समाचार

कम्युनिष्ट शक्तिको सुदृढीकरण आवश्यक छ : नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको अपेक्षाका साथै मुलुकको विकास र समृद्धिका लागि कम्युनिष्ट शक्तिको सुदृढीकरण आवश्यक रहेको बताएका छन् । पार्टीको केन्द्रीय संगठन विभागको आयोजनामा बुधबार केन्द्रीय विभागका प्रमुख र उप–प्रमुखको संयुक्त बैठकमा अध्यक्ष नेपालले जनतासँग जोडिएका समस्या समाधान गर्न सामाजिक न्याय, समानता कायम गर्न कम्युनिष्ट आदर्श वैज्ञानिक रहेको बताउँदै त्यसका नेता जनहितका पक्षमा संवेदनशील हुने गरेको बताए । जनताको मन र विश्वास जित्ने गरी जनसरोकारका क्षेत्रमा क्रियाशील रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उनले वाम… पुरा पढौ

एकीकृत समाजवादीले आज पार्टी पुनर्गठन दिवस मनाउँदै

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले आज (बिहीबार) पार्टी पुनर्गठन दिवस मनाउँदैछ । नेकपा (एस) का प्रवक्ता जगन्नाथ खतिवडाले बुधबार पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगबाट पार्टी दर्ता प्रमाणपत्र प्राप्त भएको भदौ ९ गते पार्टी पुनर्गठनको दिवसको रुपमा मनाउन लागिएको जानकारी दिए। गत वर्ष भदौ २ नेकपा (एमाले) बाट विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा समाजवादीले आयोगमा दल दताको निवेदन पेश गरेको थियो। खतिवडाले भने, ‘पहिलो परिणाम प्रतिगमनकारी क्रियाकलाप गर्ने नेकपा (एमाले) को नेतृत्व झुण्डलाई सत्ताबाट तल झारेका छौं । देशभरीका… पुरा पढौ

केसी पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी अध्यक्षमा दोहोरिए

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीको अध्यक्षमा योगेन्द्र केसी निर्वाचित भएका छन् । समितिको बुधबार सम्पन्न अधिवेशनबाट केसी समितिको अध्यक्षमा पुनः दोहोरिएका हुन् । अध्यक्षका लागि केसीले ७ सय ६२ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिद्धन्द्धी ऐनकुमार साईले २९० र धर्मराज अर्यालले ५६ मत ल्याए । साई र अर्याल दुबैलाई केसीले भारी मतले जित निकालेका हुन् । प्रालिमा १३२७ मत छ । समितिमा आबद्ध बस व्यवसायीहरु केही वर्षअघि कम्पनीमा गएका हुन् । सञ्चालक समिति सदस्यहरुमा जयप्रसाद शर्मा (६२९), बाबुराम… पुरा पढौ

क्रोएसिया पठाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

क्रोएसिया पठाइदिने भन्दै ठगी गर्ने एकजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले मोरङ विराटनगर महानगरपालिका–१६ घर भई हाल काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने २६ वर्षीय उत्सव दाहाललाई बुधबार पक्राउ गरेको हो । पक्राउ परेका दाहालले वैदेशिक रोजगारीका लागि क्रोएसियाको कृषि फर्ममा मासिक एक लाखसम्म तलब हुने भन्दै पीडितसँग ६ लाख २४ हजार लिएर ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर… पुरा पढौ

निहारिकाको बच्चा र श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश

उच्च अदालत जनकपुरले महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपुतको बच्चा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको छ । न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । निहारिकाले लामो समयदेखि आफ्नो छोराको अधिकारका लागि डीएनए परीक्षण माग गर्दै आएकी थिइन् । जिल्ला अदालत धनुषाले आरोपित शिवराजलाई निर्दोष ठहर गर्दै सफाई दिएपछि निहारिकाले उच्च अदालतमा पुनरावेदन गरेकी थिइन् । गत माघ २४ गते जिल्ला अदालतको न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासले शिवराजलाई सफाई दिएको थियो ।… पुरा पढौ

गण्डकी प्रदेशसभाको पहिलो कार्यकाल पूरा

गण्डकी प्रदेशसभाको पहिलो कार्यकाल पूरा भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चालू बर्खे अधिवेशन अन्त्य गरेसँगै कार्यकाल सकिएको हो । मंगलबार मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई आग्रह गरेको थियो । सोहीबमोजिम २०७४ माघ ४ गतेदेखि सुरु संसदको प्रदेश प्रमुख गुरुङले बुधबार राति १२ बजेदेखि लागु हुने गरी अधिवेशन अन्त्य गरेका हुन् । २०७४ मंसिर १० मा सम्पन्न निर्वाचनबाट निर्वाचित प्रदेशसभाका सांसदहरुको पहिलो अवधि पनि योसँगै पूरा भएको छ । पुरा पढौ

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए । पुरा पढौ

तीजको दर खाएका सय जनाभन्दा बढी बिरामी

गोरखामा तीजको दर खाएका एउटै गाउँका एक सयभन्दा बढी व्यक्ति बिरामी परेका छन् । गोरखा नगरपालिका–७ मान्द्रेढुङ्गाका महिला तथा पुरुष तीजको भोज खाएपछि बिरामी परेका हुन् । वडाध्यक्ष विष्णु श्रेष्ठका अनुसार भोज खाएका अघिकांश बिरामी परेका छन् । ‘कृष्ण जन्माष्टमीका दिन स्थानीय महिला तथा पुरुष मिलेर तीजको दर खाएका थिए । सोही साँझदेखि नै भोज खाएका सबै बिरामी परेका हुन,’ उनले भने, ‘बिरामी परेको थाहा पाएपछि स्वास्थ्यकर्मी लगेर उपचार सुरु गरिएको छ ।’ स्वास्थ्यकर्मीको टोलीले ४० जनाभन्दा बढीको स्वास्थ्य जाँच… पुरा पढौ

टेलिकमद्वारा वालिङमा ‘एफटीटीएच’ सेवा थालनी

नेपाल टेलिकमले ‘एफटीटीएच’ (फाइबर टु द होम) सेवा शुरु गरेको छ । नेपाल टेलिकम वालिङ शाखाले गत साउन २० गतेदेखि ‘एफटीटीएच’ सेवा शुरू गरेको हो । नगरपालिकाभित्र ग्राहकलाई वितरण भएका तामाका तारहरूलाई विस्थापित गरी एउटै फाइबरबाट फोन, नेट र टिभी चलाउन सकिने सुविधासहितको सेवा शुरू गरिएको शाखाका प्रमुख नारायण कपालीले बताएका छन् । ‘तामाका तारमार्फत पहिल्यै वितरण गरिएका टेलिफोनलाई पहिलो चरणमा ‘एफटीटीएच’ प्रविधिमा परिवर्तन गरेका छौँ,’ उनले भने, ‘जडानमा रहेका पुराना टेलिफोनलाई उक्त प्रविधिमा रूपान्तरण सकेपछिमात्रै दोस्रो चरणमा नयाँ लाइनहरू… पुरा पढौ

लमजुङका बाढीपहिरो पीडितलाई दशैंमा नयाँ घर

यहाँका बाढीपहिरो पीडितले आगामी दशैंमा नयाँ घर पाउने भएका छन् । जिल्लाको मस्र्याङ्दी गाउँपालिका–३ अर्खलेगाउँका पहिरोपीडितका लागि निजी आवास निर्माण कार्य आगामी दशंै अगावै सम्पन्न हुने भएकाले दशंैबाट नयाँ घरमा बस्न पाउने भएका हुन् । दुई वर्ष अघिदेखि विस्थापित यहाँका १८ घरपरिवार हालसम्म कोही आफन्तको सहारा र कोही त्रिपाल एवं जस्तापातामुनि कष्टकर जीवन बिताउँदै आएका छन् । गाउँपालिकाका अनुसार अर्खलेबेँसी र पारि मस्र्याङ्दी गाउँपालिका– ६ को लाम्पाटाबगरमा घर निर्माण भइरहेको छ । गाउँका १८ घरलाई स्थानान्तरणका लागि घर निर्माण भइरहेको… पुरा पढौ