समाचार

अब, पोखरामा क्याथ ल्यावको सेवा, आज उद्घाटन

स्वास्थ्य समस्या कसैलाई आइ नपरोस्। अझ मुटुको समस्या त कसैलाई नहोस। यो हाम्रो कामना हो। मुटुको धडकन छ त जीवन छ, नत्र छैन। अझैं भनौं मानिस स्वस्थ भइरहनु पर्छ। र, स्वस्थ जीवनयापन गर्न पाउनुपर्छ। यदी यसो हो भने स्वस्थ नागरिक भएको त्यही देश नै समृद्ध देश हुन्छ भन्ने कुरालाई कल्ले पो नकार्ला ! मानव शरीर हो कतिबेला के के आइपर्छ। सकेसम्म त रोग लाग्नै नदिने, डाक्टर, स्वास्थ्यकर्मीले दिएको परामर्शलाई लागू गर्नुप¥यो। सजगता अपनाउँदा अपनाउँदै पनि स्वास्थ्य समस्या आई हाल्यो भने… पुरा पढौ

गोरखाको आरुघाट–१ श्यामचेतमा पहिरो

गोरखाको आरुघाट गाउँपालिका वडा नं १ श्यामचेतको लेकमा पहिरो जाँदा ३ घर बगाएको छ। पहिरोले ८ घर पुरेको छ भने ४० घर जोखिममा छ। बुधबार बेलुकी साँढे ५ बजेतिर पहिरो गएको हो। आरुघाटको स्यामचेत वस्तीको दायाँवायाँ दुबैतर्फबाट पहिरो गएको हुनाले उक्त वस्ती जोखिममा परेको हो। पहिरोबाट करिब २ सय जता स्थानीयवासी प्रभावित बनेका छन्। पहिरोबाट प्रभावित स्थानीयलाई करिब १ किलो मिटर पर सुरक्षित स्थलमा स्थानान्तरण गरिएको गाउँपालिका अध्यक्ष राजु गुरुङले एभरेस्ट आवाजलाई बताएका छन्। अध्यक्ष गुरुङका अनुसार पहिरोबाट प्रभावितलाई बुधबार… पुरा पढौ

सन्दर्भ २०९औँ भानुजयन्ती : घाँसीकुवाको अस्तित्व मासिने अवस्थामा

भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणादायीस्थल घाँसीकुवाको अस्तित्व मासिने खतरामा पुगेको छ। पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार भइरहेकाले व्यास–१२ मा रहेको घाँसीकुवा र घाँसीपार्क मासिने अवस्थामा पुगेको हो। प्राचीनकालदेखि संरक्षण गरिँदै आएको उक्त ऐतिहासिक सम्पदा सडक विस्तारसँगै हटाउनुपर्ने अवस्था आएकाले संरक्षणका लागि समयमै ध्यान दिनुपर्नेमा स्थानीयवासीको माग छ। भानुभक्त मामाघर मानहुँ (हालको व्यास–५) मा पुगेर पैदलबाटो फर्किने क्रममा घाँसीकुवामा घाँसीसँग भेट भएको थियो। घाँसीले घाँस काटेर आएको आम्दानीबाट कुवा खनाउने महान विचारबाट भानुभक्त प्रेरित भई यस्तो कविता रचना गरेका थिए। भर्जन्म… पुरा पढौ

गोरखाको चुमनुब्रिमा हेलिकोप्टरबाट पैसाको ढुवानी

गोरखाको अत्यन्तै दुर्गम गाउँपालिका चुमनुब्रिमा हेलिकोप्टरबाट पैसा दुवानी गरिएको छ। सड़क सञ्जालले नजोडिएको गोरखाको एक मात्र गाउँपालिका चुननुब्रिमा हेलिकोप्टरबाट पैसा दुवानी गरिएको हो। पालिकाको केन्द्रमा रहेको एक मात्र बैंक कुमारी बैकलाई पालिकामा चालु आर्थिक बर्षमा संचालित योजानामा भएको खर्च भुक्तानी गर्न हेलिकोप्टरबाट पैसा ल्याइएको गाउँपालिकाले जनाएको छ। यसका साथै यसै रकममध्येबाट चुमनुब्रिका बृद्धबृद्धा र असक्त एवं अपाङ्गलाई सामाजिक सुरक्षा भत्ता पनि उपलब्ध गराइने छ। गाउँपालिकाको नियमित खर्च पनि हेलिकोप्टरमार्फत लगिएको ५ करोड रुपियाँबाट नै हुने पालिकाले जनाएको छ। पुरा पढौ

नेपाली भाषाको एकीकरणमा आदिकविको योगदान महत्त्वपूर्ण : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली भाषाको एकीकरणमा आदिकवि भानुभक्त आचार्यको योगदान महत्वपूर्ण रहेको बताएका छन्। भानु वाङ्मय प्रतिष्ठान पोखराद्वारा आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्रले आजभन्दा दुई शताब्दीअघिको अँध्यारो युगमा पनि समाज सुधारका लागि साहस गर्ने आदिकविले रामायणका माध्यमबाट भाषाको एकीकरण गर्नुभएको उल्लेख गरे। उनले भने, ‘गण्डकी प्रदेश आफैँमा महत्त्वपूर्ण प्रदेश हो। भौगोलिक रुपमा एकीकरण गर्ने पृथ्वीनारायण शाह र भाषाको एकीकरण गर्ने भानुभक्तको जन्मस्थान यही गण्डकी प्रदेश रहेको छ।’ बहुजातीय, बहुभाषिक, बहुसंस्कृतियुक्त गण्डकी प्रदेशका… पुरा पढौ

म्याग्दीको बगरफाँटमा कटान नियन्त्रण गर्न तटबन्ध

बेनी नगरपालिका–२ बगरफाँटमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि तटबन्ध निर्माण गरिएको छ। कटानको उच्च जोखिममा रहेको बगरफाँटस्थित म्याग्दी नदी किनारामा ग्याबियन जालीको पर्खाल बनाएर तटबन्ध गरिएको हो। खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले यस वर्ष बगरफाँट संरक्षणका लागि म्याग्दी नदीकटान रोक्न ग्याबियन जाली लगाउन १५ लाख रुपैयाँ विनियोजन गरेको थियो। सोही बजेटबाट १३२ थान ग्याबियन जाली भरेर पर्खाल बनाई तटबन्ध गरिएको उपभोक्ता समितिका अध्यक्ष नारायण कार्कीले बताएका छन्।उनका अनुसार बगरफाँट–डम्मरा जोड्ने झोलुंगे पुल तलको म्याग्दी नदी किनारको ५५ मिटर… पुरा पढौ

तनहुँको व्यास नगरपालिका भूमिहीनलाई निस्सा वितरण

तनहुँको व्यास नगरपालिकाले भूमिहीनलाई लालपुर्जाको निस्सा वितरण गर्न शुरुआत गरेको छ। नगरपालिकाले व्यास नगरपालिका–१ बाट सोमवारदेखि निस्सा वितरण थालनी गरेको हो। भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने प्रक्रियास्वरूप निस्सा वितरण थालिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरप्रमुख वैकुण्ठ न्यौपाने, राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीले लालपुर्जाको निस्सा वितरण गरे। व्यास–१ का ४४ भूमिहीन दलित, ४५ भूमिहीन सुकुमबासी र ३६७ अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको नगरपालिकाका इञ्जिनीयर रवीन्द्रलाल… पुरा पढौ

पोखराको फिर्केखोलामा स्कुटर खस्यो, २ घाइते

पोखरा । पोखराको फिर्केखोलामा स्कुटर दुर्घटनामा हुँदा २ जना घाइते भएका छन् । बुधबार राती विन्द्यावासीबाट जिरो किलोमिटर तर्फ आउँदै गरेको ग ४ प ८३२५ नम्वरको डियो स्कुटर फिर्केखोलापुल नजिकै खोलामा खस्दा दुई जना घाइते भएका हुन् । घाइतेहरुलाई उद्धार गरेर उपचारका लागि सहारा अस्पताल पठाइएको छ । घाइतेमध्य एक युवती गम्भीर रहेको प्रत्यक्षदर्शीले एभरेस्ट आवाजलाई जानकारी दिएका छन् । घटनास्थलमा भेटिएका एक प्रत्यक्षदर्शीले भने, ‘माथिबाट २ जना सवार स्कुटर पुल नजिकै खोलामा अचानक खस्यो । समयमानै पुल निर्माण हुन… पुरा पढौ

गण्डकी सरकारबाट ५४ वटा ऐन पारित, ३९ ऐन कार्यान्वयनमा

पोखरा । गण्डकी प्रदेश सरकारका कानून संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले प्रदेश सभाबाट हालसम्म ५४ वटा ऐन पारित भएको बताएका छन् । बुधबारको प्रदेश सभामा सांसदहरुले उठाएका सवालको जवाफ दिँँदै मन्त्री थापाले ५४ ऐन मध्ये कार्यान्वयनमा ३९ ऐन रहेको जानकारी दिए । ‘गण्डकी प्रदेश सभाको गठन भए पश्चात हालसम्म विभिन्न ५४ वटा ऐन निर्माण भएका छन । तीमध्ये २ वटा ऐन (स्थानिय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धि ऐन, २०७४ र प्रदेश नं ४, प्रदेश आर्थिक… पुरा पढौ

‘कर्म कर्ण’ आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०७९ बाट पत्रकार रूद्र श्रीसमगर सम्मानित

पोखरा । ‘कर्म कर्ण’ आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०७९ बाट पत्रकार रूद्र श्रीसमगरलाई प्रदान गरिएको छ । तमु धीं नेपालका संस्थापक अध्यक्ष कर्म गुरुङद्वारा वैवाहिक वर्षगांठको अवसरमा स्थापित आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) कास्कीद्वारा प्रदान गर्दै आइएको पुरस्कार आदिवासी जनजातीको समुत्थानका साथै पत्रकारिताका माध्यमबाट समाजमा विशिष्ट योगदान गरेको भन्दै श्रीसमगरलाई सो सम्मान प्रदान गरिएको हो । बुधबार एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका प्रमुख माननीय पृथ्वीमान गुरूङ, पोखरा महानगरपालिकाका उप–प्रमुख मञ्जुदेवि गुरूङ, पुरस्कार स्थापिका कर्मा गुरुङ, र फोनिज कास्कीका अध्यक्ष दिलप्रसाद गुरूङले संयुक्त… पुरा पढौ