समाचार

भारत र जिम्बावेबीचको एकदिवसीय क्रिकेट शृङ्खला आजदेखि

भारत र जिम्बावेबीचको एकदिवसीय क्रिकेट शृङ्खला आजदेखि सुरु हुँदैछ । पहिलो खेल दिउँसो एक बजे बाट हरारेमा सुरु भएको छ । भारत र जिम्बावेबीच तीन खेलको एकदिवसीय शृङ्खला हुनेछ । दोस्रो खेल शनिवार र तेस्रो खेल सोमवार हुनेछ । यसैबीच पाकिस्तान र नेदरल्यान्डबीच आज दोस्रो एकदिवसीय क्रिकेट हुँदैछ ।खेल रोटरडममा दिउँसो पौने ३ बजे सुरु हुनेछ । तीन खेलको शृङ्खलामा पाकिस्तानले १–० को अग्रता बनाएको छ । तेस्रो खेल आइतवार हुनेछ । पुरा पढौ

बसले अटोलाई ठक्कर दिँदा तीन जनाको मृत्यु

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा आज बिहान यात्रुवाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २०१ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो रिक्सालाई पूर्वपश्चिम राजमार्गस्थित चन्द्रपुर नगरपालिका–२ लच्कामा आज बिहान ठक्कर दिँदा अटोमा सवार चारमध्ये तीन जनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा सर्लाही–२ सोल्टीका प्रेम ठाडामगर, ढकबहादुर लुङ्गेली मगर र अटो चालक रवि मगर रहेको… पुरा पढौ

तालिबानद्वारा काबुल मस्जिद आक्रमणको निन्दा

तालिबानले बुधबार अफगानिस्तानको राजधानी काबुलको एक मस्जिदमा भएको आक्रमणको निन्दा गरेको छ । अफगानिस्तानको राजधानी काबुल शहरमा रहेको एक मस्जिनमा भएको बम विस्फोटमा परी कम्तीमा २० जनाको ज्यान गएको छ । बुधबार साँझ प्रार्थनाका क्रममा सो विस्फेटमा परी अरु ४० घाइते भएका काबुलका सुरक्षाकर्मीहरुले जानकारी दिएका छन् । अपराधका दोषीहरूलाई छिट्टै पक्राउ गरी सजाय दिइने इस्लामिक इमिरेट्सका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एक ट्वीटमार्फत बताएका टोलो समाचार समितिले जानकारी दिएको छ । साँझको प्रार्थनाका समयमा सो मस्जिदको परिसरमा सो भएको आक्राणबाट घाइते… पुरा पढौ

पोखरीमा डुवेर २४ जनाको मृत्यु

सप्तरी । सप्तरीमा नयाँ आर्थिक वर्षको पहिलो महिनामै पोखरीमा डुबेर चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पोखरीमा डुबेर गत वर्ष २४ र तीन वर्षको अवधिमा ५७ जनाको मृत्यु भइसकेको छ । राजगढ गाउँपालिकामा गत बुधबार मात्र एक बालकको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भयो । उक्त गाउँपालिका–४ बेल्ही चपेनास्थित सार्वजनिक पोखरीमा सोही ठाउँका वीरेन्द्र मण्डलको छोरा १३ वर्षीय राजा मण्डलको पनि डुबेरै मृत्यु भएको प्रहरीले जनाएको हो । बुधबार मृत्यु भएका बालकको शव परीक्षणका लागि राजविराजस्थित… पुरा पढौ

कोभिड–१९ महामारीको समयमा जापानको आत्महत्या दरमा वृद्धि

कोभिड–१९ महामारीको समयमा जापानमा आत्महत्या दरमा वृद्धि भएको एक अनुसन्धानले देखाएको छ । सन् २०२० मार्च देखि सन् २०२२ जून सम्ममा जापानमा आत्म हत्या गर्नेको सङ्ख्या आठ हजार ८८ पुगेको अनुसन्धाताहरूको एक समूहको रिपोर्टलाई उद्धृत गरी जापानी समाचार संस्था क्योदोले बुधबार जनाएको छ । उक्त समूहले कोभिड महामारीपूर्वको सोही अवधिको तुलनामा यो सङ्ख्या अत्यधिक भएको बताएको छ । अनुसन्धान रिपोर्ट अनुसार आत्महत्या गर्ने अत्यधिक व्यक्ति २०–३० बर्ष उमेरका युवती भएको पाइएको छ । कोभिडका कारण २० बर्षभन्दा मूनिका किशोरीहरू पनि… पुरा पढौ

काठमाडौँको फोहर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदहरुले काठमाडौँमा फोहर थुप्रिँदै गएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद अमृता थापामगरले काठमाडौँमा दैनिक फोहर थुप्रिँदा नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको र जनजीवन कष्टकर बन्दै गएकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । उनले सरकारले काठमाडौँसहित देशभरका सहरमा फोहर व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिँदै फोहरका कारण नेपालका मुख्य सहर कुरुप बन्दै गएकोप्रति सबैले ध्यान दिनुपर्नेमा जोड दिइन् । सांसद कलिना खातुनले फोहर व्यवस्थापन वर्गीकरण गरेर तीनै तहका सरकारले व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिँदै व्यवस्थापन गर्न वडा, नगर, प्रदेश… पुरा पढौ

कमला नदीको तटबन्ध निर्माणले बस्ती सुरक्षित

कमला नदी नियन्त्रणका लागि तटबन्ध निर्माण भएपछि बस्ती सुरक्षित भएको छ । नेपाली पक्षको निरन्तरको दबाब र पहलपश्चात् भारतीय पक्षले कमला नदीस्थित आफ्नो भूमिमा तटबन्ध निर्माण गरेपछि धनुषाको जनकनन्दनी गाउँपालिकास्थि इनरुवा बजार तथा मल्हनियाँ लगायतका बस्ती सुरक्षित भएको हो । नेपाल सरकारले नेपालतर्फको भूमिमा धेरै अघिनै तटबन्ध निर्माण गरे पनि भारतीय पक्षले आफ्नो करिब छ सय मिटर क्षेत्रफलमा तटबन्ध निर्माण नगर्दा बर्सेनि नेपाली बस्ती डुबानमा पर्दैआएको थियो तर यस वर्ष भारतीय पक्षले आफ्नो भूमिमा तटबन्ध निर्माण गरेपछि धनुषाको इनरुवा बजार,… पुरा पढौ

छाडा पशुचौपाया व्यवस्थापन गर्न चुनौतीपूर्ण

धनगढी उपमहानगरपालिका–७ को देवहरिया वनक्षेत्रको बीच भागमा बनाइएको काँडे तारबारको घेराभित्रको गौशालामा झण्डै चार सय छाडा गाई, बाच्छाबाच्छी र गोरु राखिएका छन् । भूइँमा धुलोमाटो र गोबरमलमूत्र रहेको खोरसँगै जोडिएको टिनको छाप्रो मुनि घाँसपात र उचित स्याहार नपाएर मर्ने अवस्थामा ती चौपाया पुगेका जनाइएको छ । धनगढी उपमहानगरपालिका र मारवाडी सेवा समितिले संयुक्त रुपमा सो गौशाला बनाएका हुन् । सो गौशालामा चौपायालाई नियमितरुपमा घाँसपातको व्यवस्थापन गर्न समस्या परेको जनाइएको छ । गौशालाका हेरालु पृथ्वी रानाले पशुचौपायाका लागि चहिने पर्याप्त घाँसपात… पुरा पढौ

समुदायको लगानीमा खोप्रा–खयरलेक पदमार्ग निर्माण

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका स्थानीयवासीको अगुवाइमा समुदायको रु साढे एक करोड बढी लगानीमा खोप्रा–खयरलेक पदमार्ग निर्माण भएको छ । अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गले समेटिएको पाउद्वार–खोप्रा हुँदै खयरलेकसम्मको दुई दिनको पदयात्राको बाटोमा पदमार्ग, चौतारा, खानेपानी र थान पुननिर्माणमा सहयोगदातामार्फत रु एक करोड ६० लाख बढी खर्च भएको खयर भारानी थान तथा क्षेत्र संरक्षण कोषका अभियन्ता राजु पुनले बताउनुभयो । बेलायती सेनाका सेवा निवृत्त लेफ्टिनेन्टसमेत रहेका पुनको अगुवाइमा एक दशकदेखि यो क्षेत्रमा पूर्वाधार निर्माण सुरु भएको थियो । अन्नपूर्ण र बराह शिखर हिमालको… पुरा पढौ

चिकित्सकविहीन मुगुमा प्रतिष्ठानले पठायो विशेषज्ञ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक वर्षदेखि चिकित्सकविहीन मुगुमा विशेषज्ञ डाक्टर पठाएको छ । विशेषज्ञ चिकित्सक अभावका कारण मुगुका सुत्केरीले सास्ती भोग्दै आएका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा मङ्गल रावलका अनुसार डा जीतेन्द्र कँडेलले छोडेपश्चात् प्रतिष्ठानले पठाएका विशेषज्ञ डा. सिद्धार्थ खातीले दुई वर्ष सेवा दिएका थिए । उनले छोडेपछि विशेषज्ञ चिकित्सकविहीन मुगुका बिरामी मारमा परेका थिए । डा रावलले भने, “अस्पताल चिकित्सकविहीन हुँदा त्यहाँका सात सुत्केरीलाई हेलिकप्टरबाट बाहिर पठाउनु प¥यो । यही समस्या समाधानका लागि स्वास्थ्य… पुरा पढौ