समाचार

भीरकोटमा आर्थिक उपार्जन गर्न पकेट कार्यक्रम

स्याङ्जाको भीरकोट नगरपालिकाले आर्थिक उपार्जनका लागि बङ्गुर, बाख्रा र सुन्तला पकेट कार्यक्रम सुरु गरेको छ । नगरपालिकाका नौवटै वडाका आर्थिक र सामाजिक हिसाबले पछाडि परेकालाई स्वावलम्बी बनाउने लक्ष्यसहित पालिकाले पकेट कार्यक्रम सुरु गरेको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय गण्डकी प्रदेश पोखराबाट विनियोजन भएको रु एक करोड ४० लाख र नगरपालिकाबाट रु ६० लाखको लागत साझेदारीमा चालु आर्थिक वर्ष २०७९÷८० को सुरुआत चरणबाट कार्य थालिएको भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो । पालिकाका नौवटै वडामा वडावासीको माग तथा… पुरा पढौ

घट्यो सुनचाँदीको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार नौ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार दुई सयमा कारोबार भएको उक्त सुनको मूल्य आज प्रतितोला रु तीन सयले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार चार सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार सात सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ ले घटेर रु… पुरा पढौ

प्रतिनिधिसभामा नागरिकता विधेयक प्रस्तुत हुँदै

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनःविचार गरियोस् भन्ने प्रस्ताव आज केहीबेरमा सुरु हुने प्रतिनिधिसभाको बैठकमा प्रस्तुत हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले सो प्रस्ताव प्रस्तुत गर्नुहुने संसद्को आजको कार्यसूची रहेको छ । नागरिकता, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरी प्रमाणीकरणका लागि गत साउन १६ गते राष्ट्रपतिसमक्ष पठाइएको थियो । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम प्रमाणीकरणका लागि… पुरा पढौ

१५ भदौबाट नमुना मतपत्र छपाई

जनकशिक्षा सामग्री केन्द्र लिमिटेडले यही भदौ १५ गतेबाट नमुना र २० गतेबाट सामानुपातिकतर्फको मतपत्र छपाइ गर्ने भएको छ ।मंगलबार दल दर्ता सकिएलगत्तै केन्द्रले मतपत्र छपाई गर्न गृहकार्य सुरू गरेको हो । सुरूमा नमुना मतपत्र छाप्ने र त्यसपछि निर्वाचन आयोगको निर्देशनअनुसार समानुपातिकतर्फको मतपत्र छपाइ सुरू हुनेछ ।आयोगले मतपत्र छपाइ गर्न कागजको टेन्डर पूरा गरिसकेको छ भने केन्द्रले मसी, प्याकिङ गर्न कार्टुन, डोरीलगायतका सामग्री तयारी गरेको छ । पुरा पढौ

माओवादी स्थायी कमिटीको बैठक बस्दै

सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (बिहीबार) पनि बस्दैछ । पदाधिकारी टुंगो लगाउने दबाबमा परेको बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीको टुंगो लगाउने तयारीका लागि बैठक बस्न लागेको हो । माओवादी बैठक बुधबार पनि बसेको थियो । माओवादीको आठौं महाधिवेशन सात महिना अघि भएको थियो । तर, महासचिवमा सहमति नहुँदा पदाधिकारीको टुंगो लाग्न सकेको छैन । पुरा पढौ

नवौँ राष्ट्रिय खेलकुद : खेलस्थलको चाँडै टुङ्गो लाग्ने

गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ । प्रतियोगिता आयोजनाको मुख्य जिम्मेवारी रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट गठित विभिन्न समिति र प्रदेश खेलकुद परिषद् गण्डकीले प्रतियोगिताको तयारीका काम अघि बढाएका हुन् । खेलस्थल छनोट, खेलाडी छनोट तथा प्रशिक्षण काम अहिले भइरहेको हो । राष्ट्रिय खेलकुदको तयारीका लागि राखेपबाट गठन गरिएको खेलस्थल व्यवस्थापन उपसमितिले प्रदेशका जिल्लामा खेलकुद पूर्वाधारको निरीक्षण तथा अवलोकन गरेको छ । प्रतियोगिताका अधिकांश खेल पोखरा र… पुरा पढौ

मुस्ताङमा पहिलो पटक शल्यक्रियामार्फत सुत्केरी गराइयो

गण्डकी प्रदेश अन्तर्गत हिमालपारिको जिल्ला मुस्ताङमा पहिलोपटक शल्यक्रियामार्फत सुत्केरी गराइएको छ । जिल्ला अस्पतालमा बुधबार मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीका २४ वर्षीया अनीता परियारको शल्यक्रियामार्फत सुत्केरी गराइएको हो । परियारले शल्यक्रियामार्फत दुई केजी आठ सय ग्राम तौलको छोराको जन्म दिएकी हुन् । अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. विशाल तिवारीले अस्पताल सञ्चालनको ३८ वर्षपछि पहिलोपटक शल्यक्रियामार्फत सुत्केरी सेवा सुरु भएको जानकारी दिए । उनका अनुसार कुन्दन कर्ण (एमडीजीपी) को नेतृत्वमा डा. तिवारी, राजीव सापकोटा, नर्सद्वय सुनीता श्रीमल र नीता घर्तिमगर र… पुरा पढौ

रुसी हमलामा खार्किभमा ६ जनाको मृत्यु

रुसी हमलामा खार्किभमा कम्तीमा ६ जनाको मृत्यु भएको छ । बुधबार भएको उक्त हमलामा अन्य १६ जना घाइते भएका छन् । युक्रेनका राष्ट्रपतिले भोलोदिमिर जेलेन्स्कीले उक्त हमलालाई घृणित र निन्दनीय बताएका छन् । हमलामा एउटा फ्ल्याटका ब्लक पूर्ण रुपमा ध्वस्त भएको बताए । आक्रमणको कुनै औचित्य नभएको र यसले अतिक्रमणकारीको शक्तिहीनता प्रदर्शन गरेको बताए । आक्रमणको बदला लिने पनि उनले चेतावनी दिएका छन् । ‘हामी माफ गर्दैनौं, हामी बदला लिनेछौं’, राष्ट्रपतिले भने। विस्फोटपछि उत्तरपूर्वी सहरको उक्त फ्ल्याटको ब्लकमा आगो लागेको… पुरा पढौ

काबुलको मस्जिदमा बम विष्फोट, २० जनाको मृत्यु, ४० जना घाइते

अफगानिस्तानको काबुलमा बम विष्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । विष्फोटमा परी ४० जना घाइते भएका छन् । विष्फोटपछि सो इलाका तालिबानको सुरक्षा गार्डले शील गरेको बताइएको छ । घटनाको जिम्मेवारी कसैले लिएका छैनन् । विगत केही महिनादेखि मस्जिदलाई निशाना बनाई हमला भइरहेको समाचार एजेन्सीहरूले बताएका छन् । पुरा पढौ

साफ महिला च्याम्पियनसीपः आठ समिति गठन

अखिल नेपाल फुटबल संघ (एन्फा) को साफ महिला च्याम्पियनसीप मुल आयोजक समितिले थप आठवटा समितिहरु गठन गरेको छ । एन्फाले सेप्टेम्बर ६ देखि १९ तारिखसम्म दशरथ रंगशालामा च्याम्पियनसीप आयोजना गर्दैछ । एन्फाको वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा रहेको मुल आयोजक समितिकोे बैठकले उक्त आठवटा समितिहरु गठन गरेको एन्फाले जनाएको छ । बैठकले ती समितिका संयोजक समेत तोकेको छ । स्वागत तथा आतिथ्य समितिको संयोजकमा मनिष जोशी, स्वास्थ्य समितिमा रमेश व्यन्जनकार, आवास तथा यातायात समितिमा पुरुषोत्तम थापा, टेक्निकल समितिमा कृष्ण थापा,… पुरा पढौ