समाचार

लागुऔषध कारोबारीको जालो तोड्दै धनुषा प्रहरी

जनकपुरधाम । भारतीय बजार जयनगरबाट लागुऔषध लिएर आउँदै गर्दा बिहीबार साँझ प्रहरीले धनुषाको नगराइन नगरपालिका–३ का २० वर्षीय पङ्कज साहलाई जनकपुरधाम उपमहानगरपालिका–७ स्थित जिरोमाइलबाट पक्राउ ग¥यो । धनुषा जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले जाँच गर्ने क्रममा लागुऔषध राइजोसे डीएसआर क्याप्सुल दुई सय ९२ पता, प्यानटोज डीएसआर क्याप्सुल ५९ पता, लिभ सेट ४७ पत्ता र सेटरिजिनरे हाइड्रोक्लोराइड ११ पतासहित साहलाई पक्राउ गरेको हो । यसको अघिल्लो दिन प्रहरीको टोलीले १० किलो दुई सय ५० ग्राम गाँजासहित नगराइन नगरपालिका–२ जटहीका ४५… पुरा पढौ

वात्सल्य आई.भी.एफ.ले देशका प्रमुख ३ शहरहरुमा स्वास्थ्य शिविर गर्दै,पोखरामा भोलि

पोखरा । वात्सल्य आई.भी.एफ. ले देशका प्रमुख ३ शहरहरुमा स्वास्थ्य शिविर गर्ने भएको छ । वात्सल्य आई भी एफले आफ्नो छैठौं वार्षिकोत्सवका अवसरमा उक्त शिविर आयोजना गरेको हो । शिविर भोलि शनिबार मेघा हेल्थकेयर, सभागगृह चौक, पोखरा गरिने छ भने ११ गते शनिबार निशा एड्भान्स अल्ट्रासाउण्ड एण्ड डाइग्नोष्टिक क्लिनिक, विर्तामोड, झापामा तथा १८ गते शनिबार वात्सल्य हेल्थकेयर, नेपालगंज शाखा, बि.टि.एस.चौक, नेपालगंज, नर्सिंग होम अगाडि आयोजना गरिएको उक्त संस्थाले जनाएको छ । साथै संस्थाका अनुसार शिविर बिहान १० बजे देखि सुरु… पुरा पढौ

चीनमा बाढीबाट सत्रको मृत्यु, सत्र बेपत्ता

सिनिङ । चीनको उत्तरपश्चिमी चिङ्हाई प्रान्तमा आएको बाढीमा परेर कम्तीमा पनि १७ जना स्थानीयको ज्यान गएको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार यहाँका बिहीबार साँझको सो बाढीबाट अरु १७ जना हराइरहेका छन् । ती हराएका व्यक्तिको खोजी भइरहेको बताइएको भए पनि उनीहरु भेटिने सम्भावना कम रहेको उद्धारकर्मीहरुले जनाएका छन् । स्थानीय समयानुसार बुधबार राती १०।२५ देखि सुरु भएको भिषण बर्षाका कारण ठूलो बाढी आएको र धनजनको क्षति भएको जनाइएको छ । धेरै माटो बोकेर आएको बाढीले नदिको वहाव परिवर्तन गरेकाले… पुरा पढौ

फोहर व्यवस्थापनमा हातेमालो

काठमाडौँ । मानवीय सेवाका विविध गतिविधिमा जुटिरहने रेडक्रसका स्वयंसेवकले काठमाडौँ महानगरपालिकाको फोहर व्यवस्थापनमा पनि हातेमालो गर्न थालेका छन् । यसक्रममा उनीहरुले आज बिहानदेखि कामपाका मुख्य सडक तथा चोकमा छरपष्ट भएका फोहरलाई प्लास्टिकको थैलोमा राख्ने र कामपाकै गाडीमा राखेर पठाउने कामको अभियान सुरुआत गरेका हुन् । सो अभियानमा नेरेसो काठमाडौँ जिल्ला शाखामा आबद्ध ५० स्वयंसेवक खटिएका छन् । उनीहरुले दैनिक बिहान दुई घण्टा फोहर व्यवस्थापन गर्ने जनाइएको छ । शाखाका नवनिर्वाचित सभापति श्यामकाजी डोटेलले सफाइ कार्यक्रम १० दिनसम्म जारी रहने जानकारी… पुरा पढौ

घट्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार पाँच सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९५ हजार नौ सयमा कारोबार भएको पहेँलो धातुको मूल्य प्रतितोला रु चार सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार चार सय थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले घटेर रु एक… पुरा पढौ

तनहुँमा आगलागी हुदा रु तीन लाखको क्षति

तनहुँ । तनहुँको व्यास नगरपालिका–२ भोर्लेटार चोकस्थित अम्बिका पन्थका घरमा गए राति आगलागी हुँदा करिब रु तीन लाख मूल्य बराबरको सामान जलेर नष्ट भएको छ । विद्युत् सर्ट हुन गई आगलागी हुँदा पसलमा रहेका तरकारी र फर्निचरलगायतका सामग्री जलेर नष्ट भएको हो । व्यास नगरपालिकाको दमकलसहित नेपाल प्रहरी, स्थानीयवासीको सक्रिय सहभागितामा आगोलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । रातका समयमा आगलागी भए पनि जनशक्ति समयमा जुट्दा अन्य क्षति हुनबाट जोगिएको उनले बताए… पुरा पढौ

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज (शुक्रबार) बस्दैछ । बिहीबार बस्ने भनिए पनि पटक–पटक सर्दै स्थगित आएको बैठक आज बस्न लागेको हो । बैठकबाट पदाधिकारीलाई अन्तिम रूप दिने माओवादीले जनाएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी प्रस्ताव गर्ने बताइएको छ । आज पार्टीको अपूर्ण कमिटीहरुलाई पूर्णता दिने भएको छ । यसका लागि करिब–करिब पार्टीमा सहमति भइसकेको माओवादी केन्द्रले जनाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटव्यूरो र स्थायी कमिटीमा… पुरा पढौ

आजबाट वाइसीएलको राष्ट्रिय भेला, ६०० प्रतिनिधि सहभागी हुँदै

आजबाट वाइसीएलको राष्ट्रिय भेला, ६०० प्रतिनिधि सहभागी हुँदै नेकपा (माओवादी केन्द्र)को सहायक युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालको दोस्रो राष्ट्रिय भेला आज (शुक्रबार) बाट सुरु हुँदैछ। ‘आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौँ, सुदृढ संगठन विस्तारका लागि दोस्रो राष्ट्रिय भेला सफल पारौँ’ भन्ने मूल नाराका साथ आजदेखि भेला सुरु हुन लागेको हो। भेलाको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने कार्यक्रम रहेको वाइसीएलका संयोजक सुमन देवकोटाले जानकारी दिएका छन्। भेलामा सहभागी हुन जिल्ला र प्रदेशबाट प्रतिनिधि काठमाडौं… पुरा पढौ

गण्डकी प्रदेशमा आज भारी वर्षाको संभावना

गण्डकी प्रदेशमा आज (शुक्रबार) भारी वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज गण्डकी प्रदेश लगायत देशका चार प्रदेशमा भारी वर्षाको संभावना छ। गण्डकीलगायत बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हिँजो (बिहीबार) बेलुकीदेखि लगातार हालसम्म मेघ गर्जन–चट्याङ सहित हल्का वर्षा भइरहेको छ। गत १२ घण्टामा प्रदेशको कास्कीस्थित लुम्ले, जुम्लेटी, म्याग्दीको दरबाङ र घोरेपानी, गोरखाको बारपाक, लमजुङको कुन्छा र राइनास टार तथा मनाङमा… पुरा पढौ

मुग्लिन–पोखरा सडक: तनहुँमा मुआब्जा वितरण शुरु

मुग्लिन–पोखरा सडक विस्तारका क्रममा तनहुँको पश्चिम खण्डमा मुआब्जा वितरण शुरु गरिएको छ । सडक विस्तार योजनाअन्तर्गत पश्चिम खण्डको म्याग्दे गाउँपालिकाको जामुनेदेखि शुक्लागण्डकी नगरपालिकाका कोत्रेसम्मका संरचना हटाउनका लागि मुआब्जा वितरण शुरु गरिएको हो । उक्त खण्डका एक सय ३८ संरचना हटाउनुपर्नेमा ४२ घरका लागि रु ४० लाख मुआब्जा रकम वितरण गरिएको सडक योजना (पश्चिम खण्ड) का प्रमुख अमित श्रेष्ठले जानकारी दिएका छन् । एक सय ३८ संरचना हटाउनका लागि रु दुई करोड ४५ लाख ३९ हजार छ सय ३३ मुआब्जा वितरण… पुरा पढौ