समाचार

मृगौला पिडितलाई एक लाख सहयोग हस्तान्तरण

पोखराको व्यवसायीक घराना कर्माचार्य ग्रुपद्धारा स्थापित स्व.लक्ष्मी सुन्दरी कर्माचार्य मृगौला पीडित सहयोग कोषले शनिवार मृगौला पिडितलाई सहयोग हस्तान्तरण गरेको छ । कास्कीको सार्दीखोला बस्ने ४९ बर्षिय मृगौला पिडित बुद्धीशोभा गुरुङलाई १ लाख रुपैँया हस्तान्तरण गरिएको हो । कर्माचार्य परिवारले ३० लाख रुपैँयाको कोष स्थापना गरि सो कोष मार्फत सहयोग रकम हस्तान्तरण गर्दै आएको छ । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका मेयर धनराज आचार्यले मृगौला रोगबाट पिडित हुने परिवारलाई सो सहयोगले हौसला प्रदान गर्नुका साथै समाजलाई समेत मार्गनिर्देश गर्न प्रेरणा मिलेको बताए… पुरा पढौ

६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रका एक करोड ८२ लाख ३० हजार मतपत्र छपाइ

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म एक करोड ८२ लाख ३० हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । शुक्रबारसम्म ६३ जिल्लाको मतपत्र छपाइ सकिएको थियो । आज थप तीन जिल्लाको मतपत्र छपाइ सकिएको आयोगले जनाएको छ । अब ११ जिल्लाको मात्र मतपत्र छपाइ बाँकी रहेको छ । काठमाडौँ उपत्यका वरपरका जिल्लाको मात्र मतपत्र छपाइ बाँकी रहेको जनाइएको… पुरा पढौ

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन प्रधानसेनापतिको विशेष निर्देशन

प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन विशेष निर्देशन दिएका छन् । महाशिवरात्रि तथा २६२औँ सेना दिवसका अवसरमा आज सैनिक मुख्यालयमा आयोजित विशेष कार्यक्रममा नेपाली सेनाका सकल दर्तालाई शुभकामनासहित सम्बोधन गर्दै उनले नेपाली सेनाले विभिन्न क्षेत्रहरुमा निर्वाह गर्दै आइरहेको जिम्मेवारीलाई उत्कृष्ट ढंगले पूरा गर्ने क्रममा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन समेत विशेष निर्देशन दिए । उनले नेपालको गौरवमय गाथा, परम्परा, सस्कृति, चिन्न, गौरव गर्न तथा इतिहासका पाठहरुबाट सिक्न सबै सैनिक तालिममा नेपाल र नेपालीको इतिहास अध्ययन… पुरा पढौ

कास्की प्रहरीमा एक महिनामै १७४ वटा मुद्धा दर्ता

जिल्ला प्रहरी कार्यालय, कास्कीमा एक महिनाको बिचमा मात्रै १ सय ७४ वटा मुद्धा दर्ता भएका छन् । अपराध दर्ता सम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै प्रहरीले माघ महिनामा जघन्य तथा गम्भीर अपराधका ८ वटा,महिला, बालबालिका तथा जेष्ठ नागरिकसंग सम्बन्धित अपराध ४ वटा,आर्थिक अपराधका ८६ र अन्य अपराधका ७६ वटा गरी कुल १ सय ७४ मुद्दा दर्ता भएको जनाईएको छ । जसमा पक्राउ परेका चालु मुद्दाका प्रतिवादीको संख्या १ सय २ रहेको छ । जिलला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डि एस पि हरिबहादुर… पुरा पढौ

पर्वतको छत्तिसेघाटमा मोटरेबल पुल निर्माण

पर्वत जिल्लाका सडकलाई वर्षभरी नै सञ्चालन गर्नका लागि खोलामा मोटरेबल पुल निर्माण तीव्रगतिमा भइरहेको छ । पूर्वाधार विकास कार्यालय पर्वतका अनुसार पैंयु गाउँपालिकाको सरौखोला स्थित छत्तिसेघाट, कुश्मा नगरपालिका र फलेवास नगरपालिकाको सिमानामा रहेको मल्याङ्दीखोला र परादी– गिज्यान सडकअन्तर्गत मोदीखोलामा मोटरेवल पुल निर्माण भइरहेको छ । तीन वटा पुलमध्ये दक्षिण पर्वतको पैंयु गाउँपालिकामा पर्ने सरौ–बालाकोट सडक खण्डअन्तर्गत छत्तिसेघाट मोटरेवल पुल निर्माण सम्पन्न भएको छ । विसं २०८० कात्तिकदेखि निर्माण सुरु भएको पुल हालै सञ्चालनमा आएको हो । २५ मिटर लामो उक्त… पुरा पढौ

प्रगति स्कुलमा साहित्य उत्सव सम्पन्न

शिशिर उजाडपोखरा प्रगति साहित्य उत्सव सम्पन्न भएको छ। पोखराको बाटुलेचौरमा रहेको प्रगति माध्यमिक विद्यालयले माघ २४ गतेबाट विद्यालय परिसरमा आयोजना गरेको साहित्य उत्सव शुक्रबार सम्पन्न भएको हो । साहित्य, संस्कृति र सिर्जनशीलताको विषयलाई विद्यार्थी र अभिभावकका बिचमा पुर्याउने उद्धेश्य अनुरुप सप्ताहव्यापी रुपमा कार्यक्रम गरिएको कवि एवं विद्यालयका निर्देशक दिनेश श्रेष्ठले जानकारी दिए । सिनियर र जुनियर गरी दुई सेसनमा गरिएको कार्यक्रममा प्रारम्भिक वाल्यकाल विकास सेसनमा पिताम्वर न्यौपानेसँग अरुणा बरालले संवाद गरिन् ।साहित्यकार अनुराधा शर्मासँगको विद्यार्थी अन्र्तक्रियामा यमुना गुरुङले सहजीकरण गरिन्… पुरा पढौ

फेवातालमा कार खस्दा चालकको मृत्यु

पोखराको फेवातालमा कार खस्दा एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–६ पामेस्थित गैराको चौतरा नजिकबाट बिहान अन्दाजी २ बजेको समयमा भएको दुर्घटनामा परी कार चालक २४ वर्षीय अदित गुरुङको मृत्यु भएको हो । विएए १५८२ नम्बरको कार फेवातालमा खसेको थियो । स्याङ्जा फेदीखोला गाउँपालिका–५ घर भएका गुरुङ हाल पोखरा–७ मासबारमा बस्दै आएका थिए । कार तालमा खसेर दुर्घटना भएको खबरपछि सशस्त्र प्रहरी बल नेपाल नं २४ गण, कालिकाबाट गणपति सप्रउ बसन्त बहादुर सिंहको कमाण्डमा २१ जनाको टोली उद्धारका लागि… पुरा पढौ

संविधान रक्षाका लागि नेकपाले जित्नुपर्छ : राजकाजी

पोखरा, फागुन १ कास्की क्षेत्र नम्बर १ का नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार राजकाजी गुरुङले संविधान रक्षाका लागि नेकपाले जित्नुपर्ने बताएका छन् । पुराना दलहरु नेपाली कांग्रेस र नेकपा एमाले तथा विध्वंश मच्चाएर आउनेहरुले संविधानको रक्षा गर्न नसक्ने बताउँदै उनले भने,‘अहिलेको संविधान हाम्रो संविधान हो । त्यसैले यो संविधान रक्षाका लागि हाम्रो पार्टीले जित्नुपर्छ ।’ उम्मेदवार गुरुङले जेनजीको मुद्दा पनि नेकपाले नै उठाउँदै आएको बताए । आफूहरुले उठाउँदै आएको मुद्दा नै जेनजीको पनि मुद्दा भएकाले त्यसको सम्बोधन नेकपाले गर्ने उनको… पुरा पढौ

फ्रेण्ड्स क्लवबिरुद्द प्लानिङ ब्वाईजको एकतर्फी चार गोल

सन्देश श्रेष्ठपोखरा, फागुन १ प्लानिङ ब्वाईज युनाईटेड पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा भइरहेको आहा ! रारा पोखरा गोल्डकपको २५ औं संस्करण अन्तर्गत शुक्रबार भएको प्रतियोगिताको चौथो खेलमा फ्रेण्ड्स क्लवलाई पराजित गर्दै प्लानिङ ब्वाईजले क्वाटरफाइनलमा स्थान बनाएको हो । शुक्रबारको खेलमा फ्रेण्ड्स क्लवको पोष्टमा प्लानिङ ब्वाईजले एकतर्फी ४ गोल हान्यो । प्लानिङ ब्वाईजका लागि पापा आईबाउले केबेले ह्याट्रिक गोल गरे भने एलेक्स विलियनले एक गोल गरे । कमजोर… पुरा पढौ

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन भोलि, तयारी पूरा

सन्देश श्रेष्ठपोखरा, फागुन १ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता पोखरामा भोलि हुँदैछ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गर्ने उद्देश्यले ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । प्रतियोगिता शनिबार विहान पोखरा रंगशालाबाट शुरु हुने आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा २१ विधामा १० हजार धावक दौडिदै छन् । जसमा प्रतिष्पर्धात्मक रुपमा ३ हजार ५ सय ६ र रन… पुरा पढौ