समाचार

जेष्ठ नागरिकलाई पोखरा लेडी जेसीजको सहयोग

पोखरा लेडी जेसीजले राधाकृष्ण वृद्धाश्रम, गगनगौंडामा आश्रित वृद्ध वृद्धालाई न्यानो कपडासहित अत्यावश्यक सामग्री वितरण गरेको छ । जेसीजको वार्षिक कार्यक्रम अन्र्तगत आश्रममा आश्रय लिईरहेका ५० जना जेष्ठ नागरिकलाई जाडोबाट जोगाउन न्यानो कपडा सहित उनीहरुका लागि आवश्यक सामाग्री हस्तान्तरण गरेको कोषाध्यक्ष रेजीना कटुवालले जानकारी दिईन् । सो सामाग्री कार्यक्रमका प्रमुख अतिथि प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल व्यवस्थापन समिति अध्यक्ष ऋषिराम जमरकटेल,राधाकृष्ण वृद्धाश्रमका अध्यक्ष विश्वराज लामिछाने,समाजसेवी मीनबहादुर भण्डारी,लेखनाथ जेसीज वर्ष २०२६ का अध्यक्ष सर्वेन्द्र न्यौपाने, पूर्व अध्यक्ष मिनु श्रेष्ठ कुवँर तथा… पुरा पढौ

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध,म्याग्दीको गुर्जा र घोडेपानीमा पनि हिमपात

मङ्गलबार रातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पाती हाल्ने क्षेत्रमा भारी हिमपात हुँदा बाटोअवरुद्ध भएको हो । लोकमार्ग अवरुद्ध हुँदा सयौँ यात्री अलपत्र परेका छन् ।लोकमार्ग अलपत्र हुँदा लामो तथा छोटो दूरीका सावारी साधान ठप्प भएको इलाका प्रहरी कार्यालयका प्रमुख तिलक मानन्धरले जानकारी दिए । निरन्तर हिमपात भइरहेकाले तत्काल सडक सञ्चालन हुने सम्भावना न्यून छ । काठमाडौँबाट रुकुम, जाजरकोट, डोल्पालगायत स्थानका निम्ति छुटेका सवारीसाधन निसीखोला गाउँपालिका–६ भल्कोट सिपमा रोकिएका… पुरा पढौ

प्रतिभा माविमा गणित हाजिरीजवाफ

पोखरा, माघ १३विद्यार्थीमा रहेको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउन यहाँस्थित प्रतिभा माविले मंगलबार गणित सम्बन्धि हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ । विद्यालयमा विज्ञान विषय अध्ययन गर्ने कक्षा ११ र १२ का विद्यार्थीहरुले उक्त प्रतियोगितामा प्रतिश्पर्धा गरेका थिए ।विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार विद्यार्थीमा रहेको अन्तरनिहीत ज्ञान बाहिर ल्याउनका लागि नियमित शैक्षिक गतिविधिबाहेक अतिरिक्त क्रियाकलाप अन्तर्गत गणित हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको हो । उक्त प्रतियोगिताको प्रमुख अतिथि हिसान केन्द्रीय कार्यसमितिका सल्लाहकार बाबुराम पन्तले उद्घाटन गरेका थिए ।प्राचार्य सापकोटाका अनुसार विद्यालय… पुरा पढौ

गण्डकी प्रदेशमा नवप्रवर्तन कार्यक्रमका लागि आठ स्थानीय तह छनोट

गण्डकी प्रदेशमा नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि छ स्थानीय तह छनोट भएका छन् । नवलपुरको देवचुली नगरपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका, गोरखाको सहिद लखन गाउँपालिका, गोरखा नगरपालिका, तनहुँको म्याग्दे र ऋषिङ गाउँपालिका, लमजुङको बेँसीसहर नगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिका छनोटमा परेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । उक्त कार्यक्रमका लागि विभिन्न स्थानीय तहबाट २९ वटा प्रस्ताव पेस भएकामा प्रदेश छनोट तथा सिफारिस समितिले मूल्याङ्कन गरी आठवटा परियोजना प्रस्ताव स्वीकृत भएको कार्यालयका उपसचिव पार्वती लामिछानेले जानकारी दिईन् । नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि… पुरा पढौ

गण्डकीका ३५ वटा सहकारी खारेज, स्याङ्जाका मात्रै १२ वटा

सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराले गण्डकीमा निष्क्रिय रहेका ३५ सहकारी खारेज गरेको छ । संस्थाले यही माघ १० गते नौवटा विभिन्न प्रकृतिका सहकारी संस्थाको दर्ता खारेजी गरेको जनाएको छ । कार्यालयले यसअघि २६ सहकारी खारेज गरिसकेको छ । गण्डकी प्रदेश सहकारी ऐन, २०७५ को दफा ७१ उपदफा ३ अनुसार लगातार दुई वर्ष कुनै पनि कारोबार नगरी निष्क्रिय रहेका सहकारीको दर्ता खारेजी गरिएको रजिष्ट्रार कार्यालयले यही माघ १० गते सार्वजनिक सूचना जारी गरी जानकारी गराएको छ ।कार्यालयको माघ ९ गतेको… पुरा पढौ

आचारसंहिता उल्लङ्घन गरेको आरोपमा आयोगद्वारा स्पष्टीकरण माग

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा राजनीतिक दल, उम्मेदवार, सामाजिक संस्था र विद्यालय गरी विभिन्न सात व्यक्ति तथा निकायलाई स्पष्टीकरण सोधेको छ । नेपाल जनसेवा पार्टीकी प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार जानुका पाठक ९शोभा पाठक० लाई सामाजिक सञ्जालमा त्यसै निर्वाचन क्षेत्रका अर्का उम्मेदवार तथा पार्टी विरुद्ध गाली, भ्रामक वा द्वेषपूर्ण र व्यक्तिगत मानहानि गर्ने सामग्री प्रसारण गरी आचारसंहिताको उल्लङ्घन हुने कार्य गरेको हो वा होइन भनी स्पष्टीकरण सोधेको आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिईन् । जसअन्तर्गत निर्वाचन आचारसंहिता,… पुरा पढौ

राष्ट्रियसभा बैठक: निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारको ध्यानाकर्षण

राष्ट्रियसभा सदस्यहरुले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको विशेष समयमा उनीहरुले राष्ट्र र जनताको हितमा हस्तक्षेप गर्न सक्ने उम्मेदवारलाई विजयी गराउन मतदातालाई आग्रह गरे । नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रियसभाका सचेतक गङ्गाकुमारी बेलबासेले बेथिति र भ्रष्टाचार, वैदेशिक हस्तक्षेपका विरुद्ध सशक्त आवाज उठाउने उम्मेदवारलाई विजयी गराउनुपर्ने धारणा राखिन् । उनले चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय झन्डाको दुरुपयोग भएकाले राष्ट्रिय झन्डा दुरुपयोग गर्नेलाई कारबाही गर्नुपर्ने बताईन् । सोही पार्टीका सांसद राजेन्द्रलक्ष्मी… पुरा पढौ

विद्यार्थीलाई लायन्स फेवा फुलवारीको सहयोग

लायन्स क्लव अफ पोखरा फेवा फुलबारीले पोखराका दुईवटा सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक गतिविधीमा सहयोग पुर्याउने उदुधेश्यले पोखराको आटीघरस्थित सीता आधारभुत विद्यालय र ज्ञानोदय रघु आधारभूत विद्यालयका करिव ३० जना विद्यार्थीलाई विद्यालय झोलासहित शैक्षिक सामाग्री प्रदान गरिएको क्लवका अध्यक्ष लायन गोविन्द अधिकारीले जानकारी दिए । सो सामाग्री शिक्षासेवी अञ्जु कँडेल, क्लवका पूर्व अध्यक्ष लायन माधव प्रसाद कँडेल,लायन राम पौडेललगायतले वितरण गरे । कार्यक्रममा शिक्षासेवी कँडेलले शिक्षा, स्वास्थ्य जस्ता मानवीय सेवाका क्षेत्रमा… पुरा पढौ

टाइगर कप भलिबलः आर्मीविरुद्ध थाइल्याण्ड क्विन्सको सहज जित

छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ थाइल्याण्ड क्विन्सले त्रिभुवन आर्मी क्लबमाथि सहज जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको पहिलो खेलमा थाइल्याण्डले आर्मी ३–० को सोझो सेटमा पराजित ग¥यो । थाइल्याण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२१ र तेस्रा सेट २५–१६ ले सहज जित निकालेको हो । पहिलो खेलमा सशस्त्र प्रहरी बल एपीएफसँग पाँचौं सेटमा पराजित भएको थाइल्याण्डले दोस्रो खेलमा नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो । आर्मी भने जितविहिन रहँदै च्याम्पियनसिप… पुरा पढौ

कास्की कांग्रेसमा चुनावी रन्को, क्षेत्र नम्बर १ मा विभिन्न समिति गठन

नेपाली कांग्रेसले कास्कीको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी विभिन्न समितिहरु गठन गरेको छ। क्षेत्रीय भेलाले क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछानेको संयोजकत्वमा १ हजार १ सय ११ सदस्य रहेको चुनाव प्रचारप्रसार समिति गठन गरिएको नेपाली कांग्रेस कास्कीका सहसचिव नवीन सिग्देललाई जानकारी दिए । गठित समितिमा अमर बहादुर केसीको संयोजकत्वमा अर्थ व्यवस्थापन समिति, अप्सरा श्रेष्ठको संयोजकत्वमा महिला परिचालन तथा समन्वय समिति, डम्बरजंग गुरुङको संयोजकत्वमा युवा परिचालन समिति, नवीन सिग्देलको संयोजकत्वमा सूचना सञ्चार तथा प्रविधि समन्वय समिति, देवीप्रसाद कुइकेलको संयोजकत्वमा यातायात… पुरा पढौ