समाचार

प्रशिक्षक बिना नै शुरु भयो गण्डकीमा नवौं खेलकुदको खेलाडी छनौट र प्रशिक्षण

कास्की । गण्डकी प्रदेशले प्रशिक्षक बिना नै खेलाडी छनौट र प्रशिक्षण शुरु गरेको छ । गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलाडी छनौट र प्रशिक्षण प्रशिक्षक बिना नै शुरु गरेको हो । राजधानी पोखरासहित गण्डकी प्रदेशको एघारै जिल्लामा हुने नवौं खेलकुदमा हुने ३६ खेलमध्ये मुश्किलले ५÷६ वटा खेलको मात्रै प्रशिक्षक रहेको गण्डकी खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार फुटबल, भलिबल, क्रिकेट, आर्चरी, पौडी, बक्सिङ, तेक्वान्दो र कुस्तीका मात्रै प्रशिक्षक छन् । प्रशिक्षक अभावका बीच गण्डकी… पुरा पढौ

चुनावी तयारीबारे जसपाको राजनीतिक समितिको बैठक

काठमाडौँ । मङ्सिर ४ गते घोषित प्रदेश तथा सङ्घीय निर्वाचनमा पार्टीको आगामी रणनीति, उम्मेदवार चयन प्रक्रिया, उम्मेदवारको मापदण्डलगायत विषयको तयारीस्वरुप जनता समाजवादी पार्टी जसपा नेपाल छलफलमा जुटेको छ । जसपाको राजधानीमा तीन दिनदेखि जारी राजनीतिक समितिको बैठकमा आगामी निर्वाचनको तयारी, उम्मेदवार चयनको प्रक्रिया, मापदण्ड तथा पार्टीको विभिन्न सङ्गठन संरचना विस्तारलगायत विषयमा छलफल भइरहेको जसपाका राजनीतिक समिति सदस्य डा सुरेन्द्रकुमार यादवले राससलाई जानकारी दिए । बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक तथा साङ्गठनिक प्रस्तावमाथि छलफल भइरहेको छ । निर्वाचनमा… पुरा पढौ

पोखरामा १८३ औं बिश्व फोटोग्राफी दिवश मनाइयो

पोखरा । १८३ औं बिश्व फोटोग्राफी दिवशको उपलक्ष्यमा फोेटोग्राफर संघ गण्डकी र पोखरा फोटोग्राफर संघको आयोजनामा आज प्रभातफेरी सहित मनाइयो । यसै बिच पहिलो कार्यक्रम अन्र्तगत फोटोग्राफर संघ गण्डकी को सम्पर्क कार्यालयको उद्घाटन गरिएको थियो । कार्यालयको उद्घाटन प्मुख अतिथि सुनिल उलकले रिवन काटेर गर्नुभएको थियो । बिहान ८ बजे पोखरा फोटोग्राफर संघको कार्यलय टुडाकोे पाटनबाट शुरु भै मानवअधिकार चोक चिप्लुढुड.गा ,महेन्द्रपुल हुदै चिप्लेढुंगा स्थित दी गार्डेन रेष्टुरेन्टमा गई सभामा परिणत भएको थियो । कार्यक्रममा पोखरा क्षेत्रका फोटोग्राफरहरु तथा फाटोपत्रकार… पुरा पढौ

राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयको ४ कोठे भवन उद्धघाटन

पोखरा । पोखरा महानगरपालिका वडा नं।३२ श्यामघाट ९लामेआहाल० स्थित श्री राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयको नवनिर्मित ४ कोठे भवन उद्घाटन गरिएको छ । बिहीबार एक कार्यक्रमका बिच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सो भवन उद्घघाटन गरेका हुन् । भवनको उद्घघाटन गर्दै प्रमुख आचार्यले अनुशासन, असल आचरण र नैतिक शिक्षामा आधारित संस्कृत शिक्षाको थप विकास र सुदृढीकरण आवश्यक रहेको बताए। आधुनिकताको विकाससँगै व्यक्तिमा आत्मानुसासन प्रवद्र्धनमा संस्कृत भाषा तथा गुरुकुल विद्यालयहरूको योगदान महत्त्वपूर्ण रहेको प्रमुख आचार्यले बताए । नवनिर्मित भवनले सहज सिकाइका लागि… पुरा पढौ

कारागारभित्र फैलियो कोरोना

बैतडी । जिल्ला कारागारभित्र कोरोना सङ्क्रमण फैलिएको छ । कारागार प्रमुख धारा भण्डारीका अनुसार कारागारभित्र रहेका १६ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कैदीबन्दीमा ज्वरो, रुघाखोकी लागेर कोरोनाजस्तै लक्षण देखिएपछि गरिएको परीक्षणमा १६ जनामा सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए । पिसिआरमार्फत चार र एन्टिजेनमार्फत १२ जना गरी १६ जनामा सङ्क्रमण देखिएको हो ।सङ्क्रमण पुष्टि भएका कैदीबन्दीलाई कारागारभित्र छुट्टै राख्न समस्या समस्या भएको छ । कारागारभित्र कोरोना सङ्क्रमण फैलिएपछि कैदीलाई भेटघाट गर्ने कार्यमा रोक लगाइएको छ । सङ्क्रमणको थप… पुरा पढौ

पोखरा –१५ मा बृहत् सरसफाइ अभियान, ४ ट्रक फोहोर संकलन

पोखरा । पोखरा महानगरपालिका वडा नं –१५ ले वडास्तरीय बृहत् सरसफाइ कार्यक्रमको आयोजना गरेको छ । शुक्रवार बिहान साढे सात बजेदेखि पोखरा –१५ स्थित फूलबारी होटेलको १ नम्बर र २ नम्बर गेटबाट संयुक्त रूपमा सरसफाइ कार्यक्रमको आयोजना गरिएको हो । सरसफाइ कार्यक्रममा बोल्दै वडाध्यक्ष तोरण बहादुर बानियाँले ’हाम्रो वडा राम्रो वडा’ बनाउने अभियान अन्तर्गत हिजो घोषणापत्रमा प्रतिबद्धता गरिएअनुरूप वडामा सरसफाइ कार्यक्रमको सुरुवात गरिएको बताए। उनले यस अभियानलाई मासिक रूपमा निरन्तरता दिइने र चाडबाड लागेसँगै अब वडाको सरसफाइमा जुट्नु पर्छ भनेर… पुरा पढौ

प्रसूति तथा स्त्रीरोग अस्पताल विशिष्टीकृत स्वास्थ्य संस्था हो : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल महिला तथा स्त्रीरोगसम्बन्धी देशको विशिष्टीकृत स्वास्थ्य संस्थाको रुपमा स्थापित भएको बताएकी छन । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६३ औँ वार्षिकोत्सव कार्यक्रम तथा बृहत् स्तनपान व्यवस्थापन केन्द्रको उद्घाटन कार्यक्रममा उनले अस्पतालले ६३ वर्षदेखि महिला तथा नवजात शिशुलाई निरन्तररुपमा सेवा प्रदान गरेर मातृ मृत्यु दर र शिशु मृत्यु दर घटाउन महत्वपूर्ण योगदान पु¥याएको बताएकी छन । राष्ट्रपति भण्डारीले अस्पतालले प्रसूति तथा स्त्री रोगका साथै नवजाज शिशुसम्बन्धी सरल र कम खर्चिलो, सुविधायुक्त… पुरा पढौ

भदौमा हुरहुरे बतास

महोत्तरी । भदौको प्रारम्भ नै चैत÷वैशाखको जस्तो हुरहुरे बतास चल्न थालेपछि मैथिल बुढापाका पिरोलिन थालेका छन् । गत आइतबारदेखि जिल्लासहितका मधेस प्रदेशमा हुरहुरे बतास चल्दै आएको छ । लगातार साँझ बिहान यस्तो बतास चल्ने र दिउँसभरि प्रचण्ड घाम लागेपछि केही दिनभित्रै जमिन रुखिएर तात्नेक्रम बढेको छ । साउन नियाल्दो र भदौको प्रारम्भमै मौसममा देखिएको यो लक्षणले बुढापाका चिन्तित भएका हुन् । रामनन्दनको जस्तै बर्दिबास–९ पशुपतिनगरका ८४ वर्षीय नथुनी महतोको पनि धारणा छ । यसपाली असारयता बर्खा लागे जसरी पानी नै… पुरा पढौ

दुर्घटनामा एकको मृत्यु

राँझा । बाँकेको वैजनाथ गाउँपालिका–५ वनकटवास्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मिनी ट्रक, म्याजिक भ्यान र मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा भ्यानका चालक बाँसगढी नगरपालिका–४ बर्दिया निवासी रामबहादुर कुँवरको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए । उनका अनुसार, पश्चिमतर्फ गइरहेको भे१क २१९६ नम्बरको मिनी ट्रक, कोहलपुरतर्फ आउँदै गरेको भे१ज ४४९ नम्बरको भ्यान र भे११प २८०० को मोटरसाइकल ठोक्किएका थिए । दुर्घटनामा परेर नौ यात्रु घाइते भएका छन् ।… पुरा पढौ

किसानको रोजाइँमा सतुवा खेती

भोजपुर । बहुउयोगी मानिने जडीबुटी सतुवा खेती भोजपुरका किसानको रोजाइँमा परेको छ । शक्तिबद्र्धक जडीबुटी मानिने सतुवा खेतीप्रति यहाँका किसान आकर्षित बनेका हुन् । सतुवाको खेतीमा यहाँका तीन सय बढी किसान आबद्ध छन् । पछिल्लो मूल्यमा केही गिरावट आए पनि किसानमा यसको खेतीप्रतिको आकर्षण उस्तै रहेको छ । एक हजार चार सय मिटर उचाइभन्दा माथि पाइने यो जडीबुटी धेरै रोगको लागि उपयोगी मानिन्छ । सतुवा यार्सागुम्बाजस्तै शक्तिबद्र्धक हुने व्यवसायीले बताउने गरेका छन् । केही वर्ष अगाडिसम्म प्रतिकेजी रु १८ देखि… पुरा पढौ