समाचार

तरकारी जोन कार्यक्रमबाट नवलपुरका कृषक लाभान्वित

नवलपुर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत नवलपरासी पूर्वनवलपुरमा सञ्चालित तरकारी जोन कार्यक्रमले नवलपुरका कृषक लाभान्वित भएका छन् । नवलपुरका तीन स्थानीय तहका १६ वडालाई समेटी तरकारी जोन कार्यक्रम सञ्चालन गरिएको हो । कावासोती नगरपालिकाको वडा नं ४, ९, १० १२, १५, १६ र १७, मध्यबिन्दु नगरपालिकाको वडा नं १, २, ३, ६, ९ र हुप्सेकोट गाउँपालिकाको १, २, ३, ४ वडालाई समेटेर तरकारी जोन कार्यक्रम सञ्चालन गरिएको छ । तरकारी जोन कार्यक्रम आर्थिक वर्ष २०७६÷०७७ बाट सुरु भएको हो ।… पुरा पढौ

साउनदेखि माथिल्लो दोर्दी ‘ए’ को बिजुली उत्पादन गरिने

लमजुङ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको बिजुली उत्पादन आगामी साउन महिनादेखि गर्ने लक्ष्य राखेको छ । कूल २५ मेगावाट क्षमताको यस आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र अब साउन महिनाभित्रै बिजुली उत्पादन हुने आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीले बताए । आयोजनाले पटक–पटक म्याद थप गर्दै थपिएको अन्तिम म्याद आगामी साउन महिनासम्म रहेको र सो भित्रै जसरी पनि बिजुली उत्पादन हुने उनको भनाइ छ । आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको छ । गतवर्ष… पुरा पढौ

गलकोट नगरपालिकाले थाल्यो फोहर प्रशोधन

गलकोट। स्थानीय तहहरुले फोहर व्यवस्थापनको चुनौती भोगिरहेका बेला गलकोट नगरपालिकाले भने जिल्लामै पहिलोपटक फोहर प्रशोधन गर्न थालेको छ । गलकोट विकसित सहर भएकाले यहाँ बस्तीको विकास तीव्रगतिमा भइरहे पनि फोहर व्यवस्थापन गर्न हालसम्म कठिन हुँदै आएको थियो । नगरपालिकाले यस वर्षदेखि भने फोहर प्रशोधन गरी मोहोरमा परिणत गर्न थालेको हो । बढ्दो सहरीकरणसँगै नगरपालिकामा फोहर व्यवस्थापन चुनौतीको विषय बन्न थालेपछि उक्त नगरपालिकाले वडा नं ३ र ९ को सिमानामा पर्ने मसुरखेतमा चार रोपनी जग्गा भाडामा लिएर फोहर प्रशोधन केन्द्र स्थापना… पुरा पढौ

नागरिकता विधेयकबारे गृहमन्त्रीद्वारा अध्यक्ष दाहालसँग छलफल

काठमाडौ । संसद्मा पेश भएको ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गृहमन्त्री बालकृष्ण खाणले सत्तारुढ दल नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेका छन् । ललितपुरको खुमलटारस्थित अध्यक्ष दाहाल निवासमा आज बिहान भेटवार्ता भएको र छलफल सकारात्मक रुपमा टुङ्गिएको गृहमन्त्री खाणको सचिवालयले जनाएको छ । यसअघि सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो । राज्य व्यवस्था समितिले २०७७ असार ९ गते प्रतिवेदनसहित… पुरा पढौ

म्याग्दीको बेनी उपल्लाचौरमा सिँचाइ नहर पुनर्निर्माण

पहिरो र सडकले क्षति पु¥याएको म्याग्दीको बेनी नगरपालिका–१ उपल्लाचौरको सिँचाइ आयोजनाको नहर पुनर्निर्माण गरिएको छ। पहिराले भासिएको ठाउँमा पाइप र सडकले पुरिएको ठाउँमा नयाँ नहर निर्माण गरिएको छ। उपल्लाचौर जल उपभोक्ता समितिका अनुसार उक्त नहर २००४ सालमा निर्माण गरिएको हो। समितिका अध्यक्ष चन्द्रवीर थापाले खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयको आर्थिक सहयोगमा नहर पुनर्निर्माण गरिएको जानकारी दिए। ‘मुहान नजिकै पहिराले भासिएको र उपल्लाचौरमा रत्नेचौर–अर्जम–भकुण्डे सडक निर्माणका क्रममा पुरिएको थियो’ उनले भने, ‘भासिएको ठाउँमा पाइपलाइन र पुरिएको नहर निर्माण गरेपछि मुहानबाट… पुरा पढौ

म्याग्दीको टोड्के जोड्ने नयाँ पदमार्ग पहिचान

म्याग्दीको पर्यटकीयस्थल टोड्के जोड्ने नयाँ पदमार्ग पहिचान भएको छ। मंगला गाउँपालिकाले पहिचान गरेको सिमलचौर–लामोछहरा–फलामेगुफा, महादेव गुफा–पूर्णगाउँ हुँदै टोड्के जोड्ने पदमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएर पूर्वाधार निर्माण थालेको हो। स्थानीय बासिन्दाले लेकबँेसी गर्न प्रयोग गर्ने बाटोलाई पर्यटकीय पदमार्गका रुपमा विकास गर्न पूर्वाधार बनाउन थालिएको सिमलचौर–टोड्के पदमार्ग निर्माण समितिका सचिव अशोक पौडेलले बताए। ‘चालू आर्थिक वर्षमा मंगला गाउँपालिकाले विनियोजन गरेको ३ लाख रुपैयाँ बजेटले सिमलचौरबाट पदमार्ग निर्माण थालिएको छ,’ उनले भने, ‘सडक बनेपछि विस्थापित भएको पुरानो बाटोलाई पर्यटकीय पदमार्ग बनाउन थालेका… पुरा पढौ

‘निजी क्षेत्रको सहकार्यबाट मात्रै विकास संभव’

तनहुँका विभिन्न पालिकाका प्रमुखहरूले सरकारी र निजीक्षेत्रको सहकार्यबाट मात्रै विकास सम्भव हुने बताएका छन्। तनहुँ उद्योग वाणिज्य संघले शनिवार दमौलीमा आयोजना गरेको स्थानीय सरकारसँग निजीक्षेत्रको संभावना र सहकार्यसम्बन्धी छलफल कार्यक्रममा उनीहरूले सो धारणा व्यक्त गरेका हुन्। जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले निजीक्षेत्र विकासको एउटा खम्बा भएकाले स्थानीय तहले निजीक्षेत्रसँग सहकार्य गरेर काम गर्नुपर्ने बताए। व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले निजीक्षेत्रसँग सहकार्य गरी व्यासका पर्यटकीयस्थलको प्रवद्र्धन र विकासमा काम गर्न ईच्छुक रहेको बताए। आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले निजीक्षेत्रसँग सहकार्य… पुरा पढौ

नयाँ पुस्ताबाट भानुका रचना वाचन हुने

नेपाल प्रज्ञा–प्रतिष्ठानले आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्तीका अवसरमा यही असार २९ गते नयाँ पुुस्ताबाट आदिकवि भानुभक्तको रचना वाचनलगायत कार्यक्रम तय गरेको छ। आदिकविबारे विद्यालय तहका विद्यार्थी समेतलाई बोध गराउन र उनीहरूकै स्वरबाट भानुको रामायणको श्लोक वाचन कार्यक्रम राखिएको प्राज्ञ सदस्य डा देवी नेपालले जानकारी दिएका छन्। सोही अवसरमा ‘आदिकवि भानुभक्तको जीवनी’ विषयक प्रवचन पनि हुनेछ।रासस पुरा पढौ

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको आज (सोमबार) बैठक बस्दैछ। बैठक आज दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि आइतबार काँग्रेस पदाधिकारी बैठक बसेको थियो। बैठकले भ्रातृ एवं शुभेच्छुक संस्थाको विधानलाई अन्तिम रुप दिई स्वीकृत गरेर आजदेखि सुरू हुने केन्द्रीय समिति बैठकमा पेस गर्ने निर्णय गरेको छ। बैठकले आदिवासी जनजाति महासंघ, थारू संघलाई भ्रातृ संस्थाको मान्यता दिँदै विधानलाई अन्तिम रूप दिई स्वीकृत गरेको छ। यसैगरी, शुभेच्छुक संस्थाका रुपमा नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ, नेपाल लोकतान्त्रिक… पुरा पढौ

पोखरा रंगशालाको कभर्डहलमा आगलागी

पोखरा रंगशालाभित्रको बहुउद्देश्यीय कभर्डहलमा आगलागी भएको छ। कभर्डहलको उत्तर पूर्वको भागमा आइतबार साँझ ४ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताएका छन्। उनका अनुसार आगलागीपछि कभर्डहलभित्र संचालन भइरहेको ‘सिक्स ए साइड महिला तथा पुरुष हक्की प्रतियोगिता’को फाइनल खेल एक घण्टा स्थगन भएको थियो। प्रहरी र बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएपछि रोकिएको खेलपछि पुनः संचालनमा ल्याइएको हो। समयमै नियन्त्रणमा लिइएका कारण आगलागीबाट ठूलो क्षति हुन भने पाएको छैन। क्षतिको विवरण आउन… पुरा पढौ