देशभरका ७ प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति,… पुरा पढौ

बजेटमा नतोकिएका नयाँ कार्यक्रम सञ्चालन नगर्न निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रम सञ्चालन नगर्न/नगराउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन दिएको छ । योजना र बजेटमा नतोकिएको नयाँ कार्यक्रम सञ्चालन गर्दा मतदातालाई प्रभावित पार्ने एवं निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रभाव पार्न सक्ने देखिएकाले आयोगले त्यस्ता कार्यक्रम कार्यान्वयन नगर्न तीनै तहलाई निर्देशन दिएको हो । विपद् व्यवस्थापनसम्बन्धी कार्य, मानवीय सहायता प्रदान र स्वास्थ्य महामारी रोकथाम गर्न आवश्यक कार्य बाहेक कुनै पनि प्रकारका नयाँ आयोजना तथा… पुरा पढौ

प्रदीप गिरीको अन्त्यष्टि आज पशुपति आर्यघाटमा गरिदैँ

नेपाली काँग्रेसका नेता प्रदीप गिरीको अन्त्यष्टि आज (आइतबार) हुने भएको छ । नेपाली काँग्रेस संघीय संसद्को संसदीय दलले गिरीको अन्त्यष्टि आइतबार पशुपति आर्यघाटमा हुने जानकारी दिएको हो । गिरीको पार्थिव शरीरलाई आइतबार बिहान ९ बजेदेखि ११ बजेसम्म मेडीसीटी अस्पतालमा श्रद्दान्जलीका लागि राखिने र विहान साढे ११ बजेदेखि २ बजेसम्म काँग्रेस केन्द्रीय कार्यालय सानेपामा श्रद्धान्जलीका लागि राखिने भएको छ । गिरीको मेडिसिटी अस्पतालमा हिँजो (शनिबार) राति निधन भएको हो । संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले शोक विज्ञप्ति जारी गर्दै गिरीको शनिबार… पुरा पढौ

म्याग्दीमा धमाधम निर्माण हुँदै जलविद्युत् आयोजना

धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी र सहायक नदीमा जलविद्युत् आयोजना निर्माण हुन थालेका छन् । सर्वेक्षण र प्रक्रिया पूरा गरेर अनुमति पाएका धेरै आयोजना वर्षौंपछि निर्माणको प्रक्रियामा अघि बढेका हुन् । नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको पश्चिमी भेगमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्न प्रसारण लाइन र सवस्टेशन बनाउन थालेपछि प्रवद्र्धक सक्रिय बनेका गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए । प्राधिकरणले मालिका गाउँपालिका–७ मा १३२ केभी क्षमताको सवस्टेशन र त्यहाँदेखि राहुघाट जोड्ने प्रसारण लाइन निर्माण थालेको छ । डाँडाखेत… पुरा पढौ

आलुखेतीमा आत्मनिर्भर उन्मुख व्यास

तनहुँको व्यास नगरपालिका आलुखेतीमा आत्मनिर्भर उन्मुख हुँदै गएको छ । नगरपालिकाका १४ वडामध्ये अधिकांश क्षेत्रमा आलुखेती राम्रो हुने गरेकाले आत्मनिर्भर उन्मुख देखिएको हो । आलुखेतीका लागि व्यासका पाँचदेखि १२ नम्बर वडामा धेरै परिमाणमा आलु उत्पादन हुने गरेको नगरपालिका कृषि शाखाका प्रमुख अधिकृत विश्वराज वाग्लेले जानकारी दिए । गतवर्ष ३६ मेट्रिक टन आलुको बीउ किसानलाई ५० प्रतिशत अनुदानमा दिइएको भन्दै उनले झन्डै २ सय ५२ मेट्रिक टन आलु उत्पादन भएको जानकारी दिए । नगरपालिकाले गतवर्ष प्रतिकिलो रू. ७५ को आलुका बीउ… पुरा पढौ

स्वतन्त्रमा सञ्चारमा महिला सहभागिता विषयक अन्तरक्रिया

स्वतन्त्र पत्रकार संघ कास्कीले विशिष्ट नारी सम्मान तथा सञ्चार क्षेत्रमा महिला सहभागिता विषयक अन्तरक्रियासहित संघको १० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सञ्चारमा क्रियाशील महिलालाई सक्षम बनाउने, प्रोत्साहन गर्ने र नारी दिवसमा महिला पत्रकार सम्मान कार्यक्रम सञ्चालन गर्दैै आएको संघले सोही शृङ्खला अन्तर्गत महिलाहरूको महान् पर्व तीजको पूर्वसन्ध्यामा तीन जना प्रतिभालाई विशेष सम्मान अर्पण गरेको हो । यसरी सम्मानित हुनेमा पोखरा महानगरका ३३ वडामध्ये एकमात्र वडामा महिला वडाध्यक्ष निर्वाचित हुन सफल पोखरा १७ की राधिकाकुमारी शाही, मोफसलको पत्रकारिताबाट… पुरा पढौ

कांग्रेस नेता गिरीको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

पोखरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेर बहादुर देउवाले कांग्रेस नेता प्रदीप गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । देउवाले शनिबार सामाजिक सञ्जालमार्फत गिरीको निधन भएको खवरले निकै स्तब्ध भएको बताउँदै नेपालले एक सच्चा र असल नेता गुमाएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका बैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खवरले निकै स्तव्ध भएको छु । उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ ।’देउवाले गरीको… पुरा पढौ