समाचार

हतियार किन्ने सरकारको निर्णयको विरोध

प्रतिपक्ष नेकपा एमालेले रकमान्तर गरेर नेपाल प्रहरीको लागि हतियार किन्ने सरकारको निर्णयको विरोध गरेको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा एमालेका सांसद नवराज सिलवालले मुलुकको अर्थतन्त्र कमजोर भइरहेको अवस्थामा रकमान्तर गरेर नेपाल प्रहरीको लागि हतियार किन्ने निर्णय उचित नभएको बताए। उनले कमिसन र पैसाको लोभमा राष्ट्रको अर्थतन्त्र तहसनहस गर्ने योजना अनुरुप नै हतियार किन्ने तयारी गरेको आरोप लगाए। हतियारको कमिसन ३०० प्रतिशतसम्म कोटा बढाएर खरिद गर्नु धोका भएको भन्दै उनले गठबन्धन सरकार हतियार किन्ने निर्णयबाट फिर्ता हुनुपर्ने तर्क राखे। सरकारले ११ सय… पुरा पढौ

‘नेपाल प्रहरी र प्रदेश प्रहरी संशोधन विधेयक, २०७९’ पारित

काठमाडौँ उपत्यकाको सुरक्षा प्रदेश प्रहरीसँगको समन्वयमा नेपाल प्रहरीले गर्ने गरी ‘नेपाल प्रहरी र प्रदेश प्रहरी संशोधन विधेयक, २०७९’ प्रतिनिधिसभाबाट पारित भएको छ। प्रतिनिधिसभा सोमबार बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसअघि, सो विधेयकमाथिको छलफलमा भाग लिँदै सांसदहरुले संघीयता कार्यान्वयनका लागि सहकार्य र सहअस्तित्वलाई बलियो बनाउनुपर्नेमा जोड दिएका थिए। सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै गृहमन्त्री खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी शान्ति, सुरक्षा र सुशासनका लागि भूमिका निर्वाह गर्ने संगठन भएको बताए। विधेयकमा… पुरा पढौ

उचित जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुले शून्य समय र विशेष समयमा सांसदहरुले उठाएको विषयमा उचित जवाफ दिन सरकारको ध्यानाकर्षण गराएका छन्। सभामुखले सम्बन्धित मन्त्रीलाई सांसदले उठाएको जिज्ञासाको उचित जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन्। शून्य र विशेष समयमा उठाएका सवालमा सरकारले चासो नदिएको भन्दै पटक–पटक सांसदहरुले आपत्ति जनाउँदै आएका छन्। सोमबारको बैठकमा पनि शून्य समयमा सांसदहरुले मुलुकको समसामयिक विषयमा राजनीतिक विषयका अलावा, पाठ्यपुस्तक र रासायनिक मल, विपद्का विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए। रासस पुरा पढौ

पोखरेली स्क्वास खेलाडीलाई ३ दिने तालिम

पोखरेली स्क्वास खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित ३ दिने तालिम दिइएको छ। स्क्वास र्याकेट्स एशोसियसन (एसआरए) कास्कीको आयोजनामा २२ देखि २५ गतेसम्म बेलायती लेवल थर्ड कोच ह्यारी हेथककले पोखरा रंगशालास्थित स्क्वास कोर्टमा तालिम दिएका हुन्। सिनियर खेलाडी तथा प्रशिक्षक रक्षा लामाका अनुसार उक्त तालिममा महिला र पुरुष गरी २० जना बढिको सहभागिता थियो।कार्यक्रममा प्रमुख अतिथि समेत रहेका प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेज गुरुङले प्रशिक्षकलाई प्रशंसापत्र प्रदान गरे। कार्यक्रममा प्रशिक्षक ह्यारी हेथककलाई ढाका टोपी ओढाएर सम्मान समेत गरिएको थियो।… पुरा पढौ

समाजसेवी दाहालद्धारा जन्मोत्सवको खर्च कटाएर विपन्न विद्यार्थीलाई सहयोग

जन्मोत्सवको अवसरमा गरिने फजुल खर्च कटाएर तनहुँमा एक युवाले विपन्न तथा जेहेन्दार विद्यार्थीको अध्ययनको लागि सहयोग गरेका छन्। दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पस संचालक समितिका सदस्य राजु दाहालले सोही क्याम्पसमा कक्षा १२ अध्ययरत २ छात्राको एक वर्षको लागि आवश्यक शैक्षिक शुल्क ३२ हजार रुपैयाँ सहयोग गरेका हुन्। लायन्स क्लब अफ तनहुँका अध्यक्ष समेत रहेका दाहालले क्याम्पसमा सोमबार एक कार्यक्रमकाबीच क्याम्पस छात्रवृत्ति कोषको संयोजक तथा क्याम्पस संचालक समितिका उपाध्यक्ष बुद्धिमान श्रेष्ठलाई सो रकम प्रदान गरे। रकम हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि क्याम्पस संचालक… पुरा पढौ

राष्ट्रिय मौलिक कौराहा पत्रकारिता पुरस्कारका लागि छनौट समिति गठन

नेपाल मगर पत्रकार संघ, कास्की शाखाद्वारा संचालित ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०७९’का लागि प्रतिभा छनौट समिति गठन गरिएको छ। सोमबार सम्पन्न संघको कार्यसमिति बैठकले राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति, नेपालले स्थापना गरेको सो पुरस्कारका लागि संघका केन्द्रीय उपाध्यक्ष एमबी आस्थामगरको संयोजकत्वमा ७ सदस्यीय छनौट समिति गठन गरेको सचिव उमा आलेमगरले जानकारी दिएकी छन्। छनौट समितिका सदस्यहरूमा कौराहा संरक्षण समितिका अध्यक्ष हर्क आलेमगर, उपाध्यक्ष तारामाया थापामगर, केन्द्रीय सदस्य नरमाया आलेमगर, संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगर, जिल्ला अध्यक्ष रूद्रबहादुर हितानमगर र… पुरा पढौ

कांग्रेस बैठकमा केन्द्रीय परिचालन समितिको प्रतिवेदन प्रस्तुत

काठमाण्डौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा विभिन्न प्रतिवेदन र प्रस्ताव प्रस्तुत गरिएको छ । सोमबार भएको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन, महामन्त्री गगनकुमार थापाले बैठकको प्रस्तावहरू र प्रवक्ता डा प्रकाशशरण महतले स्थानीय तह निर्वाचन केन्द्रीय प्रसार–प्रसार समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा आज केन्द्रीय सदस्यहरू डा शेखर कोइराला, प्रदीप पौडेल, देवेन्द्रराज कँडेल, डा डिला सङ्ग्रौला, कृष्णकिशोर घिमिरे, नारायणबहादुर कार्की, तारामान… पुरा पढौ

सङ्गठन निर्माणमा जुट्न नेपालको कार्यकर्तालाई निर्देशन

गोदावरी । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले गाउँगाउँमा गएर सङ्गठन निर्माणमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । पुष्पलाल स्मृति प्रतिष्ठान कैलालीले सोमबार आयोजना गरेको ‘ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले सङ्घ र प्रदेशको निर्वाचन आउँदै गरेकाले गाउँगाउँमा गएर सङ्गठन निर्माण गरी जनसमक्ष पार्टीलाई स्थापित गर्न आग्रह गरे । उनले समाजवादी पार्टीमा इमान्दार र निष्ठावान् कार्यकर्ताको ठूलो पङ्क्ति रहेकाले सङ्गठन निर्माणसँगै इमान्दारीका साथ जनताको सेवामा लाग्नुपर्ने बताए। पार्टी स्थापना भएको छोटो अवधिमा नै नौ… पुरा पढौ

बढ्यो सङ्क्रमण, १६८ सङ्क्रमित थपिए

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण दैनिक बढिरहेको छ । आज १६८ जनामा सङ्क्रमण पुष्टि भएको छ । हिजो असार २६ गते १२१ मा सङ्क्रमण देखिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार तीन हजार २० परीक्षण गर्दा आज सो सङ्ख्यामा सङ्क्रमण देखिएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ७७० रहेको छ । सो अवधिमा ३७ सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ७२४ पुगेको छ । यो दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको… पुरा पढौ

बेग्लै जनसङ्ख्या मन्त्रालय बनाउन आग्रह

काठमाडौँ । राष्ट्रियसभाका सदस्य डा विमला राई पौडेलले जनसङ्ख्या जनशक्ति व्यवस्थापनसम्बन्धी बेग्लै मन्त्रालय स्थापना गर्न आग्रह गरेका छन । विश्व जनसङ्ख्या दिवस २०२२ का अवसरमा त्रिभुवन विश्वविद्यालय, जनसङ्ख्या अध्ययन केन्द्रीय विभागले आज आयोजना गरेको ‘जनसङ्ख्या, समृद्धि र विकास’ विषयक विचार गोष्ठीमा सांसद पौडेलले मुलुकमा कुन क्षेत्रमा कति जनशक्ति, कर्मचारी र प्राविधिक आवश्यक पर्छ भन्ने योजनातर्जुमा र व्यवस्थापन गर्न बेग्लै मन्त्रालय चाहिने बताए । उनले जनशक्तिको उचित योजना नहुँदा युवामा बेरोजगारी र विदेश पलायनको क्रम बढेको टिप्पणी गरे। उनले सबैभन्दा खेतीयोग्य… पुरा पढौ