समाचार

मुख्यमन्त्रीलाई कोभिड सङ्क्रमण

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । मुख्यमन्त्री राईका प्रेस सल्लाहकार बन्धु पोखरेलका अनुसार मुख्यमन्त्रीसहित उनका परिवारका सदस्यहरू, सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीहरूलगायत १६ जनाको हिजो पिसिआर परीक्षण गर्दा मुख्यमन्त्री राईसहित तीनजनामा कोभिड सङ्क्रमण देखिएको हो । पिसिआर परीक्षण गर्दा मुख्यमन्त्री राईकी पत्नी शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राईसहित तीन जनामा कोभिड पोजेटिभ देखिएको छ । उनीहरु सबै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । कोभिड सङ्क्रमणका कारण मुख्यमन्त्री राईले… पुरा पढौ

एक वर्षमा करिब ३९ हजार पर्यटकले मुस्ताङ घुमे

मुस्ताङ । एक वर्षमा करिब ३९ हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । आर्थिक वर्ष २०७८÷७९ मा ३८ हजार आठ सय ९६ जना विदेशी पर्यटकले मुस्ताङका पर्यटकीयस्थलको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र ९एकयाप०को जोमसोमस्थित इलाका संरक्षण कार्यालयले जनाएको छ । अड्चालिस जना देशका पर्यटक आएकामध्ये सबैभन्दा बढी ३३ हजार ४५७ जना भारतीय रहेका एक्याप जोमसोमका प्रमुख अशोक सुवेदीले बताए। दुई हजार ७४३ जना विदेशी पर्यटक मनाङहुँदै पाँच हजार ३०० मिटर उचाइमा रहेको थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङ आएका हुन् ।… पुरा पढौ

छोराको कुटाईबाट बाबुको मृत्यु

तेह्रथुम । तेह्रथुममा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ । जिल्लाको छथर गाउँपालिका–५ ठकुरी टोलका ५३ वर्षीय भक्तबहादुर भण्डारीको छोराको कुटपिटबाट मृत्यु भएको छ । आज बिहान भण्डारीलाई आफ्नै छोरा २४ वर्षीय टङ्कले धान कुट्ने मुस्ली टाउकामा प्रहार गरेका थिए । घाइते भएका भण्डारीलाई छिमेकी र शुक्रबारे चौकीबाट खटिएको प्रहरी टोलीले उपचारका लागि छथर अस्पताल पु¥याएका थिए । तर भण्डारीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । बाबुलाई मुस्लीले प्रहार गरी फरार रहेका छोराको खोजी कार्य… पुरा पढौ

बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट विशेषज्ञ सेवा

बुर्तिवाङ । बागलुङको पश्चिम क्षेत्र ढोरपाटनमा रहेको बुर्तिवाङ प्राथमिक स्वस्थ्य केन्द्रबाट पहिलो पटक विशेषज्ञ सेवा दिन थालिएको छ । पश्चिम क्षेत्रको निसीखोला, ढोरपाटन र तमानखोला गरी तीन पालिकाका जनतालाई स्वास्थ्य सेवा दिइरहेको प्राथमिक स्वस्थ्य केन्द्रले पहिलो पटक साउन १ गतेदेखि विशेषज्ञ सेवा दिन थालेको छ । स्वास्थ्यकेन्द्रले पछिल्लो पटक दरबन्दी भन्दा बढी जनशक्ति परिचालन गरी स्वस्थ्य सेवा दिँदै आएकोमा अवदेखि विशेषज्ञ सेवासमेत दिन थालेको हो । प्राथमिक स्वस्थ्य केन्द्रमा हालसम्म चारजना मेडिकल अधिकृत कार्यरत रहेकोमा साउन १ गते देखि जनरल… पुरा पढौ

पहिरोले गोरखा–आँबुखैरनी सडकखण्ड अवरुद्ध

गोरखा । लगातारको वर्षाका कारण गएको पहिरोले आज मध्यान्हदेखि गोरखा–आँबुखैरेनी सडक खण्ड अवरुद्ध भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने गोरखा नगरपालिका–१४ स्थित तीनकिलो नजिकै घुम्तीमा माथिबाट सडकमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरिक्षक केदार खनालले जानकारी दिए । पहिरोसँगै ठूलो रुखसमेत खस्ने अवस्थामा रहेकाले पन्छ्याउन जोखिम रहेको खनालले जानकारी दिए । गत वर्ष पनि सोही ठाउँमा पहिरो खस्ने गरेको थियो । पहिरोका कारण गोरखा सदरमुकामबाट छुट्ने र आँबुखैरेनी नाका हुँदै गोरखा सदरमुकाम प्रवेश गर्ने सबै सवारीसाधान… पुरा पढौ

जिल्लाका १० पालिकाका लागि पोषण प्याकेज

तनहुँ । तनहुँका १० पालिकामा रहेका लक्षित वर्गका व्यक्तिलाई प्रदान गर्नका लागि सम्बन्धित पालिकामा पोषण तथा सरसफाइ प्याकेजका सामग्री पठाइएको छ । स्वास्थ्य कार्यालय तनहुँले जिल्लामा रहेका एक हजार चार सय १३ जनालाई पोषण तथा सरसफाइ प्याकेज वितरण गर्न सम्बन्धित पालिकालाई हस्तान्तरण गरेको हो । जिल्लामा ‘क’ वर्गका अपाङ्गगता ८१७ र दलित तथा अपाङ्गगता भएका गर्भवती र सुत्केरी ५९६ जनालाई उक्त प्याकेज वितरणका लागि सबै पालिकामा पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए। गण्डकी प्रदेश सरकारको आव २०७८÷०७९ मा… पुरा पढौ

थप तीन जनाको शव भेटियोः एकै परिवारका पाँच जनाको मृत्यु

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा परी हराइरहेका थप तीन जनाको शव भेटिएको छ । मङ्गलबार बिहान करिब ३ बजे बस्तीमाथिबाट खसेको पहिरोले दुई घर बगाएपछि सम्पर्कविहीन भएका एकै परिवारका तीन जनाको शव पुरिएको अवस्थामा भेटिएको वडा सदस्य भक्तबहादुर पुनले जानकारी दिए। खोज तथा उद्धारमा बिहानैदेखि खटिए पनि भीषण बर्षा र निरन्तरको पहिरोले उद्धारमा समस्या भएको थियो । पहिरोमा पुरिएको अवस्थामा बिहान नवीन र रुजन विकको शव निकालिएको थियो भने घामबहादुर विक,राजु विक र रोजी विकको शवसमेत… पुरा पढौ

अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा

सिन्धुपाल्चोक । अविरल वर्षाका कारण सोमबार बिहानबाट अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा आएको छ ।सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ डाक्लाङमा सडक भासिएपछि यातायात अवरुद्ध भएको थियो । अवरुद्ध सडक आज बिहान १०ः३० बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । सडक भासिएपछि यातायात अवरुद्ध हुँदा तातोपानी हुँदै चीनतर्फ जाने–आउने मालवाहक सवारी साधनको आवागमन रोकिएको थियो । अहिले यातायात पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ । सडक विभागसँग समन्वय गरी यातायात सञ्चालन गरिएको सूचना अधिकारी… पुरा पढौ

बढ्यो सुनचाँदीको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९५ हजार ४०० मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु २०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार १०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९४ हजार ९०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २२० तोकिएको महासङ्घले… पुरा पढौ

बागझोरामा आएको बाढीका कारण यातायात सेवा अवरुद्ध

मकवानपुर । अविरल वर्षाका कारण त्रिभुवन राजपथअन्तर्गत हेटौँडा–भैँसे सडकखण्डमा पर्ने बागझोरामा आएको बाढीका कारण सडक यातायात सेवा अवरुद्ध बन्न पुगको छ । बिहानैदेखि आएको बाढीका कारण बागमती प्रदेशको राजधानी हेटौँडादेखि सङ्घीय राजधानी काठमाडौँ आवातजावत गर्ने सवारीसाधन सडकमा लाम लागेर बसेका छन् । बागझोरासँगै भैँसेदेखि भीमफेदीसम्मको सडकखण्डको विभिन्न ठाउँमा गएको पहिरोले यातायात सेवा अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बामदेव गौतमले बताए । उनका अनुसार पहिरो पन्छाउने कार्य भइरहेको र बाढी कम हुने वित्तिकै यातायात सेवा पुनः चालु गराइनेछ ।… पुरा पढौ