समाचार

युआरएल स्याङ्जामा ट्राफिकको सित्तैमा मधुमेह परीक्षण

युआरएल स्याङ्जाले जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जामा कार्यरत ट्राफिक प्रहरीको सित्तैमा मधुमेह परीक्षण गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख मीनबहादुर क्षेत्रीसहित त्यहाँ कार्यरत सबै ट्राफिकको मधुमेह जाँच गरिएको युआरएल स्याङ्जाका ल्याब इन्चार्ज भूपेन्द्र रेग्मीले जानकारी दिएका छन्। युआरएलले पोखरामा सभागृहचोकको केन्द्रीय कार्यालय, बाटुलेचौर, हस्पिटलचोक, चाउथे र शिशुवाबाट सेवा दिइरहेको छ। युआरएलले पोखराबाहिर लमजुङको बेसीसहर, स्याङ्जाका पुतलीबजार र वालिङ, तनहुँका दमौली र दुलेगौंडाबाट सेवा प्रदान गर्दै आएको छ। युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले प्रदेशकै पहिलो र लोकप्रिय ल्याब भएकाले आफूहरु… पुरा पढौ

कालिका विद्यालयको व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन

पोखराको प्रवेशद्वार पोखरा–३२ मजुवास्थित कालिका आधारभुत विद्यालयमा विद्यालय व्यवस्थापन समितिका सदस्य एवं शिक्षक अभिभावक संघ गठन गरेको छ । विद्यालय व्यवस्थापन समितिका सदस्य एवं शिक्षक अभिभावक संघका पदाधिकारी चयन गरेको छ । विद्यालयमा आज (शनिबार) आयोजित अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिका सदस्यमा शान्ता विक, अप्सरा थापा र गीतामाया नेपालीलाई चयन गरिएको छ । त्यस्तै, शिक्षक अभिभावक समितिको अध्यक्षमा मोहनकुमार प्रधान एवं सदस्यहरूमा बीरबहादुर लामा, सोजना थापा, शोभा गुरुङ, मञ्जु विक, गोमा थापा र सावित्री नेपालीलाई चयन गरिएको छ । विद्यालय… पुरा पढौ

पोखरामा साहित्यकार स्व. कुलप्रसाद खनाललाई सम्झियो

पोखरामा शनिबार साहित्यकार, शिक्षासेवी स्व. कुलप्रसाद खनालको सम्झना गरिएको छ। संगम र प्रगतिशील लेखक संघ कास्कीले एक कार्यक्रम गरी खनालको सम्झना गरेका हुन्। गत साउन ४ गते खनालको निधन भएको थियो। पृथ्वीनारायण क्याम्पस पोखरामा नेपाली भाषा विभागको प्रमुख रही नेपाली भाषा र साहित्यमा लामो समयसम्म सेवा गरेका खनाल दम, प्रोस्टेड र उच्च रक्तचापका बिरामी थिए। साहित्य र शिक्षाको क्षेत्रमा धेरै पुरस्कार पाएका खनाल गण्डकी साहित्य संगम पोखराका संस्थापक अध्यक्षसमेत हुन्। खनाल प्रगतिशील लेखक संघ कास्की पूर्व अध्यक्ष एवं केन्द्रीय सदस्यसमेत… पुरा पढौ

आज साउन १५ (खीर खाने दिन), यस्ता छन् खीरका फाइदाहरु

आज साउन १५ अर्थात् खीर खाने दिन। नेपाली समाजमा ‘असार १५ दही चिउरा खानू, साउनको १५ खीर’ खानू भन्ने भनाई छ । नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकाले कृषकहरूले धान रोपेर काम सकेपछि खुसीयाली स्वरूप खीर खाने परम्परा रहँदै आएको मानिन्छ । खीर दूधमा चामल हालेर तयार गरिने खाद्य परिकार हो। यसको नेपाली समाजमा विशेष महत्व छ । हिन्दू धर्मावलम्बीहरुमध्ये धेरैले साउनमा माछा–मासु नखाने भएकाले साउन महिनाभरि खीर खाने गरेपनि साउन १५ लाई विशेष खीर… पुरा पढौ

खेलको माध्यमबाट व्यक्तित्व र नेतृत्व विकास हुन्छःप्रदेश मामिला समिति सभापति शाही

पोखरा । गण्डकी प्रदेश मामिला समितिका सभापति तथा प्रदेश सांसद खिमविक्रम शाहीले खेलले व्यक्तिलाई स्वस्थ्य जीवन मात्रै होईन व्यक्तित्व र नेतृत्व विकासमा पनि महत्वपुर्ण भुमिका खेल्ने बताएका छन् । अञ्जुली तेक्वान्दो दोजाङको पिटी परिक्षा तथा शुभारम्भ कार्यक्रमका क्रममा उनले यस्तो बताएका हुन् । विगतका समयमा यस क्षेत्रमा सरकारले चासो नदिएको भएतापनि अव भने खेल तथा खेलाडीहरुका लागि सरकारले पर्याप्त पुर्वाधार विकासका योजनाहरु बनाएको बताए । युवाहरुलाई नकरात्मक कार्यबाट जोगाउन उत्तम विकल्प नै खेलक्षेत्र भएकोले प्रत्यक अभिभावकहरुले आफ्ना सन्तानहरुलाई त्यसतर्फ उत्प्रेरित… पुरा पढौ

आहा रारा गोल्डकपको आयव्यय सार्वजनिक, झण्डै साढे ३ लाख घाटा

पोखरा । पोखराको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको २० औँ संस्करणमा आयोजकलाई रु तीन लाख ४७ हजार आठ सय घाटा लागेको छ । प्रतियोगिताको आयोजक सहारा क्लब पोखराले आज पत्रकार सम्मेलन आयोजना गरी आयव्यय सार्वजनिक गरेको हो । प्रतियोगितामा विभिन्न प्रायोजन तथा सङ्घसंस्थाबाट कूल आम्दानी रु ६६ लाख ४१ हजार एक सय ८१ भएकामा खर्च रु ६९ लाख ८९ हजार भएको क्लबले जनाएको छ । कोभिड–१९ को सङ्क्रमणका कारण सेमिफाइनल र फाइनल खेलमा बाहेक बिना दर्शक खेलाइएको प्रतियोगितामा रु… पुरा पढौ

पाँच दलीय गठबन्धन निर्वाचनपछिसम्म दिगो रहन्छ : अध्यक्ष नेपाल

डाेटी  । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धन सङ्घीय र प्रदेश निर्वाचनपछिसम्म पनि दिगो रहने बताएका छन् । एकीकृत समाजवादी जिल्ला कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्न आज सदरमुकाम सिलगढी आइपुग्नुभएका अध्यक्ष नेपालले सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धन अहिलेको आवश्यकता भएको उल्लेख गरे। “पछिसम्म पनि गठबन्धन कायम राख्न पाँच दलका शीर्ष नेता सहमत भएका छन्”, उनले भने । फरक प्रसङ्गमा अध्यक्ष नेपालले गठबन्धनकै भर परेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित सिट हासिल… पुरा पढौ

स्वर्गद्वारीमा जीप दुर्घटना, १ को मृत्यु, १५ जना घाइते

प्युठान । प्युठानको स्वर्गद्वारीबाट फर्कदै गरेको जीप दुर्घटना हुँदा एक जनको मृत्यु भएको छ । स्वर्गद्वारी दर्शन गरेर फर्कदै गरेका यात्रु बोकेको लु ३ च ३५३ नम्वरको जीप स्वर्गद्वारी नगरपालिका ४ मा शनिबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा १५ जना घाइते भएका छन् । दुर्घटनामा रुपन्देहीको मायादेवी गाउँपालिका – ३ की गुडिया ठाकुरको मृत्यु भएको प्रहरी निरीक्षक लालबहादुर विकले जानकारी दिए । घाइते १५ जनालाई थप उपचारका लागि बुटवल पठाइएको छ । जीपमा रुपन्देहीको मायादेवी गाउँपालिका… पुरा पढौ

कोरोना संक्रमणका कारण २ जनाको मृत्यु, ५७७ जनामा संक्रमण

काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा २ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार उनीहरुको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो । सोही अवधीमा थप ५७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स् मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार २८२ जनाको परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या हालसम्म नौ लाख ८५ हजार ८०८ पुगेको छ ।… पुरा पढौ

गण्डकी टोष्टमाष्टर्स क्लवमा बसन्त

पोखरा । गण्डकी टोष्टमाष्टर्स क्लवमा बसन्त गौतम चयन भएका छन् । क्लवको उपाध्यक्षमा शिक्षातर्फ श्रीविद्या आर कायस्थ, सदस्य विस्तारतर्फ उपाध्यक्षमा प्रकास रेग्मी, जनसञ्चार उपाध्यक्षमा आदित्यदेव प्रजु, महासचिवमा सुरज गुरुङ्ग, कोषाध्यक्षमा विवेक श्रेष्ठ चयन भएका छन् । सदस्यमा महिमा प्रिति शेरचन तथा निवर्तमान अध्यक्षमा बैभव पौडेल रहेका छन् । नवनिर्वाचित अध्यक्ष गौतमले क्लवले आफुलाई जिम्मेवारी सुम्पिएकोमा धन्यवाद ज्ञापन गर्दै आफ्नों योग्यता दक्षताले भ्याए सम्मको योगदान गर्ने बताए । नवनिर्वाचित कार्यसमितिलाई क्लवका संस्थापक अध्यक्ष प्रकाशदेव पालिखेले सपथ ग्रहण गराउँदै क्लवको गरिमा उँचो… पुरा पढौ