समाचार

मलेसियाले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली जाँदै

मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ। मंगलबार यहाँ आयोजित एक कार्यक्रममा मलेसियाको विस्र्टन टेक्नोलोजी र नेपालस्थित मेनपावर कम्पनी आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशनलबीच द्विपक्षीय सम्झौता भएको छ। सम्झौतापत्रमा विस्र्टन टेक्नोलोजीका तर्फबाट डेपुटी जनरल म्यानेजर डेभिड र आकर्षण इन्टरनेशनलका तर्फबाट अध्यक्ष विष्णुबहादुर केसी तथा लालधनुष इन्टरनेशनलका तर्फबाट अध्यक्ष दावा नवाङ शेर्पाले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार उक्त कम्पनीमा २ मेनपावर कम्पनीमार्फत नेपाली श्रमिक शून्य लागतमा मलेसिया जान पाउनेछन्। मलेसियाको सो कम्पनीले पहिलो चरणमा ४५० श्रमिक… पुरा पढौ

१ लाख ८० हजार नगदसहित १३ जुवाडे पक्राउ

तनहुँ प्रहरीले १ लाख ८० हजार ४ सय ३० रुपियाँ नगद सहित १३ जुवाडे पक्राउ गरेको छ। उनीहरूलाई सोमबार रातीे पक्राउ गरेको हो। आबुखैरेनी गाउँपालिका–३ स्थित राजेन्द्रकुमार श्रेष्ठको बन्दै गरेको नयाँ घरको भुई तल्लामा कौडा खेलिरहेको अवस्थामा उक्त संख्याको जुवाडे पक्राउ गरिएको र सो रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय तनहुँ र ईलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँको संयुक्त प्रहरी टोली पक्राउ गरेको हो। १६ थान कौडासहित नियन्त्रणमा लिई मंगलबार तनहुँ जिल्ला अदालतबाट दिन… पुरा पढौ

रामेछाप बस दुर्घटनाःमृतकको संख्या १३ पुग्यो, फाल हानेर जोगिए चालक

रामेछाप । रामेछाप जिल्लाको सुनापाती गाउँपालिकास्थित लुभुघाटमा आज बिहान भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये थप चारको मृत्यु भएको छ । उक्त दुर्घटनामा योसँगै अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । नौ जनाको घटनास्थलमा र चार जनाको काभ्रेस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य २२ जना घाइते छन् । सामान्य घाइते भएका गाडी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । सहचालक उपचारपछि घर फर्किएका छन् । अन्य २० जनाको उपचार जारी छ । जिल्ला प्रशासन कार्यालय रामेछापका… पुरा पढौ

रामेछाप बस दुर्घटनामा ज्यान गुमाउने ९ जनाकै सनाखत

रामेछाप । रामेछाप जिल्लाको सुनापाती गाउँपालिकास्थित लुभुघाटमा आज बिहान भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये थप चारको मृत्यु भएको छ । उक्त दुर्घटनामा योसँगै अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । नौ जनाको घटनास्थलमा र चार जनाको काभ्रेस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य २२ जना घाइते छन् । सामान्य घाइते भएका गाडी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । सहचालक उपचारपछि घर फर्किएका छन् । अन्य २० जनाको उपचार जारी छ । जिल्ला प्रशासन कार्यालय रामेछापका… पुरा पढौ

कांग्रेस क्रियाशील सदस्य लामिछानेको श्रद्धाञ्जली सभा

पोखरा । पोखरा महानगरपालिका–६ बैदाम स्कुल पाटन निवासी नेपाली काँग्रेस क्रियाशील सदस्य विष्णुबहादुर लामिछानेको श्रद्धाञ्जली सभा आज सम्पन्न भएको छ । काँग्रेस वडा इकाई समिति वडा नं ६ को आयोजनामा भएको श्रद्धाञ्जली सभामा काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले स्व लामिछानेप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे । सो अवसरमा शर्माले लामिछानेको निधनबाट पार्टीलाई गहिरो क्षति पुगेको उल्लेख गरे । लामिछाने पार्टीका सच्चा इमानदार कार्यकर्ता र लोकतन्त्र र प्रजातन्त्रको पक्षमा सदैव आफूलाई उभ्भाउने सच्चा क्रान्तिकारी भएको शर्माले स्मरण गरे । स्व. लामिछानेका… पुरा पढौ

मित्रता सहकारी र युथ कम्युनिटी क्लबको रक्तदान कार्यक्रम सम्पन्न

पोखरा । अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा मित्रता बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडद्धारा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सहकारीले युथ कम्युनिटी क्लब नेपालको सहकार्यमा पोखरामा सम्पन्न भएको उक्त कार्यक्रममा ३९ युनिट रगत संकलन भएको छ । कार्यक्रमका प्रमुख अतिथि महानगरपालिका सहकारी दर्ता अधिकारी अनिल कार्कीद्धारा संस्थाका उपाध्यक्ष,युथ कम्युनिटी क्लबका केन्द्रीय अध्यक्ष पूर्ण कुमार श्रेष्ठ र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका संस्थापक अध्यक्ष (हालसम्म ७० औ पटक रक्तदाता) तिर्थ राज अवस्थितलाई सँयुक्त व्याग हस्तान्तर गरी उद्घाटन गरेका थिए । कार्यक्रममा पोखरा महानगरपालिका… पुरा पढौ

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४६।०८ अङ्कले ओरालो लागेर दुई हजार ३०।५९ मा ओर्लेको छ ।यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८।७१ अङ्कले ओरालो लागेर ३८७।२३ मा ओर्लेको छ । कूल २२९ कम्पनीको ८६ लाख १३ हजार ४८९ कित्ता शेयर रु दुई अर्ब ९६ करोड ८४ लाख ८५ हजार २२४ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण… पुरा पढौ

थप ९० जनामा सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार ११२ को नमूना परीक्षण गरिएको थियो । एक हजार ९४४ ले पिसिआर र एक हजार १५८ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा २० जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ५५५ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।… पुरा पढौ

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता ; मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताए ।पर्यटनमन्त्री श्रेष्ठको स्वागतका लागि बोर्डले आज आयोजना गरेको कार्यक्रममा उहाँले कोभिडले गर्दा पर्यटन क्षेत्र धेरै मारमा परेकाले यसको उत्थानलाई पहिलो प्रथमिकतामा राख्नुपर्ने बताए । पर्यटन नेपालको आर्थिक विकासको महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले बोर्डलाई नयाँ बजेट निर्माण गर्दा रोजगारी सिर्जना हुने गरी बजेट निर्माण गर्नसमेत आग्रह गरे ।पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले कोभिडले थलिएको पर्यटनलाई प्रवद्र्धन गर्ने हिसाबले बोर्ड… पुरा पढौ

मुख्यमन्त्री शाही र स्वीस राजदूतबीच भेट

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्याप्लरबीच शिष्टाचार भेटवार्ता भएको छ ।मुख्यमन्त्री शाही र राजदूत क्याप्लबीच आज भेटवार्ता भएको हो । भेटमा सङ्घीयता, कर्णालीमा मानसिक स्वास्थ्यको अवस्था र सडक गुरुयोजना तयारीलगायतका विषयमा छलफल भएको थियो । खासगरी स्वीट्जरल्याण्ड सरकारले कर्णालीमा सञ्चालन गरेका परियोजना हेर्न आएका राजदूत क्याप्लरले द्वन्द्वपीडितका बारेमा कर्णाली प्रदेश सरकारले गरिरहेका कामको बारेमा जानकारी लिए । मुख्यमन्त्री शाहीले प्रदेश सरकारले द्वन्द्वपीडितका लागि राहत, उपचार र मानसिक स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण काम… पुरा पढौ