समाचार

वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । ज्येष्ठ नागरिक तथा शारीरिक अशक्ततता भएकालाई सहज बनाउन वडाबाट सामाजिक सुरक्षा भत्ता प्रदान गर्न लागिएको हो । नयाँ आर्थिक वर्ष २०७९÷८० को साउन दुई गतेदेखि पालिकाका ६ वटै वडा कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरणको प्रबन्ध गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार सामाजिक सुरक्षा भत्ताको चालु आर्थिक वर्षको तेस्रो चौमासिक किस्ता पालिकाका सबै वडा कार्यालयमार्फत वितरण गरिने छ ।… पुरा पढौ

सार्वजनिक यातायात महासंघको गण्डकी प्रदेश कार्यालय उद्घाटन

पोखरा । पोखरामा सार्वजनिक यातायात केन्द्रीय महासंघको गण्डकी प्रदेश कमिटीको कार्यालय उद्घाटन गरिएको छ । पोखरा ११ स्थित रानीपौवामा गण्डकी यातायात व्यवस्था कार्यालयका प्रमुख डिल्लीराम रिजालले कार्यालयको उद्घाटन गरे । सो अवसरमा बोल्दै रिजालले यातायात महासंघको उद्देश्य अनुरुप नै काम गर्नेमा विश्वास व्यक्त गरे । उनले फरक प्रसंगमा बोल्दै यातायात व्यवस्थामा सेवाग्राहीलाई व्यवस्थित तरिकाले सेवा सुविधा प्रदान गर्नका लागि लागिपरेको उल्लेख गरे । ‘हाम्रो कार्यालयमा हुने गरेको बेथितीको विरुद्धमा मैले काम गरिरहेको छु, उनले भने, ‘अब डिजिटलाइजलाई ध्यानमा राखेर मैले… पुरा पढौ

पोखराको बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनको उपहार कार्यक्रम

पाँच सयको सामान किन्दा स्कुटर पाउने अवसरपोखरा, २९ असार । पोखराको बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनले व्यवसाय प्रवद्र्धनका लागि उपहार कार्यक्रम ल्याएको छ । एशोसिएसनले बुधबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार उपहार कार्यक्रम साउन १ गतेदेखि पाँच महिनासम्म सञ्चालन हुनेछ । विशेष गरी नेपालीहरुका चाडपर्वलाई लक्षित गरी उपहार कार्यक्रम संस्थाले ल्याएको हो ।एशोसिएसनका अध्यक्ष केशवबहादुर खत्रीले उपहार कार्यक्रममा प्रथम पुरस्कार स्कुटर, दोस्रो उपहार ४३ इन्चको स्मार्ट टेलिभिजन र तृतीय पुरस्कार स्मार्ट फोन १५ हजार बराबरको ३ जनालाई प्रदान गरिने… पुरा पढौ

अज्ञात रोगले अफगानिस्तानमा बीस बालबालिकाको मृत्यु

अफगानिस्तानको दक्षिणी हेलमान्ड प्रान्तमा अज्ञात रोगको प्रकोपले २० जना बालबालिकाको मृत्यु भएको छ । बितेका दुई दिनमा बाघरान जिल्लामा ती बालबालिकाको मृत्यु भएको सूचना एवम् संस्कृतिसम्बन्धी प्रान्तीय निर्देशक हाफिज रशिदले बताए । दूषित पानीका कारण उनीहरूको ज्यान गएको उनको अनुमान छ । बालबालिकासहित केही प्रभावितहरूको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेकोछ । अधिकारीले बताए । अफगानिस्तानको सुदूर क्षेत्रहरूमा स्वास्थ्य केन्द्र र स्वच्छ पिउने पानीमा पहुँच नहुँदा त्यहाँका स्थानीय रोग र मृत्युको जोखिमबाट मुक्त हुन सकेका छैनन्।रासस पुरा पढौ

नेपाली भाषाको एकीकरणमा आदिकविको योगदान महत्वपूर्णः मुख्यमन्त्री पोखरेल

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली भाषाको एकीकरणमा आदिकवि भानुभक्त आचार्यको योगदान महत्वपूर्ण रहेको बताएका छन ।भानु वाङ्मय प्रतिष्ठान पोखराद्वारा आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा उनले आजभन्दा दुई शताब्दी अघिको अँध्यारो युगमा पनि समाज सुधारका लागि साहस गर्ने आदिकविले रामायणका माध्यमबाट भाषाको एकीकरण गरेको उल्लेख गरे ।बहुजातीय, बहुभाषिक, बहुसंस्कृतियुक्त गण्डकी प्रदेशका विविधतालाई यहाँको समृद्धिसँग सरकारले जोड्न चाहेको उनले बताए । भानु जयन्तीकै अवसरमा गण्डकी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको जनाउँदै उनले आगामी… पुरा पढौ

बीमा कार्डको अनुगमन

खलङ्गा । स्वास्थ्य बीमा बोर्ड जुम्ला र जिल्ला प्रशासन कार्यालय जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बीमा कार्डको अनुगमन गरेको छ । प्रतिष्ठानमा अर्काको नाममा रहेको बीमा कार्ड प्रयोग गर्नेको सङ्ख्या बढेको जनगुनासो आएपछि अनुगमन गरेको स्वास्थ्य बीमा बोर्ड जुम्लाका जिल्ला संयोजक कमल रावतले जानकारी दिए ।पहिलो पटक अनुगमन भएकोले धेरैलाई सचेतसमेत गराइएको स्वास्थ्य बीमा बोर्ड जुम्लाका संयोजक रावतले जानकारी दिए । अर्काको नाममा प्रयोग भएका बीमा कार्डसमेत जफत भएको स्वास्थ्य बीमा बोर्ड जुम्लाले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी… पुरा पढौ

वर्सातमा डेङ्गुको समस्या

बलेवा । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामी बागलुङमा पनि देखिन थालेका छन् । धौलागिरि अस्पतालमा उपचारका लागि आएका दुई बिरामीमा सङ्क्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र पोखरेलले बताए । ्सो त अघिल्ला वर्ष पनि डेङ्गुका बिरामी भेटिने गर्थे । यो वर्ष पनि डेङ्गुका बिरामी देखिन थालेपछि स्वास्थ्य कार्यालय बागलुङ र अस्पतालले नियन्त्रण प्रयास थालेका छन् । बागलुङ नगरपालिका–७ र ९ का एक महिला र एक पुरुष बिरामी अस्पतालमा आएपछि डेङ्गुबारे धेरैको चासो बढेको हो । लामखुट्टेको टोकाइबाट सर्ने यो… पुरा पढौ

पशुपालनमा प्रोत्साहन

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले उपमहानगरलाई माछामासुमा आत्मनिर्भर बनाउन र किसानलाई समृद्ध बनाउन पशुपालन प्रोत्साहन कार्यक्रम सञ्चालन गरेकोे छ । उक्त कार्यक्रम चालु आर्थिक वर्षमा सञ्चालन भइरहेको र आगामी आर्थिक वर्षमा पनि निरन्तर रहने उपमहानगरले जनाएको छ । उपमहानगरले पशुपालक किसानलाई लक्षित गरेर विभिन्न क्षेत्रमा अनुदान रकम उपलब्ध गराएको छ । चालु आर्थिक वर्षमा यहाँका किसानलाई पशुपालनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको जनाइएको छ । पशुपक्षी विकास तर्फ किसानसँगको लागत साझेदारीमा साना किसान सहयोग कार्यक्रम अन्तर्गत ४० जना किसानलाई ‘काउ… पुरा पढौ

मलेसियामा एकै दिनमा दुई हजार ३०० भन्दा बढी सङ्क्रमित

मलेसियामा दुई हजार तीनसय ४५ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यो सँगै देशमा कोभिड सङ्क्रमितको सङ्ख्या ४६ लाख ७३६ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । पछिल्लो परीक्षणबाट तीन जना बाहिरबाट आएका व्यक्ति र बाँकी स्थानीयमा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो विवरणअनुसार कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्युभएको छ । मलेसियामा हालसम्म ३५ हजार आठसय १९ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बितेका २४ घण्टामा दुई हजार ३८४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।रासस पुरा पढौ

पाकिस्तान सडक दुर्घटनामा दशजनाको ज्यान गयो

पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तमा पिकअप भ्यान खाल्डोमा खस्दा १० जनाको मृत्यु हुनाका साथै अन्य छ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । स्थानीय सञ्चारमाध्यम र अधिकारीहरूका अनुसार खैबर पाख्तुनख्वा प्रान्तको स्वात जिल्लाको गबिन जब्बाको पर्यटकीय क्षेत्र नजिकै सडकबाट भ्यान खस्दा उनीहरूको ज्यान गएको हो । चालकले गाडीमाथि नियन्त्रण गुमाएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।दुर्घटनास्थलमा उद्धार टोली र स्थानीय स्वयंसेवकहरू घटनास्थलमा पुगेका तथा शव र घाइतेहरूको व्यवस्थापन गरिएको छ ।रासस पुरा पढौ