समाचार

इथियोपियामा पुनः हिंसा बढेकामा संयुक्त राष्ट्रसङ्घीय महासचिव स्तब्ध

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसले इथियोपियामा पुनः हिंसाको सुरुवात भएकामा आफू स्तब्ध भएको बताएका छन् । उनले भनेका छन् – इथियोपियामा बढेको हिंसाले मलाई निकै दुःखी तुल्याएको छ, म स्तब्ध भएको छु । उनका गिरे, अमराह, ओरोमस, अफ्रासलगाायतका क्षेत्र यसअघि नै निकै लामो समदेखि हिंसाको चपेटामा परेका छन्, यहाँ थप हिंसा भड्किएको छ यसले मलाई स्तब्ध बनाएको छ । उनले यहाँका विद्रोहीहरु र सरकारका बीचमा जतिसक्दो चाँडो शान्ति वार्ताका लागि पनि जोड दिएका छ न्। तर वार्ताका माध्यमबाट समस्याको समाधान… पुरा पढौ

सोमालियामा बालबालिकाको संरक्षणका लागि आग्रह

सोमालियाका बालबालिकाको संरक्षणका लागि आवश्यक सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसङ्घले आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्च आयोगले सो आग्रह गरेको समाचारमा जनाइएको छ । सो आगोगले सोमालियाका बालबालिकाको वर्तमान अवस्था निकै नाजुक रहेकाले तत्कालका लागि कम्तीम पनि ९० लाखभन्दा बढी अमेरिकी डलर उपलब्ध गराउन आग्रह गरेको हो । बुधबार सो संस्थाले संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुका साथै विभिन्न दाता देश तथा संस्थाहरुलाई सो आग्रह गरेको हो । त्यहाँका बालबालिका द्वन्द्वको चपेटामा परेकाले उनीहरुमाथि शोषण भइरहेको, विद्यालय जान पनि नपाएका तथा… पुरा पढौ

बर्दिबास अस्पतालमा आइसियू सेवा सञ्चालन हुने

महोत्तरी । महोत्तरी बर्दिबास–२ स्थित बर्दिबास अस्पतालले आइसियू ९सघन उपचार कक्ष० सेवा सञ्चालन गर्ने भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालले भेन्टिलेटर र आइसियू सञ्चालनका लागि दक्षजनशक्ति उपलब्ध गराउने भएपछि बर्दिबास अस्पतालमा सो सेवा विस्तार गर्न लागेको हो । पछिल्ला दिनमा सर्पदंशका गम्भीर प्रकृतिका बिरामी सघन उपचार सेवा नपाएर अकालमा मृत्युवरण गर्नुपर्ने अवस्था छ । बर्दिबास नगरपालिका र धुलिखेल अस्पतालबीच बर्दिबास अस्पताल सञ्चालनार्थ पाँच बर्षे आयोजनामा सम्झौता समेत भएको छ । ती दुई निकायबीच स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानको विकास र… पुरा पढौ

बढ्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेर रु ९५ हजार आठ सय तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९५ हजार तीन सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९४ हजार आठ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले बढेर रु… पुरा पढौ

नेवार समुदायमा पञ्चदान पर्व मनाइँदै

नेवार समुदायले आज पञ्चदान पर्व मनाउँदै छन् । प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीका दिन यो पर्व मनाइन्छ । नेवार समुदायमा पूजा, खाने वस्तु, पिउने कुरा, औषधि, दैनिक प्रयोजनका चीजबीज गरी पाँच वस्तु भिक्षु जीवन पूरा गरी गृहस्थमा प्रवेश गर्ने शाक्य र बज्राचार्य समुदायका व्यक्तिलाई प्रदान गर्नुलाई पञ्चदान भन्ने गरिएको यस विषयमा खोज अनुसन्धान गरिरहनुभएका अच्युत बज्राचार्य बताउछन् ललितपुर पाटनमा भने यो पर्व श्रावण शुक्ल अष्टमीकै दिनमा मनाइने पनि उनले जानकारी दिए । अन्य सबैतिरका नेवार समुदायले आजै यो पर्व मनाउँछन् ।… पुरा पढौ

विद्युत्को लापरवाहीले बालकले हात गुमाए, क्षतिपूर्ति दिन आनाकानी

गत वैशाख ४ गते परीक्षा सकेर विद्यालयबाट आठ वर्षीय सनम परियार घर फर्कन्छन् । कुश्मा बजारको एक होटलमा सरसफाइको काम गर्ने आमा फूलमाया परियारले त्यस दिन काम सकेर घर फर्कँदा छोरालाई देख्दिनन् । सधैँजसो स्कुलबाट आएर खेल्न गएको होला ठानेर आफ्नो घरयासी काममा लागेकी उहाँलाई केही छिनमा कसैले “तिम्रो छोरोलाई करेन्ट लाग्यो, बेहोस भएको छ”, भनेर फोन गरिदियो । यो खबरले उनी अर्धचेत अवस्थामा पुगिन्। त्यसपछि छोरालाई चार महिना काठमाडौँको अस्पताल भर्ना गरियो । पछि फूलमाया छोरासँगै कुश्मा फर्किएकी छिन्… पुरा पढौ

स्याङ्गजाली सदनद्वारा रक्तदान

पोखरा । स्याङ्गजाली सम्पर्क सदन पोखराद्वारा रक्तदान गरिएको छ । सदनले वार्षिक कार्यक्रम र सामाजिक उत्तरदायित्वका लागी रक्तदान गरिएको महासचिव जिवबहादुर थापाले बताए । कार्यक्रमको शुभारम्भ गर्दै रेडक्रस कास्कीका सभापति डोलराज पाण्डेले रक्तदाताको आत्मस्तरोन्नती र सम्मानको लागी रक्तदान महत्वपूर्ण रहेको बताए । प्रदेश सरकारले निशुल्क रगत व्यवस्थाले रक्तदाताको सम्मा भएको र पोखरामा वार्षिक रुपमा ४०० भन्दा बढी संघसंस्थाद्वारा २६ हजार प्वाइन्ट रगत संकलन हुने गरेको बताए । पहिलो रक्तदाता कार्यक्रम संयोजक जगतबन्धु पोखरेललाई ब्लडव्याग हस्ताण्तरण गरी कार्यक्रम शुभारम्भ गरिएको बताए… पुरा पढौ

भारी वर्षाले सडकको भल गाउँ पस्यो

मलेखु । भारी वर्षासँगै आएको भलले धादिङको नीलकण्ठ नगरपालिका–१२ ज्यामुनेटारमा दुई घर र एक गोठमा क्षति पुगेको छ । जङ्गल र खोल्साबाट सडकमा आइपुगेको भलपानी मानव बस्तीमा पस्दा घर गोठ र खेतीयोग्य जमिनमा क्षति पुगेको हो । भलले सावित्री ढकाल र रामकुमार श्रेष्ठको घरमा क्षति पुगेको छ । चेतनारायन श्रेष्ठको कुखुरा फार्ममा कामै नलाग्ने गरी क्षति भएको नीलकण्ठ–१२ का वडाध्यक्ष धर्मराज भण्डारीले जानकारी दिए । बुधबार साँझको भल घरभित्रै छिरेपछि सावित्री र राजकुमारको परिवार छिमेकीको घरमा बसेका छन् । दुईवटै… पुरा पढौ

वडा कार्यालय भवन बनाउन जग्गादान

महोत्तरी । गौशाला नगरपालिका–१२ लक्ष्मीनियाका राजकुमार महतोले वडा कार्यालय भवन निर्माणका लागि दुई कठ्ठा जग्गा उपलब्ध गराएका छन । सो जग्गाको मूल्य २५ लाख बराबरको भएको जनाइएको छ । गौशाला नगर प्रमुख डा दिपेन्द्र महतोले जग्गा प्राप्तिपछि वडा कार्यालयको भवन निर्माणको काम थालिने जानकारी दिए । वडाका सबै बस्तीको पायक पर्नेगरी जग्गा उपलब्ध भएको गौशाला–१२ का वडाध्यक्ष कुशेश्वरसिंह कुशवाहाले जानकारी दिए । यसअघि लक्ष्मीनियाकै इमलीबजारमा स्वास्थ्यचौकी भवनका लागि स्थानीयवासी रामा महतोले तीन कठ्ठा जग्गा दिएका थिए । सो ठाउँमा हाल… पुरा पढौ

रु एक करोड पच्चीस लाख राजश्व सङ्कलन

तनहुँ । व्यास नगरपालिकाले एक महिनाका अवधिमा रु एक करोड पच्चीस लाख बत्तीस हजार एक सय ४४ राजस्व सङ्कलन गरेको छ । गत साउन मसान्तसम्मका अवधिमा आन्तरिक आयबाट उक्त राजस्व सङ्कलन गरेको हो । नगरपालिकाले टोल फ्रि कल सेन्टर, नागरिक सहायता कक्ष, वडा कार्यालयमा यही भदौ १ गतेदेखि सञ्चालन गरिसकेको छ । आर्थिक ऐनले तोकेको दस्तुर बाहेक अन्य फोटोकपी, निवेदन दस्तुर लगायतका सेवा निःशुल्क प्रदान गर्ने निर्णय गरेको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए । सो नगरपालिकाभित्र लिफ्टिङ… पुरा पढौ