समाचार

वडाको कठिन भुगोलमा वडाबाट जनतालाई पायक पर्ने ठाउँबाट सेवा

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले जनतालाई पायक पर्ने ठाउँबाट सेवा दिन थालेर उदाहरणीय कामको सुरुआत गरेका छन् । कठिन भूगोल, तल्लो र उपल्लो खण्डमा विभाजित गरेर उनले सेवा दिन थालेका हुन् । २ नं वडाको तल्लो भेगका जनतालाई वडामा सेवा लिन जाँदा दिनभरि लाग्छ, जनताको सहजताका लागि यो कार्यको सुरुआत गरिएको वडाध्यक्ष कार्कीले बताए । साबिकको ज्यामरुककोट गाविस–१ बगरफाँट र ८ र ९ बाहेक अन्य बस्तीका आवश्यक सेवालाई समेत उक्त दिन सदरमुकामबाटै प्रदान गरिने उनको भनाइ… पुरा पढौ

साफ यु–२० च्याम्पियनसीप : नेपाल बाहिरियो

समूह चरणको आफ्नो अन्तिम खेलसँगै नेपाल साफ यु २० च्याम्पियनसीपबाट बाहिरिएको छ । भारतको भुवनेश्वर स्थित कालिंगा रंगशालामा मंगलबार भएको खेलमा बंगलादेशसँग १–१ गोलको बराबरीमा रोकिएपनि माल्दिभ्सलाई हराउँदै भारत फाइनल प्रवेश गरेका कारण नेपाल समूह चरणबाटै बाहिरिएको हो । बराबरी खेलसँगै बंगलादेश फाइनलमा पुगेको छ भने भारतले माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । अब, बंगलादेश र भारतले फाइनल खेल्नेछन् । पुरा पढौ

बाढीपहिरोका कारण नासिँदैछ रुप्से झरनाको सौन्दर्य

अन्नपूर्ण चक्रीय पदमार्गको प्राकृतिक रुपमै आकर्षक पर्यटकीयस्थल रुप्से झरनाको सौन्दर्य बर्सेनी आउने बाढीपहिरोको कारण नासिँदै जान थालेको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा पर्ने यो झरना अत्यन्तै आकर्षक र मनमोहक थियो । तर, विसं. २०७७ साउन ५ गते सोमबारको भीषण वर्षापछि आएको बाढीले रुप्सेको सौन्दर्य विगारेपछि त्यसयता झरनाको प्राकृतिकस्वरुप नासिँने क्रम बढ्दै गएको हो । समुद्री सतहबाट झण्डै एक हजार आठ सय मिटरको उचाईको यो झरना कालीगण्डकीको खोंचले बनाएको संसारकै गहिरो अन्धगल्छीदेखि केही माथि रहेको छ । यस झरनाले… पुरा पढौ

सुनसान छन् बागलुङका घरबास

बर्खा लागेपछि बागलुङका घरबास (होमस्टे) पाहुनाविहीन बनेका छन् । असार/साउनमा बागलुङमा पर्यटकको आगमनसमेत ह्वात्तै घटेको छ भने घरबास सञ्चालकसमेत खेतीपातीको काममा व्यस्त भएका छन् । बागलुङका पर्यटकीय सम्भावना भएका गाउँमा पछिल्लो समय घरबास कार्यक्रम निकै प्रभावकारी छ । बर्खामा पर्यटकको आगमनमा कमी हुनु, ग्रामीण सडक समस्याग्रस्त हुनु र बाढीपहिराका घटनामा वृद्धिका कारण घरबासमा कमैमात्र पर्यटक पुग्न थालेका हुन् । महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण दुई वर्ष थला परेका घरबास कोरोनापछि राम्रै चलेको पाइएको छ । असारपछि भने जिल्लामा राम्रै… पुरा पढौ

बेपत्ता भएको पाकिस्तानी सेनाको हेलिकोप्टर भेटियो, ६ जनाको मृत्यु

बेपत्ता भएको पाकिस्तानी सेनाको हेलिकोप्टर भेटिएको छ । देशको बालुचिस्तान प्रान्तमा सोमबार रातीदेखि हराइरहेको हेलिकोप्टर भेटिएको सरकारी सैन्य अधिकारीहरूले मङ्गलबार जानकारी दिएका हुन् । हेलिकोप्टरमा रहेका ६ जनाको मृत्युको छ । ती मध्ये लेफ्टिनेन्ट जेनरल सर्फाज अलिको पनि मृत्यु भएको सेनाले पुष्टि गरेको छ । मौसमको खराबीका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाप्रति प्रधानमन्त्री शेहबाज शरिफले गहिरो दुःख व्यक्त गरेका छन् । उनले मृतकका आफन्तजनप्रति सहानुभूति पनि व्यक्त गरेका एजेन्सी पुरा पढौ

चीनको चेतावनीबीच ताइवान पुगिन् नेन्सी पेलोसी

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन् । एसिया भ्रमणका क्रममा चीनको चेतावनीबीच पेलोसी ताइवानको राजधानी ताइपेय पुगेकी हुन् । चीनले अमेरिकालाई ‘आगोसँग खेलिरहेको’ चेतावनी दिएको छ । चिनियाँ सेनाले ‘लक्षित सैन्य कारबाही’ सुरु गर्ने वाचा गरेको छ । दशकौँपछि अमेरिकी उच्च अधिकारीले ताइवानको भ्रमण गरेका हुन् । ताइवानको संभावित भ्रमणलाई लिएर चीनले अमेरिकाको विरोध गर्दै आएको थियो । एसिया भ्रमणको क्रममा सभामुख पेलोसीले ताइवान जाने अमेरिकी विदेश मन्त्रालयले केही उल्लेख गरेको थिएन । पेलोसीले बुधबार बिहान ताइवानका… पुरा पढौ

मुग्लिन–नारायणगढ सडक खण्ड पहिरोले फेरि अवरुद्ध

मुग्लिन–नारायणगढ सडकखण्ड पहिरोले फेरि अवरुद्ध भएको छ। करिब २३ घण्टापछि मंगलबार पहिरो पन्छाएर खुलेको सडक त्यसको ४ घण्टा नवित्दै पुनः अवरुद्ध भएको हो। भरतपुर महानगरपालिका २९ नारायणगढ मुग्लिन सडक खण्डको केरावारी (मौरी खोल पुल नजिकै) लगातारको वर्षाको कारण माथिबाट लेदो सहितको पहिरो खसेर बाटो दुबैतर्फ अवरोध भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवं प्रहरी प्रवक्ता नरहरि अधिकारीले एभरेस्ट आवाजलाई जानकारी दिए । राति साढे १० बजेदेखि २ बजेसम्म गाडी चलेपनि फेरि पहिरो खस्दा ठप्प भएको छ । अहिले त्यहाँ पहिरो… पुरा पढौ

साउन मसान्तसम्म कक्षा–११ मा विद्यार्थी भर्ना गर्न बोर्डको निर्देशन

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने समय छोटो राखिएको भन्दै त्यसको म्याद बढाउन विद्यालय र कलेजलाई निर्देशन दिएको छ । बोर्डले एक सूचना जारी गर्दै एसईईको नतिजा साउन–११ मा प्रकाशित भएको र विद्यालय र क्याम्पसहरुले फरक÷फरक भर्ना तालिका राखेर छोटो समयको म्याद राखिएकामा असन्तुष्टि जनाएको हो । बोर्डले छोटो समयको मात्रै भर्ना म्याद राख्दा देशका दुर्गम क्षेत्रका विद्यार्थीहरूले भर्नाका लागि आवेदन दिने अवसरबाट बञ्चित भएको गुनासो आएपछि यस्तो निर्देशन दिएको जनाएको छ। पुरा पढौ

मगर पत्रकार संघ कास्कीको अध्यक्षमा बिनु

नेपाल मगर पत्रकार संघ कास्कीको शाखाको अध्यक्षमा बिनु थापामगर सर्वसम्मत निर्वाचित भएकी छन् । हालै सम्पन्न संघको दोस्रो जिल्ला अधिवेशनले बिनु थापामगरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सुरज थापामगर, सचिवमा प्रविण मगर, सह–सचिवमा बलबहादुर रोकामगर र कोषाध्यक्षमा आशा माया मगर सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै, सदस्यहरुमा सुुजन थापामगर, जुना थापामगर र सिजन थापामगर चयन भएका छन् भने बाँकी पहिलो बैठकले मनोनित गर्ने निर्वाचन मण्डलले जनाएको छ । पुरा पढौ

नगरकोटलाई राष्ट्रिय दोहोरी प्रतियोगिताको उपाधि

पोखरामा सम्पन्न राष्ट्रिय स्तरको दोहोरी गीत प्रतियोगिताको उपाधि नगरकोटले जितेको छ । कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको उपाधि जित्दै नगरकोट दोहोरी साँझ काठमाडौंले नगद ६ लाख पुरस्कार हात पारेको छ । फाइनल प्रतिस्पर्धामा नगरकोटले दरबार दोहोरी साँझ काठमाडौंलाई पराजित गरेको हो । जुनकिरी दोहोरी क्लब र नेम्बो रोधीघर अष्ट्रेलिया तेस्रो भए । दोस्रो भएको दरबार दोहोरी साँझले ४ लाख पुरस्कार पाउँदा तेस्रो बनेका दुवै टिमले प्रतिटिम डेढ/डेढ लाख पाए । प्रतियोगितामा ४८ टिम दर्ता गरेकोमा ४५ टीम सहभागी थिए… पुरा पढौ