समाचार

प्रतिनिधिसभा बैठक- स्वास्थ्य उपचार नपाएकोमा चिन्ता व्यक्त

प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्य बीमा गरेर पनि लाखौँ नेपालीले स्वास्थ्य उपचार नपाएकोमा चिन्ता व्यक्त गरिएको छ । बैठकमा समय लिएर नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले स्वास्थ्य बीमा गरेर पनि सो अनुरुप उपचार नपाएकोमा चिन्ता प्रकट गरेका हुन् । उनले मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर हुनुपर्ने पनि बताए । उनले नेपाल राष्ट्र बैँकका गभर्नरले शेयर लगानीकर्तालाई हतोत्साही र नागरिकलाई निराश बनाउने गरी सार्वजनिक अभिव्यक्ति दिएकोमा पनि आपत्ति व्यक्त गरे । रासस पुरा पढौ

उपसभामुखको निर्वाचन असार ३१ गते

काठमाडौँ । प्रतिनिधिसभाको रिक्त उपसभामुख पदको निर्वाचन यही असार ३१ गते हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त दिन निर्वाचन हुने र निर्वाचनको कार्यक्रम आजै प्रकाशन गर्न सङ्घीय संसद्का सचिव गोपालनाथ योगीलाई निर्देशन दिए । उपसभामुख पद लामो समयदेखि रिक्त रहेको छ ।रासस पुरा पढौ

गभर्नरबारे छानबिन गर्न माग

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारी माथि छानबिनको माग गरिएको छ । बैठकमा नेकपा माओवादी केन्द्रका सांसद रेखा शर्माले यस सन्दर्भमा प्रचलित कानुन र बैँकको ऐन, नियमावली विपरीत कुनै पनि दलमा आवद्ध भएको व्यक्ति गभर्नरमा नियुक्त हुन नहुने व्यवस्थाको उल्लङ्घन भएको टिप्पणी गरिन् । उनले सोबारे छानबिन गरेर नियुक्ति गर्ने र नियुक्त पाउने दुबै पक्षलाई कारबाही गर्न माग गरिन् । एमालेको पछिल्लो अन्तरपार्टी निर्देशनमा एम अधिकारी खोटाङलाई उक्त विभागको सदस्य राखिएको उल्लेख छ । रासस पुरा पढौ

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. २०० ले ओरालो लागेर रु. ९४ हजार ३०० तोकिएकोे छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु. ९४ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९३ हजार ८०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९४ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु. एक हजार १७० तोकिएको… पुरा पढौ

राप्ती हाइड्रोको आईपीओ विक्री खुला

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज (बुधबार) देखि साधारण शेयर (आइपीओ) निष्कासन तथा विक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेको शेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गर्ने भएको हो। कम्पनीले निष्कासन गरेको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात् ७० हजार ९८८ कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात् १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको छ भने बाँकी रहेको २१ लाख… पुरा पढौ

हिमालयन हाइड्रोपावरको आइपीओ बाँडफाँट

हिमालयन हाइड्रोपावरकोले सर्वसाधारको लागि जारी गरेको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) बाँडफाँट भएको छ। कम्पनीका बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले मंगलबार आइपीओ बाँडफाँट गरेको हो। कम्पनीले असार १५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गरेर बिक्री नभएको ६ लाख १८ हजार २५० कित्ता सहित कुल १९ लाख ६८ हजार २ सय ५० कित्ता साधारण सेयर निष्कासन गरेको थियो। जसमा ९८ हजार ४१३ कित्ता सामुहिक लगानी कोषको लागि र ३९ हजार ३६५ कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याएर बाँकी रहेको १८ लाख… पुरा पढौ

आज २०९ औं भानु जयन्ती

भानुभक्तका रचनाहरू नेपाली भाषामा अग्रणी रूपमा रहेका छन्। उनले आफ्नो वैयक्तिक प्रतिभाका कारणले नै रामायण लेखे। ‘अध्यात्म रामायण’ अनुवाद भएर पनि यस कृतिलाई भानुभक्तले मौलिक रूपमा प्रस्तुत गरे। भानुभक्तअघिका नेपाली कविले नेपाली भाषासाहित्यलाई यति सहज, सरल र मौलिक रूपबाट प्रस्तुत गर्न सकेका थिएनन्। त्यसैले, भानुभक्तकृत रामायण नेपाली भाषा र साहित्यको पहिलो महाकाव्य हो। मोतीराम भट्टले १९४८ सालमा भानुभक्त आचार्यलाई आदिकवि लेखे, तर उनले लेखेको त्यो ’आदिकवि’ त्यतिसारो चलेन। १९९७ सालमा जुद्धशमशेर राणाले ‘भानुभक्तलाई आदिकवि भने पनि हुन्छ’ भन्ने हुकुम दिएपछि… पुरा पढौ

डलरको तुलनामा नेपाली रुपैयाँ इतिहासकै कमजोर

अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ। डलरको तुलनामा सोमवार भारतीय रुपया (भारू) इतिहासकै कमजोर बनेपछि भारूसँग स्थिर विनिमय रहेको नेपाली रुपैयाँ पनि कमजोर बनेको हो। नेपाल राष्ट्र बैंकले मंगलवारका लागि प्रतिडलर विनिमय दर १२७ रुपैयाँ ४१ पैसा तोकेको थियो। मुद्रा बजारमा १ डलरका लागि नेपालीले यति धेरै मूल्य चुकाउनु परेको यो पहिलोपटक हुनेछ। यसअघि, गत साता बुधवार डलरको मूल्य १२७ रुपैयाँ ३० पैसाको कीर्तिमानी स्तरमा पुगेको थियो। त्यसयता, केही सुस्ताएको डलरको भाउले मंगलवार नयाँ कीर्तिमान कायम… पुरा पढौ

साउनदेखि माथिल्लो दोर्दी ‘ए’ बाट बिजुली उत्पादन

लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको बिजुली उत्पादन आगामी साउन महिनादेखि गर्ने लक्ष्य राखेको छ। कुल २५ मेगावाट क्षमताको यस आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र अब साउनभित्रै बिजुली उत्पादन हुने आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीले बताएका छन्। पटक–पटक थपिएको म्याद आगामी साउनसम्म रहेको र सोभित्रै जसरी पनि बिजुली उत्पादन हुने उनको भनाई छ। आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको छ। गतवर्ष दोर्दी खोलामा आएको बाढीले क्षति बनाएको खण्डको काम भइरहेको छ। ‘यतिबेला पेनस्टक पाइपमा, टनेलमा… पुरा पढौ

पर्यटकीयस्थल लभ्लीहिलमा पूर्वाधार निर्माण हुँदै

म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको खबरास्थित पर्यटकीयस्थल लभ्लीहिलमा पर्यटक लक्षित भौतिक पूर्वाधार धमाधम निर्माण भइरहेका छन्। जिल्लाको सदरमुकाम बेनीबजारदेखि आधा घण्टाको दूरीमा रहेको प्रसिद्ध पर्यटकीयस्थलमा वन डिभिजन कार्यालय म्याग्दीद्वारा चालू आवमा पदमार्ग र चौपारी निर्माण गरिएको छ। यसअघि, बेनीदेखि लभ्लीहिल पुग्ने पदमार्ग र उद्यान बनाइएको थियो। गण्डकी प्रदेश सरकारको कार्यक्रम सामुदायिक वनमा पर्यटन कार्यक्रममार्फत प्राप्त भएको ३ लाख ३६ हजार रुपैयाँको बजेटबाट ४५ मिटर पदमार्ग र चौपारी निर्माण गरिएको वन डिभिजन कार्यालयका प्रमुख मनोज रानाभाटले बताएका छन्। गतवर्ष पनि वन डिभिजन… पुरा पढौ