समाचार

राप्ती नदीमा विद्यार्थी बोकेको डुङ्गा दुर्घटना

घोराही । दाङको राप्ती नदीमा विद्यार्थी बोकेको डुङ्गा दुर्घटना भएको छ । विद्यार्थी बोकेर नदी पार गर्न लागेको उक्त डुङ्गा दुर्घटना हँुदा २५ विद्यार्थी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेश काफ्लेले दिएको जानकारी अनुसार दुर्घटनामा परेकामध्ये गम्भीर घाइते तीन विद्यार्थीको लमहीमा उपचार जारी छ । क्षमताभन्दा तीन÷चार गुणा बढी विद्यार्थी बोकेका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार आज बिहान ९ बजेतिर लमही नगरपालिका– ९ बाट डुङ्गा चढेर राप्ती नदी पार गरी राजपुर–७ स्थित मावि… पुरा पढौ

रानीवनमा थारुग्राम

घोराही । दङ्गीशरण गाउँपालिका–३ रानीवनमा थारु सांस्कृतिक ग्राम तथा पार्क निर्माण गरिएको छ । बयासी बिघा जमिन रहेकोे रानीवनको उत्तर र पश्चिम क्षेत्रमा उक्त ग्राम तथा पार्क निर्माणले पूर्णता पाउन लागेको छ । थारु समुदायको कला र संस्कृति संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले रानी वनमा करिब दुई करोड लगानीमा उक्त ग्राम तथा पार्क निर्माण थालिएकोे हो । निर्माणको चरणमै रहेको सांस्कृतिक पार्क तथा ग्राममा थारु समुदायको पहिचान झल्किने परम्परागत सामग्री, थारु परिकार, पिकनिक स्पटलगायत सामग्री राखिने राख्ने तयारी भएको छ… पुरा पढौ

बाढीमा सोह्रको मृत्यु, दर्जनौं बेपत्ता

उत्तरपश्चिम चीनमा अविरल वर्षाका कारण गएको पहिरोपछि नदीले बाटो बदलिए आएको बाढीमा परी १६ जनाको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएका सरकारी सञ्चारमाध्यमहरुले बिहीबार जनाएको छ । छिङहाई प्रान्तको दाटोङ काउन्टीको पहाडी क्षेत्रमा आएको बाढीले छवटा गाउँका ६ हजार दुई सय भन्दा बढी मानिसलाई असर गरेको राज्य प्रसारक सीसीटीभीले जनाएको छ । यस बाढीको कारण अगस्त १८ सम्म १६ जनाको ज्यान गएको छ । चीनमा बाढी चरम गर्मीको समयमा आउँछ । जलवायु परिवर्तनका कारण विश्वभर बारम्बार तापक्रम बढ्दै गएको वैज्ञानिकहरूले… पुरा पढौ

राप्ती नदीमा विद्यार्थी बोकेको डुङ्गा दुर्घटना

दाङको राप्ती नदीमा विद्यार्थी बोकेको डुङ्गा दुर्घटना भएको छ । विद्यार्थी बोकेर नदी पार गर्न लागेको उक्त डुङ्गा दुर्घटना हँुदा २५ विद्यार्थी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेश काफ्लेले दिएको जानकारी अनुसार दुर्घटनामा परेकामध्ये गम्भीर घाइते तीन विद्यार्थीको लमहीमा उपचार जारी छ । क्षमताभन्दा तीन÷चार गुणा बढी विद्यार्थी बोकेका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार आज बिहान ९ बजेतिर लमही नगरपालिका– ९ बाट डुङ्गा चढेर राप्ती नदी पार गरी राजपुर–७ स्थित मावि सिक्टामा अध्ययनका… पुरा पढौ

कञ्चनपुरमा चुनावी सरगर्मी बढ्यो

नेपाली कांग्रेस कञ्चनपुरका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखक एक सातायता आफ्नो निर्वाचन क्षेत्रको दोधारा चादँनीमा चुनाव केन्द्रीय अभियानमा सक्रिय छन । अघिल्लो निर्वाचनमा नेकपा एमालेका उम्मेदवार प्रतिनिधिसभा सदस्य डा दीपकप्रकाश भट्टसित झिनो मतान्तरले पराजित भएका नेता लेखक यहाँ लामो समयदेखि निर्वाचन क्षेत्रमा पार्टीका चुनावी गतिविधिमा सहभागी छन । बुधबार नेता लेखकले दोधारा चादँनी नगरपालिकाको वडास्तरमा नेता तथा कार्यकर्तालाई राखेर चुनाव केन्द्रीय अभियानमा हुँदा एमालेका सांसद डा भट्ट, सांसद निरु पाल लगायतका एमाले नेता पार्टी कार्यालय महेन्द्रनगरमा प्रशिक्षणमा व्यक्त थिए… पुरा पढौ

नागरिकता विधेयकमाथि एमालेले राजनीति गर्‍यो : वर्षमान पुन

सत्तासाझेदार नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष एमालेले राजनीति गरिरहेको आरोप लगाए छन् । नेता पुनले केपी ओली नेतृत्वको सरकारले संसदमा प्रस्तुत गरेको विधेयकलाई वर्तमान सरकारले अपनत्व ग्रहण नगरेर फिर्ता लिनु संसदीय प्रक्रिया भित्रकै कुरा भएको उल्लेख गर्दै त्यसलाई अन्यथा लिन नमिल्ने तर्क गरे । नागरिकताबाट बञ्चित नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी आएको सो विधेयक संसदबाट पारित गराउन सहयोग गर्न पनि उनले एमालेलाई आग्रह गरे। आज प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै नेता पुनले… पुरा पढौ

इलाममा रोपाईंजात्रा मनाइयो

इलाम । परापूर्वकालदेखि मनाउँदै आइएको रोपाइँ जात्रा आज इलाम बजारमा धुमधामका साथ मनाइएको छ । नेपाल भाषा तथा संस्कृति समाजको आयोजनामा यो पर्व मनाइएको हो । संस्कृतिको रक्षा र नयाँ पुस्तालाई पुराना कुराको जानकारी गराउने उद्देश्यले यो पर्व मनाइएको समाजका अध्यक्ष प्रवीन श्रेष्ठले जानकारी दिए । उनले यस वर्ष बन काइला र वन काइलीसमेत निकालिएको छ । जुन पहिला राज्य प्रमुख राजा रानी आउँदा इलाम बजारमा निकालिने गरिन्थ्यो । अघि अघि हल गोरु र हलीको वेषमा कलाकारबीचमा पञ्चेबाजासहित धान रोपेको… पुरा पढौ

प्रतिनिधिसभा ः नागरिक विधेयकमाथिको छलफल जारी

काठमाडौँ । नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९ माथिको छलफलमा सांसदहरुले पक्ष विपक्षमा आफ्ना धारणा व्यक्त गरेका छन । प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ माथि सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुले आ आफ्ना धारणा व्यक्त गरेका हुन । सन्देशसहित फिर्ता भएको विधेयकलाई जस्ताको तस्तै पारित गर्नुपर्ने र राष्ट्रिय सहमति कायम गरी पारित गर्नुपर्ने उनीहरुको तर्क छ । बैठकमा सांसद प्रदीप ज्ञवालीले विधेयकलाई ‘हेडकाउण्ट’का आधारमा नभइ राष्ट्रिय सहमतिका साथ पारित गर्नुपर्ने बताए ।… पुरा पढौ

बीउ प्रशोधन केन्द्रले उत्पादकलाई सहज

स्याङ्जाको वालिङ नगरपालिका–१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रले बीउ प्रशोधन थालेको छ । प्रशोधन केन्द्र सञ्चालनमा आएसँगै बीउ समूहद्वारा उत्पादित बीउको सफाइ गर्ने, ग्रेडिङ गर्ने, विषादी उपचार गर्ने र प्याकेजिङ गर्न थालिएको हो । गण्डकी प्रदेशभरिका एघार वटै जिल्लामा रहेका विभिन्न ७२ बीउ उत्पादन समूह, सहकारीमध्ये यहाँसम्म ल्याउन सम्भव हुने स्याङ्जासहित आसपासका समूहले उत्पादन गरेको बीउ प्रशोधन गरिने कृषि स्रोत केन्द्रका बाली विकास अधिकृत सुदीप रेग्मीले बताए । बीउबिजन प्रयोगशाला पोखरामा बीउ उत्पादनका लागि सूचीकृत भएका व्यावसायिक उत्पादक समूह… पुरा पढौ

जापानको आत्महत्या दरमा वृद्धि

कोभिड–१९ महामारीको समयमा जापानमा आत्महत्या दरमा वृद्धि भएको एक अनुसन्धानले देखाएको छ । सन् २०२० मार्च देखि सन् २०२२ जून सम्ममा जापानमा आत्म हत्या गर्नेको सङ्ख्या आठ हजार ८८ पुगेको अनुसन्धाताहरूको एक समूहको रिपोर्टलाई उद्धृत गरी जापानी समाचार संस्था क्योदोले बुधबार जनाएको छ । उक्त समूहले कोभिड महामारीपूर्वको सोही अवधिको तुलनामा यो सङ्ख्या अत्यधिक भएको बताएको छ । अनुसन्धान रिपोर्ट अनुसार आत्महत्या गर्ने अत्यधिक व्यक्ति २०–३० बर्ष उमेरका युवती भएको पाइएको छ । कोभिडका कारण २० बर्षभन्दा मूनिका किशोरीहरू पनि… पुरा पढौ