नेकपा एमाले गण्डकी प्रदेशले सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । भ्रष्टाचार र महँगीले नागरिकको दैनिकी कष्टकर बनेको भन्दै एमालेले एमाले चुप लागेर नबस्ने चेतावनी दिएको हो । एमालेले भ्रष्ट्राचार, महँगी, एमसीसी सम्झौता, एसपीपी, नागरिकता विधेयक, बजेटमा भएको नीतिगत भ्रष्ट्राचार, गण्डकी प्रदेश सरकारको बजेट दुरुपयोग र करका दरमा भएको वृद्धि जस्ता क्रियाकलापका विरुद्ध आन्दोलन गर्ने बताएको छ । मंगलबार विज्ञप्ति जारी गरी मातहतका पार्टी कमिटी र संगठनलाई आन्दोलनमा सहभागी गराउन आह्वान गरेको छ । ‘जनविरोधी सरकारले जनता माथि गरेको यस्तो…
पुरा पढौ