समाचार

भारत र अफगानिस्तानमा भारी वर्षा, अठचालीस जनाको मृत्यु

भारतमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको छ । पहाडी राज्यहरू हिमाचल र उत्तराखण्ड, पूर्वी राज्य उडिसा, झारखण्ड र भारत–नियन्त्रित काश्मीरमा बाढी र पहिरोमा परी उनीहरूको मृत्यु भएको हो । हिमाचल प्रदेशमा मृतकको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । त्यहाँ छ जना अझै बेपत्ता छन् । त्यसैगरी घर भत्किँदा र पहिरोको छुट्टाछुट्टै घटनामा १२ जना घाइते भएका छन् । पहिरोको एउटा घटनामा एकै परिवारका आठ जनाको मृत्यु भएको छ । बाढीपहिरो प्रभाावित राज्यका पुल, सडक र राजमार्ग… पुरा पढौ

बागमती प्रदेशमा कृषिमा ७० करोडको बीउ पुँजी

बागमती । बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि उत्पादन, प्रशोधन र बजारीकरणका लागि रु ७० करोडको बीउ पुँजी विनियोजन गरेको छ । रु १० लाखदेखि एक करोडसम्मको बीउ पुँजी उपलब्ध गराउने गरी बजेट विनियोजन गरिएको हो । परियोजनाको लागतका आधारमा लागतको बढीमा २० प्रतिशतसम्म बीउ पुँजी दिन लागिएको छ । मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेका अनुसार यसै महिनादेखि काम अघि बढाइँदैछ । किस्ताबन्दीमा रकम फिर्ता गर्नेगरी बीउ पुँजी दिन लागिएको हो । यसका लागि अतिरिक्त शुल्क र व्याज… पुरा पढौ

श्रमदान गरेर दुई किलोमिटर सडक मर्मत

गलेश्वर । म्याग्दीको मालिका गाउँपालिका–४ च्युरिबोटका युवाको सामूहिक पहलमा जनश्रमदानद्धारा च्युरिबोट गाउँमा शनिबार दुई किलोमिटर बाटो मर्मत गरिएको छ । च्युरिबोटस्थित परिवर्तन युवा क्लबको नेतृत्वमा सडक मर्मत गरिएको हो । वडाको सल्लेनदेखि च्युरीबोट गाउँ नजिकै पधेँरा खोल्सासम्म सडक मर्मत गरिएको क्लबका सचिव मदन पुनले जानकारी दिए । अविरल वर्षात्सँगै आएको पहिराले गाउँपालिकाको केन्द्र दरबाङदेखि वडा कार्यालय जोड्ने सडक भत्काएपछि यातायात अवरुद्ध भएको थियो । उनका अनुसार क्लबको नेतृत्वमा शनिबार करिब दुई किलोमिटर सडक मर्मत गरिएको छ । क्लबमा आवद्ध युवासहित… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन

पोखरा । आगामी असोज २८ देखि कार्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको सचिवालयको पोखरामा आज उद्घाटन गरिएको छ । पोखरा रंगशालामा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले संयुक्तरुपमा रिवन काटेर सचिवालयको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि संघीय सरकारले आवश्यक बजेट निकासा गरिसकेको जानकारी दिए । उनले प्रतियोगिता सम्पन्न गर्न तीनै तहको सरकारको साझा दायित्व… पुरा पढौ

समता काव्य सन्ध्यामा “फर्गेट एस्र्टे”

पोखरा । पोखरेली युवा साँस्कृतिक परिवारले कविताको अघोषित पाठशालाका रुपमा सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३५० औं शृङ्खला सम्पन्न भएको छ । काव्य सन्ध्यामा कवि मीना श्रेष्ठको कविता कृति फर्गेट एस्टर्डेको परिचर्चा गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि नेपाली लेखक संघका केन्द«ीय अध्यक्ष तीर्थ श्रेष्ठ रहेका थिए । कविता गुन्द्रीको तान जस्तो कसिलो हुनुपर्ने श्रेष्ठले बताए । शब्दहरु धेरै छिरल्लीए भने कविता कविता बन्न सक्दैन । कवि मीना कविताको गुन्द्री बुन्न सफल भएको बताए । कवि मीना श्रेष्ठले आँफु… पुरा पढौ

राष्ट्रिय खेलकुदका लागि छनोट सुरु

म्याग्दी । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुन लागेको नवाँै राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्न थालिएको छ । भदौ १२ गतेसम्म जिल्लास्तरका खेलाडी छनोट गरिसक्ने राष्ट्रिय खेलकुद परिषद्को समय तालिकाअनुसार यहाँ छनोटलाई तीव्र बनाइएको हो । जिल्लामा इच्छुक खेलाडीको नाम दर्ता गरेर छनोट गराउन थालिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । सोह« खेलमा प्रदेशस्तरीय छनोटमा सहभागी गराउने योजनाअनुसार आर्चरी, कवड्डी र तेक्वान्दो खेलका खेलाडी छनोट गरिएको समितिका अध्यक्ष दिनेश केसीले बताए… पुरा पढौ

कास्कीमा साईबर ठगी बढ्दै

पोखरा । पोखरा–१८ आदर्शबस्तीका सुजन भण्डारी (१९) लाई शनिबार राती अंकल चेतनाथ भण्डारीको फेसवुक म्यासेन्जरबाट म्यासेज आयो । म्यासेजमा अंकलले आफू समस्यामा परेको भन्दै २५ हजार रुपैयाँ मागे । सुजनले आफूसँग पैसा नभएको बताए । अंकलले पैसा नभए ईसेवा आईडी र त्यसको पीन दिन भने । आफ्नो साथीसँग पैसा माग्नका लागि ईसेवा आईडी र त्यो पैसा निकाल्नका लागि त्यसको पीन चाहिने भन्दै उनले ईसेवा आईडी र पीन मागेका थिए । नभन्दै भतिज सुजनले अंकललाई ईसेवा आईडी र पीन नम्बर दिए… पुरा पढौ

महिलामैत्री सञ्चार नीतिको खाँचो

पोखरा । सञ्चारक्षेत्रमा महिलाको सहभागिता बढाउन महिलामैत्री सञ्चार नीतिको खाँचो रहेको यहाँका महिला पत्रकारले बताएका छन् । स्वतन्त्र पत्रकार सङ्घ कास्कीले आफ्नो १०औँ वार्षिक साधारणसभाको अवसरमा आयोजना गरेको सञ्चारमा महिला सहभागिता विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागी महिला पत्रकारले नेपाली समाजमा अझै पनि पुरातन सोच हावी भएको र सञ्चारगृह पनि महिलामैत्री हुन नसक्दा काम गर्न असहज भएको बताएका हुन् । नेपाल पत्रकार महासङ्घका केन्द्रिय सदस्य सरिता तिमिल्सिनाले सामाजिक रुपान्तरणका लागि सञ्चार क्षेत्रमा महिलाको गुणात्मक र सङ्ख्यात्मक वृद्धिअपरिहार्य रहेको जनाउँदै सञ्चार गृह महिलामैत्री… पुरा पढौ

कांग्रेस नेता गिरीको शवयात्रा सातदोबाटो हुँदै आर्यघाटसम्म

नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीको पार्थिव शरीर अन्त्येष्टिका लागि पार्टी कार्यालय सानेपाबाट शव यात्रासहित पशुपति लाने तयारी भएको छ । शवयात्रा सानेपा, सातदोवाटो, कोटेश्वर, एयरपोर्ट हँुदै गौशला भएर पशुपति आर्यघाट पुग्ने पार्टी कार्यालयले जनाएको छ । आर्यघाटमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, पार्टीका पदाधिकारी तथा सदस्य, अन्य दलका शीर्ष नेताहरुले श्रद्धाञ्जली दिनुहुने छ । नेपाल प्रहरीको एक टुकुडीले उहाँको सम्मानमा सलामी अर्पण गर्नेछ । प्रतिनिधिसभा सदस्य गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान ११ः३० देखि २ बजेसम्म… पुरा पढौ

मानव अधिकारवादीको सम्झनामा समाजवादी चिन्तक प्रदीप गिरी

काठमाडौँ । समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरी देश, पार्टी र सत्ताको सीमाभन्दा माथि उठेको व्यक्तित्वका रुपमा सम्झनुहुन्छ पूर्व सभामुख एवं मानव अधिकारवादी नेता दमननाथ ढुङ्गाना । प्रखर विचारक र वक्ताका रुपमा स्थापित गिरी देशका सच्चा समाजवादी भएको उनी बताउछन । स्वतन्त्रताबाट नै समाजवादको विकास गर्न सकिन्छ भन्ने सोचबाट प्रतिबद्ध आजीवन योद्धाका रुपमा गिरी स्थापित भएका ढुङ्गानाले सम्झीए । गिरीले नेपाल मानव अधिकार सङ्गठनको संस्थापक महासचिवका रुपमासमेत काम गरेका थिए । पञ्चायतकालमा मानव अधिकारको धेरै उल्लङ्घन हुन थालेपछि… पुरा पढौ