समाचार

पोखराको विकासलाई थप व्यवस्थित गर्ने एमाले उमेद्वार रश्मि आचार्यको योजना

कास्की क्षेत्र नं. २ का नेकपा एमालेका उमेद्वार रश्मि आचार्यले पोखराको व्यवस्थित विकासको टड्कारो आवश्यकता देखिएको बताएका छन् । देशकै ठूलो महानगरमा व्यवस्थित विकासका लागि केही नयाँ नीतिगत व्यवस्थासँगै स्थानीय तहसँगको सहकार्यमा भएको विकासलाई पनि थप व्यवस्थित गराउनुपर्नेमा उनको जोड छ ।फागुन २१ को निर्वाचनका सन्दर्भमा पोखरा महानगरपालिका वडा नं. ७ का मतदाता भेट्घाटका क्रममा उम्मेदवार आचार्यले पोखराको विकासमा देखिएका नीतिगत र कानुनी अल्झनले व्यवस्थित विकासमा कठिनाइ देखिएको भन्दै यसको समाधानमा लाग्ने उल्लेख गरे ।शिक्षा, स्वास्थ, रोजगारी, संरचनाका सौन्र्दयीकरण सहित… पुरा पढौ

चुनावमा तीन दिन सार्वजनिक बिदा, जेनजी परिषद् गठन गरिने,

सरकारले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले तीन दिन बिदा दिने निर्णय गरेको हो ।बैठकले जेनजी परिषद् गठन गर्ने निर्णय गरेको छ । त्यस्तै प्रतिनिधिसभा निर्वाचनका लागि चीन सरकारबाट प्राप्त हुने प्रस्ताविक ४ मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता… पुरा पढौ

काँग्रेसले जिते कास्कीको विकास अभियानले निरन्तरता पाउँछ:मन्त्री थापा

नेपाली काँग्रेसका नेता एवम् गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले कास्कीका नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी गराउन मतदातालाई आग्रह गरेका छन् । उनले कास्की को दिगो विकास, पूर्वाधार विस्तार र युवामैत्री कार्यक्रमलाई तीव्रता दिन नेपाली काँग्रेस नै उपयुक्त शक्ति भएको उल्लेख गरे ।कास्कीबाट प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसबाट प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका तिलक रानाभाट, माधव प्रसाद बास्तोला “मधु”, मनोज गुरुङ र समानुपातिक तर्फका उम्मेदवार आई बहादुर गुरुङका लागि मत माग्दै उनले भने, “कास्कीमा प्रदेश सरकारले शिक्षा, स्वास्थ्य,… पुरा पढौ

वसन्तपुरमा चीर ठड्याएर फागु पर्व सुरु

यो वर्षको फागुपर्वको विधिवत रूपमा सुरुवात भएको छ । काठमाडौँको वसन्तपुरमा मङ्गलबार बिहान ७ बजेर १३ मिनेटको शुभ साइतमा चीर ठड्याइएसँगै यस वर्षको फागुपर्व शुरु भएको हो । हनुमानढोका दरबारको दक्षिण पटाङ्गिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाइको तीन खण्डे गजुर जस्तो देखिने रंगीविरङ्गी होली चीर ठड्याइएको छ। चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो।चीर ठड्याएसँगै राजधानी काठमाडौँलगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ ।पन्ध्रदिने माध्यमिकी परिक्रमाअन्तर्गत महोत्तरीको भङ्गाहा नगरपालिका–७ कञ्चनवनमा होली खेलेसँगै मिथिलाञ्चलमा पनि… पुरा पढौ

तनहुँ १ का उम्मेदवार ढकालको चुनावी अभियान तिब्र,जित्नेमा ढुक्क छु ः ढकाल

आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँ क्षेत्र नं. १ का उम्मेदवार विद्यानाथ ढकालले चुनावी मैदानमा जनताको अथाह माया र विश्वास प्राप्त भइरहेको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट ‘तारा’ चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका ढकालले घरदैलो र चुनावी अभियानका क्रममा देखिएको जनलहरले आफूलाई उत्साहित तुल्याएको बताए । चुनावी अभियानका क्रममा आँबुखैरेनीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले भने, ‘जनताले हामीलाई निकै माया र साथ दिनुभएको छ । त्यो माया र साथ मतमा बदलिनेछ र हामी विजयी बन्नेछौं ।’तनहुँमा तारा… पुरा पढौ

मिथिला मध्यमा परिक्रमाको महोत्तरी यात्रा पूरा,यात्री धनुषा प्रस्थान

मिथिला मध्यमा परिक्रमाका यात्रीले महोत्तरी जिल्लाको यात्रा पूरा गरेका छन् । जिल्लाको भङ्गाहा–९ कञ्चनवनमा आठौँ दिनको रात्रिबास गरेका यात्री आज नवौँ दिन धनुषातिर प्रस्थान गरेका छन् । कञ्चनवन यस यात्रामा होली महोत्सवका लागि प्रसिद्ध छ । कञ्चनवन यो यात्राको आठौँ रात्रिबास हो भने महोत्तरीको पाँचौँ हो । यसअघि यात्राको चौथो दिन महोत्तरी प्रवेश गरेका यात्रीले जिल्लाका मटिहानी, जलेश्वर, मडै र ध्रुवकुण्डमा रात्रिबास गरिसकेका छन् । जनकपुरधामलाई केन्द्र बनाएर जम्मा १३३ किलोमिटरको बृत्तमा गरिने १५ दिने यो परिक्रमामा धनुषामा छ र… पुरा पढौ

गण्डकीको पुरानो संस्कृति ‘कृष्ण लिला’ अब चलचित्रमा

सन्देश श्रेष्ठपोखरा, फागुन ११ लोपोन्मुख बालन नाच अर्थात श्रीकृष्ण लिला अब चलचित्रमा हेर्न पाईने भएको छ । विशेषतः गण्डकी क्षेत्रमा भगवान श्रीकृष्ण जन्मेको अवसरमा मनाईने श्रीकृष्ण जन्माष्टमीमा देखाईने यो नाचलाई केन्द्रीत गरेर पोखरा भजन चुड्का संरक्षण प्रतिष्ठानले नेपाली कथानक चलचित्र बनाएको हो । पोखरामा बालन नाचको संरक्षण, सम्वद्र्दन र प्रवद्र्दन गर्दै बालन नाच प्रदर्शन गर्दै आएको सो प्रष्ठिानले गण्डकीको लोपोन्मुख अवस्थामा पुगेको सो नाचलाई पुर्नजागरण गर्ने उद्देश्यले ‘श्रीकृष्ण’ नाममा चलचित्र निर्माण गरेको संस्थाका अध्यक्ष कृष्णप्रसाद गौतमले जानकारी दिए । चलचित्रका… पुरा पढौ

तनहुँ-१ : वौधिक व्यक्तित्व विद्या ढकालको प्रवेशले हेभिवेट उम्मेदवारहरु दवाबमा

दमौली । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी बढेको छ । राष्ट्रिय राजनीतिमा चर्चित अनुहारहरू चुनावी मैदानमा उत्रिए पनि यसपटक स्थानीय स्तरमा भिजेका, निष्कलङ्क र बौद्धिक व्यक्तित्वको पहिचान बनाएका विद्यानाथ ढकालको चर्चाले नयाँ मोड लिएको छ ।नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट ‘तारा’ चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले, नेपाली कांग्रेसका गोविन्द भट्टराई र एमालेकी भगवती न्यौपानेलाई कडा चुनौती दिइरहेका छन् । रास्वपाका स्वर्णिमको उम्मेदवारीले बढी चर्चा… पुरा पढौ

एमाले शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा छ: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टी शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा रहेको बताएका छन् । दमकमा आज आयोजित कार्यक्रममा उनले नेसनल भोलेण्टियर फोर्स चुनावका लागि मात्रै नभई दीर्घकालीन रूपमा राष्ट्रको सुरक्षाका लागि गठन गरिएको बताए । अध्यक्ष ओलीले आन्दोलनको नाममा विगतमा जस्तो देश जलाउन र प्रहरीको अतियार खोस्न अब कसैले नसक्ने दाबी गरे । नेसनल भोलेण्टियर फोर्स राष्ट्रको पक्षमा समर्पित हुने र प्रहरी प्रशासनलाई सहयोग गर्ने उनको भनाइ छ । अध्यक्ष ओलीले एमाले शान्तिपूर्ण निर्वाचनको पक्षमा दृढ… पुरा पढौ

तनहुँ–१ मा विद्या ढकाल ः हेभिवेट उम्मेदवारलाई कडा चुनौती

यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी बढेको छ । राष्ट्रिय राजनीतिमा चर्चित अनुहारहरू चुनावी मैदानमा उत्रिए पनि यसपटक स्थानीय स्तरमा भिजेका, निष्कलङ्क र बौद्धिक व्यक्तित्वको पहिचान बनाएका विद्यानाथ ढकालको चर्चाले नयाँ मोड लिएको छ ।नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट ‘तारा’ चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले, नेपाली कांग्रेसका गोविन्द भट्टराई र एमालेकी भगवती न्यौपानेलाई कडा चुनौती दिइरहेका छन् । रास्वपाका स्वर्णिमको उम्मेदवारीले बढी चर्चा कमाएको तनहुँ… पुरा पढौ